Friday 29 January 2010

मिलेर केही गर्ने की ?

साथीहरु,
धेरै समय देखि चल्दै र सुस्ताउदै आएको कुरा म फेरी एक पटक उठाउने प्रयास गर्दै छु । र यसलाई फेरी सुस्ताउन नदिन तपाईंहरुको सहयोगको आवश्यकता रहेको छ । हामी अहिले बिदेशिएका छौ । कोही पढ्न बिदेशिएका छौ त कोही काम गर्न त कोही यही जन्मिएर पनि मन नेपाली नै रहेको छ । हामी जो जहाँ जस्तो भए पनि आफ्नो मनमा मुलुक प्रतीको अगाध मायामा
कमी आएको छैन । आफ्नो देशमा सानो घटना हुँदा पनि चिन्तित तुल्याउछ हाम्रो मन । यसमा कुनै शन्का छैन ।
सबैलाई थाहा भएको कुरा हो हाम्रो देश अशिक्षित, गरीब र अबिकसित छ । मुस्किलले ५० प्रतिशत शिक्षित छन्, ३० प्रतिशत निरपेक्ष गरीब छन् भने बिकासको कुरा नगरौ युरोप भन्दा ३०० बर्ष पछाडि छौ । यी सबै कुरा कसैबाट लुकेको छैन । सबैको चाहना छ शिक्षित, सम्रिद्ध र सिर्जनशिल नेपालीको उपमा पाउने तर पनि गरीब,अशिक्षित र दरिद्रको तिखो बिशेषण सधैं लाग्ने गरेको छ । हाम्रो देश गरीब र अबिकसित हुनुमा कोही नेतालाई दोष दिन्छन, कोही कर्मचारीलाई त कोही जनतालाई । तर जसले जसलाई गाली गरे पनि खाली कुरा मात्र बढ्छ काम बढ्दैन । कसैले यो गरेन त्यो गरेन भन्नु अघि आफुले मैले के गरे भन्ने कुरा सोच्नुपर्छ । सुरुमा आफुले केही योगदान गएको पछि मात्र अरुलाई दोष लगाउनु उचित हुन्छ ।
अब कुरा सोझो गरौ - बी बी सी नेपाली सेवाका प्रमुख भएर काम गरिसकेका रबिन्द्र मिश्र आज बेलायतको सुख सयल जीवन छोडेर नेपालको गाउँ गाउँमा शिक्षाको बिकासको नीम्ति नेपाल फर्किसकेका छन् । ब्रिटिश गोर्खा बाघवीर पुन आफु पढ्न नपाए पनि अरुलाई पढ्ने अवसर दिनको लागि बेलायत छोडेर नेपाल फर्किएका छन् । अमेरिकामा कम्प्युटर नेट्वर्किङ पढेर नेपालको गाउ गाउलाई तार रहित ईन्टरनेटले जोड्ने प्रयासलाई देखेर एसियाको नोबेल मानिने म्यागासेस अवार्ड हात परेकाछन् महाबिर पुनले । यस्ता अनगिन्ती समाजसेवीहरु छन् जसले हामो देशको नीम्ति केही गरौ भनेर लागि परेका छन् । बोल्न सजिलो हुन्छ , अझ कसैको बिरोध गर्न झनै सजिलो । हामी नेपाली काम थोरै कुरा धेरै गर्छौ । दुई चार जना भेट हुनासाथ दुनियाँ राजनीतिको गफ लडाउन हामीलाई कसैले जित्दैन तर जब ठोस् काम गर्ने दिन आउछ, मान्छे बेपत्ता हुन्छन । रबिन्द्र मिश्र र महाबिर पुनको जस्तो काम त हामी तत्काल गर्न सक्दैनौ । तर बिदेशमा अध्ययनकै बेला पनि केही उपलब्धी मुलक काम गर्न सक्छौ । (हेर्नुहोस्: http://www.mysansar.com/archives/2010/01/id/8884)

जुली परियार श्रोत माइसन्सार

http://www.mysansar.com/archives/2010/01/id/8534
सानो उदाहरण जुली परियारको । आफु पढेको कलेज टप गरेपछी पनि पैसाको अभावमा पढ्न नपाएकी जुली परियारलाई म लगायत अन्य केही सहयोगीको आर्थिक सहयोग पाएकी कारण अहीले काठमाडौंमा बसेर पढ्दै छिन् । यो एउटा सानो उदाहरण हो समाज सेवाको, आफ्नो राष्ट्र सेवाको । उनी पढ्न पाउनु आफैमा ठुलो कुरा हो र यदि पढेर उनले केही राम्रो काम गरिन भने त्यो समग्र राष्ट्रको लागि हुन्छ । यस्ता साना साना कामबाट पनि आफ्नो राष्ट्र सेवा गर्न सकिन्छ । लामो समय देखि उठाउदै आएको कुरा पनि यही हो । फिन्ल्याण्डमा भएका सबै नेपालीहरु मिलेर एउटा कोषको निर्माण गर्ने, जसमा प्रत्येक नेपालीले महिनाको केवल एक युरो राख्ने हो भने नेपालमा १०० रुपैया हुन जान्छ । यदि फिन्ल्याण्डका सबै परोपकारी नेपालीले महिनाको एक युरो दिने हो भने नेपालको दुर्गम बिद्यालयमा पुस्तकालय बनाउन पुग्छ । कैयौ जुली परीयारलाई पढाउन पुग्छ । कैयौ बिद्यालयमा छाना हाल्न पुग्छ । महिनाको एक युरो काम गर्नेको लागि ठुलो रकम होईन । चुरोट पिउनेले एक बट्टा चुरोटको पैसा जोगाएर दिने हो भने कैयौ गरीब नेपालीले पढ्न पाउथे । केवल एउटा कफी, केवल एउटा कर्याला, एउटा कार्हुको पैसाले कैयौ टुहुरा नेपालीले पढ्न पाउछन भने किन सहयोग नगर्ने ?
जापानी बिद्यार्थीले खाजाको पैसा जोगाएर काभ्रे जिल्लामा बिद्यालय बनाउछन; त्यस्तै हेल्सिन्की मै पनि बोत्तल खोजेर कोष निर्माण गर्ने र डकुमेन्ट्री मार्फत सेवा गर्न खोज्ने देखिएका छन् । भने हामी सबै नेपाली मिलेर जम्मा महिनाको एक युरो देशको लागि किन नदिने ? झन फिन्ल्याण्डमा त एक क्लिक गरेको भरमा नेट ब्यान्कबाट पैसा जम्मा गर्न सकिन्छ ।
हुन त धेरैको मनमा प्रश्न उठ्छ जम्मा भएको पैसा कसैले खान्छ की अथवा त्यसमाथी पनि राजनीतिकरण हुन्छ की ? तर हामी सबै फिन्ल्याण्डका युवाहरु मिलेर राम्रोसँग सन्चालन गर्न सक्यौ भने हाम्रो एक युरोले नेपालमा तार अहित ईन्टरनेट नेट्वर्क बनाउन महाबिर पुनलाई दिनसक्छौ, हेल्प नेपाल नामक सस्थाको लागि रबिन्द्र मिश्रलाई दिनसक्छौ, केही नभए पनि आफ्नै कोष बनाएर कुनै दिन बाढी पीडित,भुकम्प पीडितलाई सहयोग गर्न सक्छौ ।
यसर्थ सम्पुर्ण साथीहरुलाई आग्रह छ राजनीति र दर्शनका फोस्रा गफ धेरै गर्यौ , अब केही काम गर्ने बेला आएको छ । अमेरिकी पूर्व राष्ट्रपती जोन एफ केनेडीले एक पटक भनेका थिए " देशले के दियो भन्ने मात्र नसोच; पहिला यो सोच तिमीले देशलाई के दिन सक्छौ " आफ्नो मुलुक छोडेर सात समुद्र पारी आउँदा पनि हामी नेपालीहरु आपस मै बिभाजित छौ । कोही गुल्मेली भनेका छन्, कोही बिद्यार्थी भनेका छ्न । एक अर्कालाई आरोप प्रत्यारोप, गुट बन्धी । यसर्थ यस्ता घटिया बिभाजन भन्दा माथि उठेर देशको लागि केही गर्नको नीम्ति एकजुट होऔ ।