Thursday 27 May 2010

सभासदलाई सजाय

दुई बर्षको अवधीमा पनि संबिधान लेख्न नसकेर निकम्मा बनेका ६०१ सभासदलाई आज नागरिक समाजको एक समुहले बिभिन्न सजाय दिएका छन् । बानेश्वर स्थित संबिधानसभाको भवन अगाडी ६०१ जना सभासदको बर्गिकरण गर्दै कसुर हेरी आवश्यक्ता अनुसारको सजाय दिईएको हो । नागरिक समाजका एक हर्ताकर्ता अगुवाले सजाय सुनाएका थिए ।

जस अन्तर्गत आफ्नो लिंडे ढिपीको कारण कटुवाल काण्डबाट सरकारबाट हात धुन बाध्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत माओवादी सभासदहरुलाई 'कट्टु' मात्र लगाएर संबिधान सभाको 'वाल' माथि दौडिन लगाईएको छ । कटुवाल काण्डमा मुछिएर देशले नयाँ संबिधान नपाएको भन्दै माओवादी सभासद तथा माओवादी नेताहरु कट्टु र वाल सम्बन्धी सजाय दिईएको हो । बानेश्वरमा उपस्थित दर्शकहरुले जसले जुन कम्पनीको कट्टु लगाएको त्यसै नामले जिस्काइरहेको सुनिन्थ्यो । सर्वहारा बर्गको पार्टी भएको कारण कतिपय माओवादी सभासदले कट्टु लगाउन बिर्सेका रहेछन । सजाय पाउनसाथ उनीहरु बाटोमा फालिएको पत्रीका टिप्न थालेका थिए । अरुबेला जति पत्रकारलाई गाली गरे पनि, अन्तिममा इज्जत जोगाउने त्यहि आवश्यक्ता परेको भन्दै सर्वसाधारणले खिल्ली उडाएका थिए ।

सबभन्दा कठोर सजाय पाउनेमा एमालेका सभासद परेका छन् । दुई ठाउँमा पराजित ब्यक्ति प्रधानमन्त्री सम्म बनेको, लाखौं जनता सडकमा आएर राजिनामा माग्दा पनि नदिएको , बिदेशी प्रभुको दलाली गरेर प्रधानमन्त्री पद टिकाएको जम्बो मन्त्री मन्डल बनाएर राज्यको ढुकुटीमा ब्रम्हलुट गरेको तैपनी संबिधान समयमा बनाउन नसकेको भन्दै प्रधानमन्त्री माधवकुमार नेपाल लगायत एमालेका सभासदको मलद्वारमा खुर्सानी पिसेर लगाइएको छ । बिशेषगरी सत्तामा टासिएर छोड्दै नछोड्ने प्रब्रिती भएका प्रधानमन्त्री माधव कुमार नेपालको भागमा ज्यानमारा खुर्सानी परेको थियो । एमाले कै एक सभासदले अर्को सभासदको मलद्वारमा दल्नुपर्ने भएकोले बेला बेलामा ओली समर्थक र बामदेव समर्थक कार्यकर्ता बीच कुटाकुट पनि भएको थियो । बामदेव गौतमले के पी शर्मा ओलीलाई खुर्सानी लगाइदिदा भित्रै सम्म पसाएको आरोप लगाएका थिए भने के पी ओलीले मलद्वारमा दल्नु पर्ने खुर्सानी जलद्वार सम्म पुर्याएको आरोप बामदेव गौतमले लगाएका थिए । खुर्सानी दले लगतै एमाले सभासदहरु हा हा सुइ सुइ गर्दै दौडादौड गरेका थिए । प्रधानमन्त्री माधव कुमार नेपाल आफ्नो टोपी खोलेर पछिल्तिर हम्किदै दौडिएका थिए ।

काङ्रेसको भागमा मध्यम खालको सजाय परेको थियो । छक्का पन्जाको राजनीति गरेको , एमालेलाई नराम्रो कार्यमा समेत प्रोत्साहन दिएको , सबैभन्दा ठुलो दल माओवादीलाई पाखा लगाउन तल्लो स्तरको गठबन्धन बनाएको भन्दै काङ्रेस सभासदहरुलाई पित्तलको पन्यौ तताएर डडाल्नुमा एक पटक सुम्ला उठ्ने गरि हान्ने सजाय पाएका दिईएको थियो । बानेश्वर चोक नजिक रहेको रत्न स्वीट नामको मिठाइ पसलबाट पित्तलको लामो पन्यौ तताउदै प्रत्येक सभासदको ढाडमा प्रहार गरिएको थियो । तातेर रन्किएको पित्तलको पन्यौको प्रहार सहन नसकी कोही सभासद लडिबुडी गरेका देखिन्थे भने कोही नदुखे झै सहेका थिए । यस क्रममा सबभन्दा थला परेका थिए कार्यवाहक सभापति सुशिल कोइराला । डाडल्नुमा डाम बस्ने गरी पुन्यौ खाए लगतै उनले दुखाइ काम गर्ने चक्की घुर्लुक्क निलेका थिए । डाक्टर शशान्क कोइरालाले पहिलै देखि नदुख्ने इन्जेक्सन लगाएका थिए भन्ने हल्ला सुनिएको थियो किन भने उनी पुन्यौले ढाड सोझिने गरी हान्दा पनि हासिरहेका थिए । त्यस्तै शेरबहादुर देउवाको ढाडमा पुन्यौ परे लगतै उनले उनकै शैलीमा तथानाम गाली गर्न थालेका थिए । तर कसैले केही नबुझेपछि फेरी अर्को पुन्यौले हान्नसाथ चुप लागेर थुचुक्क बसेका थिए ।

मुलुकलाई बिभाजनतिर लगेको र संबिधान बनाउने कामलाई थाँती राखेर रात दिन मधेश मधेश भनेर चिच्याएको भन्दै मधेशबादी दलहरु तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र मधेशी जनअधिकार फोरमका सभासदहरुलाई एक अर्काको कन्चटको रौं समातेर आधा घन्टा उठ बस गर्न लगाइएको थियो । अधिकांस मधेशबादी सभासदहरु थाकेर लखतरान भएको देखिन्थे । कसैले झेल्ली गर्ने बितिकै नागरिक समाजका अगुवाले फेरी सुरु देखि गर्न लगाउथे । उठबस गर्ने क्रममा पाइन्ट लगाएका मधेशबादी सभासद ढुक्कसँग उठबस गरेका देखिन्थे भने धोती लगाएकाहरुलाई औधी गाह्रो भएको थियो । उठ्दा धोतीको हावा बाहिर जाने र बस्दा भित्र पस्ने हुँदा बेला बेलामा धोती फुस्केर कन्तबिजोग भएको देखिन्थ्यो । मधेश आन्दोलनलाई चिट्ठाको रुपमा लिएका र एका एक सुङुर जसरी मोटाएका फोरम अध्यक्ष उपेन्द्र यादव भुँडी ठुलो भएर उठबस गर्न सकेका थिएनन । उनले नागरिक समाजका अगुवालाई आफ्नो भुँडी अवस्था जानकारी गराएर सजाय घटाउन खोजेका थिए तर गरीब जनताको नेता किन त्यसरी मोटाएको भन्दै उनलाई थप १५ मिनेट उठबस गराइएको थियो ।

त्यस्तै संबिधान निर्माण नगरी केवल भत्ता खाएर राज्यको ढुकुटी रित्याएको भन्दै च्याउ सरी खुलेका अन्य पार्टीका सभासद र पूर्वपन्चको समुहलाई कुखुरा बनाएर संबिधान सभा भवन वरिपरि कुदाइएको थियो । हर्ताकर्ता सजिलै कुदे पनि सुर्य बहादुर थापा लगायतका बुढापाकाको पसिना छुटेको थियो । टेनिसमा माहिर कमल थापा चाडो फन्को मारेर आराम गर्ने मनसायले अन्य सबैलाई उछिन्दै सबै भन्दा चाँडो आइपुगेका थिए तर नागरिक समाजका अगुवाले त्यतिकै बस्न पाइदैन भन्दै फेरी कुखुरा बनाएर दुई पटक कुदाएका थिए ।

यसरी सभासदलाई सजाय दिएको हेर्न हजारौं नेपाली जनता बानेश्वर वरिपरि उपस्थित भएका थिए भने कान्तिपुर, एभेन्युज ,सगरमाथा,इमेज च्यानल, नेपाल टेलिभिजन र च्यानल नेपालले प्रत्यक्ष प्रसारण गरेका थिए ।

सजाय पूरा भैसकेपछि सबै सभासदलाई कान समातेर "अब उप्रान्त सहमतीको राजनीति गर्ने र चाँडो भन्दा चाँडो मिलेर संबिधान बनाउन" बाचा गराइएको थियो । फेरी पनि यस्तै भुल गरेमा यो भन्दा कडा सजाय भोग्न तयार रहन चेतावनी पनि दिईयो ।

-साक्ष्यात सुशिल