Wednesday 16 June 2010

परिवर्तनको नीम्ति सानो प्रयास

त्यसो त हाम्रो देश बिकास नहुनुमा सैयौलाई दोषी देखाइयो हजारौं पटक सरापियो । तर आफ्नो देशको बिकासको नीम्ति यो गरियो भनेर आज सम्म कमै काम गरियो । यसर्थ आफ्नो मुलुकको सैक्षिक परिवर्तनको नीम्ति सानो प्रयास गर्ने अर्को स्थान फेरी फेला परेको छ त्यो हो बागेश्वरी उच्च माध्यमिक बिद्यालय, खाँदवारी ।

बि स् २०१५ सालमा स्थापना भई गत बर्षा देखि उच्च शिक्षा अध्यापन हुन थालेको यस बागेश्वरी माध्यमिक बिद्यालयमा पुस्तकालयको अभावका कारण ज्ञानका भोका बिद्यार्थीहरु पेट भर्नबाट बन्चित छन् । त्यहि ज्ञानको भोक मेटाउनको नीम्ति पुस्तकालय स्थापना गर्न एक मिसन चल्दै छ जहाँ तपाईं आफु सँग भएको पुस्तक दिएर सहयोग गर्न सक्नुहुन्छ । केही अगाडी उठाइएको 'वान युरो पर मन्थ' कार्यक्रम फिनल्याण्डको केही झन्झटिलो आर्थिक नियमको कारण सुरु नभैसकेको हुँदा त्यसैमा आबद्ध फेसबुकका साथीहरु तथा अन्य सहयोगीमा यो आग्रह गरिन्छ की आफु सँग पुस्तक भए पुस्तक प्रदान नभए सक्दो आर्थिक सहयोग गरेर पुस्तकालय निर्माणमा सहयोग गरौ ।

एक थुकी सुकी सय थुकी बगी भने झै तपाईं हामीले प्रदान गरेको सानो रकमले एउटा पुस्तकालय निर्माण हुनसक्छ । वान युरो पर मन्थ नामको कोष निर्माणको उद्देश्य पनि यस्तै किसिमका सहयोग गरि देश बिकासमा सहयोग पुर्याउनु हो । त्यसको नीम्ति चाडै नै ब्यांक एकाउन्ट र अन्य प्रक्रिया पूरा गरेर औपचारिक कार्यक्रम सुरु हुनेछ । तत्कालको नीम्ति ब्यक्तिगत अथवा संस्थागत रुपमा यस बागेश्वरी उच्च माद्यामिक बिद्यालयमा पुस्तक स्थापना गर्न सहयोग गरौ । यस सूचनालाई आफ्नो सम्भाब्य सहयोगीसँग सेयर गरौ । फेसबुक बाटै राष्ट्र निर्माणमा सक्रिय होऔ ।

कस्ता पुस्तक चाहिएको हो त ?*
• कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि उपर्युक्त हुनसक्ने चित्रसहितका पुस्तक;
• कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम तथा पाठ्यक्रमलाई सघाउने पुस्तक;
• शिक्षकहरुका निम्ति साइन्स, कम्प्युटर, म्याथ लगायतका रेफरेन्स पुस्तक;
• नेपाली, अंग्रेजी र हिन्दी साहित्यका पुस्तक तथा अनुदित बुक;
• विश्वका महान व्यक्तिका जीवनी तथा प्रेरणादायक कथाका पुस्तक;
• वैज्ञानिक आविष्कारबारे जानकारी दिने पुस्तक;
• सामान्य ज्ञान, विश्व इतिहास र भूगोलसम्बन्धी पुस्तक

यी बाहेक विद्यालय तहका विद्यार्थीलाई उचित हुन्छन् भनी तपाइँलाई लागेका पुस्तक दिनसक्नुहुन्छ। पुस्तक नयाँ भए राम्रो। यहाँ भनिए जस्ता पुराना पुस्तक छन् भने पनि दिनसक्नुहुन्छ।
*कृष्ण ढुंगाना

क्रेडिट कार्ड मार्फत पुस्तक रकम पठाउने पेपाल ठेगाना: ubshrestha@yahoo.com ,
चेक पठाउन चाहेमा:
Uttam Babu Shrestha,
76 Cross St. Apt. # 2, Somerville,
MA 02145, United States
थप जानकारीको नीम्ति :
http://www.mysansar.com/archives/2010/06/id/11147#more-11147

यदि यसरी पैसा पठाउने तरिका झन्झटिलो लागेमा अथवा आफुले सहयोग गर्ने रकम थोरै लाग्छ र संयुक्त रुपमा पठाउन चाहनुहुन्छ भने केही दिन भित्र हामी एउटा कोषको निर्माण गर्दैछौ । त्यस मार्फत सहयोग पनि गर्न सक्नुहुन्छ तर त्यतिन्जेल आफ्ना फेसबुकका साथीहरुलाई यस बारे सुचित गराउनु होला।

No comments: