Sunday 28 February 2010

स्मरण रहोस् : रचनात्मक सोच, ६ बर्ष, अरबपती, मार्क जुकरबर्ग

ईन्टरनेटको संसारमा सशक्त रुपमा उदाएको एक सामाजिक सन्जाल; जसको नाम नसुन्ने कमै भेटिन्छन । त्यो हो फेसबुक । विद्यार्थी त भन्नै पर्दैन, पेसागत ब्यक्तित्व, साहित्यकार,कलाकार, पत्रकार आदि सबैको फुर्सदको साहारा बनेको छ फेसबुक । कम्प्युटर खोल्ना साथ एक पटक फेसबुक नखोली चित्तै नबुझ्नेको संख्या दिन दिनै बढ्दै छ । फेसबुक च्याट र फोटोमाथी प्रतिक्रिया दिन मात्र होईन, बौद्धिक तथा सामाजिक कार्यको नीम्ति समेत सहयोगी बनेको छ ।

एक समय हुने गर्दथ्यो जब एउटा कबिता लेखेर साप्ताहिकमा पठाएँको डेढ महिना सम्म कहिले छापिएला भनेर कुरेर बस्नुपर्थ्यो किनभने त्यो बेला पत्रपत्रिका बाहेक साहित्यको नीम्ति भर पर्दो प्रकाशनको माध्यम अरु थिएन । अब त्यो समस्या फेसबुकले हल गरिदिएको छ । जे सुकै साहित्य सिर्जना गर्नुहोस् । लेखिएको २ मिनेट भित्र अमेरिका बस्ने साथीले "लाइक" पठाउन सक्छ, प्रतिक्रिया दिनसक्छ । यदि राम्रो छ भने । कुनै रमणिय स्थलमा गरिएको भ्रमण होस् या बनभोज, फोटो खिच्दा खिच्दै मनमा कुरा खेल्छ "बत्ती नगए आजै फेसबुकमा हाल्छु" फेसबुकबाटै नेपालको झन्डा परिवर्तन गर्न पाइदैन भन्ने आवाज उठ्छ । फेसबुकबाटै ख्याती श्रेष्ठको हत्यारालाई फाँसीको माग गरिन्छ । त फेसबुकबाटै नेपाल बन्दलाई सधैंको नीम्ति बन्द गर्न आह्वान गरिन्छ । फेसबुककै प्रयोगबाट सोसिअल मेडिया मार्केटिङ भनेर सस्तोमा बिज्ञापन दिएर विश्व आर्थिक मन्दीमा परेका ब्यापारीलाई बचाउने प्रेरणा दिईन्छ ।

हावर्ड बिश्वविद्यालयका पूर्व विद्यार्थी मार्क जुकरबर्ग आफ्नो विश्वविद्यालयको सबै बिद्यार्थीको फोटो र परिचय सहितको किताब नभएको भन्दै कलेज प्रशासनलाई 'देखाउन' सन २००४ मा आफैले फेसबुक डट कम निर्माण गरे । जसको दुई हप्ता भित्र हावर्ड विश्वविद्यालयका दुई तिहाई बिद्यार्थीले आफ्नो फोटो र परिचय उपलब्ध गराए । त्यसपछी यसको क्षमता बढाए लगतै १५०,००० जनाले फोटो र परिचय राखे । त्यसपछि त के चाहियो, मार्क जुकरबर्ग पढाइ-लेखाइ गोली मारेर हिंडे फेसबुकलाई ब्यवसायिक बनाउन । क्यालिफोर्नियाबाट फेसबुकको पेटेन्ट लिएपछी यसको लोकप्रियता यसरी बढ्यो की ६ बर्षको अन्तरालमा १० करोड बढी मानिस यसका प्रयोगकर्ता बने । खेलाची गर्दा गर्दै उनी बने अरबपती ।

तिब्र गतीमा सफलता पाएको फेसबुकलाई अनेकौ आरोप मात्र लागेको छैन, कतिपय देशमा प्रतिबन्ध समेत लगाइएको छ । ईरान,सिरिया,भियतनाम र चीनमा यसलाई खोल्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै कतिपय कार्यालयमा फेसबूकलाई खोल्न नमिल्ने बनाइएको छ । भर्खरै मात्र अमेरिकी सुरक्षा केन्द्र पेन्टागनले भर्खरै मात्र कार्यलय भित्र फेसबुक खोल्न दिने निर्णय गरेको छ । नत्र गोप्य सूचना चोरी हुने डरले यसमाथी प्रतिबन्ध लगाएको थियो ।

तपाईंहरु देख्नसक्नु हुन्छ फेसबुकमा नयाँ नयाँ साथी बनाइन्छ र सुन्नु भएको पनि होला फेसबुकबाटै भेटेर प्रेम र बिवाह सम्म अघि बढेको । तर फेसबुक सम्बन्ध बनाउने मात्र होईन बिगार्न पनि उत्तिकै प्रयोग भएको छ । पश्चिमी देशहरुमा फेसबुकबाटै पार्पाचुके हुने क्रम पनि ह्वात्त बढेको छ । बेलायती पत्रीका टेलिग्राफले जनाए अनुसार दर्ता भएका प्रत्येक ५ पारपाचुके मध्ये १ को कारण फेसबुक हुने गरेको छ । बिहान म्यारिड रहेको फेसबुक स्ट्याट साझ डाइभोर्स्ड बन्न थालेको छ । यसरी पारपाचुके हुने जोडीहरु आफ्ना श्रीमान / श्रीमती तेस्रो ब्यक्तिसँग अश्लिल च्याट गर्ने र वालमा अनावश्यक कुरा लेखेको कारण पारपाचुके गरेको बताउछन ।

फेसबुकलाई लाग्ने गरेको अर्को आरोप हो बिद्यार्थीको पढाई सत्यानाश गर्यो । ब्यतिगत रुपमै अनुभव गरेको कुरा हो, जब कम्प्युटरबाट पढ्नुपर्ने बिषयको कक्षामा हुन्छु । झुलुक्क फेसबुक खोल्दा पुरै कक्षाका बिद्यार्थी त्यहि अनलाइन देखिन्छन । युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको एक सर्भेक्षण अनुसार कक्षामा फेसबुक चलाउने बिद्यार्थीको पढाईको ग्रेड औषत ग्रेड भन्दा निकै कम रहेको पाइयो । तर बिरोधाभास नै मान्नुपर्छ शैक्षिक प्रतिष्ठान कै कतिपय पाठ्यक्रमको नीम्ति फेसबुकमा बिषयगत समुह बनाएर छलफल गराइन्छ ।

खैर, हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुनु स्वाभाबिक हो । फेसबुककै कारण कोही ज्ञान आदान प्रदान गर्छन त कोही पढाईको ग्रेड घटाउछन । कोही प्रेमिका पाउछन त कोही श्रीमती गुमाउछन । सदुपयोग गर्न सकेको खण्डमा फेसबुकले दैनिक जीवनका बिभिन्न कार्यमा सहयोगी भूमिका खेल्न सक्छ । हामी जस्तो युवाहरुले फेसबुकको ईतिहासको बारेमा जानकार रहनुपर्छ ।
समरण रहोस - रचनात्मक सोच, खेलाची गर्दा गर्दै ,६ बर्ष, अरबपती, मार्क जुकरबर्ग ।

(स्रोत: म्याथेउ क्रिमर तथा अबे क्लासेनको केस स्टडी तथा विकिपेडिया, टाइम्स म्यागाजेन )
तस्बिर : http://chattahbox.com/images/2009/02/logo_facebook.jpg

"फेसबुक साहित्य"


डु यू ह्याभ फेसबुक प्रोफाइल ?

नो ह्वाट्स ड्याट ?



फेसबुक सम्बन्धी पहिलो वाक्य फिन्ल्याण्ड स्थित पूर्वबिश्वबिद्यालय ह्याम्कका एक मित्र युसो फिन्नेसँग भएको थियो । उनको प्रश्न लगतै मैले पनि फेसबुक प्रोफाइल बनाए, त्यहि दिन २२ मार्च २००८ । त्यसपछीका दिनहरुमा यसको प्रयोग बढ्दै गयो । धेरै अगाडी छुटेका साथीहरु भेटिए, नयाँ नयाँ साथीहरु बने । कोहीसँग फेसबुककै कारण झगडा पर्‍यो त कोहीसँग यसैको कारण निकटता बढ्दै गयो । स्वदेशी बिदेशी गरेर जम्मा ३६९ जना साथीहरु बनेछन । सामाजिक सन्जालको दुनियाँमा फेसबुक प्रभुत्व जमाइसकेको छ । नेता,जनता,पत्रकार,सेना प्रहरी,शिक्षक आदि सबै फेसबुकमार्फत एक अर्काको संपर्कमा रहने प्रब्रिती बढेको छ । कक्षामा शिक्षक फेसबुक कै समुहमा आबद्ध बन्न सिकाउछन र त्यहि मार्फत ज्ञान बाढ्न सल्लाह दिन थालेका छन् । अब त अमेरिकी सुरक्षा परिषद पेन्टागनले समेत सैनिकलाई फेसबुकको प्रयोग गर्न दिने निर्णय गरेको छ ।(बिबिसी)

खैर जे भए पनि, मेरो तर्फबाट फेसबुक कै प्रयोग गरेर प्रत्येक महिना एक एक युरो सन्कलन गरेर सामाजिक सेवामा लगाउन समुहको निर्माण गरिसकेको छु । आजको मिती सम्म ४३ जना सदस्य छन् तर पैसा उठाउने कार्य सुरु भैसकेको छैन । फेसबुक चलाउन थालेदेखी मेरो पनि लेख्ने बानी बसेको छ । दुई बर्षको अन्तरालमा मैले धेरै फेसबुक स्ट्याटस लेखेछु । मैले स्ट्याटसमा हाँसो र बेदना दुबैलाई न्याय गरेको रहेछु । आज फर्केर हेर्दा ती स्ट्याटसहरु पनि एक किसिमको साहित्य कै कुनै बिधा जस्तो लागेको छ । तिनै स्ट्याटसको संकलनलाई "फेसबुक साहित्य" नाम दिएको छु ।


मेरो निर्झर शरीरका दुई आयाम; मुटुमा रित्तो शिशिर, आँखामा बर्षायाम ।

मादकता सकिएको रक्सी झै अस्तित्वबिहिन, छाँयाले समेत छोडेपछीको एक्लोपन । एकोहोरो शिशिर झै रित्तो यो जीवन, स्वेच्छाले बाँचौ त बेदनामा जलिने, मरौं त लाक्षी कहलिने ।

ॐ फेसबुकाय नम:

फेसबुक बजेट भाषण : बढ्यो - फोटो कमेन्ट, फ्रेन्ड लिस्ट, बकम्फुस्से फेसबुक स्ट्याटस, नानाथरी एप्लिकेसन, छेउ न टुप्पोको फ्यान ग्रुप, तातो न भुत्लोको सजेसन । घट्यो : आँखाको देख्ने क्षमता, कलेजको एभरेज ग्रेड, काम गर्ने घन्टा, ब्यान्कको पैसा, लेख-रचना ।

भोली देखि ५ दिन "बेलायततिर बरालिदै" .............Excited :D

आवश्यकता : खाना बनाउनमा सौखिन तर खान त्यती रुची नहुने । बिहान उठ्नासाथ कुचो लगाउने, कफी बनाउने र पुजा गर्न मन लाग्ने । जुठा भाडा देख्न मन नपराउने, माझी हाल्ने । शनिबार पुरै घर सफा गर्न भनेपछि हुरुक्क हुने । सकेसम्म प्रेमिका नभएको, भए पनि नेपाल मै छोडेर आएको । पैसा दिनलाई जागरुक हुने, फिर्ता लिन उदासिन । सकेसम्म भाडा आफ...ै तिर्ने, नत्र ७५ % योगदान गर्न मन पराउने योग्य रुम पार्ट्नरले तुरुन्त फेसबुकमा अप्लाई हान्नुहोला।

रुम पार्ट्नरले किनेको जुस सुटुक्क एक गिलास खाएर जुसको बट्टामा पानी थपिदिनुको मज्जा अर्कै हुदो रहेछ । :D

♥ Happy Valentines' day.....प्रणय दिवसको शुभकामना ♥

हाम्रो कान्छो भुरोले सबैलाई प्रणय दिवसको शुभकामना दिनु भनेको छ । बिचरा खुब आमाको न्यास्रो मानेछ । हुन पनि तीन बर्ष भएछ कान्छो एक्लै बाँच्न सिकेको ।

शिवरात्रीको शुभकामना ।

फेसबुक भबिष्यबाणी : तपाईंले लामो समय सम्म फेसबुक चलाउन पाउनुहुनेछ । यो बर्ष निकै धेरै फोटो कमेन्टहरु आउने सम्भावना छ । फेसबुकको बर्थ डे लिस्टमा ध्यान नदिएमा धनको बचत हुनेछ । स्टाटसमा प्रेमको कुरा लेख्नुभएमा मान सम्मान मिल्नसक्छ । रीलेशनशिप स्टाटस सिङल देखेर राम्री युवतीलाई जथाभाबी फोटो कमेण्ट नदिनुहोला, गोप्य रुपमा भुस...तिघ्रे प्रेमी हुनसक्छ । अन्यथा ब्यर्थ शत्रु बढ्ने र बंगारा झर्ने सम्भावना हुन्छ । बर्षको मसान्त तिर पासवर्ड ह्याक भएर अनिष्ट हुने सम्भावना छ । हरेक शनिबार बिहान ल्याप्टपमा पानी चढाउनु भएमा फेसबुकका भाइरस नाश हुनेछन ।

पहिले : हामी सबैको प्यारो 'नेपाल आमा' । अहिले : हामी सबैको प्यारो 'नेपाल मम्मी' । :D

बिरक्त लाग्दो यो जिन्दगी देखेर कहिले त सोच्छु की सब छोडछाड गरेर जङलमा गै एक्लै बसौ । फेरी सोच्छु - यस्तो जाडो छ, बरु समर लागेपछी जान्छु । :D

आज हाम्रो कान्छो भुरोले फेरी सोध्दै थियो " बा बा लोब गर्दा तिमी बिना एकपल बाँच्दिन भन्छन् अनी छुटेसी कसरी नब्बे बर्ष बाँच्छन ?"

आज आमाको याद आएको छ । जब तरकारी डढाउथे; आमा भन्थिन " यत्रो बुढो भैसक्यो अझै तरकारी पकाउने ढंग छैन । " जब केटीको कुरा गर्थे; आमा भन्थिन " यति सानो छ अहिले देखि केटीको कुरा गर्छ ।" अहिले न तरकारी डढ्छ न त केटीको कुरा गर्छु । तैपनी आमाको गन गन सुन्ने मन छ ।

बिपनामा स्वीकार या नस्वीकार सपनामा त तिमी मेरी हौ । तिमीलाई थाहै छ प्रिये आधा उमेर त निन्द्रैमा बित्छ ।

तिमीलाई देखेपछी मनमा एउटा राम्रो कबिता आयो, तिम्रो साथीलाई देखेपछी अर्को कबिता आयो । :D

Join group " One euro per month" and start saving one euro per month to donate poor people of Nepal.

फिन्ल्याण्डबासी सबै नेपालीहरुलाई आग्रह छ । मासिक एक युरो बचत गरेर आफ्नो राष्ट्र सेवामा लगाऔ । एक अर्कालाई आरोप प्रत्यारोप मात्र नगरी राष्ट्र निर्माणमा आफ्नो तर्फबाट सक्दो प्रयास गरौ । नेपालको निर्माणमा नेपाली अग्रसर बनौ ।

हिजो हाम्रो कान्छो भुरो एका बिहानै भन्दै थियो " बा बा अर्को जूनीयाँ म त केटी बन्छु है । फेसबुकाँ अर्काको गीत नै लेखी नी कत्ति कमेन्ट बाइ । झन फोटो त राख्न हुन्न , कमेन्ट त बग्रेल्ती । क्लिक गरेर नसक्दा हुन । " :D

हिजो राती कति नराम्रो सपना देखेर आधा रात मै बिउझिए । मेरो फेसबुकको पासवर्ड ह्याक भएछ, अनी कमेन्टहरु सबै डिलिट गरिदिएछ । कति भयानक सपना । राम राम राम । :D

En enää halua elää yksin.

सुन्दरता हेराइमा हुन्छ भने मिस नेपाल किन एउटी मात्र ?

एउटा लामो कालखण्ड बितेछ यी हातहरु सुन्दर कलामा समर्पित नभईकन ।

प्रसँग मैत्री एफ एमको एक कार्यक्रम फोन इन टाइमको; सन्चलिका मेरिना । उनले प्रश्न सोधिन " वर्ल्डको फास्टेस्ट एनिमल कुन हो ?" यसको एन्सर थाहा हुने कलर्सले कल गर्नुहोला । हाम्रो प्रोग्राम मोबाइल्स उजर स्टुडेन्टको लागि मात्र हो । आजभोलि मोबाइल्स धेरै युज गर्दा हाम्रो कल्चर र हाम्रो ट्रेडिसनमा नराम्रो इम्पाक्ट परेको छ । साथै स्टुडेन्टको स्ट्डीमा पनि इफेक्ट गरेको छ । मिस कल्सले पनि डिस्टर्ब्स गर्छ, गेम धेरै खेल्दा स्टडीमा क्न्सेन्ट्रेट गर्न सकिन्न । मोबाइल्स र स्टुडेन्ट लाइफ बारे कुरा गर्न कल गर्नुहोस् । अबलाई यो मिठो सङ सविन राईबाट.......... " सत्यानाश नेपाली भाषाको ।

वीक डेज दिक्क लाग्दो, वीकेण्ड वाक्क लाग्दो ।

आज हेल्सिन्की बसाइको पूरा एक बर्ष बित्दैछ । बितेको बर्षमा निम्न अनुभव भएछन - एउटा कलेज; दुइटा काम; तीन वटा कार्यक्रममा सहभागिता; सात पटक म: म: पार्टी; दर्जनौ लेख-रचना केही प्रशंसक दर्जनौ आलोचक; सयौ नयाँ नेपाली अनुहार; हजारौं युरो कमाई; लाखौ झझल्को जन्मभूमीको; करोडौ याद आमा-बाबाको; अनगिन्ती पिडा एक्लोपनको ।

मानव अधिकारबादी काका बोक्सी प्रथाको बिरोधमा खरिएर बोल्छन; आफ्नो छोरो बिरामी हुँदा एक पटक धामी अवश्य देखाउछन । सिक्षित विद्यार्थी राष्ट्रबादी नारा लगाउदै कलेजबाट निस्कन्छन; खलासीसँग ५ रुपैयाको भाडा बिबादमा २२ लाखको माइक्रो जलाउछन । शिक्षक तलब थाप्छन सरकारी बिद्यालयमा; सन्तान पढाउछन "इङ्लिश मेडियम" मा । युगल जोडी प्रेम ग...र्छन् मनकामना भाकेर, बिहे गर्छन् ३ लाखको जग्गा धितो राखेर । अनी देश बिकास भएन भनेर कसलाई दोष दिनु ?

छाउपडी प्रथाको बिरुद्धमा केही आवाज र बहस उठिहाल्छ की भनेर फेसबुकको स्ट्याटसमा 'मासिक धर्म'सम्बन्धी लेखेको थिए । अफसोच: बहस त परको कुरा २४ घन्टा सम्म राख्दा एउटा "लाइक" आएको थियो, पछि त्यो पनि आँफैले "अनलाइक" गरिछिन । लभ र रोमान्सको अनी फिल्मको बारेमा स्ट्याटस लेख्दा हेरिनसक्नु कमेन्ट र लाइक आउथ्यो । जय होस मेरा फेसबुकका साथीहरु ।

अर्की एक आमाको मृत्यु : अछाम जिल्लाबासी झुप्रिदेबी हुड्केको मृत्यु भएको छ । महिनावारी हुँदा गोठमा बस्नुपर्ने कुप्रथा "छाउडी प्रथा" ले उनको ज्यान मात्र लिएको छैन हामी जस्तो तथाकथित एक्काइसौ शताब्दीका "आधुनिक नेपाली" को शिर झुकाएको छ । लज्जास्पद चलन "महिनावारी हुँदा गोठमा बस्नु पर्ने, अरुलाई छुन नहुने, खाना बनाउन नहुने, पुजा गर्न नहुने ।"

अन्तराष्ट्रिय स्तरको समौसा चाट खाइयो , आँफैले बनाएर । :)

संसार एउटा ठुलो पाठ्शाला हो, जीवन लामो सेमिस्टर । कठिन असाइन्मेन्ट गर्न साथ दिन्छन जसले, भनिन्छ उसैलाई लाइफ पार्ट्नर । चिन्तित नहोउ तिमी कोही अकाल मै मरेर, ऊ त गएको हो चाडै कोर्स कम्लिट गरेर । :)

...छाडेर काम सारा एक काम रोजिरहेछु;यो देशमा म एउटा मानिस खोजिरहेछु ।

के तपाईंको आफ्नो बाँदर जस्तो अनुहारलाई "ह्याड्सम , ब्युटिफुल, सेक्सी, स्मार्ट " आदि भनेर कमेन्ट गराउन चाहनुहुन्छ ? हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् - हाम्रा पेशेवर कमेन्टरहरु तयारी अवस्थाका कमेन्ट लिएर तपाईंको सेवामा उपस्थित हुनेछन । :D

स्वास्थ्यमा क्रान्तिकारी सुधार - शुभ चिन्तकप्रती हार्दिक आभार :)

बिरामी छु :(

रेडियोले ग्लोबल वार्मिङ बढ्या छ भन्छ । आगनमा निस्की सक्नु जाडो छैन; - २२ अरे टेम्पेचर । हाम्रो कान्छो भुरो भन्छ "बा यो ग्लोबल वार्मिङ की ग्लोबल कोल्डिङ" ? खोइ कसको कुरा पत्ताम कसको नपत्ताम ।

इर्ष्याको आगोद्वारा सन्चालित साउना सहित मेरो मुटुको चारै वटा कोठा प्राइभेट अपर्ट्मेन्टको रुपमा भाडामा दिदैछु । उनैलाई...

घडीको पसल थाप्दैमा प्रशस्त समय हुदैन । मुटुरोग बिशेषज्ञ बन्दैमा मन बलियो हुदैन ।

अब त ति लिखा जुम्रासँग पनि इर्ष्या लाग्न थाल्यो; रात दिन तिम्रो केश सुमसुम्याउछन ।

यत्र नार्यश्यु पुज्यन्ते , रमन्ते तत्र देवता - शास्त्र । यत्र नार्यश्यु घुमन्ते फसन्ते तत्र देवता - बिक्की थापा । :D

" चर्पी जानुअघि र खाना खाइसकेपछी राम्रोसँग साबुन पानीले हात धोऔ " जनकल्याणको लागि स्वामी साक्ष्यात सुशिलको दिब्यबाणी । :D

नयाँ बर्षको पहिलो दिन आज यस्तरी हासियो , आशा छ 2010 भरी हासिनेछ । :D

नयाँ बर्ष २०१० ले तिमी र तिम्रो परिवारमा सुख शान्ति र भात्रित्वको बर्षा ल्याओस । शुभकामना ।

Today one Finn asked me " why Nepalese are always smiling?" I replied " because they know CCTVs are hidden everywhere."

स्तब्ध ।

महाभारत कालमा विश्वको सर्बोच्च शिखर (हालको सगरमाथा) पत्ता लागिसकेको थियो जसलाई "नौबन्धन" भनिन्थ्यो । साम्राज्यबादी जर्ज एभरेष्टको नामबाट माउन्ट एभरेष्ट भनेर चिनिनु दुर्भाग्य हो । यसलाई आफ्नै मौलिक नामले चिनाउनु पर्दछ । जस जसलाई यो कुरा मन पर्छ । आफ्नो स्टाटसमा एकदिन राख्नु होला । (गुरु निर्मलमणी अधिकारीको लेखको आधारमा)

खदिलो सत्य यही हो, जीवन खोक्रो छ । चाहना मिथ्या छ । प्राप्ती मिथ्या छ ।

ए भन मेरा भाई हो - यौलु रे..... ए राम्ररी भन - यौलु रे........ए स्वर मिलाइकन - यौलु रे .......Merry christmas to all.

प्रिये तिमीले मेरो "दिनको चैन" लुट्यौ । म तिम्रो "सुनको चेन" लुट्छु । :D

कहीले काही त एसो फिन्ल्याण्डमा पनि "नेपाल बन्द" हुनु नी । काम गर्दा गर्दा वाक्क भैसके ।

माओवादी भन्छ "नागरिक सर्बोच्चता" खोसिएको छ । माओबादी इतरका दलहरु भन्छन माओवादी "सत्ता कब्जा" गर्न खोज्दै छ । साधारण जनतालाई यी दुबै कुराको बाल छैन ।

आधुनिक बिज्ञान भन्छ- हरेक घटनाको कारण अवश्य हुन्छ । शास्त्र भन्छ- हरेक घटना आफैमा एक कारण हुन्छ । - स्वामी साक्ष्यात सुशिल :D

बल्ल बल्ल सकियो ठाँडो । अबको कार्ययोजना - 'शिरिषको फुल' फेरी पढ्ने,एउटा कथालाई अन्तिम रुप दिने, नयाँ कम्प्युटर गेम आएका छन्, खेल्ने । सुत्ने ।

उ भन्दै थियो- म तिम्रो लागि आकाशमा अर्को एउटा तारा थपिदिन सक्छु । भनिन्छ मान्छे मरेपछी आकाशमा तारा बनेर बस्छ रे । मरेपछी पनि तिम्रो जीवनमा उज्यालो ल्याउन चाहन्छु ।

सर, पुरुषार्थ चटुष्ट्यमा "सब वे" को ब्यवस्था छैन ? म त पहिलो चरण मै फेड अप भै सके ।

आज सबै चिज गर्ने मन छ, सिर्फ स्वाश फेर्न मन छैन ।

दुई वटा लामो कथा दिमागमा आएका छन् । एउटा माइन्ड नेट्वर्किङ सम्बन्धी , अर्को साइको किड्स लभर । तर लेख्ने समय छैन । दिमागमा कुरा खेलेको खेल्यै गर्छ । कोही साहित्यमा इच्छुक छन् भने सम्पर्क गरौ ।

Am i really an aesthetic guy?

It hurts deep inside but the disease is not yet identified, i found one doctor who is not yet certified. I have to wait suffering alot thats for sure, can anyone suggest me what is my cure?

Sushil is back - I left facebook and msn for 4 days just for you and your beauty.

भूमिगत !

आज फेरी बिरक्तताको आँधी बेहरी चलेको छ । यो बिरक्तता अर्नेष्ट हेमिङ्वेको "थ्री डे ब्लो" होइन । चल्छ , चलिरहन्छ ।

आफ्नो पाखण्ड र ढोङ्गीपन लुकाउन धर्मको खोल ओडाइदो रहेछ । करिमा बेगम सिडियोलाई थप्पड हान्छिन अनी भन्छिन " मुस्लिम महिलाको हात समातेकोले" अनी चौधरी साहाब बिसौ हजार पशु बली दिन्छन अनी भन्छन "गढिमाइ खुशी हुने भएकोले" । आज सम्म कुनै धर्मले भनेको छ निहत्था पशुको बेकारमा हत्या गर्न ?

Deposite your heart, i give you loan of love. Interest is one smile per day. Duration is flexible honey, take whole life to pay.♥

मुलुकको राजनितिक अवस्था के हुँदै छ यार ? खै के थाहा । ओबामाले नोबेल पाएछ नी । हो र ? को हो त्यो ? । गीता-सार थाहा छ ? छैन । तेरो फेसबुक प्रोफाइल छ ? फेसबूक भनेको संसारभरी नै चलाइने सामाजिक सन्जाल हो । यसका प्रयोग कर्ता ३०० मिलियन बढी छन् । यसको निर्माता मार्क जुकर्बर्ग हुन । हावर्ड युनिभर्सिटीमा पढ्दा पढ्दै उनले बनाएका... थिए । हाल माइक्रोसफ्ट र हङ्कङको धनाढ्य ली की साङले पनि यसमा लगानी गरेका छन् । यस्तो साइट....

अबको साहित्य यसरी अघि बढ्ला । जर्साबलाई स्वस्ति गर्न नसकेपछी केशबराजको मनमा यस्तो अनेकन शंका अपशंका चल्न थाल्यो की त्यो दिन उसलाई फेसबुक चलाउन पनि मन लागेन - सुकबिर सकमबरीको प्रेममा यसरी डुबेको थियो की उसलाई फेसबुकमा कमेन्ट हेर्ने समेत ध्यान थिएन - फेसबुकको च्याटबक्स डाउन हुँदा मदन भोटमा छटपटाउन थाल्यो, मुना गाउँमा । :D

मुटुको बाध जति नै बलियो भए पनि आँखामा बाढी आउन छाडेन ।

साथीको अगाडी एक्सोपोज्ड देखिने, अहिलेको पढाइ हेर्दा फेक देखिने फ्याकल्टी टपरको प्रमाणपत्र हटाउदै छु ।

.......पत्रको अन्तिम दुई लाइनमा लेखेको रहेछ - " तिमीसँगको बिछोडमा दिल खोलेर रुन मन थियो । तर सकिन । रोऔ त यो समाज नामर्द भन्छ । हाँसौ त प्ले ब्वाइ भन्छ । " तर पत्रका अन्य भन्दा ती दुई लाइन भिजेको जस्तो देखिन्थ्यो ।

तुम से मिल्नेको दिल कर्ता है रे बाबा । तुम से मिल्नेको दिल कर्ता है रे आमा । :( missing alot.

I will propose you in 2012 december 20. Will you eccept me?

५ महिनामा पहिलो पटक आज शनिबार कोठा मै सुतेर बिताए । भोली पनि सुतेर बिताउछु ।

सिरसिर हावाको लहरसंगै बहेका ती रेशमी कपाल, रसिलो सुन्तलाको केस्रा केस्रा सरी ओठ । बिहानीको सुर्योदयसंगै देखिने चम्किला ती हिमाल झै दन्तलहर । बाक्ला काला परेली बीचका तलाउ झै निला आँखा अनी त्यो अबोध बालकको झै निर्दोष हेराइ । तिम्रो सुन्दरता र त्यसमा लुकेको अबोधता देखेर मेरो मनमा एउटै वाक्य अनायाशै निस्किन्छ .............. जुरुक्क उठेर झ्याममा मुख पड्काउ ? :D

प्रिये तिम्रो यादमा हिजो राती भातै रुचेन, अनी रोटी बनाएर खाए । :D

ह्याण्डसमको घरमा मात्र तिम्रो बास हुने भए हे इश्वर! मलाई अझ ह्यान्ड्सम बनाइदेउ ।

जय नेपाल........आउ मेरा प्यारा प्यारा भाईबहिनीहरु फेसबुक नजिक आउ । लौ त अब हामी गरौ जथाभाबी कमेण्ट । :D

प्रो.डा साक्ष्यात सुशिल........ यो लेख्ने दिन कहिले आउने होला । :D

"Much madness is devinest sense" Thats why i love you, want to surrender myself and forget my existence......you call its madness ??? No honey, i am getting heavenly pleasure.

सुख म भित्रै रहेछ । मिथ्या बाहिरी बस्तुको सम्बन्धबाट सुखानुभुत गर्न खोजेछु ।

आज देखि 'साधारणिकरण' कथाको लेखन सुरु गर्दै छु । आशा छ जस्तो कल्पना गरेको छु त्यस्तै लेख्नेछु र त्यस्तै उत्रने छ, द्रिश्यमा पनि ।

म सुतिरहेको हुन्छु । कसैले फेसबूकमा कमेण्ट दिनासाथ एक कल फोन गरम है ।

भोली फेरी मुना चिया र सेल खानेछु । पुराना दिनहरु ताजा गर्नेछु । तर कहाँ पाइएला र त्यहि दौतरी साथमा साथ दिने । यहाँ त एक्लै हुनेछु।

Mark Zuckerberg, why the hell you made facebook ?

Advanced Marketing test tomorrow - 520 slides copied in my mind within 1 day - i always enjoy 'tickmark' test - lets see what happens tomorrow.

शुभ दिपावली २०६६ को मंगलमय शुभकामना । धनधान्य देबी लक्ष्मीको कृपाले सम्पुर्ण नेपालीमा सुख शान्ती र सम्रिद्धी छाईरहोस् ।

जब आशाका पर्खाल ढल्नेछन,जब कर्तब्य रुपी पंक्षि अनन्त आकाशमा बिलिन हुनेछ । जब तिम्रो आँखामा आफुलाई हेर्ने प्रयत्न सकिनेछ, सम्भवत त्यहि पल नै मेरो जिबन अस्तित्व सकिनेछ । यही गीतको अन्त्य भएको स्थानमा ,इश्वरको समिप,सुनसान रातमा घन्टीको एकोहोरो आवाज सुन्दै ,म अनी मेरो एक्लोपन चिर निन्द्रामा लीन हुनेछौ ।


सुजाता कोइराला उप-प्रधानमन्त्री । लज्जास्पद निर्णय । नेपाली काङ्रेस पतनको बाटोमा - एमाले सरकार ढल्ने सुरसारमा ।

हरेक बाउको एक बाउ हुन्छ जसलाई हामी हजुर बाउ भन्छौ ।

म : म पार्टी सकियो । स्वाद कस्तो थियो भोली बिहान थाहा हुन्छ ।

हाउ मेनी म:म: यु कोप्ल्याक्स टुमारो ? :D

हाडहरुको सुन्दर खम्बा मांसपिण्डको दिवार । मस्तिष्कको सुनको छाना, इन्द्रियहरुको द्वार । नसा नदीका तरह तङ्ग, मन्दिर आफु अपार । साचै नै जादु थियो लक्ष्मी प्रसाद देवकोटा हातमा ।

Test + Assignment + School + 2* Workload + Story writing - Weight = Sakshyat Sushil

धेरै भयो स्केच नगरेको । भोली फुर्सद भएमा एउटा सुन्दर अनुहारको स्केच गर्नेछु । अनी फेसबुकमा राखौला ।

सिग्मन्ड फ्रायडले मेरो सम्बन्ध बर्बाद गर्यो । अडिपस कम्प्लेक्ससँग तुलना गरेर हिजो प्रेमको व्याख्या गरेको एउटी बोल्नै छोडी । जय होस् मनोबिज्ञान ।

"उक्त अनुसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढी आकषिर्त, अग्ला, ओजनदार स्वर र सुगन्धित शरीर भएको पुरुषसँग मरिहत्ते गर्छन् ।" - त्यहि भएर पो रहेछ म सधैं एक्लो ।

जिन्दगी जिएर मैले बुझेको एउटै मात्र कुरो,जिउनु बेकार छ ।

मोडर्न रामायणको प्रदर्शन आज । गोल्भेडा प्रतिकिलो S-market = 2.19, K-market = 1.89, Alepa = 1.69, Lidl = 1.89 :D

बिजय दशमी २०६६ को पावन अवसरमा सुख,शान्ती र दिर्घायुको हार्दिक मंगलमय शुभकामना -साक्ष्यात सुशिल

केटीहरु डाइलगलाई भन्दा एक्सनलाई बिश्वास गर्छन । त्यसैले नाना पाटेकर भन्दा इम्रान हास्मी लोकप्रिय छ । :D

दु:ख सत्य बुझे ....दु:ख निरोध मार्ग सत्य बुझ्न सकिन

नेपालको झन्डा परिवर्तन गर्नुपर्ने कुरा कस्तो लाग्यो ? बहस गरौ ।

दशै आयो । H&M जाउँला । कपडा हेरौला । साह्रै महङ्गो । धत्त पापी सेल लागेपछी आउँला । :D

तिम्रो अर्को छ भन्ने थाहा हुँदा हुँदै पनि म तिमीलाई किन मनपराउछु थाहा छ ? किन भने मेरो पनि अर्को छ ।

पहिले पहिले यो मनमा बिरक्त र नैराश्यताको वन डे हुन्थ्यो , अचेल सिरिज चल्दै छ । कती दिन चल्ने थाहा छैन । तर जुन टिमले जती रन हाने पनि पिटिन्छ मेरै मन । आउट हुन्छ मेरै जिबन ।

खै कुन सुख को निम्ती यती दु:ख गर्दै छु ।

हुन त म आज भित्र भित्र एकदम दुखी छु तैपनी अरुलाई हसाउन कमेडी समाचार लेख्दै छु । :(

मोडर्न रामायण तयार ! हेर्न आउने दर्शक महानुभावले सके सम्म गोल्भेडाले नहान्नु होला । हान्नै परे प्याज,काउली,आलु र बन्दाकोभी सँगै हान्नु होला । तरकारी महँगो छ नि । त्यही भएर । :D

प्रिय आज शायद तिम्रो मुहार हेर्ने अन्तिम दिन । भोली देखी तिमी आफ्नो बाटो म आफ्नो बाटो । हुन त संसार त्यती ठुलो पनि छैन कि एक पटक भेटिएको मानिस अर्को पटक नभेटिने । यो मानिसै मानिसको कोलाहल बीच कुनै न कुनै दिन कुनै अज्ञात स्थानमा फेरी हामी एक अर्कासँग ठोक्किन पनि सक्छौ । यदी कुममा ठोक्किए त ठिकै छ, कतै दुख्ने ठाउँमा ठोकियो भने कसम म हात खुट्टा भाचिदिन्छु । :D

बाबु जि ने कहा ईन्टरनेट छोड् दो । मा ने कहा फेसबुक छोड् दो । तुम्ने कहा कमेण्ट देना छोड् दो । मै एक दिन एह ल्याप्टप छोड्दुङ्गा । :D

तिमी सधैं सपनामा आउछौ भने प्रिय, म आजै देखी चिर निन्द्रामा जानेछु । आउछौ ?

बिहान छ बजे उठ, एक छिन योगा अनी काममा जाउ । दश बजे दौडी दौडी रेल चढ, रेल मै खाउ । कलेज जाउ, एल्डोनको कक्षामा झुपु झुपु । कती चिमाट्नु आँफैलाई । निन्द्रा भगाउन औषधी - पुस्टकारी र तितौरा पनि सकियो । कलेजबाट हतार हतार फेरी काम मै फर्क । अनी राती ११ बजे घर आउ । खाना पाकेको छ भने खाउ, नत्र फेरी भाडा मस्काउ । हरे शिव !

पहिले पहिले, रायोको साग भात (saatisfied), गुन्द्रुक ढिडो(New taste) , म: म: छोइला (yammiee) , पुरी तरकारी (waah) , दाल-रोटी (sometimes) , पिठो मोही(have you taste it ?) अहिले जुस कुखुरा भात (uffff) , जुस कुखुरा भात (hare shiva) .........कहिले होला नेपाल जाने ?

कोही त होला आज मेरो लागि ब्रत बस्ने ।

Tired.....Hungry.....Sad......Alone.....Voi Vittu

कतै टाढा जान मन छ । जहाँ म र मेरो एक्लोपना बाहेक कोही नहोस ।

It's too early to get U and too late to forget U.

तिम्रो नभई चिप्लेछु भने अर्को जुनी लिउँला । अर्को जुनीमा मिलेन भने वाक ओभर दिउँला ।

सुन्यतामा सुन्दरता देखिन्छ जहाँ नेपाली हेराइ हुन्छ ।

तिमी सुन्दरता कि देवी, म समर्पित अन्ध भक्त ।

क्याक्टस आदर्श हो काकाकुल मरुभुमीमा अडिग रहने । क्याक्टस बिरोधभास हो शरीर भरी काँडा लिएर सुन्दर देखिने

हाम्रो घर छेउमा कत्रो ठुलो टि.भी फालेको छ । के गरौ के गरौ भो ?

नेपाल जान लागेका मित्रहरुलाई बिशेष अनुरोध - प्लेनबाट हात अथवा टाउको बाहिर ननिकाल्नु होला ।

मलाई लागेको पछील्लो आरोप " सुशिल राम्रो नेता बन्न सक्दैन तर एउटा मन्त्रालय अवश्य पड्काउछ "

मोडर्न रामायाणको लेखन पुरा, सम्पादन जारी ।

"हिजो म:म: मा धेरै खुर्सानी परेछ, आज बिहान थाहा भयो । आथ्था । "

मानिस बाँदर कै बिकासित रुप रहेछ, आज एना सफा गरे पछी थाहा भयो । :D

मेरो जिबनबाट जाने भए जाउ तर अन्तिम पल्ट यो ठेगानामा आउ - Lintukorventie 2H 86...... :D

कोशीको बाध ठुलो छ, त्यसको कैयौ गुणा ठुलो छ हाम्रो सहनशिलताको बाध, कोशीको बाध फुटे बिहार बगाउछ । हाम्रो सहनशिलताको बाँध फुटे भारत तहस नहस बनाउछ । होशियार ।

सुन्यता नै सुन्दरता,न कुनै तुलना न हेराइको प्रभाव ।

Thursday 11 February 2010

बिज्ञापन

ह्याम्क युनिभर्सिटीमा एड्भरटाइजिङ एन्ड सेल्स प्रमोसन बिषयको प्रयोगात्मक परिक्षाको नीम्ति तयार गरिएको यस बिज्ञापन सर्बोत्कृष्ट भएको थियो । बिज्ञापनको कथा लेखन र निर्देशन मैले गरेको थिए । तालको पानी अत्यन्त चिसो थियो । मे महिनामा शुटिङ गरिएको थियो । स्मरण रहोस्,अप्रिलसम्म ताल पुरै जमेको हुन्छ । हाम्फाल्ना साथ करेन्ट लागेको जस्तो अनुभव भएको थियो ।
सहभागी:
देवराज पान्डे
जेम्स सेह
आन्सी माकेला
जेनिन क्लेहम
तोङ
सुशिल गौतम
हुआङ सेन
शुटिङ युनिट ग्रुप सेवेनलाई धेरै धेरै धन्यवाद ।

Friday 5 February 2010

गौतम बुद्धको नेपाली नागरिकता

भारतिय संचार माध्यमले बुद्धको जन्मथल भारत हो भनेर भ्रम फैलाउन खोजेको पाइन्छ । साथै कतिपय पुस्तकहरुमा समेत बुद्धको जन्मस्थल बारे गलत सूचना प्रकाशन भएको हुँदा त्यसको सान्केतिक बिरोध स्वरुप फोटोसपको प्रयोगगरि गौतम बुद्धको नेपाली नागरिकता बनाएको हुँ । यसलाई बिरोधको रचनात्मक शैलीको रुपमा लिनुहुन पाठकहरुमा बिनम्र अनुरोध गर्दछु । कसैको आस्थाप्रती आघात पुर्याउने मेरो मनसाय होईन । गौतम बुद्धले प्रदान गरेको ज्ञान प्राप्त गर्न सदैव तत्पर रहनेछु ।

समाधान गर्न नसकिने समस्याको चिन्ता लिनु नै बेकार छ ; जुन समस्याको समाधान हुन्छ त्यसको चिन्ता लिनुपर्ने आवश्यकतै छैन । - बौध दर्शन