Saturday 12 December 2009

घोप्टेभिर आत्महत्या सेन्टर

मनोरन्जनात्मक समाचारको लागि निर्माण गरेको बिज्ञापन । यसमा मलाई साथ दिएकी छिन् प्रकृति अर्यालले । उनलाई एक पटक सिकाएको भरमै पुरै बिज्ञापन पढेकी थिईन । उनको स्वर पनि निकै राम्रो सुनिएको छ । तस्बिरहरु गुगलबाट खोजेर लिएको हुँ ।

मनोरन्जनात्मक समाचार

बडा दशैं २०६६ को उपलक्ष्यमा फिनल्याण्डको राजधानी हेल्सिन्कीमा आयोजित नेपाली कार्यक्रममा मैले मनोरन्जनात्मक समाचार प्रस्तुत गर्ने मौका पाएको थिए । स्कुलका दिन देखि नै बिभिन्न बिषयलाई समाचारको शैलीमा प्रस्तुत गर्ने गर्दथे । + २ मा पत्रकारिताको अध्ययनपछी त त्यहि गुण ह्वात्त बढेर आयो । मदन भन्डारी मेमोरियल कलेजको कार्यक्रमहरुमा "कमेडी न्युज" वाचन गर्ने प्राय: मै हुन्थे । बिजय कुमार पान्डे जस्तो कार्यक्रम प्रस्तोता तथा पत्रकार बन्ने ठुलै सपना पनि बुनेको थिए तर कारणबश: पत्रकारिताको अध्ययन छोडेर फिन्ल्यान्ड आउनु परेपछी त्यो सपना सपनै रह्यो । सहपाठी सुनिता पोख्रेल, सिम्रिका शर्मा तथा रुपेस श्रेष्ठ जसरी समाचार भन्न टेलिभिजनमा प्रस्तुत हुन नसके पनि युट्युब त छदै छ नी ।

भ्रमको खेती‏

मरेको भारतीयले जिउदो नेपाली ठग्छ भनेको सुनेको थिए । तर अहिले उनिहरुको ठगि वर्ल्डवाइड भए जस्तो लाग्छ । इन्क्रेडिबल इन्डिया भन्दै आफ्नो देशलाई बिश्वास नै गर्न नसक्ने भनि भ्रामक बिज्ञापन आज फिनल्याण्डको राजधानी हेलसिन्कीका गल्लि गल्लिमा कुदिरहेको छ ।
एक हप्ता अगाडी कलेजबाट फर्किदा रेलबाट गौतम बुद्धको फोटो भएको बस देखेको थिए ।

इन्क्रेडीबल इन्डिया भनेर आफ्नो देशलाई बिश्वास नै गर्न नसकिने भ्रमण गन्तब्य भनेर बिश्वास नै गर्न नसकिने बिज्ञापन दिईरहेको छ भारतले । संयुक्त राष्ट्रसंघ देखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रले गौतम बुद्धको जन्म स्थल नेपालको लुम्बिनी हो भनेर मान्यता दिईसकेको अवस्थामा पनि किन यी भारतीयहरु बेला बेलामा निउ खोज्छन ? गौतम बुद्धको मन्दिर भारतमा पनि होला तर उनीहरु शुद्ध मनले " बुद्धको जन्म नेपालमा भएको हो तर हाम्रो देशमा पनि उनको मन्दिर छ " भनेर पर्यटक तान्न खोजेका होइनन । "चादनी चोक टु चाइना" मा बुद्धको जन्मस्थल भारत हो भनेर प्रष्ट भनेको छ । त्यो बेला निर्देशक, बोल्ने कलाकार, सुटिङका कामदारहरु,सेन्सर बोर्डका मान्छे मध्ये कसैलाई थाहा थिएन होला त बुद्ध कहाँ जन्मिएका भनेर ? सबैलाई थाहा थियो । तैपनी हेपेर बोलेका हुन ।

फिन्ल्यान्डमा कती पय त्यस्ता मानिस पनि छ जसलाई नेपाल भन्ने देश छ भन्ने थाहा छैन ( यो हाम्रो लागि बेज्जतीको कुरा हो )जसलाई नेपाल भन्ने देश नै थाहा छैन , उसलाई बुद्धको जन्मस्थल नेपाल हो भन्ने कसरी थाहा हुन्छ ? सबै मानिसलाई गुगल खोलेर बुद्धको जन्मस्थल कहाँ पर्छ भनेर खोजिरहने समय र इच्छा त हुन्न नि । त्यो बिज्ञापन देख्ने जती मानिसले त सोच्ने नै भए कि बुद्धको जन्म स्थल भारतमा भएको भनेर । त्यस्तो महत्वपूर्ण पर्यटन स्थलको फाईदा अर्को देशले लिईरहेको ।

बसमा यस्तो बिज्ञापन देखेपछी इन्क्रेडीबल इन्डियाको आधिकारिक वेब साइटमा यो बिज्ञापनले पार्न सक्ने भ्रमको बारेमा कमेन्ट लेख्नु पर्यो भनेर के खोलेको थिए, त्यहा त झन " ओन स्पेसल रिजनको भिजिट इन्डिया - ल्याण्ड अफ लर्ड बुद्ध " लेखेको छ । करोडौ मानिसको आस्थाको प्रतिक महामानवको नाममा ठगि गर्न अलिकति लाज लाग्दैन ?
हुन त यसरी गालि त गर्न नहुने हो । फेरी " यो तिमीहरुको गौतम बुद्ध होइन, भारत कै लोकल बुद्ध हुन " भन्न बेर लगाउदैनन । त्यती बिज्ञापनको आधारमा बिरोध गरिहाल्न पनि नसकिने किन भने गौतम बुद्धको बिषय ट्रेडमार्क रजिस्टर गर्न मिल्दैन न त त्यस बिज्ञापनमा गौतम बुद्धको जन्मस्थलको बारेमा केही लेखिएको छ । एउटा तस्बिरले हजारौं शब्द बोल्छ, बोलाउन खोजिएका शब्दहरु भलै अरु नबुझ्लान तर हामी बुझ्न सक्छौ । त्यो बिज्ञापन त्यतिकै छोड्ने हो भने बुद्धको जन्म स्थल भारत नै रहेछ भन्ने भ्रम पर्न सक्ने भएकोले मैले हेल्सिन्कीको ट्याब्लोइड सपर मेट्रोकी पत्रकार हेइदी साल्मालाई यस बारेमा जानकारी दिए । उनीले पनि यस बिषयमा गम्भिरता देखाइन र भारतिय पर्यटन बोर्डका अधिकारी श्री एम आर पट्टानायकसँग अन्तर्वार्ता लिएर २१ सेप्टेबर २००९ मा मेट्रो पत्रीकामा छापिएको समाचार यस प्रकार छ ।


पत्रकार :भारत बुद्धको देश भनेर के अर्थ दिन खोजिएको हो ?
पर्यटन अधिकारी :भारतमा बौद्ध,हिन्दू ,जैन र सिख गरी चार धर्मका बिकास भएका हुन । भारत मुस्लिम र क्रिश्चियनको पनि देश हो ।
(स्मरण रहोस् हिन्दु धर्मको सर्वोच्च ग्रन्थ बेदको लेखन तनहुँको व्यास गुफामा भएको थियो । त्यो नै हिन्दू धर्मको श्रोत हो ।)

पत्रकार :नेपालीहरु भन्छन " बुद्ध नेपालको दक्षिणी भागमा जन्मिएका हुन , भारतमा होइन "
पर्यटन अधिकारी : हो बुद्धको जन्म नेपालमा भए पनि पछी भारत आए । उनको जन्म नेपाल र भारतको सिमानामा भएको हो जुन पहिला भारतको एउटा भाग थियो । (दार्जिलिङ,सिक्किम,नैनिताल,कुमाउ,गढवाल पनि पहिला नेपालको भाग थियो । अब भारतको आधा राज्य नेपालको हो भन्ने ?)

पत्रकार : जनवरीमा भारतिय कमेडी सिनेमामा बुद्ध नेपालमा जन्मेको भनेपछी त्यसको ठुलो बिरोध भएको रहेछ ।
पर्यटन अधिकारी :यो त मैले पहिलो पटक सुन्दै छु ।
(कती मुर्गा बनाउन सक्छौ है । चादनी चोक टु चाइना फिल्म नहेरेको ?)

पत्रकार :भारतले बुद्धको जन्म भुमी नेपाल नै हो भनेर खुलेर किन स्विकार्दैन ?
पर्यटन अधिकारी :म पर्यटन अधिकरी हुँ । यो पश्न राजनितिक भएकोले उत्तर दिन सक्दिन ।
(आच्छु आच्छु पारेपछी सबै त्यस्तै भन्छन ।)

यस किसिमको अमुर्त बिज्ञापनले भगवान गौतम बुद्धको जन्म स्थलको बारेमा भ्रम फैलाइरहेको हुँदा भ्रम निवारण गर्न आफ्नो आफ्नो तर्फबाट सके जती गर्नुपर्छ । यो धर्म र सम्प्रदायको बिषय होइन, राष्ट्रियता हो ।

तस्बिर : साक्ष्यात सुशिल तथा इन्क्रेडिबल इन्डियाको स्क्रीन सट )

Monday 17 August 2009

फिन्ल्यान्डमा एन आर एन चुनाव‏

तस्बिर : गौतमराज मोक्तान

सुशिल गौतम/फिन्ल्यान्ड
३२ श्रावण २०६६
" अघी लगाएको ज्याकेट भन्दा अहिले लगाएको ज्याकेट भारी भएको अनुभव भएको छ " यो वाक्य हो गैर आवासिय नेपाली संघ फिन्ल्यान्ड शाखा (एन आर एन फिन्ल्यान्ड) को नवनिर्वाचित अध्यक्ष ज्योति खरेलको । आज सम्पन्न एन आर एन फिन्ल्यान्डको पहिलो चुनावमा ज्योति खरेल प्रतिद्वन्दी लीला सिलवाललाई ८८ का बिरुद्ध २२२ मत प्राप्त गरी बिजयी भएका हुन ।
गत बर्ष गठित एन आर एन फिन्ल्यान्डको एड हक कमिटी आज निर्वाचित नयाँ कार्यसमितीको गठनसँगै बिघटन भएको छ । नयाँ गठित कार्य समितीमा अध्यक्ष ज्योति खरेल सहित अन्तराष्ट्रिय समन्वयन समिती सदस्य सुशिल ज्ञवाली (निर्बिरोध), बोर्ड सदस्यहरु रामप्रसाद अर्याल- २००, अरुण पोखरेल-१७६, प्रतिज्ञा खनाल-१८५, मोहन खनाल-२१८, टिका खरेल-१४८, सुदिप भुषण अर्याल-११४, मनोज कुमाल-१३५, दिलु सापकोटा-१२१, सुमन खड्का-१८७, सहबिर मोहम्मद-१३७, ब्योमा ताम्राकार-१९३, विश्वाश हमाल-१६०, जगनाथ काफ्ले-१२०, बिनाश तिम्सिना-१५६ ,गोपाल अर्याल-१६७, जिबन खरेल-१६७, बिजेन्द्र न्यौपाने-२२१, लक्ष्मीपती भण्डारी-१४८, देवीदत्त खरेल-१८६, कृष्ण प्रसाद भण्डारी-२३७ रहेका छन ।

कुल ३८८ मतदाता सङ्ख्या रहेको चुनावमा कार्यसमिती सदस्य पदको लागि २४ उम्मेद्बारी परेको थियो भने अध्यक्ष पदको लागि लीला सिलवाल र ज्योति खरेलको जोड्दार प्रतिस्पर्धा भएको थियो । कुल मध्ये ८५ वटा मत फिन्ल्यान्डका बिभिन्न शहरहरुबाट हुलाक मार्फत प्राप्त भएको थियो ।

नवनिर्वाचित अध्यक्ष खरेलको आगामी कार्यकालमा उनकै भाषामा नेपाली विद्यार्थीको स्थानान्तरण र रुपान्तरण गर्दै एन आर एनलाई फिन्ल्यान्डमा बसोबास गरिरहेका नेपालीको अभिभावकको रुपमा बिकास गर्ने जनाएका छन । नेपाली विद्यार्थीलाई फिन्निश भाषाको अज्ञानताको कारण उत्पन्न हुने समस्यालाई हल गर्न फिन्निश भाषाको कक्षा सन्चालन गर्न पहल गर्नेछन ।

त्यस्तै विद्यार्थीको तर्फबाट अत्याधिक मत ल्याएका उम्मेद्वार बिजेन्द्र न्यौपाने विद्यार्थीसँग सम्बन्धित मुद्दालाई एन आर एनमा छलफलमा लैजाने बताएका छन । " विद्यार्थीको ब्यवहारिक समस्या, भाषाको समस्या र रोजगारीको ब्यवस्था गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु " भन्दै उनी थप्छन " तर विद्यार्थीले पनि कार्यसमितीको काम कारवाहीको निगरानी गर्नुपर्छ । "

सिलितिय सेउरा कुन्ताको हलमा भएको मतदान कार्यक्रममा सहभागीको चहल पहल देख्दा लाग्थ्यो यो नेपाल कै कुनै स्थानमा भएको कार्यक्रम हो । अधिकांस सहभागि नेपालीको एउटै आवाज सुनिन्थ्यो - आपसी मनमुटाव हटाएर नेपाली नेपाली बीच सौहार्द र भात्रित्व बिकास गर्नुपर्‍यो ।

Friday 24 July 2009

ऊ त्यस्तै छ । उसलाई आधुनिक कपडाको ज्ञान नभएको भने होइन तर पनि ऊ प्राय साधारण कपडामा हुन्छ । बोल्दा हरेको कुराको मजाक उडाउनु, तर्क गर्दा मुटु भित्र सियो छिराए झै गरी रोप्नु र बिपक्षीलाई टिक्न नदिनु उसको बिशेषता मान्नुपर्छ ।
उसको तर्कमा त्यो जादु हुन्छ । तर्कका प्रत्येक् शब्द शब्द सिधै मुटु भित्र छिर्छ तर मुटुको अर्को पट्टीबाट तत्काल निस्किदैन, सियोको मोटो भाग मुटु मै अड्काइराख्छ । त्यो सियोलाई मुक्त गराउन अर्को पटक भेट्नुपर्ने हुन्छ । फेरी अर्को पटकको भेटमा अर्को सियो छिराएर पठाउछ । यसरी नै ऊसँग भेट्ने क्रम चलिरहन्छ ।

ऊ कस्तो छ चिन्नु अघी कुरै कुरामा मार्क्सबादको बिषय निस्कियो । म मार्क्सबादी विद्वान नभए पनि बुझे सम्मको समाज बिकास चरण सुनाए तर ऊ म माथि तर्क लिएर खनियो । उसका तर्क आँफैमा तर्क नभए पनि उसको प्रस्तुती बेजोड थियो । रोनाल्ड रेगनले यसो भने, चाल्स डार्बिनको भनाइ यो छ । उसका तर्कमा आफु बाहेक अरुलाई पनि साक्षी बनाए, म एक्लै थिए ।

त्यसपछी मैले उसलाई चिनेको भान हुन थाल्यो र बिबाद गर्दा सके सम्म कमजोर बिषयमा हात हाल्न छाडे । एक दिन फेरी उसँग भेट भयो । उसलाई रुघा खोकी लागेको रहेछ । तर पनि उसले रुघा खोकीबाट बच्ने उपायहरु प्रशस्त सिकायो त्यो दिन । र निधानका उपायहरु पनि बतायो ।

कुरा गर्दा गर्दै प्रसँग निस्कियो स्वतन्त्रता सम्बन्धी । स्वतन्त्रता एउटा बलियो बिषय हो भनेर म आँफैलाई सरक्क त्यस तर्फ ढल्काए तर उसको बाणी पनि कमजोर थिएन । ऊ भन्दै थियो " संसारमा स्वतन्त्र भन्ने शब्द नै छैन । अङ्रेजी शब्द इन्डिपेन्डेण्ट पनि डिपेन्डेण्टमा इन लागेर बनेको हो । जाबो एउटा शब्द आँफैमा स्वतन्त्र छैन भने अर्थ कसरी स्वतन्त्र हुन्छ ? बिउको स्वतन्त्रता माटोमा भरपर्छ उब्जाउने कि नउब्जाउने भनेर । सुर्य पनि स्वतन्त्र छैन मिल्की वे ग्यालेक्सीको भरमा अढिएको छ । तिमीले के चिज स्वतन्त्र देख्छौ ?"

म स्तब्ध भए । ऊसँग बिबाद गर्ने बिषय र शक्ति ममा रहेन । अनी फेरी मैले बुझे ऊ सहि अथवा गलत दुबै बिषयमा राम्रो बिबाद गर्न सक्दो रहेछ । अब ऊसँग सके सम्म बिबादमा नफसेकै जाती हुन्छ ।

मोबाइलमा कम ब्यालेन्स भएको बेला एक दिन मैले कुनै आवश्यक काम परेर उसैलाई फोन गरे । कुरा कै सन्दर्भमा मैले उसैको कुनै तर्कलाई समर्थन गर्न " अ म्यान क्यान बि डेस्त्रोएड बट क्यान नट बि डिफिटेड " भने । सोचेको थिए यो एक त उसैको कुराको समर्थनमा गरेको हुँ दुई यही वाक्यको कारण अर्नेष्ट हेमिङ्वेले नोबेल पाएका थिए । उनले यसको बिरोध गर्दैनन भन्ने सोचेको थिए तर अफसोच उनले ठोकी हाले " यदी तिमीले कुनै गल्ती बोल्यौ अनी १०० जना मान्छेले उभियाएर स्पष्टिकरण लिए भने तिमी गल्ती स्विकार्छौ कि स्विकार्दैनौ ?" वास्तवमा मैले त्यो वाक्य " मानिसको सोचाइको बारेमा " भनेको थिए, तर उसले गलत बुझ्यो अथवा बुझ्न चाहेन । म चुप लाग्नु पर्‍यो किन भने मेरो मोबाईलमा पैसा थिएन, सके सम्मा बिबाद टुङ्याउनु थियो । अनी मैले अर्नेष्ट हेमिङ्वेलाई गल्ती बनाए, सारा संसारलाई गल्ती बनाए तर उसलाई सहि बनाएर कुरा टुङ्याए ।

मैले फेरी बुझे ऊ आफ्नै समर्थनमा आएको कुरालाई समेत बिबाद गर्दो रहेछ भनेर । त्यसपछी म सजग भए ऊसँग बोल्न । मैले फोर्मुला नै बनाए ऊसँग के बोल्ने के नबोल्ने भनेर । एक कमजोर बिषयमा नबोल्ने, दुई बलियो नै बिषय नै भए पनि उसले के बिषयमा बोल्दै छ त्यो ध्यान दिने , तीन उसको समर्थन गर्दा पनि ध्यान दिने ।

यसरी फर्मुला बनाएपछी म बिबादमा पराजित हुनु पर्दैन भन्ने कुरामा ढुक्क थिए । अनी एक दिन बिद्यार्थी विद्यार्थी मिलेर महिनाको एक युरो राखेर एउटा कोषको निर्माण गर्ने र त्यस कोषको पैसा समाज सेवामा लगाउने भनेर केही साथीहरु बीच छलफल भयो । मैले उसलाई पनि खबर गर्नु आवश्यक ठाने र एकदिन आफ्नै प्रयासमा उसलाई भेटे । त्यो दिन म आफ्नो फोर्मुलामा आधारित भएर कुरा गर्दै थिए । त्यस माथि समाज सेवाको कुरामा पक्कै उसको मद्घत हुन्छ भन्ने आशा थियो । भेट्ना साथ आपसी गफगाफको कुरा भए ।

" आज सम्म कती केटीलाई बर्बाद गरियो त ?" उसले मलाई तल देखी माथि सम्म नियाल्दै सोध्यो ।

" छैन यार एउटै पनि " झुठो बोलेर दुई चार जना भनौ भने उसको शब्दको बाणीबाट म बच्न सक्दिन भनेर यथार्थ कुरा गरिदिए ।

" जान्नु पर्‍यो नि मित्र । मलाई हेर उह त्यो बैंकको केटीलाई एउटै मात्र शब्द बोलेको भरमा पट्याइदिए । त्यस्तो हुनुपर्छ के "
म आफ्नो बिषय तिर केन्द्रित थिए तर उसले मौकै दिएको थिएन । जिम गरेर केही दिन देखी मेरो जिउ तन्किएको थियो । छाती साबिकको भन्दा बलिष्ठ देखिन्थ्यो । उसले मेरो पाखुरा र छाती नियाल्दै भन्यो ।

" आफुलाई चाहिने जती मात्र श्वास लिउ के , फोक्सोमा असर पर्छ । " वास्तवमा यो वाक्य उसको प्रशसा रहेछ, मेरो बडीको

" हैन यस्तै हो " कुरा टुङ्याउन जवाफ दिए ।

उसको कुनै एक बिषयमा जर्ज डब्लु बुश् भन्दा बढी अंक आएको कुरा सुनायो । हुन त मेरो पनि बायोलोजीमा अल्बर्ट आइन्स्टाइन भन्दा बढी आउथ्यो तर मैले सम्भाब्य बिबादलाई मध्य नजर गरेर त्यो कुरा भनिन । अनी ऊ एकछिन चुप लागेको मौका पाउना साथ आफ्नो कुरा सुनाए ।

" हामी प्रत्येक महिना एक युरो दरले जम्मा गर्ने गरी एउटा कोष बनाउ । अनी त्यो पैसाबाट समाज सेवामा लगानी गर्न नि हुन्छ । अनी विद्यार्थीमा राष्ट्रियताको भावना पनि बिकास हुन्छ । "

मैले सोचेको भन्दा बिपरित कुरा भयो । यो कुरामा पनि ऊ म माथि खनियो ।
" स्ट्रगल फोर द एग्जिस्टेन्स भनेको थाहा छैन, कसको सेवा गर्ने ? यसरी अरुले सहयोग गरिदेला भनेर बाच्नेले के गर्न सक्छन ? त्यही भएर मलाई यो सोसिअलाइजिङ मन पर्दैन । एउटाले मद्घत गर्ला भनेर अर्को बस्ने ? सक्छ त आँफै गर, नत्र त्यस्ताको यो संसारमा कुनै काम छैन । "

म फेरी स्तब्ध भए । मेरो फर्मुलाले पनि काम गरेन । यो त राम्रै बिषय थियो, यसले उसैको मद्घत पनि गर्थ्यो तर पनि फेरी बिबाद भयो र म चुपो लागे । अनी उसको कुरा बुझेर बिदा मागे ।

मैले उसलाई बुझ्न सकिन । ऊ अझ पनि त्यस्तै छ ।

(यस लेख मानिसको जटिलता देखाउन रचिएको हो । कुनै एउटा ब्यक्ती मात्र सम्बन्धित छैन ।)

Friday 17 July 2009

खुशी हिजो र आज

कर्कस लाग्दो घडीको अर्लामले बिहानीको ५ बजेको संकेत गर्छ । सानो कोठाको एकाछेउमा थन्किएको खाटबाट मन नलागी नलागी उठ्छु । पर्दाले नछोपिएको झ्यालको केही भागबाट बाहिर नियाल्छु । फिन्ल्यान्डको एकल काठे कुनै स्थान, अटम्न सिजन, ओसिलो मौसम घाम देख्न नपाएको आज बाह्रौ दिन । अन्धकार बिहानीसँगै बिरक्त लाग्दो जिबनी सुरु गर्छु ।

" तपाईंको घर चै मिलेको छ, बिहान उठ्ने बितिक्कै कोठैमा घाम पुग्दो रहेछ । " एका बिहानै जेठा दाई घर मै गफ पिट्न आइपुगे । जेठा दाई , बाबाको भट्टीको बेस्ट फ्रेन्ड । आमाले चिया दिदै ब्यङ्य गर्नुभयो " घर त सुर्यको लागि मात्र होइन भट्टीको लागि पनि मिलेको छ, नजिकै छ नि " बाबा कुरा छल्न मलाई बिउझाउनु भयो । " छोरा उठ, यसो नाक कान धो । चिया खा ल उठ । " बिउझेर म बिस्तारमा थुचुक्क बसे । झ्याल बाहिरबाट सुर्यको तेज प्रकाशले आँखा खोल्न सकेको थिईन । अग्ला अग्ला दुई डाँडाको बीचबाट सुर्य निस्किदा कती मनोरम देखेको थियो ।

"नाक कान " धुन लोटामा पानी लिएर गए । सानो ऐनामा अनुहार हेर्दा कती राम्रो लाग्थ्यो आफ्नो अनुहार । हेरीरहन मन लाग्थ्यो । अनुहार हेरेरै दिनभरीको लागि उर्जा प्राप्त हुन्थ्यो । अहिले त्यही नाक-कान धुन बाथरुम जान्छु । ठुलो ऐना अगाडि जब आफ्नो अनुहार तेर्सिन्छ । सबै पाएर पनि खाली खाली भएको अनुहार देख्छु । सबै आवश्यकता पुरा भएर पनि असन्तुष्ट ति आँखाहरु, हास्न धेरै अगाडि बिर्सेंका ति ओठहरु, र भाबीले भाव बिहिन बन्न लेखेकी त्यो अभागी निधार देख्छु । अनी फेरी त्यही बाल्यकालका दिनहरु सम्झन्छु ।

" आमा मेरो आँखा राम्रो छ रे है , शोभा दिदीले भनेको " सोभा दिदी ले - तिम्रो आँखा कती राम्रो छ, मलाई देउ न भन्दा म खुशीले गद गद भएको थिए । अनायसै यस्तो खुशी लागेको थियो कि त्यो दिनको लागि अब अरु खुशी चाहिन्न । " अँ तेरो परेला बाक्लो र घुम्रिएको छ त्यही भएर भनेको " आमाको जवाफले प्रमाणित गरिदियो मेरो आँखा साचै राम्रो रहेछ । खुशीको सिमाना थिएन ।

त्यही खुशीको आशामा त्यही घुम्रिएका परेला आज फेरी नियाल्छु । तर नितान्त शुन्य र भाव बिहिन देखिन्छन ति आँखाहरु ।
भात नपाकेको दिन पूर्ण साउजीकोबाट किनेको डोनट आमाले बनाएको चियामा चोपेर खादा श्वास फेर्ने फुर्सद हुन्नथ्यो । जती खाए पनि नपुग्ने त्यो हन्तकाली पेट पुटुस्स नभरे सम्म खाइन्थ्यो । भलै पछी सम्म बासी डोनटको गन्ध आइरहोस्, मनमा भोक रहिरहन्थ्यो । त्यही भोकको प्रतिक्षा गर्दै प्लेटमा दुई वटा ब्रेड र जाम आपसमा जुधाएर राख्छु । गिलासमा चिसो दुधले "मलाई खा" भनेर हेरिरहेको हुन्छ । म भोकको प्रतिक्षा गर्दै गर्दै चपाउन थालछु, घाटीबाट छिर्दैन अनी दुधले सलक्क बगाउछु । र निस्किन्छु एक्लै युनिभर्सिटीको निम्ती ।

ट्रेनको लिकको छेउ छेउबाट स्टेसन सम्म जानुछ । लिक, जती हिंडे पनि सकिदैन । लिकमा ओछ्याएको काठ एकपछी अर्को सर्दै म तिर आउछन र जान्छन । त्यस्ता कैयौ काठ आए गए । लिकका काठै काठ पच्छ्याएर स्टेसन पुग्छु, रेल आउछ । एक हुल यात्री छिर्छन, सबैको यात्रा निश्चित होला तर मेरो आँफैलाई थाहा छैन म किन यात्रा गर्दै छु ?

सुनसान रेलको एक डिब्बाको कुनाको सिट मलाई पर्खिरहेको हुन्छ । चिसो र ओसिलो अन्धकार बिहानी छिचोल्दै, झ्याल तिर फर्किएर बस्छु । रेल हिड्छ तर कुनै आवाज छैन । शान्त छ ,सुन्य छ । झ्याल बाहिरका बस्तुहरु गतिवान रहेछन बरु, म गतिहिन । म जहाँको त्यही छु, न कुनै भावना न गुन्जन । झ्यालको सिसामा सिम सिमे पानीका छिटाहरुले रेखा बनाउदै बग्छन । ति पनि पानी कै छिटाहरु थिए जब हामी रोपाइ गर्न निस्किन्थ्यौ । रोपाहारहरु मलको भारी लिएर हिलाम्मे खेतको आली आली हिड्थे, म फुच्चे, आमाको फरियाको फेद समातेर पछी लाग्थे । रोपाइ गर्दा गर्दै दर्केको साउने पानीको थोपा कत्रो कत्रो । कती मज्जा आउथ्यो जब हिलाम्मे खेतमा पानी दर्किन्थ्यो । आज पनि त्यही पानी पर्दै छ तर किन किन भित्रैबाट वाक्क लाग्छ ।

रेल रोकिन्छ । कती खेर आइपुगे पत्तो पाउदिन । गुमेको होश सम्हाल्दै बसको प्रतिक्षामा लाग्छु । मनिसै मनिसको भिडमा म एक्लै प्रतिक्षा गर्दै हुन्छु । चिल्लो कालो सडकमा तेर्सिएको आँखा भित्र त्यही प्यारो देशमा बिताएको बाल्यकालको कच्ची सडकका मनोरम यादहरु खेल्दै हुन्छन । स्कुल जान बाटोमा हिड्डै गर्दा एक दिन ट्याक्टर बाजेको ट्याक्टर आएको थियो । १५ मिनेटको बाटो हिंड्नको गाह्रोले त्यो ट्याक्टरमा चढ्न दौडेको, बल्ल बल्ल हिड्डै गरेको ट्याक्टर चढ्दा युद्ध नै जितेको जस्तो अनुभव गरेको । र स्कुल सकिदा सम्म पनि साथीहरु माझ त्यही ट्याक्टरको गाथा सुनाएको अनी भोली पनि त्यही ट्याक्टर आउने आशा गरेको । कती रमाइला थिए ति दिनहरु । आज ठीक टाइम मै आइपुग्ने बसको पनि मलाई कुनै आशा छैन । म किन चढ्दै छु, आखिर चढे पनि नचढे पनि मृत्‍युको दिन ढिला हुने त होइन होला ?

जब टाढैबाट अर्धनग्न युवतीको लस्कार देखिन्छ , त्यो मेरो युनिभर्सिटी हो । सबै जना आफ्नै संसारमा मस्त हुन्छन । कोही हतारमा दौडिरहेका हुन्छन, कोही फुर्सदमा खाइरहेका हुन्छन । कक्षामा सवा दर्जन विद्यार्थी छुट्टा छुट्टै कुर्सीमा बसेका हुन्छन । म कुनै एक कुर्सी तानेर अलग्गै बस्छु । हातमा कलम र आँखामा प्रोजेक्टर भए पनि दिमागमा त्यही दिन हुन्छ, जुन दिन कक्षामा बेन्च नपुगेर सात जन एउटा बेन्चमा बसेका थियौ । भलै बेला बेलामा ठुस्स ठुस्स मानव बायु चल्थ्यो तर पनि समिपमा कोही छन भन्ने भान हुन्थ्यो । एक अर्कालाई तैले तैले भनेर आरोप लगाउनु र फेरी एक छिनमा नाक छोप्नुको मज्जा अर्कै आउथ्यो ।

बिरक्त लाग्दो लामो लेक्चर पछी फर्किन्छु, त्यही एक्लो उदास र चिसो कोठामा । अनी फेरी दोहोरिन्छ त्यही बिरक्त लाग्दा एकोहोरो दिनहरु ।

यो लेखको निम्ती प्रेरणा दिने शुश्री सुश्मा खरेललाई धन्यवाद ।

तपाईंको सामान छुट्यो कि ?

नकारात्मक कुरा मात्र गर्दा गर्दा वाक्क भएर के लेखु के लेखु भनेर हात चिलाउदै हिडिरहेको बेला मेट्रो स्टेसन नजिक एउटा नोटिस देखे । फिन्निश भाषामा लेखिएको थियो " ल्योईदेत्तु सिल्मलासित वता उह्तेइस " अर्थात चस्मा भेटिएको छ,पाउन सम्पर्क गर्नुहोस् । " यो देखेपछी फिन्ल्यान्ड आएपछीका सुनेका र भोगेका यस्तै घटनाहरुले एउटा सकारात्मक लेख लेख्न हौसियायो ।



एक दिन म हेल्सिन्कीको माल्मी स्थित प्रहरी थाना जादा रेलमा मेरो मोबाईल छुटेछ । फेला पर्ने आशा त थिएन तैपनी साथीको मोबाईलबाट फोन गरे । कसैले कसैले उठाएनन । एक छिन् पछी हराएको मोबाईलबाट साथीको मोबाईलमा फोन आयो । एउटा केटी सुरुमा फिन्निश र पछी ईंग्लिशमा बोलिन र भनिन " यो मोबाईल रेलमा भेटेको हुँ । लिनको लागि फिल्म टाउन नामको पसलमा आउनु म त्यही छोड्दिन्छु । " मैले स धन्यवाद हुन्छ भने र गुमिसकेको मोबाईल फिर्ता पाए ।

मलाई जस्तै घटना अर्को एक जना नेपाली मित्रलाई पनि परेको रहेछ । बिकेश साप्कोटा (नाम परिवर्तन)को पेन ड्राइभ काइभो पुइस्तो नामको स्थानमा खसेको रहेछ । एउटा फिन्निशले फेला पारेछन र पेन ड्राइभ भित्रको फाइलमा उनको नाम खोजेर फेसबुकमा खोजेर मेसेज पठाएछन " पेन ड्राइभ लिन आउ भनेर "

खै किन हो ? फिन्निशहरु आर्थिक रुपमा सम्पन्न भएर हो अथवा अरुको खानु हुन्न भन्ने चेतना भएर हो । यस्ता यस्ता घटना सुन्न पाईन्छ । आफ्नो केही हरायो भने प्रहरी थानामा आइपुगेको छ कि भनेर बुझ्न गइन्छ । बाटोमा कुनै सामान फेला पर्‍यो भने यदी त्यसमा ठेगाना छ भने हुलाक मार्फत र छैन भने प्रहरी मार्फत सम्बन्धित ब्यक्तीलाई बुझाईन्छ । तर सबै जना त्यस्तै हुन्छन भन्ने होइन । रात दिन जाड धोकेर बस्ने फिन्निशबाट सचेत रहनुपर्छ । हराएका सामान त्यस्ताको फेला परेमा पाउने आशा नगरे हुन्छ ।

गत बर्ष ह्युपाप पेपर फ्याक्ट्री नामकको एउटा कागज उधोगमा काम गरेको थिए । क्यान्टिनको फ्रिजमा टन्न खाने कुरा राखिएको हुन्थ्यो । त्यसमा खाने कुराको मुल्य लेखिएको हुन्थ्यो । जसलाई खान मन छ सो मुल्य बराबरको पैसा काउन्टरमा आँफैले हालेर खानु पर्थ्यो । काउन्टर खुल्लै हुन्थ्यो । त्यहा कोही पनि बस्दैन थियो । तर त्यहा अहिले सम्म पैसा हिनामिना भएको कुरा सुनिएन । मलाई अचम्म लाग्थ्यो त्यो देखेर । कती विश्वाशको बातावरण । त्यहा काम गर्ने बिदेशी म मात्र थिए । डर लाग्थ्यो कतै हिनामिना भएर आरोप मलाई लाग्ने हो कि भनेर । किनभने फिन्निशहरु बिदेशीसँग त्यती लामो सम्पर्कमा नभएर होला, बिदेशीलाई कमै विश्वाश गर्छन् ।

प्रजातान्त्रिक समाजबादी देशमा पनि " ताल्चा " लगाउनु नपर्ने उदाहरण कही कतै देख्न पाइदो रहेछ । साम्यवाद कुर्नु पर्दैन ।

Tuesday 30 June 2009

मेरो न्वारन

ठुला ठुला साहित्यकार ,लेखक र राजनीतिज्ञले आफ्नो नाम सँगै अपनाम पनि लेखेको देख्दा मलाई पनि यस्तै एउटा उपनाम झुण्ड्याउन मनलागेको थियो । तर के झुण्ड्याउने भन्ने टुङ्गोमा पुग्न सकेको थिईन । गाम्नागे, ब्याकुल माइला,अरमट्ठे साइलो,आयोदधौम्य, यस्ता यस्ता उपनाम राख्ने मान्छे देखेर सोच्थे - उपनाम राखे पछी ठुलो मान्छे भईन्छ ।

कान्तिपुर राष्ट्रिय दैनिकमा कती पटक तथाकथित लेख र प्रतिकृया पठाएको थिए । तर पटक्क नछपिएपछी मन मनै मुरिएर सोचेको थिए । अब आफ्नो अपनाम नै डा राख्छु । जब नामको अगाडि डा लेखिएको देखिन्छ तब पक्कै पनि मैले लेखेको लेखलाई बिशेष ध्यान दिएर हेर्ने छन । भलाई डा को अर्थ डाँका होस् कि डाक्टर । लेख अवश्य छापिनेछ । मैले बिद्याबारिधी गरेको छ छैन जाँच्न त कोही आउँदैन क्यारे । तर त्यो पनि कथै रह्यो । मैले त्यती बिघ्न मन पराए पनि त्यो नाम राख्न सकिन किन भने मलाई डर थियो फेरी चिकित्शक र बुद्धीजिवी बर्ग मेरो बिरुद्ध आन्दोलित होलान । टायर् बल्ला, नेपाल बन्द होला । बेकारमा मेरो उपनामको कारण देशलाई किन घाटा गराउनु, किन सर्वसाधारणलाई दु:ख दिनु भनेर त्यो पनि राख्न सकिन ।

म सानै उमेर देखी चित्र बनाउथे । मेरा चित्रहरु एकदम बिरक्त लाग्दो हुन्थे । नराम्रो भएर हो कि कुन्नी जो जो ले हेर्थे ( बुझ्नेले ) यस्तो उमेरमा यस्तो ' किन यस्तो छौ ' भन्थे । त्यो देखेर मेरो नाम 'बिरक्ते कान्छो' राखौ कि जस्तो नि लागेको थियो । तर मैले चित्र मात्र बिरक्तिदो बनाउथे । बाहिर त म एकदम फन्टुस थिए । यसरी द्वैध चरित्रलाई एउटै नामले सम्बोधन गर्दैन भनेर मैले त्यो नाम पनि त्यागे ।

बिज्ञानमा अथाहा रुची थियो । हेटौंडामा कक्षा ३ मा पढ्दा नारायण गौतम, काका हुनु हुन्थ्यो । उहाको र मेरो जोडी खुब जम्थ्यो । हामी कहिले खोलामा भ्यागुता समातेर जिउदै पतीले चिरेर शल्यकृया गर्थ्यौ । कहिले खेतको कुलो थुनेर साइकलको डाइनामोबाट बिद्युत निकालेर पुरै गाउमा बिजुल पुर्याउने योजना बनाउथ्यौ । कहिले केरा पकाउने कार्बाइटलाई बोतलमा राखेर बम बनाएर बिष्फोट गर्थ्यौ । पछी त्यही बिज्ञान सम्बन्धी आफ्नो उपनाम राखौ कि जस्तो नि लाग्थ्यो । तर काठमाडौं आएपछी बिज्ञान बाहेक अरु बिषयमा रुची बढ्दै गए । अनी बिज्ञान सम्बन्धी उपनाम सार्थक हुन सकेन ।

त्यसो त घरमा मेरा प्रशस्त उपनाम थिए । जिउ दुब्लो पातलो भएकोले मुसे,च्यासे,लुते मेरा प्रख्यात उपनाम थिए । तर जिम गरेर जिउ बनाउदै गएपछी त्यो उपनामहरु आँफै हराए ।

कक्षा १२ मा अध्ययन गर्दा मेरो साथीसँग जिस्केर फुर्ती सहित् आफ्नो नाम भन्दा मैले 'साक्षात सुशिल' सँग बोल्दाइ छस भनेको थिए । त्यसपछी मेरो मुखमा यो शब्द झुण्डियो । बल्ल मैले आफ्नो उपनाम अगाडि साक्षात राख्ने सोचे तर 'साक्षात' को शब्द प्राय जसो भगवानको अगाडि राखिन्छ । साक्षात बिष्णु , साक्षात ब्रम्हा । म त्यती ठुलो त छैन कि भगवानलाई बुझाउने शब्द राखौ । त्यही भएर मैले आफ्नै शब्द निर्माण गरे ' साक्ष्यात सुशिल' भनेर । साक्ष्यात शब्दले साक्षातलाई प्रतिस्थापना गरेको छु । यस 'साक्ष्यात' नामले ममा भएको सानो तिनो कलाकारिता, कबित्व, बिज्ञानको रुची , नेतागिरी , र आध्यात्मिकतालाई प्रतिनिधित्व गर्छ । कम्प्युटर भाषामा भन्दा 'साक्ष्यात' एउटा जिप्पड फोल्डर हो, यस भित्र अन्य फाइलहरु छन । ति फाइललाई अनजिप्पड गर्दै जिबनमा रन गर्ने काम सुशिल नामको ड्राइभरले गर्नेछ ।

के गर्नु मेरो न्वारन गर्ने बेलामा मलाई कसैले सोधेनन " बाबु तेरो नाम सुशिल राखौ भनेर " नत्र मैले नि जवाफ दिन्थे नि - सुशिल भनेको राम्रो बानी ब्यहोरा हो जुन ममा पटक्कै छैन । अब आँफै न्वारन गर्नु परेको छ ।

-साक्ष्यात सुशिल

Sunday 21 June 2009

नक्कली रु ५०

आज दिउसो के गरौ के गरौ भयो । अनी मेरो पुरानो डायरि पल्टाउने क्रममा मैले कक्षा ९ मा बनाएको ५० रुपैयाको नेपाली नोटको चित्र फेला पारे । यसमा मलाई गर्वनर सत्यन्द्र प्यारा श्रेष्ठको दस्तखत दुरुस्त लाग्छ । तर नोट पछाडि च्याङ्राको चित्र हुनुपर्ने गधाको जस्तो भए छ ।

अगाडिको भाग



पछाडिको भाग

Sunday 14 June 2009

भारतीय अतिक्रमण बिरुद्धको दिवस

१५ जुनमा भारतीय अतिक्रमण बिरुद्धको दिवसको रुपमा मनाउन प्रेरणा दिएकोमा माइसंसार परिवारलाई हृदय देखी नै धन्यवाद दिन चाहन्छु ।

कोशीको बाध ठुलो छ
त्यसको कैयौ गुणा ठुलो छ
हाम्रो सहनशिलताको बाध
कोशीको बाध फुटे बिहार बगाउछ
हाम्रो सहनशिलताको बाध फुटे
पुरै भारत तहस नहस बनाउछ
होसियार !



जतिखेर नि हुने बन्द, हड्ताल, र सानो सानो कुरामा हुने आन्दोलन प्रती आजित भएर एक पटक मदन भण्डारी मेमोरियल कलेजका ज्योति सरले नेपाली जनतालाई लगाउनु भएको आरोप कता कती सहि लाग्छ । उहा भन्नु हुन्थ्यो " नेपालीको राष्ट्रियता कहिले गुमेन । यदी अङ्रेज अथवा कुनै शक्तीले हाम्रो देश खोसेको भए सायद आज हामी राष्ट्रियता प्रती बलियो एकता देखाउथ्यौ । हातैमा जे धुलो झरे पछी त्यही सुनको फुल वास्तव मै सहि कुरा हो । " यहाँ जो जोले राष्ट्रियता र देश भक्तित्व देखाउछन या त बिदेश आएपछी महत्व बुझेका हुन या त किताब पढेर । हामीले कहिले देशको निम्ती लड्नु परेन । एकताका अङ्रेजसँग हाम्रा बहादुर पुर्खा लडेर जिते । त्यसपछी "बहादुर" को उपमा लिएर हामी सुत्यौ । आज सम्म सुतेको सुतेइ छौ । बेला बेलामा हुने ह्रितिक काण्ड र इराक काण्डमा बिउँझिन्छौ । अनी फेरी सुत्छौ ।

हाम्रो देशमा धेरै नेता जन्मिए कोही भारतको गुलामी गर्दै ठीक्क त कोही भारत तर्साउन चाइनाको गुलामी गर्दै ठीक्क । तर कसैले राष्ट्रियताको लागि नेत्रित्व दिएनन । न हामी सुतेकालाई बिउझाउने प्रयत्न नै गरे । आफ्नो सरकार टिकाउन राष्ट्रघाती सन्धि सम्झौता गर्दै गए । भारतले पनि खेलिरह्यो । कहिले माओवादीलाई हतियार दिएर खेल्यो, कहिले ज्ञानेन्द्रलाई उचाल्यो , कहिले सात दललाई उचाल्यो र अब मधेशबादी दल उचाल्यो । यो जसरी नि नेपालमा अस्थिरता रखिरहने र अन्तमा नेपाललाई सके सिक्किम नसके भुटान बनाउने षड्यन्त्र हो भन्ने कुरा मैले बारम्बार भन्दै आएको छु ।

म आजको दिन एउटा प्रस्ताव् राख्न चाहन्छु । भारतले भुमी मिचेको बिरोधमा सुरु भएको यस नेपाली आक्रोशलाई रचनात्मक काममा लगाउन र फेरी सुत्न नदिन , आजको दिनलाई "देश्भक्ती दिबस" मनाउन प्रस्तव गर्दछु । यहाँ गणतन्त्र दिबस मनाइन्छ तर राजतन्त्रबादीलाई यो स्विकार्य छैन । यहाँ प्रजातन्त्र दिबस मनाइन्छ तर जनबादीलाई स्विकार्य छैन । मज्दुर दिबस छ र मालिकलाई स्विकार्य छैन । नारी दिबसमा पुरुष हेर्या हेर्यै । राष्ट्रियता त सबैको स्विकार्य बिन्दु हुनु पर्ने हो । तर अफ्सोच यसको लागि एक दिन पनि सम्झना राख्ने दिन छैन । यसर्थ माइसंसारले गरेको प्रोत्साहन, मेरो प्रस्तव र सम्पूर्ण देश भक्त नेपालीको समर्थन भएमा यस दिबसलाई राष्ट्रिय दिबस बनाउन सकिने छ । यस दिबसमा निम्न कामहरु गरेर राष्ट्र हित गर्न सकिन्छ ।

- यस दिन बिदेशी गीत संगीत, सिनेमा र सस्क्रितीको प्रयोग नगर्ने ।
- सक्दो र उपलब्ध भए सम्म स्वदेशी उपभोग्य सामान, स्वदेशी कै पसलबाट खरिद गर्ने ।
- सैक्षिक क्ष्रेत्रमा राष्ट्रियता, सिमाना र राष्ट्रिय बिभुती सम्बन्धी कार्यक्रम गर्ने ।
- घर घरमा राष्ट्रिय झन्डा राख्ने ।
- धर्म, जात, लिङ र भाषाको खाडल पुर्दै "हामी नेपाली" भन्ने भावनाको बिकास गराउने ।
- मुलुक को कानुन को पूर्णत: पालन गरौ, कार्यालयमा बरु घण्टौ कुरौ तर एक सुको घुस नदिउ,जथाभाबी फोहर नफालौ,आफ्नो स्कुल, कलेज,क्लब वा कार्यालयको समुहमा आबद्ध भएर कम्तिमा एक दिन मुलुकको सेवा गरौ ।

यो कुनै सरकारको चुनावी नारा हुनेछैन । न कुनै देशको बिरोध गर्न ल्याइएको कार्यक्रम नै हो । हाम्रो देशको बिकास गर्न ल्याइएको सरक्षणबादी कार्यक्रम हो । अमेरिकी बजारमा बिदेशी सामान एक त छिर्न सक्दैन अर्को छिरेपनी धेरै समय टिक्दैन(चाइनिज अती सस्तो बाहेक ) किन भने अमेरिकी जनता अत्यन्त सरक्षणबादी छन । त्यस्तै फिन्ल्यान्डमा पनि स्वतन्त्रता पछी फिन्निश जनताले देखाएको सरक्षणबादको प्रभावले आज संसार कै सब भन्दा सुखी देश मध्य एक भएको छ । हरेक बिकासित देशको पछाडि यस्तै यस्तै सरक्षणबादले प्रेरणा दिएको हुन्छ । हाम्रो जस्तो बिकासोन्मुख र अशिक्षित देशमा झनै यसको आवश्यकता छ ।

आज देखी प्रण गरौ । जुन १५ को दिन "देशभक्ती दिवस"को नाममा हाम्रो देश नेपाललाई समर्पण गरौ । सबै नेपाली एक जुट भएर भारतीय अतिक्रमणको बिरोध गरौ ।

भारतीय अतिक्रमण मुर्दाबाद ।
जय नेपाल

-साक्ष्यात सुशिल

Thursday 28 May 2009

माइसंसारको कमेन्ट

साथीहरु,
बाराक ओबामाको दौरा सुरुवालमा रुप बनाएर राजु पन्थीले राम्रो फोटोसपको अभ्यास गर्नु भएछ । फोटो राम्रो छ धन्यवाद।
तर यही कमेन्टमा अप्रासाङिक कुरा गर्न लाग्दै छु आशा छ मलाई सहि रुपमा बुझिदिनु हुने छ

बारक ओबामाको फोटो दौरा सुरुवाल देखे पछी निश्चय नै माइसंसारमा हाम्रो नेताहरुलाई गाली गरेको कमेन्टले भरिनेछ । हाम्रो देशमा जे जस्तो भए पनि सुरुमा नेतालाई नै गाली गरिन्छ । यो एउटा स्टेरियोटाइप नै भईसक्यो । दुई युवा भेट होस् वा सय युवा , आलोचना नेता नै हुन्छ । तर के हामीले राम्रोसँग सोचेका छौ नेताले गर्दा नै देश पिछडिएको हो ? के नेता नै संसारको दोश्रो अती गरीब राष्ट्र बनाउन जिम्मेवार छन ?
यौटी युवतीको अगाडि क्यामरा तेर्साएर सोध्नुहोस् - देश बिकास गर्न के गर्नु पर्छ भनेर उनले फलाक्ने छिन् ” नेताले भ्रष्टाचर गर्नु भएन हैन अनी त्यसपछी कर्माचारीले घुस खानु भएन हैन अनी त देश बिकास हुन्छ ” तर तिनै युवतीको प्रेमीले किनेको पल्सर नयाँ मोडलको बाइक देखेर तिनिले कहिले सोध्चिन ” तिम्रो बाबा त सरकार कर्माचारी भन्थ्यौ अनी यस्तो यस्तो बाइक किन्न सक्छन त सरकारी कर्मचारीको छोराले , तिमी त कहिले काम पनि गर्दैनौ । न तिमीहरुको फेमिली बिजिनेस छ । सायद तिम्रो बाबाले घुस कै पैसा दिएर तिमीले किनेको हुनुपर्छ । म यस्तो बाइक चढेर लभ गर्नु छैन । मलाई माया चाहिन्छ , देश डुबाएर किनेको बाइक होइन । ” यस्तो कहिले भन्छिन ???

त्यस्तै कुनै घरमा शिक्षित छोरा ले आफ्नो सरकारी कर्मचारी बाबु आमालाई बरु हामी गाउ मै घर बनाएर बसौला तर देश डुबाएर काठमाडौंमा जग्गा नजोडौ भनेको होला ???

कसैको तर्क होला “घुस नखाइ परिवार पाल्न सकिन्न । भोको पेटमा आदर्शको कुरा हुन्न । ” यो सहि कुरा हो भोको पेटमा आदर्शको कुरा हुन्न तर काम गर्ने मान्छेको पेट त भोको पनी हुन्न नि । एउटा कर्मचारीले कम्तीमा परिवारलाई मिठो मसिनो खान पुग्ने पक्कै पैसा पाउछ तर उसलाई घुस खान वाध्य पार्ने भनेको देखावटीले हो । छिमेकीले तल्ला थपे त्यसलाई देखाउछु म नि , माइलाले छोरालाई बोर्डिङमा हाल्यो म नि इङ्लिश स्पिकिङमा हलिदिन्छु , काकाको छोराले पल्सर चड्यो बुवा मलाई एल एम चाहियो , यिनै यिनै । यस्तै देखासिकीले कर्मचारीलाई घुस खान वाध्य तुल्याउछ । नत्र दुई छाक मिठो मसिनो खान र एक सरो लाउन पनि नपुग्ने त तलब हुँदैन होला नि ?

एउटा सिक्षित युवा युवतीको बिहेमा बरु ३ लाख ऋन लिएर भएपनी धुमधाम बिहे गर्छन । बैबाहिक जिबनको प्रारब्ध देखी ऋन कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालछ । यो पनि देखासिकी कै अर्को रुप हो । हुनेले जती खर्छ गरोस , तर नहुनेले मन्दिर मै गर्नु , वा सामान्य किसिमले गर्नु । बिहे त बिहे नै हो नि । तर के गर्नु फलानाले यस्तो भन्ला , तिलनाले यस्तो भन्ला । समाजमा लाज होला भनेर बरु जग्गा धितो राखेर पनि धुमधाम बिहे गर्नैपर्छ ।

नेतालाई मात्र सस्तो गाली गर्नु अगाडि आफ्नो बारेमा पनि सोच्ने कि मैले देशको लागि के गरे र अरुलाई आरोप लगाउन ? नेताले त नेत्रित्व दिन्छ त्यो नेत्रित्वमा हिंड्ने त हामी नै हौ नि । ति नेता हामी बाट बनेका हुन । हामी मध्ये कसैले पढाएका, हुर्काएका र बढाएका हुन । चन्द्रमाबाट खसेका होइनन । जब हाम्रो सोच यती तल्लो छ भने उनी हरुकोबाट के आशा गर्न सकिन्छ ?

म अहिले बिदेशमा बसेर पढ्दै छु । म बोलिङ हल सरसफाइ गर्छु । मैले केही समय अगाडि माइसंसार मै ” फिन्ल्यान्डमा क्लनिङ काम बढी पाईन्छ ” भनेर कमेन्ट गर्दा यहाँका उच्च सिक्षितहरुले मेरो भरमार बिरोध गरे । उनिहरुले आफ्नो घरमा आफु के गर्छु भनेर लुकाएका रहेछन । क्लिनीङ काम गर्छौ भनेर खुलासा गरे भनेर मेरो बिरोध गरियो तर तिनैको अगाडि एउटा क्यामरा तेस्राएर सोध्नु होस् नेताले भ्रष्टाचर गर्नु भएन ह्यान त्यान भन्न थाल्नेछन । त्यस्तो पढे लेखेकाहरु जो युरोप र अमेरिकाको जस्तो बिकासित समाजमा बस्छन , तिनीहरुको सोचको स्तर त यस्तो छ भने नेतालाई गाली गरेर के ख्यास्छौ ?

यो नेताको बिरुद्ध लेख्ने र बोल्ने भनेको फेसन हो । आफु चोखो बन्ने खोक्रो प्रयास मात्र हो । म पनि एक ताका नेताको बिरोध गरेरै दिन बिताउन चाहन्थे तर जब जनमानस बुझ्दै गए , साथी देखे उस्तै छन , समाज देखे त्य्स्तै छन , म स्वयम पनि कुन ताको राम्रो हो र हुनत ? अनी नेताको बिरोध गरेर के नै हुन्छ ? सुरुमा आफु सुधार गर्नु पर्‍यो नि । जब म राम्रो छु भन्ने लाग्छ तब अर्को को बिरोध गर्दा हुन्छ तर यहाँ त ठीक उल्टो भएको देखिन्छ ।

मैले यो प्रसँग निकाल्नुको आशय, एक पटक आँफैलाई सोध्ने कि मैले अहिले सम्म देशको लागि के गरे भनेर ? राम्रोसँग बिचार गर्ने कि देश बिकासमा हाम्रो भूमिका के भनेर ? ट्राफिक नियम आफु नमान्ने अनी ट्राफिकलाई घुस्याहा भन्ने ? बाटोमा जथाभाबी फोहोर फाल्ने अनी नगरपालिकाले केही गरेन भन्ने ? आफु अमेरिका र युरोपमा भाडा माझेर कमाउने अनी फेरी नेपालमा त्यही भाडा माझ्नेलाई हेप्ने ? साउदीमा भेडा चराउने अनी नेपालमा गोठालो जान लजाउने ?

जब सम्म हामी जनताको सोचमा परिवर्तन आउँदैन । देश बिकास हुँदैन । नेतासँग कुनै चाबी हुँदैन देश राता रात परिवर्तन हुन , उसले हिडाउन बाटो देखाउछ । तर यहाँ जनता हिंड्न मान्दैनन त के गर्ने ?

अनी अर्को कुरा, ओबामाको कुरा ल्याएर प्रचन्ड, माधव कुमार र गिरिजालाई गाली नगरौ । हामी नेपाली हौ । नेपालीको इज्जत गरौ । भलाई हामी बिभिन्न बिचारमा बाझिएका छौ तर बिदेशीसँग तुलना गरेर कुनै नेपालीलाई घ्रिणाको पात्र नबनाउ । नेता हाम्रा प्रतिनिधि हुन । तिनिलाई गाली गर्नु बहुसन्ख्यक नेपालीलाई गाली गर्नु हो । केही समय अगाडि प्रचन्ड फिन्ल्यान्ड आए । तर उनको बारेमा यहाँको ‘ हेल्सिन्की सानोमत ‘ ठुलो पत्रीकाले कुनै कवेरज दिएन । यो कुरालाई नेपालमा बिपक्षी दलले ” प्रचन्ड कुट्नितिक असफलता , ह्यान त्यान भनेर प्रचार गरेछन तर कसैले सोचियो कती लज्जास्पद स्तर रहेछ हामी नेपालीको ? त्यत्रो जनताले चुनेर बनाएको प्रधानमन्त्रीको कुनै वास्तै छैन भने पछी यसले के अर्थ राख्छ ? हामी नेपालीलाई कुन हैसियत दिएका रहेछन त ? तर के गर्नु हामी त मुर्ख हौ , प्रचन्डलाई त वास्ता गरेन भन्ने । वास्तवमा त्यो हाम्रो वास्ता नगरेको हो ।

सबै माइसन्सार पाठकलाई मेरो आग्रह छ । कुनै पनि ब्यक्तीबाट राम्रो कुरा सिक्नु निश्चय नै राम्रो कुरा हो चाहे त्यो ओबामा होस् चाहे फिडेल क्यासट्रो तर एउटा बिदेशी ब्यक्तीलाई उभियाएर नेपालीलाई गाली गर्नु अत्यन्त दु:ख लाग्दो कुरा हो । यस्तै फुटको कारण हाम्रो बिदेश निती लथालिङ छ , भारतले खेलेको खेल्यै छ । हामी अझै चेत्दैनौ ।
सबैलाई चेतना भया ।

http://www.mysansar.com/temp/1149.html#more-1149
-साक्षात सुशिल

Sunday 24 May 2009

नजर

"ल त्यो खरको छानामा अली अली प्वाल पर्नु ठाउँ ठाउँमा । अनी खै आगनमा दाउराको चङ्गा बना भन्या हैन ? गरीब किसानको घरमा ग्यासले पकाउछ ? अनी यो पिढीमा सुकेको घास र पराल ल्याएर छर्नु । सके सम्म घर फोहोर देखाउनु पर्छ । " आभाष बेग्लै धारको नेपाली चलचित्र निर्माण र निर्देशन गर्ने युवा निर्माता तथा निर्देशक हुन । उनी समाजिक मनोबिज्ञान केलाउन खप्पिस मानिन्छन । समाजमा भएका कुरिती तथा बिसंगतीलाई चलचित्र मार्फत दर्शाउनु उनको प्रमुख बिशेषता हो । अभिनयमा संवादका अलावा शरीरिक हाउभाउलाई प्रस्तुत गर्न सक्ने भएकोले उनलाई चलचित्र क्षेत्रमा 'साइकोलोगिष्ट ' पनि भनिन्छ । उनको एउटै सिद्धान्त छ - जिबनलाई नाट्क र नाटक लाई जिबन सोच्नु पर्छ ।

"ओेइ राजिप हिरोनी किन न आएको एती बेला सम्म " आभाष स्पट ब्वाइसँग जङिन्छन ।

"खै आईपुग्नु भो रे । मेक अप रुममा " स्पट ब्वाइ तर्किदै जवाफ फर्काउछ

अली खरिलो स्वभावको भएको कारण आभाषसँग कोही पनि हत पत बिवाद गर्दैनन । ३० बर्षको उमेर मै तिल चामल झै फुलेको कपाल । खैरो सादा कमिज - पाइन्ट भिरेको । पावर फुल चस्मा । गढेको आँखा, ख्याउटे गाला । बोल्दा खेरी आँखामा नियालेर हेर्ने भएकोले उनी सँग सिधा कुरा गर्न कोही पनि रुचाउदैनन ।

"ल सब रेडी छ । हिरो हिरोनीलाई बोलाएरले भन्या सुनिनस "

"ओक सर "

'नजर' उनको चौथो चलचित्र हो । यस चलचित्रमा कसरी एउटा गरीब किसानको दाम्पत्य जिबन आर्थिक अभावको कारण छिन्न भिन्न हुन्छ भनेर देखाइएको छ । गरीब पती दश नङ्रा खियाए साहुको ऋण तिर्न नसकेपछी बिल्लीबाठ हुनबाट बच्न पत्नी वाध्य भएर परपुरुषलाई शरीर सुम्पिन पुग्छिन । यो कुराको चाल पाए पनि पती थाहा नभए झै गरी रहन्छ । भने पत्नी लुकाउन माइतीबाट सापट लिएको बहाना गर्छिन । अन्त्यमा रहस्य खुल्छ । पत्नी चरित्रहिनता बोध गरेर आत्महत्या गर्छिन भने पती आफ्नो लाछीपनाले पत्नी गुमाएको पिडामा पागल हुन्छ । यसरी चलचित्र समाप्त हुन्छ । अहिले सम्म निर्माण गरेका सबै चलचित्र अत्याधिक सफल भए पनि नजरले नयाँ रेकर्ड राख्ने आशाका साथ निकै मेहनत गरेका छन सम्पूर्ण टिमले ।

" ल । तिमी आज अरुसँग सुतेर आएको पहिलो दिन । डाइलग याद छ हैन ? तिमी सत्यकिशोर आउँदा ढोका खोल्न आउनु । अनी उसले दिन भरी कहाँ गएको भनेर सोध्दा डल्ली कान्छीसँग घास काट्न जादा ढिला भएको भन्नु । तर सुन । सिधा आँखामा हेर्ने होइन । कहिले दाउरातिर हेर्नु , कहिले आफ्नो फरिया मिलाए जस्तो गर्नु । पतीको आँखामा हेर्नु तर एकै एकै छिन मात्र । कहिले कहिले डराए जस्तो गर्नु है । अनी कहिले केही भन्न लगेको जस्तो गर्नु । "

"हस सर । अनी बोल्दा संवादमा ध्यान नदिनु भन्नु भएको हैन ? त्यो कसरी गर्ने ? "

"ध्यान नदिनु भन्नाले सके सम्म कुराकानी छोट्याएर प्रसँग बदल्न खोज । " आभाष हिरोनीलाई सम्झाउछन र भन्छन

"अनी तिमी सत्यकिशोर तिमीलाई आज थाहा हुन्छ तिम्रो बुढी अर्कैसँग सल्किएको भन्ने । खेत जोतेर आउन साथ ढोका ढक ढक गर्नु । अनी बुढीको मुखमा राम्रोसँग नियाल्नु । उसको हरेक हाउ भाउ याद गरे जस्तो गर्नु । अनी अध्यारो मुख लगाउनु । र त्यती बोल्न नखोजे जस्तो गर्नु । ठीक छ ? "

"ओक सर "

" ल एभरी थिङ्स रेडी । ल आ आफ्नो ठाउँमा जाने ।
लाइट रेडी - रेडी
साउन्ड रेडी - रेडी
क्यामरा रेडी - रेडी
क्लाप - सिन ६7 टेक १
एक्सन
ढक ढक

"ए आउनु भयो । "

" अ । आज दिनभरी काँ गा " कोदालो दिदै भन्छ ।

" ए त्यो डल्ली कान्छीले घास काट्न साथी बोलाई । अनी त्यही गा कि "

"कट " आभाष चिच्याउछन " त्यसरी प्रष्ट भन्ने होइन । आफु अरुसँग सुतेर आएको कुरा तिम्रो मनमा छ । अनी यो कुरा लुकाउनु छ । यसरी प्रष्ट बोल्न सकिन्छ ? "

" के था सर मलाई मैले त्यस्तो गरेको छैन । " हाँस्दै भन्छिन ।

"अनी के मैले चै गर्न गएको छु त ? क्या कुरा गर्छौ " आफु पनि हाँस्दै जवाफ दिन्छ " जिबनलाई नाट्क सम्झ, नाट्कलाई जिबन । अनी तिमी सफल हुन्छौ । "

" सर यसरी लोग्नेलाई धोका दिनु भन्दा त बरु मर्छु नि । यस्तो पाप नि गर्नु ? " हिरोनी आभाषलाई ब्यङ्य गर्दै भन्छिन ।

" त्यस्तो होइन । जब तिम्रो पेटमा अन्नको दाना हुँदैन नि त्यो बेला तिम्रो सबै आदर्श र चरित्र उडेर जान्छ । मान्छेले सुरुमा पेटको बारेमा सोच्छ अनी मात्र समाज र आदर्शको कुरा गर्छ । ल फेरी टेक लिउ "

एभरी थिङ्स रेडी
ओके रेडी
एक्सन
क्लाप - सिन ६7 टेक २

ढक ढक

" ए आउनु भयो । "

" अ । दिन भरी का गा " कोदालो दिदै भन्छ ।

" ए त्यो ...डल्ली कान्छी (दाउरामा हेर्दै ) ...घास काट्न जाउ भनी ( फरिया मिलाउदै )...अनी त्यही ढिला भो "

" अनी के भन्छे त डल्ली ?"(तल देखी माथि सम्म हेर्दै)

" केही न केही .....अनुहार अध्यारो देख्छु नि के भो ? (कोदालोमा हेर्दै ) भोक लागे जाउ । साग भात बनाछु (भान्सा तिर हेर्दै ) । डल्लीकोबाट चामल ल्या । "

" ल म गोडा पखालेर आउछु (आखामा नियाल्दै )त पस्किदै गर "
कट । तिम्रो हाउ भाउ त्यती राम्रो भएन तैपनी ठिकै छ । इट्स ईनफ ।

भान्सामा एभरी थिङ्स रेडी ?
रेडी सर
क्लाप - सिन 68 टेक 1
एक्सन

भत्किएको सानो चुलो । छेउमा डढेको कसौडी । सानो ताप्केमा सर्लङ देखिने साग र पानीको तरकारी । बाङिएको सिलावरको पुन्यौ । एउटा पित्तलको थाल अर्को सिलावर । भात पस्किदा ध्यान जादैन । कता कती डराए जस्तो गर्छिन ।

" कती हालेको । तलाई खै त ?" सत्यकिशोर प्रश्न गर्छ

" हैन छ मलाई (डेक्ची मा हेर्दै )। तपाईं खानु न (अनुहार म एक झलक हेर्छिन )

"के भो तलाई आज । अली अनौठो देख्छु नि " तल देखी माथि सम्म नियाल्दै हेर्छ

" ह...केही हैन (भात खाँदै )...पेट सन्चो नहोला जस्तो छ । खासै केही हैन "

"के गरिस र डल्लीकोमा ?"

" हँ ...झस्किदै केही होइन...त्यती घास काटेर एक छिन् बसे । अनी चिया खाएर आएको हो । " एकै स्वरमा कुरा सक्छिन ।

ल सुत्ने बेलाको सिन लिउ । एभरी थिङ्स रेडी ?
रेडी सर
लाइट रेडी - रेडी
साउन्ड रेडी - रेडी
क्यामरा रेडी - रेडी
क्लाप - सिन 69 टेक 1

अध्यारो, सानो कोठा एकाछेउमा सानो टुकीको ज्वालाको छेउमा बिडी लिएर बसेको सत्यकिशोर । झ्यालबाट चन्द्रमाको प्रकाशको सानो झुल्को छिरिरहेको हुन्छ । साबित्री पातलो डस्ना भएको पलङको एका छेउमा पल्टिएकी हुन्छिन । सुन्यतालाई चिर्दै

"पुर्णे साहुको कती छ ?" लामो स्वर तान्दै भन्छिन ।

"खै लिएको त बिस हजार थियो । ब्याज र स्याजले तिस नाघिसक्यो भन्छ । यो पाला पनि बाली भसक्कै पर्‍यो पतेराले । ब्याज तिर्न न त सकिएला जस्तो छैन । ऋण चुक्ता गर्ने त कहिले कहिले । ब्याज तिरेन भने त त्यो सन्की ले घर बाटै निकाल्छ । अस्ती देखिनस काले सार्की लाई कस्तो गर्‍यो ? उफ ..." ( लामो श्वास तान्छ )

"त्यही त ( सुस्केरा हाल्दै )ब्याजको लागि म भाउजुको माइतीमा मागौला भनेको । तपाईं हुन्न भन्नु हुन्छ । "

" खै दिन्छन र ? दिन्छन भने माग न त । खै ओढ्ने दे " पलङमा घुस्रिदै भन्छ । "आज धेरै थाकिएको छ । "

" मेरो पनि पेट दुख्ला जस्तो भएको छ । " पर सर्दै भन्छिन ।

"कट । धेरै राम्रो टेक भो । आजलाई प्याक अप गर । के हो महोदय तपाईं त आफ्नै श्रीमतीलाई झै गर्नु हुदो रहेछ । " हासो छोड्दै ।" साचै त परेको छैन नि । "

"सर साचै यस्तै दु:ख परे पनि म श्रीमतीलाई त्यस्तो गर्न दिन्न । त्यती लाछी पनि बन्नु ?" छाती फुलाउदै भन्छ ।

" तपाईंको पेट भरिएको छ अहिले । त्यही भएर यस्तो कुरा गर्नु हुन्छ । जसको कुनै बाटो नै हुँदैन नि वाध्य भएर यस्तो गर्छन् । त्यो बेला लाछी भन्ने शब्द नै हुँदैन । भोको पेटमा आदर्शको कुरा हुँदैन । यदी बुझ्नुहोस् । "
आभाषको अगाडि बिबाद गर्ने सधैं फिक्का लाग्छन । उनको तर्कको अगाडि कसैको जोड चल्दैन । स्पटको सबै काम जिम्मा दिएर आफ्नो कार लिएर घर आउछ ।

साझको सात बजेको हुन्छ । सेतो रङ्को भिता , रातो टायलको छाना । अगाडि अग्लो गेट , छेउमा हरियो दुबोको चौर । बाटोमा लहरै बास्नादार फुलहरु । कार ग्यारेज भित्र राखेर ढोकाको घन्टी बजाउछ । दुई तीन पटक बजाएपछी केही समय पछी काम गर्ने केटी निस्किन्छ ।

" कमला, पवित्रा खै त " आभाष प्रश्न गर्छ

" पवित्रा आन्टी त एउटा केटासँग मोटर साइकलमा जानु भयो । "

" को केटा ?" शंकालु प्रश्न गर्छ

" खै भन्नु भएन मैले कौसीबाट देखेको "

दुबै जना माथि जान्छन । आभाष सोफामा बसेर सोच मग्न हुन्छ - आज त कही जान्छु भनेको थिएन । कम्प्युटर क्लास त सकी सक्यो , फेरीको केटा लिन आएछ ?

"खाना पस्कियु अंकल " - कमला भान्साबाट चिच्याउछिन

" हँ...(अल्छी मान्दै) पख अहिले आन्टी आएपछी । "

केही समय पछी ढोकाको घन्टी बज्छ । आभाष आँफै खोल्न तल जान्छ ।

" कहाँ गएको यस बेला ?" आभाष सहज प्रश्न गर्छ ।

" म ...(आखामा हेर्दै ) त्यही कम्प्युटरमा(गेट तिर हेर्दै )...केही आएन भने सिक्न आउनु भन्नु भएको थियो (आखामा हेर्दै ) सरले । अनी गा को ( ओठ थर्थराउदै )...तपाइ चाडै आउनु भएछ त ( प्रसँग बादल्न खोज्छिन )...शुटिङ भएन ?"

आभाष पवित्राको अनुहारमा राम्रोसँग नियाल्छ । उनको ओठको थर थर त्यही हो जुन शुटिङमा साबित्रीको ओठमा चाहिएको थियो । उनको आँखाको अस्थिरताले त्यही सन्केत गर्छ जुन शुटिङमा साबित्रीको गरेको थियो । त्यो बोल्दा अड्किनु, बोलीमा ध्यान नदिनु र लगतै प्रसँग बादल्न खोज्नु । यि तिनै कुरा हुन जुन बिहान आभाषले साबित्रीलाई सिकाएको थियो । उनको अभिनयमा बरु कमजोरी देखिएको थियो, तर पवित्राको अनुहारमा स्पष्ट छ त्यही कुरा ।

" एह । हैन बिहान भनेको थिएनौ त्यही भएर सोधेको । " - आभाष निहुरिएर जवाफ दिन्छ । कृतिम हासो छोड्दै " जाउ माथि खाना रेडी भईसक्यो । "

पवित्रा आभाष भन्दा अलिक छिटो छिटो भर्र्याङ् उक्लेर माथि चढ्छिन । उनको हिडाइमा बाटो बिर्सेंको छनक देखिन्छ । यो त्यही हिडाइहो जुन साबित्रीलाई जती सिकाउदा पनि गर्न सकेकी थिईनन । कता कता हराएको झै देखिने उनको हिडाइको गती पनि समान थिएन ।

आभाष डाइनिङ टेबलमा पर्खिन्छ । सेतो टायलले टलक्क टल्किएको भान्सा । कप बोर्ड भरी लहरै आकर्षक भाडाहरु सजिएको । छेउमा ग्यास चुलो, सँगै राइस कुकरमा भात, सफा देखिने कराइमा कुखुराको मासु र डेक्चीमा दाल ।
एक छिनमा पवित्रा भान्सामा प्रबेश गर्छिन । मलिन र हतास देखिने अनुहार लिएर आँफै खाना पस्किन तम्सिन्छिन ।

"अनी सुटिङ कस्तो भयो त ?" आफुलाई नियाली रहेको भान पाएपछी सुन्यता चिर्छिन ।

" ठिकै भयो । किन आज कहाँबाट सुटिङको कुरा गर्न मन लाग्यो तिमीलाई "? ब्यङ्य गर्दै सोध्छ ।

" हैन त्यतिकै " कुरा छल्दै उत्तर दिन्छिन ।
खाना खादा पनि आभाषले नियाली रहेको हुन्छ । उनको खवाइमा त्यही सन्केत देख्छ जुन उसले सुटिङमा सिकाएको थियो । आभाषको शंका बढ्दै जान्छ । खाना खाइन्जेल सोचिरहन्छ कतै उसको 'नजर'को कथा आफ्नै जिबनमा दोहोरिदै छ कि भनेर ।

फराकिलो बेड रुमको बीचमा रहेको गुलाबी मखमली तन्नामा पल्टेर आभाष सोच मग्न हुन्छ । " यसको चाल चलन आज परिवर्तन भएको छ । पक्कै पनि त्यही केटासँग लसपस हुनु पर्छ । समातेर एक थप्पड हानु जस्तो । फेरी हानेर के गर्ने ? यदी होइन रहेछ भने ? मेरै बिष्लेषण मात्र सहि हुन्छ भन्ने पनि छैन नि । ( रिमोट दबाउछ )फेरी यसरी नबोली नबोली बस्दा पछी नजरको कथा जस्तै पो हुने हो कि ? हैन यसलाई के कमी छ र यहाँ ? राजकुमारी राखेको छु । नपुग्दो के छ र ? जे भने त्यही पुर्याएकै छु । फेरी किन त्यसो गरी ? आज मात्र यस्तो भएको हो कि , पहिलै देखी हो ? ( रिमोट थिच्दै ) खै के गरौ गरौ । भनौ भने गलत पर्ला , नभनौ भने नजरको कथा जस्तै दोहोरिएला । उफ्फ ( पानी खान्छ )

" सुत्ने हैन ? बत्ती निभाइ दिउँ " पबित्रा प्रश्न गर्छिन ।

" हँ ( झस्किदै ) हुन्छ "
पवित्रा एकापट्टी फर्किएर सुत्छिन । आभाष पुन सोचमा डुब्छ " भोली बिहान जाने बेला सम्झाउछु । आज सुतोस । फेरी केही भन्नु हुन्न रुन थालि हाल्छे । जे पर्ला पर्ला एक पटक सोध्नु नै जाती हुन्छ " आभाष पनि सोच्दा सोच्दै अर्को तिर फर्केर निदाउछ ।

बिहान पवित्रा चिया लिएर आभाषलाई उठाउछिन । उठेर खाटको तकियामा अढेस चिया लिन्छ ।

" अ सुन । (चियामा नियाल्दै ) हिजो कहाँ गएको रे " बिस्तारै प्रश्न गर्छ ।

" किन ? कम्प्युटर क्लासमा हो । किन र ?" आतिदै उत्तर दिन्छिन ।

" क्लास सकेपछी पनि किन जानुपर्ने ? तैपनी त्यो केटासँग त्यसरी मोटर साईकलमा हिंडेको मलाई मन पर्दैन । अनी तिम्रो त हाउ भाउ नै चेन्ज भएको थियो । के भयो र त्यस्तो ? आज देखी जानु पर्दैन । " रिसाउदै गाली गर्छ ।

" के गरेको छु र मैले ?" पवित्रा रुदै भान्सा तिर लाग्छिन ।
चिया सकाएर आभाष केही नबोली सुटिङ तिर लाग्छ ।

सुटिङ गर्न उसको मुड चलेको छैन तैपनी हिरो हिरोनी कन्ट्राक्ट डेट अनुसार सुटिङ गर्न वाध्य हुन्छ । आज साबित्रीले माइतीबाट पैसा ल्याएको भनेर आफ्नो देह बेचेर ल्याएको पैसा ल्याएर दिन्छिन । सत्यकिशोरलाई थाहा हुन्छ उसले त्यो पैसा भाउजुको माइतीबाट ल्याएको होइन , जिउ बेचेर ल्याएको भनेर । तर अचानक साबित्रीको भाउजु, साबित्री र सत्यकिशोरको एक साथ भेट हुन्छ । साबित्रीले कुरा लुकाउन नसक्ने स्थिती आउछ । सत्यकिशोरले अझ पनि थाहा नपाए झै गर्न नसक्ने हुन्छ ।

"एभरी थिङ्स रेडी ?" आभाष मुड नचले पनि सुटिङ सुरु गर्छ
साउन्ड रेडी - रेडी
लाइट रेडी - रेडी
क्यामेरा रेडी - रेडी
क्लाप - सिन 69 टेक 1
एक्सन

घरको भत्किएको आगनमा सत्यकिशोर उभिएको हुन्छ , साबित्री घोप्टो परेर रुदै हुन्छिन ।

" तलाई बेश्या, अर्कासँग सुतेर ल्याउन अलिकती लाज लागेन । (एक थप्पड लगाउदै ) बरु मलाई भन्थिस , अली धेरै कमाउ भनेर । म जे गर्थे गर्थे । अब कुन मुख देखाउछेस मेरो अगाडि ?" सत्यकिशोर मुख रातो पारे चिच्याउछ ।
साबित्री केही बोल्न सक्दिनन । मात्र रोइरहन्छिन ।

" जा बेश्या तेरो मुख नदेखा सत्यकिशोर फन्केर घरबाट बाहिर निस्किन्छ ।

आभाष सुटिङ मै टोलाइरहन्छ । उ भर्खर आफु घरबाट आएको कुरा सम्झिन्छ । सधैं हासेर घरबाट क्रम आज तोडिन्छ । उसको मानसपटलमा पवित्राको परिवर्तित हाउ भाउ । उसको बेला बेलामा झस्कनु, हिडाइमा नियन्त्रण नहुनु ।

" सर..." स्पट ब्वाइले बोलाउछ " सिन चेन्ज गर्ने होइन ?" डाइलग सकी सकेको हुन्छ आभाषलाई याद हुँदैन । उसले 'कट भन्न समेत बिर्सिन्छ ।

" ए ल अर्को सिन लिउ " झस्किदै यता उता हेर्दै भन्छ ।

अन्तिम सिन सुरु हुन्छ जसमा सत्यकिशोरले आफ्नो लाछी पनको लागि माफी माग्न चाहन्छ । उसलाई पहिलाई थाहा भए पनि आफु हुतिहारा बनेर थाहा नपाए जस्तो गरेको कुरा साबित्रीलाई भन्न चाहन्छ । र एक अर्कालाई माफी दिई बाँकी जिबन गरीबी मै भए पनि स्नेहका साथ बिताउने भनेर घर फर्किन्छ । तर साझ घर फर्किदा साबित्री झुण्डेर आत्महत्या गरिसकेकी हुन्छिन । भने सत्यकिशोर पागल बनेर लाश त्यही छोडेर घरबाट निस्कन्छ ।
स्पट ब्वाइले साबित्रीलाई सुरक्षित साथ दलिनमा मोटो डोरीले झुण्डाउछन । आवश्यक मेक अप गरिसके पछी क्यामेरा म्यान सोध्छ

" सर सुरु गरौ "
सबै रेडी जना रेडी
साउन्ड रेडी - रेडी
लाइट रेडी - रेडी
क्यामेरा रेडी - रेडी
क्लाप - सिन 75 टेक 1

"ओके एक्सन " आभाष अभिनयमा ध्यान नै नदिकनै सुरु गर्छ ।
अध्यारो सुत्ने कोठाको एका छेउमा एउटा कुर्सी लडी रहेको हुन्छ । झ्यालबाट मधुरो प्रकाशको झल्कोले साबित्री अनुहार देखी स्तन सम्मको भाग टल्किएको हुन्छ । बाँकी शरीर मधुरो देखिन्छ । कुममा च्यातिएको ब्लाउजको स्तन वरिपरि आसुले भिजेको हुन्छ । सुन्निएको आँखा, निलो कलेटी परेको ओठ । उनको अनुहार अझै पनि निर्दोष देखिन्छ । सत्यकिशोर रुदै प्रबेश गर्छ

" यो के गर्यौ । मलाई माफ गर साबित्री । ( झुण्डिएको लाशलाई अङालो हाल्दै ) मैले चाहेको भए रोक्न सक्थे । मलाई थाहा थियो तिम्रो माइतीबाट पैसा आउनै सक्दैन भन्ने । तर तिमीलाई रोकिन । मलाई थाहा थियो तिमीले यस्तै नराम्रो काम गर्न सक्छौ भन्ने तर मैले रोकिन । म पापी हुँ म हत्यारा हुँ म दोषी हुँ ।

यि डाइलोग चलिरहदा आभाषको आँखामा पवित्रा घुमिरहन्छिन । बिहान गाली गरेको , रुदै भान्सामा छिरेको । उसले साबित्रीको झुण्डिरहेको लाशमा पवित्रालाई देख्छ । रुदै गरेको पवित्र जुन आभाषले गाली गरेको रिसमा झुण्डिरहेको छ । र रोइरहेको सत्यकिशोरमा आफुलाई देख्छ । आफुलाई दोषी पाउछ । बेकार गाली गरेछु जस्तो भान हुन्छ । उसमा डरको मात्रा बढ्दै जान्छ, सानो शंकाले आफ्नो भर्खर बसेको घर उझाड हुने डरले उ झन झन गल्दै जान्छ । सत्यकिशोर लाश समातेर रुदा सँग सँगै आभाषको आँखा पनि रसाउदै जान्छ । उसका खुट्टाहरु लग लग काम्न थाल्छ । सत्यकिशोर रुदै रुदै चुप लागेर लाश हेर्दै हेर्दै आफ्नो कपाल भुत्ल्याउदै कोठा बाहिर निस्कन्छ । आभाष आफु पागल भएको भान हुन्छ । तिब्र शंका उपशन्काका बाणले उसको मगज छिया छिया पारेको भान हुन्छ । थुचुक्क भुइमा बसेर टाउकोमा हात राखेर घोप्टो पर्छ ।

" सर के भयो सर " क्यामेरा म्यान र अन्य स्पट ब्वाइ आभाषलाई घेरिएर सोध्छन

" हँ ( झस्कदै ) केही होइन । उसका हात खुट्टाले काम गर्न छाड्छन् । " पानी ल्याउ त अलिकती " आँखा रुमालले पुछ्दै पानी माग्छ ।

" सरलाई सन्चो भएन कि । के भयो सर ?" क्यामेरा म्यान सोध्छ

" खासै केही होइन ( पानी घट् घट् पिउदै ) आज सुटिङ एती नै गरौ । मलाई मुड छैन आज है "
लगतै आभाषको मोबाइल बज्छ ।

" अ भन कमला " ओठ थर्थराउदै बोल्छ

" अंकल घरमा छिटो आउनु न ।" कमला आत्तिदै बोल्छिन " बित्यासै पर्‍यो छिटो आउनु "

" ए के भयो । के भन्छे यो । होइन होला " आभाष अत्तालिदै जवाफ दिन्छ । उसको आँखामा झुण्डिरहेको पवित्राको अनुहार झल झली आउछ अघीको साबित्रीको अभिनय जस्तै । उसको हंसले ठाउँ छोड्छ । दौडिदै कार स्टार्ट गर्छ ।

" के भयो के " कार चलाऊदै सोध्छ । तर फोन कटी सक्छ । फेरी फोन गर्छ तर नेट्वर्क खराबले संपर्क हुन सक्दैन । फेरी पवित्राको मोबाईलमा गर्छ तर उठ्दैन । उसको शंकाको बेग झन बढ्छ । कारसँगै मुटुको धड्कन पनि बढ्दै बढ्दै जान्छ । घर पुग्दा सम्म जिउ पसिनाले निथ्रुक्क भईसक्छ । कार गेट मै छोडेर आत्तिदै घर भित्र छिर्छ । घरमा सुन्यता छाएको हुन्छ । कसैको आवाज पनि सुनिदैन । लग लग कामेका खुट्टाले भर्र्याङ् चढ्ने हिम्मत नै गर्न सक्दैन । उसको भित्रैबाट आत्म मरेर गएको भान हुन्छ । भर्र्याङ्का प्रत्येक सिडीले सँगै उसको पश्चातापको मात्रा बढ्दै जान्छ । आफ्नो बेकारको शंकाले पत्नी गुमाएको शोकले बिछिप्त हुँदै जान्छ ।

सिधै बेड रुममा प्रबेश गर्छ । कपडाहरु लथालिङ हुने गरी निकालिएको हुन्छ । तन्ना बिग्रिएको , चान चुन पैसा छरिएको । दराजको पैसा राख्ने सेफ खुल्ला हुन्छ । उसले सोच्नै सक्दैन के भएको भनेर । कमलालाई बोलाउछ तर उनी पनि हुन्नन । लगतै उसको आँखा एनामा जान्छ । त्यहा एउटा साधा कागज टासिएको देख्छ र थर थर कामेको हातले निकालेर पढ्छ ।

"आभाष

तिमीसँग मेरो विवाह एउटा सम्झौता थियो , बाध्यताको सम्झौता । मैले जिबन भर एउटैसँग मात्र प्रेम गरे त्यो हो मेरो अरुण । अरुणलाई मैले विवाहपछी पनि भुल्न सकिन र उसले मलाई भुल्न सकेन । उसैसँग भेट्ने बहानामा म कम्प्युटर क्लास जान थालेको हो । मलाई कम्प्युटर सिकाउने पनि अरुण नै हो । हिजोको तिम्रो शंकाले हाम्रो भेट्ने बाटो नै बन्द गरेपछी मैले वाध्य भएर यो निर्णय गर्नु परेको हो । म अरुणसँग जादै छु । उसले मलाई अझ पनि उत्तिनै माया गर्छ ।
मलाई खोज्ने प्रयास नगर । जे भयो त्यसको लागि मलाई माफ गर ।

पवित्रा "

आभाषको आँखाबाट तरर आशु बग्छ । उसले केही सोच्न सक्दैन । र आफ्नो मोबाइलबाट फोन लगाउछ ।

" हेल्लो । " भासिएको स्वरमा बोल्छ " बिजय जि "

"हजुर सर "

"हेल्लो बिजय जि । सुटिङ स्टप गरी दिनु । स्टोरी अलिकती चेन्ज गर्नु पर्‍यो "

"ओक सर "

Friday 15 May 2009

कान्तिपुर लोकतान्त्रिक पार्टी (ब्यङ्य)

रेडियो, टेलिभिजन र राष्ट्रिय दैनिक सन्चालन गरेर स्वतन्त्र पत्रकारिताको रक्षा गरिरहेको कान्तिपुर पब्लिकेसनले कान्तिपुर लोकतान्त्रिक पार्टीको निर्वाचन आयोगमा दर्ता गरेको छ । मुलुककै सर्वाधिक पढिने राष्ट्रिय दैनिक कान्तिपुर पत्रीका , सर्वाधिक सुनिने कान्तिपुर एफ एम र सर्वाधिक हेरिने कान्तिपुर टेलिभिजनको अपार सफलतापछी यसले राजनीतिक दलको रुप धारण गरेको हो ।

'मुलुकमा भर्खरै जन्मिएको गणतन्त्रलाई पालन पोषण गर्न अन्य दल सक्षम नभएको कारण हामीले कान्तिपुरलाई दलको रुपमा परिणत गरेका हौ ' दल दर्ता गर्न निर्वाचन आयोग पुग्नु भएका कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाले भन्नु भयो 'जनतालाई सत्य र निष्पक्ष सुचना त दिदै आएका थियौ अब एउटा राम्रो जनप्रतिनिधी स्थापित गर्ने दल पनि दिनेछौ ।'उहाले थप्नु भयो - कान्तिपुरले जनआन्दोलन २ मा सकृय भुमिका नखेलेको भए भए राजा शासन ढल्ने स्थिती थिएन । यसर्थ लोकतन्त्र बहाली देखी गणतन्त्र ल्याउन सम्म कान्तिपुरको ठुलो भूमिका रहेको छ । जनताको दैनिक काम काजमा प्रहरीलाई सघाउन 'कान्तिपुर युथ फोर्स (केवाइएफ)को पनि गठन गरिएको छ । टोल टोलमा सुचनाको हकको निमित्त बिहान बिहान पुग्ने बितरक (हकरलाई)दिउस समाजसेवामा लगाइने कुरा जानकारी दिईयो ।

कान्तिपुर लोकतान्त्रिक पार्टीको सभापती कैलाश सिरोहिया नै हुनु हुन्छ । उहाको मनोनयनमा परेका बरिष्ठ पत्रकारहरु स्थायी समितीमा रहेका छन । तर उनीहरुको नाम सार्वजनिक गरिएको छैन । अन्य साना तिना पत्रकारले कार्यकर्तामा पनि नियुक्ती पाएका छन । कान्तिपुर पब्लिकेसनको प्राङणमा आयोजित चियापान समारोहमा प्रमुख अतिथी भारतीय राजदुत राकेश सुदले भन्नु भयो - माओवादीको अधिनायकबाद रोक्न कान्तिपुरले निष्पक्ष र सन्तुलित सुचना दिए पनि त्यतीले जनताको सुचनाको हक सुरक्षित हुँदैन । त्यसैले कान्तिपुर लोकतान्त्रिक पार्टीको जन्म भएको हो । यसमा हाम्रो तर्फबाट पूर्ण समर्थन र सहयोग रहनेछ । '

कान्तिपुर लोकतान्त्रिक पार्टीको झन्डामा तीन पाटा हुनेछन जसको माथिल्लो पाटो सुन्तला रङ, बिचको सेतोमा कान्तिपुरको लोगो र तल्लोमा हरियो रङ हुनेछ । पार्टीको नारा हुनेछ - सत्य र निष्पक्ष सुचनाको अर्को फड्को ।
यसै बीच कान्तिपुर लोकतान्त्रिक पार्टीले सरकार सामु तीन बुदे माग राखेको छ । आफ्ना पत्रकार अथवा कार्यकर्तालाई संचार मन्त्रालयमा समुहगत प्रबेश गराइनुपर्ने । अहिले सम्म घाइते पारिएका र लखेटिएका पत्रकारको उचित सम्मानका साथ् क्षतिपुर्ती दिनु पर्ने । जनताको सुचनाको हकको निम्ती मन्त्रीपरिषदमा आफ्नो एक जना प्रतिनिधि हुनुपर्ने ।
उपरोक्त माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

यसै बीच कान्तिपुर लोकतान्त्रिक पार्टी स्थापनाको बधाई दिदै डाबर,हिन्दूस्तान लिभर लिमिटेड, टाटा र बिर्ला समुहले कान्तिपुरको आन्दोलनमा एक्यबद्धता जनाएको छ ।

(यस ब्यङ्यले पत्रकारलाई लक्षित गरेको छैन । अन्यथा क्षमाप्राप्ती । )

Wednesday 6 May 2009

केक चोर र बाँदर

एकादेशमा दुई जना चोर रहेछन । तिनिहरुले केक चोरेर ल्याएछन । केक बराबर भाग लगाउन उनिहरु एउटा बाँदरकोमा गएछन । बाँदरले केक जोखेर भाग लगाइदिने भनेर तराजुमा राखेछ । तराजुको जुन भागमा केक बढी हुन्छ त्यसबाट झिकेर अलिकती क्वाप्प पार्दो रहेछ । फेरी अर्को भागबाट बढी भयो भन्दै क्वाप्प पार्दो रहेछ । यसरी क्वाप्प पार्दा पार्दा अन्त्यमा केक सकिएछ । चोरहरु हेरेको हेरै भएछन । अब कुरा गरौ प्रचन्डको 'ओस्कार मनोनित' भिडियो बारे ।

करीब डेढ बर्ष अगाडि कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गरिएको भाषणले एक पटक फेरी राजनीतिमा तरङ ल्याइदियो । यसले प्रचन्डले लुकाएका केही तथ्य त बाहिर आए नै साथ साथै नेपालको कर्तब्य च्युत पत्रकारिता,स्वघोषित बुद्धीजिबीको कमजोरी र बिपक्ष राजनीतिक दलको षड्यन्त्र पनि पर्दा फास भएको छ ।

कटुवालले गल्ती गरेका थिए कि थिएनन ? उनी एउटा सरकारी कर्मचारी हुन । सरकारले दिएको आदेश मान्ने कि स्वबिबेक प्रयोग गरेर निर्णय गर्ने ? सैनिक भर्ना, आठ जर्नेलको पदावधी र राष्ट्रिय खेलमा जनसेनाको सहभागीतामा उनले गल्ती अवश्य गरेका थिए । भलै खेलको बिषय र अन्तरराष्ट्रिय नियम उल्लंघन गरेर सरकारले पनि गल्ती गरेको थियो तर सेनाको काम सहि - गलत जाचेर बस्ने कि सरकारको आदेश मान्ने ?

कटुवाललाई कारवाही आवश्यक थियो । आज कटुवालले खेलको कुरामा अटेर गर्ला । भोली अर्कोले 'कर्णालीमा बाटो खन्न जा' भन्दा 'जादिन' भन्ला । पर्सी अर्कोले 'सिमा सुरक्षा गर्ना जा' भन्दा 'तै जा भनिदेला' । अनी परेन फसाद । त्यही भएर समय मै छोरी पिटेर बुहारी तर्साउनु आवश्यक थियो ।

तर कारवाहीमा सबै डराउनुको कारण माओवादी सरकारमा हुनु र उसको दिर्घकालिन योजना सत्ता कब्जा गर्नु हो । यदी सरकारमा एमाले अथवा काङ्रेस भएको भए कारवाहीमा कुनै आपत्ति हुन्नथ्यो । न त भारतीय राजदुतको गाडीको प्रेट्रोल नै सकिन्थ्यो । तर माओवादी त चाहन्छ कि सेनालाई आफ्नो पकडमा राख्ने र जनबादी ब्यवस्था ल्याउने । यो त उसको दर्शन नै हो । जे गरेपनी माओवादी भनेको जनबादी नै हुन । भने बिपरित बिचार राख्ने पार्टीले अहिले आएर राष्ट्रपतीलाई असैबैधानिक र सेनालाई भारतको ईशारामा चल्ने बनाएर राष्ट्रलाई दिर्घकालिन लाती हनेको होइन ?

भिडियो सार्वजनिक गर्नुपर्ने उपयुक्त समय थियो ? सेना एकातिर रिसले चुर भएको अर्को तिर जनसेना हाम्रा अध्यक्षलाई पदमा रहन दिएनन भनेर झन रिसाएका बेला । शान्ती प्रकृयाको यस्तो जटिल मोडमा आएर डेढ बर्ष अगाडिको भिडियोले माहोल झनै बिगार्न सक्थ्यो । यही निहु बनाएर सेना र जनसेना आपसमा गोली हानाहान गरेको भए त्यसको जिम्मेवारी इमेज च्यान्नलले लिन्थ्यो ? हिंसालाई प्रेरित गर्ने समाचार सम्प्रेषण गर्नु हुन्न भन्ने सामाजिक उत्तरदायित्वको सिद्धान्त कहाँ गयो ?

भिडियो कसले सार्वजनिक गर्‍यो ? जनताको सुचनाको हकको निम्ती मात्र सार्वजनिक गरिएको हो कि राजनीतिक प्रतिशोधबाट प्रेरित भएर गरिएको हो त्यो त प्रष्ट छ । यो भिडियो सार्वजनिक गर्नुमा भारत लगायत सेना र अन्य बिपक्षी दल को हात छ कि छैन ? इमेज च्यान्नल एक्लैले सुचनाको हकको निम्ती गरेको त पक्कै होइन किन भने हिजो भर्खर भारतको चर्को बिरोध हुँदा हुँदै सरकारले कटुवाललाई बर्खास्त गरेको थियो । त्यही माथि राष्ट्रपतीले असंबैधानिक कदल चालेर सरकारको आदेश उल्टाए । त्यसअघी अझ सेनाले ' सफ्ट कु ' गर्ने वा ' राष्ट्रपती शासन ' लगाउने सम्मको योजना बनेको थियो । यि सबै घटनामा काङ्रेस त सहभागी छ नै साथै सेना र मुख्य खेलाडी भारत नै हो । भारतिय राजदुतले ' सेनापतीलाई हटाए दुई हप्ता भित्र सरकार अस्थिर गरिदिने चेतावनी दिएको थियो । ' लगतै कटुवाल बर्खास्तगी र प्रचन्डको राजिनामाले उनी बिदेशी प्रभु सामु झुक्दिन भनेर देखाइ सकेका थिए । यसले उनको राजनीतिक उचाइ झन बढेको थियो । एका एक यसरी हाई लाईट भएपछी उनको लोकप्रियता गिराउन यो भारत, काङ्रेस र सेनाका केही ब्यक्तीको षड्यन्त्र होइन र ?

सुरुमा एमाले र फोरमले कटुवाल कारवाहीलाई समर्थन दिएका थिएनन र ? अझ झलनाथ खनाल त हरियो झन्डा देखाएर चीन गएका थिए । जब भारतले दबाब दिन थाल्यो दुबै दल पछी हटे । बाँकी रह्यो त माओबादी । हिजो विश्वाबिद्यालय प्रकरण, एकिक्रित सेवा केन्द्र र पशुपती पूजारी काण्डमा पछी हटेको माओवादी यदी सेनापती प्रकरणमा पनि हात झिक्ने हो भने जनताले प्रचन्ड त कमल थापा भन्दा लाक्षी रहेछ भन्ने थिए । एका तिर आफ्नो दिर्घकालीन जनबादी योजना भताभुङ हुने अर्को तिर जनताको नजरमा तल खस्ने भएकोले माओवादी एक्लैले कार्वाही गर्नु परेको हो ।

यसमा भारतको स्वार्थ के त ? हिजो राजतन्त्र आफ्नो बसमा थिएन त्यही भएर राजतन्त्र ढाल्ने बातावरण बनाइयो । त्यही माओवादीको सैन्य बलमा टेकेर राजतन्त्र फालियो । काङ्रेस र फोरम भारतको पूजारी नै बने । एमाले त दही चिउरा बेचेर बसेको छ । माओवादी स्थापित भयो तर माओवादी भारतीय बशमा पर्ने खाल्को देखिएन । अनी त्यसलाई पनि हटाउनु भारतको चाल हो । अब यस्तै क्रम बढ्दै जाने हो भने जो जो भारतको अटेर गर्छ त्यसलाई भिडियो सार्वजनिक गरेर हुन्छ कि अडियो, १२ बुदे समाझदारी गरेर हुन्छ कि २४ बुदे । भारतले हस्तक्षेप गर्छ गर्छ । नेपालको भुमीमा अधिपत्य जमाउन खोज्छ खोज्छ ।

बिचरा माओवादी । हिजो दलका कुनै सदस्यलाई थाहा थिएन होला त माओवादीका वास्तविक सेना कती छ भनेर ? हिजो यिनै दलका नेताहरुले भनेको होइन र ' सेनाले एक ठाउँमा युद्ध जित्यो भने माओवादी ध्वस्त हुन्छ भनेर ' तिनीहरुलाई थाहा थियो माओवादीको सन्ख्या ७-१० हजार बिचमा छ भनेर । उनिहरुलाई राम्रो सँग थाहा थियो माओवादी खारामा आक्रमण गर्न बाराबाट आउछ, चरीकोटमा आक्रमण गर्न मुसिकोटबाट आउछन भन्ने तर किन जनतालाई स्पष्टसँग भनेन कि माओवादीसँग जम्मा सेना भनिएको भन्दा काम छ भनेर ? कारण स्पष्ट छ । उनीहरु माओवादीको बुइ चढ्नु परेको थियो । ज्ञानेन्द्रले उठिबास लगाएका थिए । काङ्रेसको शेरबहादुर शाखाले राजालाई प्रजातन्त्र भेटी चढाइ सकेको ,एमाले एन्ड दही चिउरा कम्पनी प्रतिगमन आधा सच्चियो भन्दै कम्युनिष्ट क्रान्ति गरिसकेको र गिरिजाले १२ बर्षे प्रजातान्त्रिक कालमा नाङो नाच देखाइ सकेको अवस्थामा राजा ढाल्नु त परको कुरा रत्नपार्कमा तथाकथित निर्णयक आन्दोलन हुँदा बास्नादार समौसा खान आउने आन्दोलनकारी पनि भेटिदैन थियो । त्यस्तो अवस्थामा माओवादीलाई सुरक्षित अवतरण पनि चाहिएको र दलहरु धोती न टोपी भएकोले बेला यदी माओवादीसँग जाबो सात हजार सेना छ भनेको भए सेनाले क्वाप्प खान्थ्यो । दलहरु हेरेको हेर्यै हुन्थे । माओवादी फेरी जङल कै बास । त्यही भएर माओवादीको बुइ चढ्न यो तथ्य पहिलै देखी लुकाइेको हो ।

अहिले पनि त्यो बेलाको समाचार हेर्ने हो भने ' फलानो ठाउँमा माओवादी आक्रमण । आक्रमणमा दसौ हजार छापामार संलग्न ' भनेर समाचार लेख्ने पत्रकारहरु अझ पनि जिउदै छन । दशौ हजार भनेर कसरी थाहा पाए ? किन अनुमानको भरमा समाचार लेखेर त्राशको बातावरण बनाए ? सहि सुचना दिनुपर्ने उनिहरुको कर्तब्यबाट किन च्युत भए र आज किन यही समाचारको खेदो खन्दै छन ? किन कोही बोल्दैन हिजोको समाचार बारे ?

यो भिडियो देखेर तीन छक्क पर्ने केवल जनता हुन । नेता र पत्रकारलाई माओवादीको योजना र सेनाको सन्ख्या बारे पोख्त थिए । यसले प्रचन्डको उचाइ घटायो, पत्रकार कर्तब्यबाट च्युत देखायो र एमाले र काङ्रेसलाई तत्कालको लागि बुइ चढायो । भने फाईदा कसलाई भयो त ? भारतलाई । हिजो भिडियो सार्वजनिक भएपछी सुद एनामा हेरेर भन्दा हुन ' मैले भनेको नमानेको हैन । अब देखिस । '

प्रचन्डलाई चेतना होस मुलुक रहेमा जनबाद रहन्छ । झलनाथलाई चेतना होस् राष्ट्रको अस्तित्व बिना 'जनताको बहुदलिय जनबाद' सम्भव छैन । गिरिजालाई चेतना होस् देश नबचे प्रजातान्त्रिक समाजवाद बेकार हुन्छ । कुनबादले शक्ती हत्याउने । कुन बाद्लाई पाखा लगाउने भनेर भाग बण्डा गर्न बिदेशी बोलाँउदा चोरको केक सत्यनाश भए जस्तै हाम्रो भुमी शत्यानाश हुन्छ कि हुँदैन ?

Wednesday 29 April 2009

ग्राण्ड डिजाईन

करिब ४ बर्ष अगाडि निर्मलमणी अधिकारीद्वारा सम्पादित एउटा पुरानो (नाम याद छैन ) पत्रीका पढ्न पाएको जसमा लेखिएको थियो - क्रेग फुलर नाम गरेको अमेरिकाको पि आर कम्पनी सन्चालक नेपाल आएका थिए । उनी ठुला ठुला राजनीतिक उतार चढावको डिजाइन गर्ने गर्छन् , पैसा लिएर । यहाँ सम्म कि पहिलो पटक इराक युद्धको लागि जनमत उनैले सिर्जना गरेका थिए । उनले नेपालको राजतन्त्र ढाल्नको लागी कुनै बिदेशी शक्ती केन्द्रसँग पैसा लिएर नेपालको भु राजनीतिको राम्रो अध्ययन गरेर गएका रहेछन । राजतन्त्र ढालेपछी नेपालमा उत्पन्न हुन सक्ने जातिय नारालाई आफ्नो अनुकुल बनाएर तराइ टुक्राउने अथवा तराइलाई सुरोतको एक्काको रुपमा प्रयोग गरेर नेपाललाई सधैं आफ्नो बसमा पार्न यो षड्यन्त्र गरिएको देखिन्छ ।
जब यो लेखियो । त्यो बेला यो कुरा विश्वाशनिय देखिएन तर अहिले आएर क्रमश सबै कुरा मिल्दै आएका छन । अफ्सोचको कुरा षड्यन्त्रको डिजाइन उनले गरे पनि षड्यन्त्रमा भागीदारहरुलाई आफु प्रयोग भएको हु भन्ने पत्तो हुँदैन । सबैले आफ्नो काम गरेक हुँ, आफ्नो बिबेक प्रयोग गरेको हुँ जस्तो लाग्छ तर फाईदा अरुकै लागि जान्छ । जस्तै यि घटना हेरौ :

1." नेपाल क्यान नट बि दिफिटेड बाइ बुलेट बट ब्यालेट " - इन्दिरा गान्धी (यसबाट प्रष्ट हुन्छ नेपाल प्रती भारतिय बिस्तारबादीको दृष्‍टिकोण कस्तो छ ? )

2.नेपालको हरेक जसो निर्वाचित सरकारलाई भारतले नागरिकता बिधेयक पारीत गर्न जोड दिनु ।

3.नेपालको राष्ट्रियता एउटा स्थायी संस्था 'राजतन्त्र'को नेत्रित्वमा चल्नु । त्यो संस्थाको झुकाव सधैं चीन तिर बढी देखिनु । सेना जस्तो शक्तिशाली अङ्ग समेत राजसंस्थाको मातहतमा रहनु । जुन भारतको लागि सदै चिन्ताको बिषय हो ।

4.बिरेन्द्र बोआओ सम्मेलनमा चिनियाहरुसँगको सहमतीमा राजनीतिक कदम चाल्न खोज्दा हतियार बहाना वा प्रेमिकाको बहानाको रुप दिएर राजदरबार हत्याकाण्ड हुनु । हत्याकाण्ड प्रती काङ्रेस मौन बस्नु, बिद्रोही माओवादीले प्रष्ट बिदेशी शक्तिकेन्द्रको षड्यन्त्र देख्नु ।

5.हत्याकाण्ड माइला काका , पागल प्रेमी वा काकाको छोरा वा अरु जसले गरे पनि एक्लैले पक्कै आटेका थिएनन । पछाडिबाट धाप मार्ने अरु पनि छन ।

6.हत्याकाण्डपछी राजतन्त्र प्रती बलियो जनसमर्थन गुम्यो तर पनि फाल्ने स्थिती थिएन । माघ १९ को कदम अघी राजा ज्ञानेन्द्र भारत जान लागेका थिए तर कारणबश भारतको पुर्ब प्रमको मृत्‍युको कारण स्थगित गरे । उनी किन जादै थिए ? र लगतै किन कदम चाले ? राजाले आफ्नै बिबेकमा मात्र कदम चालेका त पक्कै होइनन किन भने उनलाई राम्रोसँग थाहा छ कि नेपालमा नुन सम्म त्यहीबाट ल्याउनु पर्छ ।

7.दिल्लीले १२ बुदे समाझ्दारीको बातावरण निर्माण गरिदियो । केही नेता भन्छन त्यो समझदारीको सर्तको रुपमा दिल्लीबाट एउटा प्रस्तव आएको थियो भनेर । त्यो के थियो ? कतै नागरिकता बिधेयक त थिएन ?

8.लगतै जनआन्दोलन-२ भयो त्यही समझदारीमा टेकेर, प्रतिनिधि सभा पुनर्स्थापित भयो । नागरिकता बिधेयक पारीत भयो अनी मकै भटमास जस्तै गरी नागरिकता बांढियो ।

9.नागरिकअता बितरण लगतै तराइ आन्दोलन हुनु । भलाई तराईमा शोषित पीडित गरीब नेपालीको बाक्लो उपस्थिती छ तर उनीहरुको जिबन स्तर सुधार हुने नाउमा झन्डै ४० प्रतिशत समानुपातिक उम्मेद्बारीको माग गरियो । यसले ति शोषित पीडित तराईबासी नेपालीको मागलाई सम्बोधन गर्‍यो कि ति पहिलै देखी शोषण गरीरहेका सामन्तीलाई स्थापित गर्‍यो ?

10.त्यत्रो समानुपातिक लिएपछी संबिधान सभामा माग गरियो 'धोती र टोपीको आधारमा सघियता' वा त्यो पनि नभए ' तराईमा हिन्दी भाषा नेपाली नेपाली बिचको चल्तीको भाषा हो तसर्थ भाषाको आधारमा समग्र मधेस एक प्रदेश । ' त्यो पनि आत्मनिर्णयको अधिकार सहित्को सघियता । किन चाहियो आत्मनिर्णय ? तराई र मधेशको समस्या गरीबी र अशिक्षा होइन र ? अनी यसलाई आत्मनिर्णयको अधिकारले कसरी सम्बोधन गर्छ ?

11.अन्तत: मधेश एक प्रदेशको निर्माण गर्ने । जसरी अहिले स्कट्ल्याण्ड बेलायतसँग र ताईवान चिनसँग छुट्टीन निहु खोज्छन त्यसैगरी मधेश टुक्राउन केन्द्रसँग निहु खोज्ने । बेलायत र चीनले देखाउने सैन्य त्राश नेपालको केन्द्रसँग हुने छैन किन भने त्यो बेला एकातिर च्याउ सरी उम्रेका तराई बिद्रोहीसँग हतियार छ । अर्को तिर मधेश मै जनमत सङ्रह वा शान्ती पूर्ण आन्दोलन मार्फत प्रिथक राज्यको माग गरे भने के गर्ने ? तराई टुक्राएर अनिकाल ग्रस्त नेपालमा थप अनिकाल थपेर वा आफु अनुकुल चलाऊने । सके सिक्किम नसके भुटान बनाउने ।

Wednesday 22 April 2009

समाचार

केही समय अगाडि हेल्सिन्कीका मित्रहरुले हेल्सिन्कीमा आफुलाई डनको सज्ञा दिदै युट्युबमा भिडियो राखेपछी मैले पनि त्यसको बिरुद्धमा उनिहरु पक्राउ परेको भनेर आँफैले यो समाचार तयार गरेको थिए । प्रस्तुत छ समाचार मेरै स्वरमा ।

भिडियो हेर्न तल लिन्कमा छिर्नुहोला ।
http://www.youtube.com/watch?v=ic14k4FUAkM

Sunday 19 April 2009

भोका प्यासा लाशहरु

सुन्दर बिहानीको कल्पना गर्दा गर्दै
फिस्स उडेको मांसपिण्डका आशहरु
कल्पना कै भग्नावशेषले थिचेर
गतिहिन ढलिरहेका यि हुन
भोका प्यासा लाशहरु ।

बाचुन्जेल चिच्याएका भोका क्रन्दनमाथि
निर्लज्ज मुकदर्शक समाजहरु
मानविय सहायताको चाहना त्यागेर
इश्वर सामु लडेका यि हुन
भोका प्यासा लाशहरु ।

न्यानो कपडाको अभाव मै
सिरेटोले शरीर चुमेका मृत्‍यु अघीका दिनहरु
मृत्‍योपर्यन्त सुकिलो कात्रो मुनी
बाक्लो चिताको तापमा निदाएका यि हुन
भोका प्यासा लाशहरु ।

तिखो तिरस्कारबाट तृप्‍त
मुक्ती मार्ग खोजिरहेछ,बिर्सेंर भौतिक मोहहरु
मिथ्या शरीर आत्मसमर्पन गर्दै
ब्रम्हनालमा उधोमुन्टो तेर्सिएका यि हुन
भोका प्यासा लाशहरु ।

Tuesday 31 March 2009

जन्मदिन

म आज २२ औँ बसन्तमा प्रबेश गर्दै छु । मेरो जन्म महिना चैत्रमा भएको हुँदा मलाई कोही चैते बाँदर त कोही चकचके हुन्छ भन्थे । जसले जे भने पनि मेरो जन्म महिनामा प्रकृतिमा हरियाली छाएको थियो । चरा चुरुङी मिठामिठा भाका हालेर गीत गाउदै थिए । मेरो स्वागत गर्न पो हो कि ?

मेरो जन्म पाटन अस्पतालमा भएको थियो । परिवारको सबभन्दा कान्छो भएको हुँदा सबैबाट माया धेरै पाएको थिए तर १ बर्षको भएपछी म आँफैले आमाको दुध खान छोडे रे । र बिस्तारै आमाको काखबाट पर पर सर्दै खेल्न तिर बढी ध्यान दिन्थे रे । ३ त्यही बर्षको हुँदा बानेश्वरबाट हराएर म गौशाला पुलिस थानामा गएर पुलिससँग मासको दाल र भात खाएर आएको थिए । पछी आमा र दिदी लिन आएपछी अर्को पटक आउँदा मासु पकाएर राख्नु भन्दै फर्किएको थिए रे, मलाई अली अली याद छ ।

म बच्चै देखी चकचके र जिज्ञाशु स्वभावको थिए र अझै पनि छु । सानै देखी चित्रकला,साहित्य,बिज्ञान र अध्ययनमा निकै रुची जागेको थियो । यि बिधाहरु थुप्रै पुरस्कारहरु पाइसकेको छु । ति मध्य हाजिर जवाफ प्रतियोगितामा मकवानपुर जिल्ला प्रथम, र काठमाडौं जिल्लामा द्वितिय भएको सबभन्दा महत्वपूर्ण छन ।

अहिले जवान भएको छु । जन्मिएको ठाउँभन्दा 'सात समुन्द्र' पार फिन्ल्यान्डमा अध्ययन गर्दै छु । कुनै दिन आमाले अलिकती पिरो हाल्नु हुँदा भात नखाने छोरो आज त्यही पिरो मसलादार तरकरी खान नपाएर तड्पिदै छ । हिजो बाबाको खल्तीबाट ५ रुपैया चोरेर गुच्चा किन्ने छोरो आज त्यही खल्तीमा लाखौं फिर्ता गर्दै छ । दिदीले ओढ्नेले मुख छोपेर भुत बनी तर्साउदा रुने भाई आज अध्यारो कोठामा एक्लै बसेर काम गर्दै छ । जन्म दिन आउँदा १ महिना अघी देखी औंला गन्ने सुशिल आज एक दिन अघी मा सुचना दिन वाध्य छ ।

समय कती बलबान रहेछ । कहाँ थिए म, अहिले कहाँ छु र भोली कहाँ हुनेछु ? समयको बेगसंगै ममा धेरै परिवर्तन आएका छन । अझै पनि यो बेगसँग पौडिन सिकेको छु जस्तो मलाई लागेको छैन । हेर्दै जाउ, समयले अझ के के गर्न सिकाउछ ।

आजको मिती सम्म मलाई हेरचाह गर्ने आमा शान्ती देवी गौतम र बाबा शिवप्रसाद गौतम र परिवार, साथ दिने साथी, माया गर्ने आफन्त, प्रेम गर्ने पूर्व प्रेमिका, शिक्षा दिने गुरुहरु र अन्तमा मेरो मार्गदर्शक गुरु निर्मलमणी अधिकारीलाई हृदय देखी नै सम्झिन चाहन्छु । धन्यवाद ।

Sunday 29 March 2009

नयाँ नेपाल

नयाँ नेपाल बनाउन हरेक तह र तप्कामा बहस भईरहेको अवस्थामा म पनि एउटा जिम्मेवार नागरिक भएको हैसितले नयाँ नेपालको संबिधानमा किटाण गर्नुपर्ने कुराहरुको खाका तयार गरेको छु जुन यस प्रकार छ ।

प्रदेशको बिभाजन:
केन्द्रिय,संघिय र स्थानिय गरी तीन तहको राज्य ब्यवस्था हुनेछ । प्रदेशको बिभाजन सर्वप्रथम धोती, टोपी र बक्खु लगाउनेको आधारमा हुनेछ । पुन बाहुन, क्षेत्री, सुद्र र बैष्य गरी ४ भाग अनी त्यस अन्तर्गत खस कुरा, मैथिली, भोजपुरि, नेवारी, तमाङ, कुसुन्दा सबै भाषाको आधार ९३ भाग लगाइन्छ । फेरी पनि हिन्दू, बौद्ध, ईस्लाम, इसाई आदीको आधारमा मुलुकको ४ धुजा पारीनेछ । यसरी मुलुकको अप्रेसन गरेर बिकासको निम्ती सम्बन्धित ब्यक्तीहरुलाई दिईनेछ । प्रहरी र सेनाको ब्यवस्था खारेज गरिनेछ । भए भरको दलहरुले युथ फोर्स र सेनाको निर्माण गरी रहेको बेला नाथे ब्यारेकमा थन्काउन र टुडिखेलमा तोप पड्काउन सेना किन राख्नु पर्‍यो ? अधिकार बिहिन प्रहरी राखेर कोस्लाई तर्साउन राख्नु पर्‍यो ? त्यसैले मुलुकलाई आर्थिक भारबाट जोगाउन सेना र प्रहरीको ब्यवस्था खारेज गरिनेछ ।


राष्ट्रिय एकताका प्रतिक:
स-साना राज्यको एकिकरण गरेर बिशाल नेपाल निर्माण गर्न सफल श्री ५ पृथ्बी नारायण शाह त अब राष्ट्रिय एकताका प्रतिक रहेनन । ठाउँ ठाउँ मै शालिक फोर्ने काम भईसकेको छ । त्यसकारण नेपालको भबिष्यमा ठुलो टाउको दु:खाइको बिषय बन्ने मधेस क्षेत्रका सबभन्दा प्रिय ब्यक्ती उपेन्द्र यादव नै राष्ट्रिय एकताको प्रतिकको रुपमा राख्नुपर्छ किनभने भबिष्यमा नेपालले आफ्नो अर्थ, राजनीति, कुटनिती र समाजिक निर्णयहरु गर्दा उनको सल्लाह बिना गरेमा सिधै नेपाल टुक्राउने धम्की दिने छन । उनको धम्कीमा होमा हो मिलाउने मधेसका च्याउ सरी उम्रेका अजिङर, कोब्रा, टाइगर, मुसा, भ्यागुता सबै हतियार धारी समुह देखा पर्नेछन । साथै अन्तत नेपाल बिभाजित हुनेछ । यसर्थ उपेन्द्र यादव नेपालको एकताको प्रतिकको रुपमा राख्नु उचित हुन्छ । नत्र खैरत छैन ।

राष्ट्रिय भाषा:
राष्ट्रिय भाषा हिन्दी हुनुपर्नेछ । भलै अत्यन्त न्युन सन्ख्याले यस भाषालाई मातृभाषा माने पनि उपराष्ट्रपती जस्तो देशको गरिमामय पदमा बस्ने ब्यक्तीलाई यो भाषा मनपर्छ । यही भाषामा बनेको चलचित्र र सिरियल नहेरी गृहणीलाई निन्द्रा लाग्दैनन । हाम्रा सबै जस्तो नेताहरु दिल्ली गएर यही भाषा बोल्छन । नेपालमा ग्राहक भारतीय आए नि हिन्दी बोल्नु पर्छ, पसले भारतीय भएनी हिन्दी नै बोल्नु पर्छ । आफ्नो भाषालाई कसले मन पराउछ र ? बोर्डिङमा पढ्ने विद्यार्थीले नेपाली राम्रोसँग बुझ्दिन भनेर गर्व गर्छ । गाउमा युवा छैनन, शहरमा नेपाली प्रष्ट बोले पाखे वा नेता वा साहित्यकारको सज्ञा दिईन्छ । अनी यस्तो भाषालाई किन राष्ट्रिय भाषा भन्नु पर्‍यो ?

राष्ट्रिय झन्डा:
पुरानो राष्ट्रिय झन्डाको सान्दर्भिकता के छ र ? अब नेपालको राष्ट्रिय झन्डा दुई त्रिकोण हुनेछ,माथिल्लो त्रिकोणमा इटा र तल्लो त्रिकोणमा टायर हुनेछ जसमा निलो घेराको अर्थ निलो आकाश, रातो रङको अर्थ रक्तपात । जसको सान्केतिक अर्थ हुनेछ - हरेक दिन नेपालमा निलो आकाश मुनी घटीमा दुई वटा कोण सभा हुनेछ । कोण सभामा बालिने टायर र हानिने इटाले नेपालीको दिनचर्याको प्रतिनिधित्व गर्नेछ । आखिर देशको प्रतिनिधि चिन्ह पो हुनुपर्छ त राष्ट्रिय झन्डामा ।



राष्ट्रिय खेल:
क्रिकेटलाई राष्ट्रिय खेल बनाउनुपर्छ । आन्दोलन नेपालको प्रमुख बिशेषता भएको हुँदा क्रिकेट खेलले आन्दोलनसँग सम्बन्ध राख्छ । प्रहरीले ब्याटिङ गरे जस्तै लौरोले आन्दोलनकारीको ढाड फुस्काउछन भने आन्दोलनकारीले बलिङ गरे जसरी ढुङ्गा मुढा बर्साउछन । अनी बिचमा चेपिएकाहरु फिल्डर जसरी ढुङ्गा हेर्दै दौडिन्छन । क्रिकेट खेललाई नेपाली राष्ट्रिय खेल बनाएपछी आन्दोलनकारी, प्रहरी र जनतालाई सजिलो हुने हुँदा यस खेललाई राष्ट्रिय खेल बनाउनु पर्छ ।
राष्ट्रिय जनावर:
राष्ट्रिय जनावर बनमान्छे हुनु पर्नेछ । गाई राख्न अब नेपाल हिन्दू राष्ट्र नै रहेन । हुन त गाईलाई मिल्दो जुल्दो अवस्था नेपालमा छैन पनि । बरु बन मान्छे उपयुक्त हुनेछ । नेपालमा कती खेर बत्ती जान्छ होइन, आउछ भनेर हेर्नु पर्ने अवस्था छ । यो अवस्था अब ५ बर्ष सम्म निरन्तर रहनेछ । बिजुली बिना संचार साधन र कल कारखाना ठप्प हुँदै छन । जती खेर नि हुने हड्ताल र बन्दले पेट्रोल, डिजेल र खाद्य संकटले मानिस घरमा पकाउन नसकेर बनमा कन्दमुल खोज्दै खानुपर्ने स्थिती चाडै आउँदै छ । तसर्थ फोकटको गाईलाई राष्ट्रिय जनावर बनाउनु भन्दा राष्ट्रिय पहिचन द्योतक बनमान्छेलाई बनाउनु पर्छ ।
राष्ट्रिय पोशाक:
राष्ट्रिय पोशाकको ब्यवस्था खारेज हुनेछ । मुलुकमा ४३ प्रतिशत गरीब जनता एक सरो राम्रो लगाउन नसक्ने छन । तिनीहरुलाई राष्ट्रिय पोशाक लगाउनु पर्ने भार किन दिनु ? राष्ट्रिय पोशाकले के को प्रतिनिधित्व गर्छ र राख्न लाई ? अनी बाँकी धनी भनौदा युवतीहरु सके सम्म नाङ्गै हिंड्न चाहन्छन । अब बाँकी पुरुषको लागि मात्र राष्ट्रिय पोशाकको ब्यवस्था गरेर नारी पुरुष बिच बिभेद गर्नु हुन्न ? नारी पुरुष समान बनाउन भए पनि राष्ट्रिय पोशाकको ब्यवस्था खारेज गरिनेछ ।
यसका साथै प्रेष स्वतन्त्रताको ग्यारेण्टी हुनेछ तर पत्रकारको जिउको ग्यारेन्टी भन्न सकिन्न । 'आफ्नो गाउ आँफै बनाऔ , आँफै पकाउ आँफै खाऔ र आफ्नो जिउ आँफै जोगाऔ' नामको बिकासमुलक कार्यक्रम ल्याइनेछ । साउदी कतार र दुबईमा भेडा चराउन जाने नेपालीको लागि भेडा आयोग । अमेरिका र युरोपमा भाडा माझ्न जानेको लागि भाडा-बर्तन आयोगको ब्यवस्था संबिधानमा गरिनेछ । सडक दुर्घटनामा मर्ने, आन्दोलनमा मर्ने, लडेर मर्ने सबैलाई शहिद घोषणा गर्न शहीद आयोग पनि निर्माण गरिनेछ ।

Saturday 21 March 2009

मानिस

मानिस एउटा जटिल बिषय हो । मानिस कै बिषयमा ठुला ठुला ब्यक्तीहरुले बोलेका वाक्य संसारका ठुला ठुला दर्शन र धारणा बन्ने गरेको छ । अल्बर्ट आईन्स्टाइनले भनेका थिए 'ब्रह्माण्डको फैलावट र मानिसको अहमताको सिमाना हुँदैन' । यस वाक्यको आशय हरेक मानिस आफ्नै बाद ,दर्शन र शास्त्र हुन्छ । उसले त्यो दर्शन र सिद्दान्त लिएर यस्तो जटिल धारणाको निर्माण गरेको हुन्छ कि आफु बिपरित सोच्नेलाई मुर्ख देख्छ । उसले आफ्नो सोचको आधारमा विश्वको व्याख्या गर्छ । तर उसको व्याख्यामा सबै अटाउन त सक्दैनन । त्यसपछी उसको दिमागमा द्वन्द सिर्जना हुन्छ ऊ सोच्न थाल्छ 'संसार कती मुर्ख छ किन यो कुरा बुझ्दैन ?' फलत ऊ दुखी हुन पुग्छ ।

अर्को उद्दरण छ ' द ओल्ड म्यान एण्ड द सि ' बाट उध्रित, ' मानिस क्षत बिक्षत हुन सक्ला तर हार स्वीकार्दैन ' । अर्नेष्ट हेमिङ्वेले यही उद्दरणको सहायताले नोबेल पुरस्कार पाए साहित्य तर्फ । यही भनाइले पनि मानिस भित्रको जटिलता उजागर गर्छ । कुनै पनि घटना तथा बिषय प्रती मानिसले एउटा धारणा बनाउछ । र त्यो धारणालाई उसले धारणाको रुपमा नभै सत्यताको रुपमा लिन्छ । उसको सोच नै सही हो भन्ने लागेपछी यदी त्यसको बिरुद्धमा कोही जान्छ भने या त उसको भौतिक अस्तित्व समाप्त गर्ने प्रयास गर्छ नत्र मौखिक तर्क दिएर आफ्नो धारणाको बचाउ गर्छ । यदी मौखिक तर्कले पनि काम चलेन भने मन मनै भन्छ ' यती कुरा बुझ्दैन, यस्ता सँग के बोल्नु ? जस्तै एस् एल सि मा कसले बढी अंक ल्याउने भनेर प्रतिस्पर्धा गर्ने दुई विद्यार्थी मध्य हार्नेले कहिले 'हो रहेछ । मैले तिमी भन्दा राम्रो पढ्न नसक्ने रहेछु भनेको सुनिन्छ ?' ऊु सधैं भन्ने छ ' घरमा समस्या परेर राम्रोसँग तयारी गर्न सकिन कि परिक्षाको बेला सन्चो भएको थिएन कि परिक्षा दिदा वरिपरिको हल्लाले गर्दा राम्रोसँग ध्यान दिन सकिन' ऊ सधैं सोच्ने गर्छ कि म हारेको पटक्कै हैन । किन भने हार्नुलाई उसले आफ्नो अस्तित्व मेटिएको ठान्छ । अनी आफ्नो अस्तित्व कसरी मेटिन देओस त ?

त्यस्तै अर्को भनाइ छ ओशोको ' मानिस मुर्ख छ, के भनियो त्यसको मत्लब हुँदैन । कसले भन्यो त्यसको चासो गर्छ । 'अर्थात सबैले चिनेको राजेश हमालले कपाल पाल्नु फेसन हो तर गल्लीको मोटे धिमालले कपाल पाल्नु फेसन हैन कपाल काट्ने पैसा नहुनु हो । अझ भनौ, एउटा सानो कुरा पनि नेपालीले नै भनेको भन्दा टाइसुट लगाएर आएको पश्चिमीले भन्यो भने बढी विश्वासिलो मानिन्छ । आखिर सत्य त सत्य नै हो नि जसले भने पनि । तर मानिसले बुझ्दैन । कसले भन्यो त्यसको आधारमा बुज्छ त्यो सहि हो अथवा होइन भनेर । गौतम बुद्ध नेपालमा जन्मिएका हुन भनेर फ्रान्सेलीले नभनेर कुनै नेपालीले नै भनेको भए शायद त्यसको विश्वाश नै गरिदैन थियो होला । यस्तै छ मानिस । अफ्रिकाका कती पय देशमा अङ्रेजीमा लेखिएको बाइबलको बढी विश्वाश गरिन्छ, स्थानिय भाषामा भन्दा । किन भने अङ्रेजी त्यहाको स्थानिय भाषा भन्दा बढी बिकासित भाषा हो । अङ्रेजी बोल्ने देशको बिकासले आकाश छोएको छ । अनी कसरी त्यसमा विश्वाश नगरुन त ?

त्यस्तै हिन्दू दर्शन अनुसार 'मानिस ज्ञानको निमित्त जिउछ '। अर्थात मानिस जन्मिदा उसको दिमाग पूर्णतया सुन्य हुन्छ । न उसलाई भबिष्यको चिन्ता हुन्छ । न बिगतको पश्चाताप । न प्रेम न बिछोड, न अध्ययन न परिक्षा । तर उसको आँखा खुले लगतै उसले बिभिन्न रङ र बस्तु देख्छ । कुनै बस्तु आकर्षक, कुनै बस्तु नरम कुनै कडा । बिस्तारै आमासँग सामिप्य बढ्छ । आमा हुँदा खुशी नहुँदा रोदनको स्थिती आउछ । राम्रो खेलौना प्राप्त गर्ने आकाङ्क्षा बढेर जान्छ । नपाएमा पिडा हुन्छ । रिस ,इर्ष्या र मोहले जन्म लिन्छ । युवा अवस्थामा मन झनै बिचलित हुन्छ । यौन नै सबभन्दा सुख प्रदायक सोच्छ तर त्यो पनि केही समय पछी कम्जोर बन्न पुग्छ । फलत यौन साथी परिवर्तन गर्छ । एक, दुई, तीन । त्यसको केही समय पछी आँफैमा यौन अक्षमता देखा पर्छ । अनी जिबन मिथ्या छ भन्ने सम्ममा पुग्छ तर यि क्रममा उसको दिमाग सुन्यबाट अत्यन्त जन्जालमा पुगेको हुन्छ । चाहेर पनि बिर्सिन सक्दैन । आखिर उसले पाएको ज्ञान मात्र हो । जिबन भर भोगेका तिता मिठा अनुभव ज्ञान भनेर दिमागमा रही रहन्छ र त्यही ज्ञानको कारण झनै दुखी हुन्छ । मानिसले भौतिक अवस्थामा चरम सुख तब प्राप्त जब ऊ आँफैले आँफैलाई बिर्सिन्छ । समयको अनुभव सुन्य हुन्छ । न बिगत न बर्तमान न भबिष्य । कुनै एउटै कुरामा लीन भएर आफ्नो अस्तित्व बिर्सिदा उसलाई अथाह आनन्द आउछ । यौन कृयाको चरम बिन्दुमा उसलाई कुनै चिजको ध्यान हुँदैन । आँफैलाई बिर्सेर अथाह सुखको चट्याङहरु बर्सिरहेको अनुभव गर्छ । यौन भन्दा अली कम, संगीत प्रेमीहरु संगीतको लयसंगै आँफैलाई बिर्सेर अथाह सुख अनुभुती गर्छन् । त्यो बेला पनि उसलाई आफ्नो अस्तित्व बोध हुँदैन । सोमरस प्रेमीहरु पिउदा पिउदै आँफैलाई बिर्सिन चाहन्छन । र त्यसैमा अथाह् सुख प्राप्त गर्छन् । तर अचम्मको कुरा आफुले आफ्नो अस्तित्व बिर्सिदा अथाह् सुख अनुभुती गर्ने मानिस अरुले आफ्नो अस्तित्व बिर्सिदिदा अत्यन्त दुखी हुन्छ । जस्तै मानिसको जिबनमा सबभन्दा पिडा र इर्ष्याको बिषय पनि अस्तित्व नै हो । अस्तित्व बोध बाल्यकाल देखी नै बिस्तारै हुन थाल्छ भने उमेर ढल्केका बुढा पाकामा अत्यन्त जटिल भएर बसेको हुन्छ । त्यसैले उमेर ढल्केका बुढा पाकालाई केही कुरा बुझाउन गाह्रो हुन्छ कारण उनीहरुमा आफ्नो अस्तित्व बोध अरुमा भन्दा बढी हुन्छ । अस्तित्वको पारीभाषा स्थान बिशेषको आधारमा जे भए पनि मानिसमा हुने त्यसको डिग्री भने समान नै हुन्छ ।

कार्ल मार्क्सले सम्पूर्ण मानिसको समान अस्तित्व देख्छन भने कन्फुसियस समाजमा सन्तुलनको निम्ती बिभिन्न स्तरको अस्तित्व देख्छन । आवरणमा समान तथा असमान अस्तित्व देखीपनी भित्री रुपमा अस्तित्व बोधको डिग्रीमा कुनै कमी हुँदैन । मानिसले गर्ने ४ किसिमको आत्महत्या मध्य इगोइस्टिक र एनोमिक आत्महत्या पनि अस्तित्व बोध कै कारण हुने गर्दछ । समाज शास्त्री इमाइल दुर्खेम भन्छन समाजको सामान्य स्तर भन्दा बढी अस्तित्व बोध हुनेले इगोस्टिक र काम अस्तित्व बोध हुनेले एनोमिक आत्मा हत्या गर्ने गर्दछन । यसरी जन्मे देखी नमरुन्जेल सम्म मानिस एउटा जटिल बिषय रहन्छ । शायद त्यही भएर होला अलेक्जेण्डर पोपले भनेका छन ' मानिसको सबभन्दा राम्रो अधययनको बिषय मानिस नै हो ।'

Monday 9 March 2009

बधाई छ रबिन्द्र जि

नेपाल फर्किने बेलामा
रवीन्द्र मिश्र
अन्ततः पेसागत र व्यक्तिगत दुवै रूपमा नेपाल फर्किने मेरो लामो धोको पूरा हुनलागेको छ । पाकिस्तानमा झन्डै तीन र बेलायतमा १४ वर्ष बिताएपछि म स्थायी रूपमा अर्काे महिना नेपाल फर्किंदैछु । बेलायतमा बिताएका १४ वर्ष मेरालागि जीवनको एउटा अत्यन्त सुखद, उपलब्धिपूर्ण र सन्तोषजनक समयका रूपमा सदा रहिरहनेछन् । पाकिस्तानको तीनवर्षे बसाइले मेरो शैक्षिक जीवनमा एउटा इूटा थपेको थियो र मेरो पेसागत जीवनको जग निर्माण गरेको थियो । बेलायतको बसाइले मेरो शैक्षिक जीवनमा आर्को इँटा थप्यो र मेरो पेसागत जीवनलाई एउटा रूप र परिचय दियो । ती सबैले मलाई व्यक्तिगत रूपमा सुखद अनुभूति दिने गरेका छन् । तर मैले मेरो शिक्षा र पेसाको धरातलमा उभिएर बेलायत बसाइका क्रममा देखेका र भोगेका क्षणहरूले मलाई जे सिकायो र मेरो पेसाभन्दा बाहिर मभित्र रहेको गहिरो विश्वासलाई अघि बढाउन जसरी प्रेरित गरायो, त्यो मेरालागि सबभन्दा सन्तोषको पक्ष रहेको छ । यी अनुभूतिहरूलाई दुईवटा कारणले मैले यहाँ बाँड्ने धृष्टता गरिरहेको छु ।
पहिलो कारण हो, जेले मलाई मेरो आजसम्मको यात्रामा सबभन्दा ठूलो सन्तोष प्रदान गरेको छ, त्यसका लागि म आफूलाई नभएर अनगिन्ती विदेशमा बस्ने र खासगरी बेलायतवासी नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु । तिनको सद्भाव, विश्वास अनि नैतिक र आर्थिक सहयोग नभएको भए मैले तय गरेको त्यो सानै किन नहोस्, तर सबभन्दा बढी सन्तोषजनक पाइला चाल्न सक्ने सम्भावनै रहने थिएन । मेरो १४ वर्षे प्रवासमा नेपाल र नेपाली भनेपछि मरिमेट्ने कैयौं नेपालीहरूलाई मैले भेट्ने, उनीहरूका बारेमा सुन्ने-पढ्ने र कतिपयसूग विचार आदान-प्रदान गर्ने मौका पाएू । उनीहरूबाट मैले धेरै सिकेको छु । यो लेखमा ती सबैको नाम लिन सम्भव छैन । तर नेपाल र नेपाली समुदायलाई कुनै न कुनै रूपमा सहयोग गर्न ती सबै नेपालीहरूप्रति म पूर्ण नतमस्तक छु । ती सबै मेरो बाँकी जीवनमा प्रेरणाका स्रोत रहिरहनेछन् । तीनको नैतिक या आर्थिक सहयोग नभएको भए म र समान विचारधारका मेरा साथीहरूद्वारा स्थापित र सञ्चालित हेल्प नेपाल नेटवर्क नौ वर्षको अवधिमा नेपालका गाउँहरूमा, मूलरूपमा नेपालीहरूबाटै उठाइएको रकमबाट, कैयौं स्कुल बनाउने, स्वास्थ्यचौकी चलाउने, पुस्तकालयहरू निर्माण गर्न, कैयौं स्कुल र स्वास्थ्यचौकीहरूलाई शैक्षिक र स्वास्थ्य उपकरणहरू प्रदान गर्न र आपतकालीन राहतहरू उपलब्ध गराउने काम गर्नसक्ने थिएन । 'नेपालका लागि नेपालीले गरौं' भन्ने नाराका साथ नौ वर्षअघि सुरु गरिएको 'नेपालको लागि महिनाको एक पाउन्ड कोष' अभियान अहिले बेलायतबाहेक अरू कैयौं देशहरूमा फैलिएको छ ।
हामी सबै एकआपसमा मिलेर काम गर्न सक्छौं । कतिपय ठाउूमा त समान नाराका अन्य संस्था पनि स्थापना भएका
छन् । भविष्यमा हेल्प नेपाल नेटवर्क सञ्चालनका लागि सहयोग पुगोस् भनी स्थापना गरिएको प्रशासनिक कोषमा मात्रै विश्वको विभिन्न देशका झन्डै २५ जना नेपालीहरूले कम्तीमा अढाई लाखदेखि बढीमा पाूच लाख रुपैयाूसम्म चन्दा दिएका छन् । सो कोषलाई अझ ठूलो बनाउने प्रयास जारी छ । हेल्प नेपालमा काम गर्ने क्रममा मैले यति धेरै प्रेरणादायी नेपालीहरू भेटेको छु, जसप्रति मेरो श्रद्धा सदा अटल रहिरहनेछ । १४ वर्षको प्रवास बसाइका क्रममा वास्तविक रूपमा सँगसँगै काम गर्ने, कुराले संसार हाँक्ने, तर नेपाल र नेपालीका लागि केही पनि नगर्ने या लाज छोप्नका लागि अत्यन्त नगण्य एक-दुई काम गरेर फुर्ती लगाउने, घरको गरिबी छल्न विदेशमा दुःखजिलो गर्ने नेपालीलाई गन्दै नगन्ने, टन्न पैसा कमाएर पनि आफू पढेको गाउँको स्कुललाई जस्ताको त्यस्तै छाड्ने तर सिङ्गो देश बनाउने भाषण छाूँेर हिँड्ने, अनि नेपालमा 'हामीजस्ता सक्षमहरूको कदर नै हुँदैन' भनेर सरकारलाई गाली गर्ने, कत्ति पनि सामाजिक दायित्वबोध नभएका, स्वार्थी, ढोँगी र कपटी नेपालीहरू पनि नभेटिएका होइनन् । ती मेरो लेखाइका सधैं तारो बने । र भविष्यमा पनि बनिरहने छन् । मेरा यी अनुभूतिहरू बाँड्नुको अर्को कारण, विदेशमा बस्ने धेरै नेपालीहरूमा नेपाल फर्किने या नफर्किने भन्ने द्विविधासँग सम्बन्धित छ । मेरा दुवै छोराछोरी लन्डनमा जन्मिएका थिए । ती ११ वर्ष र ८ वर्षका हुँदा गत वर्षमै उनीहरूलाई स्थायी रूपमा नेपाल सारेँ । धेरै मित्र र आफन्तहरूको दबाबका बाबजुद हामी -मैले र मेरी श्रीमती) ले आफूहरूलाई मात्र होइन, छोराछोरीलाई पनि बि्रटिस नागरिकता लिन इन्कार गरिदिएकोमा, धेरैले हामीलाई मूर्ख सम्भिmएका
थिए । त्यतिमात्र होइन, हामी उनीहरूलाई यस्तो स्थितिमा नेपाल सारिरहेका थियौं, जतिबेला नेपालमा स्कुलहरू नियमित रूपमा चलिरहेका थिएनन्, दिनमा १२/१५ घन्टासम्म बिजुली गइरहेको थियो, काठमाडौं धूलो, धूवाँ, फोहोरमैलाले व्याप्त थियो र सुरक्षास्थिति नाजुक हुँदै गइरहेको थियो । म भने काठमाडौंमा रहेका मेरा कैयौं मित्रहरूले झैं छोराछोरीलाई १२ कक्षासम्म भारतमा पढ्न पनि नपठाउने, बेलायतमा पनि नराख्ने र आफू पनि उमेर छँदै नेपाल फर्किने पक्षमा थिएँ । काठमाडौंमा आर्थिक स्थिति पूर्ण मध्यमवर्गीय हुँदाहुँदै मेरो त्यस्तो ढिपी देखेर, मेरा नातेदारहरू भन्थे, 'कुकुरलाई घिउ नपचेको, बोकाको मुखमा कुभिन्डो नअटेको' आदि-इत्यादि । तर मलाई त्यस्ता टिप्पणीहरूले छुँदै-छुँदैन थियो । मेरा ती नातेदारहरू फोहोरमात्र हेरिरहेका थिए । म फोहोरमा कमल फुलाउन थोरै तर प्रेरणादायी ती नेपालीहरूलाई हेरिरहेको थिएँ, जसका कारण आज देशमा व्याप्त राजनीतिक दुर्गन्धीका बाबजुद नेपाल, नेपाल रहेको छ । त्यो देश, जसले म र मजस्ता दसैं-लाखौं नेपालीहरूलाई नेपाली भन्दा गौरवको अनुभूति दिन्छ । त्यसैले विदेशमा बसेर नेपाल र नेपालीका लागि गर्नमात्र होइन, देशभित्रै बसेर अनेकौं रचनात्मक काम गरेर मजस्ता कैयौंलाई नेपाल फर्किन प्रेरित गर्न ती नेपालीहरूप्रति पनि म उत्तिकै आभारी छु । ती फर्किएर सारा नकारात्मकता बाबजुद खुसीसाथ अत्यन्त रचनात्मक जीवन बिताइरहेका छन् भने म र मेरो परिवारले चाहिू काठमाडौंमा बस्न नसक्ने भन्ने प्रश्नै उठ्दैन थियो ।
कुनै दुःखद घटना घट्नुछ भने त्यो भाग्यको खेल हो, जहाँ बसे पनि टारेर टर्दैन त्यो । हो, म फर्किएर कैयौं नेपालीहरूले झैं हिलोमा कमल फुलाउन नसकुूला, आकाशको तारा खसाउन नसकुूला । म त्यस्तो कुनै महान लक्ष्य लिएर फर्किन लागेको पनि होइन । धेरै मेरा दौंतरीहरूले 'खुब शान देखाएर ठूलो मान्छे हुन गएको थियो, देख्यो त भन्लान्, त्यो त महाको आडम्बर हो नि, मुखले बढो राष्ट्रवादी कुरा गर्छ, के-के व्यक्तिगत फाइदा हुने देख्यो, अनि फर्कियो' भन्लान् । भन्नेले यसै लेखलाई पनि आफ्नो ढम्फु आफैं बजाएर शान दिएको भन्लान् । भोलि मेरा छोराछोरीले 'हामीलाई लन्डनको स्वर्गबाट काठमाडौंको नर्क लेराएर जाकेको' भनेर सराप्लान् । ती सबैको सामना गर्न म तयार छु । सबभन्दा डर मलाई अरूको नभइ, मेरा छोराछोरीले भोलि सराप्लान् भन्नेमा छ । साना छँदा छोराछोरीका मार्गनिर्देशक तिनले मनपराए पनि, नपराए पनि तिनका बाबुआमा नै हुन् । आज मैले मेरो ब्रह्मले जे ठीक देखेँ, त्यो
गरेँ । भोलि उनीहरूले मैले जेलाई आदर्श देखेँ, त्यसलाई भूल सम्भिmए भने मलाई कुनै पश्चाताप हुने छैन । त्यसमा म प्रस्ट छु । मैले रोजेको बाटोबाट उनीहरू अलिकतिमात्र पनि प्रेरित भए भने म आफूलाई धन्य सम्झनेछु । भएनन् भने त्यसलाई म मेरो जीवनमा दुर्भाग्यको एउटा पाटो सम्झनेछु । मैले यी अनुभूतिहरू नेपाल फर्किन लागेर या अलिकति कल्याणको काममा संलग्न भएर के-के नै गरेँ भनी फुर्ती लगाउन पाठकहरूसमक्ष पस्किएको अवश्य होइन । तर समाज कल्याणकारी भावनाबाट निर्देशित हुने हो भने सधैं सरकारलाई गाली गरेर बस्न पर्दैन र धेरै सकारात्मक कामहरू आफैं हुनसक्छन् भनेर पुनःपुष्टि गर्नखोजेको चाहिँ अवश्य हो ।
त्यसैगरी वर्तमानको परिस्थितिमा पनि दृढ मनोबल हुने हो भने नेपाल फर्किन सकिन्छ भनेर जिकिर गर्नखोजेको पनि हो । त्यति गर्दा म घमन्डी सुनिएको छु भने म प्रबुद्ध पाठकहरूसँग क्षमायाचना गर्न चाहन्छु । अन्त्यमा, तपाईंहरू, खासगरी विदेशमा बस्ने नेपालप्रेमी नेपालीहरू, कसैलाई पनि आफूले छोडेर गएका ती गरिब गाउँहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गर्न इच्छा, त्यसको लागि उपयुक्त माध्यमको आवश्यकता र त्यो माध्यम हेल्प नेपाल नेटवर्क बनिदिनसक्छ भन्ने विश्वास छ भने कृपया मलाई निःसंकोच सम्पर्क गर्नुहोला । नेपाल फर्किएपछिको मेरो निजी समय सकेसम्म विदेशमा बस्ने नेपालीहरूको कल्याणकारी चाहनालाई साकार पार्न व्यतीत गर्ने मेरो मनसाय हो । कल्याणको काममा कसैका लागि पनि सहायकसिद्ध हुन पाएँ भने म आफूलाई भाग्यशाली सम्झने छु ।
(कान्तिपुर दैनिकबाट सभार गरिएको)

मेरो भनाइ पनि
सदैव नकारात्मक समाचार र लेखले पाना भरिने नेपाली पत्रीकामा एकदिन यस लेख पढ्न पाए । रबिन्द्र मिश्र जो बि बि सि नेपाली सेवाका पूर्व प्रमुख हुन । उनी बेलायतको बसाइबाट केही ज्ञान र अर्थ लिएर नेपाल जादै छन । उनले चाहेको भए बेलायतमा सयलको जिन्दगी बिताउन सक्थे । न बेलायतको कुनै सडकमा चक्का जाम हुन्थ्यो । न बेलायतमा 'नेपाल बन्द' नै हुन्थ्यो । धुलो र धुवाको कुरै छोडौ । धाराको मुन्टो देब्रे बटारे चिसो दाहिने बाटरे तातो पनि आउछ । बत्ती आँफैले नानीभाए सम्म झिमिक्क जादैन । बरु सुर्य उदाउन ढिला होला, मेट्रो ट्रेन र बस समय मै आईपुग्छन । छोरा छोरी सानै देखी अङ्रेजी परर बोल्थे बिट्रिस एसेन्टमा । तर उनी जादै छन ।

उनलाई चाहिएन त्यो बिदेशी भौतिक सुबिधा मात्र । आफ्नो पहिचान अर्थात आफ्नो मुलुक अन्धकारमा छ अनी अरु देशको उज्यालोमा बसेर कुन देशभक्त नेपालीको मनमा सन्तोष हुन्छ र ? जे जस्तो भए नि आफ्नो भनेको आफ्नै हो । पिछडिएको होस् , असिक्षित होस् गरीब होस् । देश त हाम्रै हो नि ।रबिन्द्र मिश्र भलै नेपाल गएर भौतिक रुपमा सुबिधा सम्पन्न जिबन नबिताए पनि मान्सिक सन्तुष्टी अवश्य मिल्नेछ । उनी जस्ता अनुभबी ब्यक्तीको खाचो छ हाम्रो देशलाई । अहिले सम्म मुख पड्काउने धेरै देखिए तर गरेर देखाउने हिम्मत उनले मात्र गरेका छन । उनले हामी जस्ता बिदेशमा बसेर अध्ययन गरी रहेका बिद्यार्थीलाई समेत प्रेरणा र बल प्रदान गरेका छन ।

वास्तवमा हामी हरेक नेपाली बिद्यार्थी बाल्यकालमा डाक्टर ईन्जिनियर पाइलट अथवा शिक्षक बनेर देशको सेवा गर्छु भनेर एक न एक पटक भनेका हुन्छन तर जसै उमेर ढल्किन्छन । कोही साउदी-दुबई हानिन्छन कोही अमेरिका-युरोप । साउदी-दुबईमा कडा कानुन र मानव अधिकार नभएको कारण ति नेपाली त फर्किन चाहन्छन तर अमेरिका -युरोप छिरेका बिद्यार्थी भने सके सम्म त्यहीको ग्रीन कार्ड अथवा पि आर लिएर बस्न अनेकौ उपाय लगाउछन । कोही भाडाको केटी बिहे गर्छन् । कोही पासपोर्ट च्यातेर शरणार्थि बन्छन त कोही श्रम स्वीकृति लिएर बस्छन । तर आफुले सिकेको ज्ञान र उपार्जन गरेको अर्थको सदुपयोग नेपालमा गएर गर्न सकिन्छ भन्ने ध्यान नै दिदैनन । हामी अमेरिका छिरेका बिद्यार्थीहरु गैर कानुनी रुपमा काम गरेर जिबिकोपार्जन गर्न वाध्य छन किन भने त्यहा बिदेशी विद्यार्थीलाई बाहिर काम गर्ने अनुमती छैन । भारतीय तथा पाकिस्तानीको पसलमा चर्को गाली सहेर हेपियर काम गर्न वाध्य छन । पेट्रोल पम्पमा काम गर्दा जिबन अर्पन गर्ने विद्यार्थीको सन्ख्या बढ्दै छ ।

युरोप छिरेका विद्यार्थीको पिडा बेग्लै छ । युरोपको सबै देशमा ईंग्लिश बोलिदैन । स्थानिय भाषाको अज्ञानताको कारण भने जस्तो काम पाइदैन । अनी भर पर्नुपर्छ कि त टोइलेट सरसफाइ , भाडा माझ्ने , घर सफा गर्ने कि पत्रीका बाढ्ने । यस भनाइको अर्थ यि कामलाई सानो भन्न खोजेको होइन काम सबै एकै हुन । सानो ठुलो हुँदैन । तर त्यही काम गर्ने विद्यार्थी पनि आफ्नो काम भन्न लजाउछन । हिनता बोध अनुभव गर्छन् । तर कतिन्जेल त ? कती त्यही भारतीयको तुच्छ बचन सहेर काम गर्ने ? कतिन्जेल 'भन्न लाज लाग्ने' काम गर्ने ? कती दिन ? के हाम्रो देशप्रती कुनै दायित्व छैन ? कती बर्ष गरीब र असिक्षित मुलुकको नागरिक भनेर चिनिने ? अब त केही गर्ने बेला आएको छ । हामी बिदेशमा पढौ राम्रोसँग । आफ्नो अर्थिक अवस्था सुधार गरौ र केही गर्न सक्ने भए पछी नेपाल फर्कौ । हाम्रो देशलाई सिक्षित युवा युवतीको खाचो छ ।

अब रबिन्द्र मिश्रको तरिकामा भन्दा, मेरो लेख पढे पछी ' खुब जान्ने भएको छ । सुरुमा आफु जावोस न । ' भन्ने छन । मेरो जवाफ तयार छ, म स्नातकोत्तर् गरेर जानेछु । कोही जिज्ञाशुले सोध्लान ' नेपाल गएर के गर्ने ? केही छैन ?' म भन्ने छु युरोप अमेरिकामा के थियो र ? हामीले नगरे के स्वर्गबाट देउता आएर नेपालको बिकास गरिदिन्छन । यो लेख पढे पछी कोहिले भन्लान ' यो पागल भएछ ' म भन्ने छु ' पागलपन त्यती सजिलै पाइदैन, दैबी शक्ती जस्तै हुन्छ यो' । तसर्थ मैले यो लेख लेख्नुको उद्देश्य म जस्तै भावना भएका विद्यार्थीको होस्टेमा हैसे मिलाउनु हो ।
बधाई छ रबिन्द्र मिश्रलाई । भलै उनका आफन्तले कुरा काट्लान, ह्यान त्यान भनेर उनको नेपाल बिकासको साधनामा अवरोध पुर्याउलान तर हामी जस्ता विद्यार्थी उनले देखाएको बाटोको अनुसरण गर्नेछौ । जय नेपाल ।

Friday 13 February 2009

एकोहोरो आरोप

प्रियादर्शनी तिमी नारीहरुको आरोप मिथ्या छ । हामी पुरुष दुई खुट्टाले उभिएकी महिलाको खोजीमा हर बखत रहन्छौ भन्ने तिम्रा आरोपले संसारमा असल चरित्र भएका पुरुषको अस्तित्वलाई समाप्त गरेको छ । जब श्रीमान घरमा ढिला आउछ तब तिमी श्रीमतीहरु हामी परस्त्रीसँग सल्केका छौ भन्ने आरोप लगाउछौ । प्रेमिका सदैव सशंकित हुन्छिन कि प्रेमी आफ्नो यौन तृष्णा मेटाएर छोड्ने हो कि भनेर । बसमा अर्धबैसे होस् वा जवान युवक उभिएको देखिना साथ तिमीहरु आफ्नो सम्बेदनशिल अङ्ग जोगाउन तिर लाग्छौ । जुनसुकै सम्बन्धमा होस् नारीले पुरुषलाई एउटै दृष्‍टिले हेर्छौ , एउटा यौन प्यासी । होइन भन त ?

प्रियादर्शनी छन त्यस्ता पनि जो दिन रात यौन सिकारको तलासमा निस्किएका हुन्छन । यौन तृप्‍ति कै निम्ती जवान र पोटिली 'पर्सनल सेक्रेटरी ' राख्ने हाकिम देखी एक किलो खसीको मासुको भाउ मा ५० किलो कि युवती किन्ने पनि छन । नेपाल यातायात चढेर बिना काम दुग्ध बिकास संस्थान सयर गर्ने धेरै छन । तर यसो भन्दैमा सम्पूर्ण पुरुषप्रतीको तिमीहरुको सोच भने नितान्त गलत छ । सबै पुरुष यौन बासन लिएर घरबाट बाहिर निस्किएका हुँदैनन । तर कतिपय यौन शोषणमा पुरुष जती नै महिलाको पनि उतिकै दोष हुन्छ । ढाक्नु पर्ने मुख्य मुख्य अङ्ग देखाउन तिमीहरुलाई खुब इच्छा लाग्छ , होइन भन त ? बाटोमा अर्ध नग्न युवतीसँग जम्काभेट हुँदा कुनै पुरुषमा यौन इच्छा नपलाएर के स्वामी बिकासानन्दको योगा पलाउछ ?

आजकालका युवतीले स्कुल र कलेजमा लगाउने छोटो स्कर्टको कारण पुरुष विद्यार्थीको ध्यान ब्लाक बोर्डमा कम र टेबल मुनी बढी जान्छ । एक किसिमको लहर चलेको हुन्छ कसले कती छोटो र कती आकर्षक किसिमले लगाउने भनेर , होइन भन त ? हुन त यो कुरामा तिमी नारी स्वतन्त्रताको कुरा उठाउन सक्छौ । तिमीहरुलाई जे मन लाग्छ त्यही लगाउन पाउनु तिम्रो स्वतन्त्रता हो भन्न सक्छौ तर एक पटक सोच त । तिमी आँफै नाङिन्छौ अनी हामीलाई आरोप लगाउछौ कि हाम्रो नजर तिम्रो नाङ्गो पनमा हुन्छ भनेर । हेर पुरुष होस् वा महिला, हरेकको सोचको निर्धारण गर्ने प्राथमिक तत्व यौन हो भनेर सिग्मन्ड फ्रायडले भनेका छन । अझ पुरुषको शरीर स्वभावत चाडो यौन उत्तेजनामा आउने हुन्छ । यो हाम्रो गल्ती होइन , प्रकृतिले नै यस्तै बनाएको हो । जब तिम्रो र हाम्रो सोचको निर्धारणा गर्ने तत्व नै एउटै छ भने किन हामीलाई मात्र एकतर्फी आरोप लगाउछौ ?

कान्तिपुर साप्ताहिकमा केही समय अगाडि एउटा स्तम्भमा सोधिएको थियो - तपाईं युवतीको कुन अङ्गमा हेर्नु हुन्छ भनेर । ति त समाजमा चर्चित अनुहारलाई सोधिएको भएर इमेज बचाउन कोहीले अनुहार त कोहीले कपाल भने तर वास्तविकता अर्कै हुन्छ । यदी नाम लुकाएर मत सर्वेक्षण गर्ने हो भने प्रायले स्तन नै भन्ने छन । र यसलाई पुरुषमा भएको यौन आवेगको उपजको रुप मा लिनु गलत हुनेछ किन भने मानिसको हेराइ अग्लो स्थानमा चाडो पुग्छ ।

प्रियादर्शनी मलाई यो कुरा बुझाई देउ त- मित्सुबिशी होस् वा मर्सिडिज नयाँ मोडलको कारको प्रदर्शनी गर्दा किन छेउमा नाङ्गो युवती राख्छ ? सोनीले नयाँ ल्यापटप बजारमा ल्याउदा किन अर्धनग्न युवतीको काखलाई उपयुक्त स्थान देख्छ ? ओठमा दल्ने लिपिस्टिकको बिज्ञापनमा शरीरको एका भाग उदाङ्गो राख्नु आवश्यक छ ? टाढाको कुरा छोडौ - बिहेपार्टीमा जादा पुरुष गन्जीमाथि सर्ट त्यसमाथि कोट टाइ भिरेर जान्छ भने किन महिला या त मसिनो धागोले बाधेको छिन्ला छिन्ला जस्तो गाउन लगाउछिन या त ठुलो गला खोलिएको ब्लाउज र नाइटो देखिने सारी ? आखिर किन ? के महिलाको नाङिनु बाहेक अरु ब्यक्तित्व छैन ? बिज्ञापनमा खेल्नु राम्रो हो तर त्यसमा अन्य कला कम र शरीर बढी देखाउनुको कारण के हो ? सुरुमा तिमीहरुमै सुधार आउनु पर्ने देखिन्छ । तिमी आफु नाङ्गिन्छौ अनी हामीलाई हेर्यो भनेर आरोप लगाउछौ ।

प्रियादर्शनी सुन्दरताको परिभाषा दृष्‍टि कोणमा भरपर्छ । हुन त अर्ध नग्न भएर तिमीहरु केटा अझ भनौ ह्याण्ड्सम केटालाई आकर्षित गर्न चाहन्छौ । तर थाहा छ यसरी सस्तो रुपमा शरीर देखाउने केटीबाट केटाले केको आशा गरेको हुन्छ ? दुई चार दिनको यौन सन्तुष्टी । अनी त्यसबाट तृप्‍त भएपछी अर्कोको सिकार तिर लाग्छन । आखिर यो त हुनु नै छ , सुरु मै यौन अङ्ग देखाएर आकर्षित गरेपछी । तिमीलाई थाहा छैन होला, एउटा साधारण कपडा लगाएर हिंडेको केटीलाई न बाटोमा जिस्काइन्छ न यौन सन्तुष्टीको निम्ती प्रेम जालमा फसाईन्छ । पारीजातले शिरिषको फुलमा लेखिएको कुरा सहि हो - केटा सिम्पल देखिने, नम्र र सुशिल केटी सँग बिहे गर्न चाहन्छ । मेरो भनाइको अर्थ तिमी केटीहरु केटाबाट बिहेको लागि छानिन तयार भएर बस भन्ने होइन । तिमीहरुले जे लगाए नि आफ्नो अधिकारको बिषय हो तर आँफैले निम्त्याएको समस्याको आरोप अरुलाई लगाउनु तर्क संगत हुन्न । तिमीहरु या त शरीर प्रदर्शन गर्न छोड या त पुरुषलाई यौन पिसाचकोको आरोप लगाउन बन्द गर । के थाहा माग र पुर्तीको नियम यहाँ पनि लागु हुन्छ कि ?

Thursday 22 January 2009

हेराइ

म अहिले हेल्सिन्कीको मुटुमा छु । जमिन भन्दा दुई तल्ला मुनीको स्थानमा छु जुन रेल, बस, मेट्रो र ट्रामको सँगम स्थल हो । दिउसोको ३:३० बजेको छ । दुई जोडी हिंड्ने भर्र्याङ् तल मेट्रो तिर जादै छन, दुई जोडी माथि आउँदै छन । एउटा कुनामा म्याक्डोनाल्ड्सका बर्गरहरु ठीक बिपरिततिर रहेका हेसबर्गरका बर्गरहरुलाई घुरेर हेदै छन । रेल वे स्टेसनको बाटोतिर दुई सुरक्षा गार्ड घुरेर बसेका छन बाटोमा जात्रा गरेर सुतिरहेको जडियालाई । त्यही रमिता हेर्दै दुई जवान युवतीहरु अर्ध स्तन प्रदर्शन गर्दै छन । म युवती भन्दा माथिल्लो तल्लाको रेलिङमा अढेस लगाएर उभिएको छु । म कहिले उठ्न नसकेर लड्दै - ढल्दै गरेको जडियालाई हेर्दै छु त कहिले नजानिदो किसिमले ति युवतीहरुलाई । वीर गोर्खालीको छोरो भए पनि म ति युवतीको अनुहारमा एक पटक भन्दा बढी दोहोरो हेर्न सकिन । एकै पटक म स्क्यानरले स्क्यान गरे जसरी तिनको आकृती मानस पटलमा उतारे । आखी भौ खुईलाइेको रहेछ,र खुइलिएको ठाउँमा फेरी बैजनी रङको धर्का बनाएको रहेछ । नाकमा मेरी हजुरआमाको जस्तो बुलाखी लगाएकी रहेछिन । आँखामा गाजल लत पत गरिएको रहेछ । ओंठको दुबै कुनामा कालो औठी लगाइएको छ । च्यापुमा कालो कालो तीन वटा टप लगाएकी छिन । उनको कपाल सप्त रङ्गी, शरीर जुन ठाउँमा ढाक्नु पर्ने हो त्यहा च्यातिएको थियो । गोरो छाला ,पातलो शरीर । शरीरको अनुपात भन्दा ठुलो स्तन । एक हातमा बियरको बोतल लिएर शरीर लथालिङ छोडेर बसेकी थिईन, दोश्रीसँग बात मार्दै । म दोश्रीलाई पनि हेर्न चाहन्थे तर उनी र म बिच एउटा पिलर थियो । जसले मेरो नजरसँग ठक्कर दिन्थ्यो बेला बेलामा ।

मेरो पेटमा मुसा बिरालो छोइडुम खेल्दै छन । म्याक्डोनाल्ड्सका बर्गरहरुले मलाई जिस्काइ रहे जस्तो लाग्छ । तर अफसोच म गौ माता खादिन । म सँग बिकल्प पनि थिएन । केही नेपाली मित्रलाई पर्खि रहेको छु । उनीहरु जहाज धोइ पखाली गरेर आउँदै छन त्यो बाटो । जडिया कहिले जुरुक्क उठ्थ्यो र ढल्मलिदै फेरी अर्को ठाउँ म पछारिन्थ्यो । त्यो दृश्य देखेर दुई युवती शरीर छोडेर मरी मरी हास्थे । मलाई जडिया ढल्नुमा कुनै नौलो लाग्दै न थियो । त्यसकारण म उनीहरु पट्टी ध्यान दिन्थे । कस्तरी हास्थे लाग्थ्यो कि संसारमा दुई जना मात्र छन । हाँस्दा यसरी जिउ छोड्थे कि उनमा छोप्नु पर्ने र जोगाउनु पर्ने कुनै अङ्ग नै छैन । उनी सानो सानो कुरा पनि ठुलो हसाइको इसियु बनाउदै थिइन । अचम्म लाग्थ्यो ।

यही क्रममा मैले पूर्व परिचित फिन्ल्यान्डको स्थायी बसोबासको अधिकार पाएको ब्यक्ती देखे । उनी नेपाली हुन । युवती झनै बेहोसियार भएर हासेको बेला उनलाई हेर्न छोडेर ति ब्यक्तीलाई हात हल्लाएर ईशारा गरे । उनले देखे तर नदेखे जस्तो गरे । फेरी हल्लाए । उनी फर्केर त हे रे तर त्यो बेला सम्म उनी हिंड्ने भर्र्याङ्मा पाइला राखिसकेका थिए । म हतार हतार त्यस तर्फ दौडिए । लामो भर्र्याङ् पार गरेर तलसम्म पुग्दा उनी मेट्रो चढी सकेका रहेछन । पुन हिंड्ने भर्र्याङ्मा फर्किए । युवती भए ठाउँमा । तर अफसोच जडियालाई गार्डले बाहिर लगिसकेछन । जडिया नभए पछी युवती पनि रमित नभएर बिलिन भएछन । म सोच मग्न भए । ति पि आर होल्डर थिए जसलाई भेट्न युवती छोडेर मेट्रो सम्मा दौडिए । केही समय अगाडि सम्मा साख्य झै गर्ने अहिले पि आर पाए पछी बोल्न नि पैसा लाग्ने जस्तो । क्या अचम्म यो ठाउँ । पि आर हुनेले नहुने नेपालीलाई मान्छे गन्दैन । जागिर पाउने नेपालीले नपाउने नेपालीलाई मान्छे गन्दैन । दुई बर्ष अगाडि आउने नेपालीले एक बर्ष अगाडि आउने नेपालीलाई मान्छे गन्दैन । कस्तो ठाउँ हो यो ? फिन्ल्यान्डको अर्थतन्त्र समाजबादी हो , यहाँका मानिस मानिस बीच समानता भाव छ । कोही सानो छैन कोही ठुला छैनन । तर अफ्सोच हामी नेपाली निकै ठुला सामन्तबादी हौ । सानो सानो कुराको आधारमा अर्कोलाई हेप्न र दलाउन माहिर छौ । सोच्दा सोच्दै नेपाली मित्रहरु आए । सँगै मेट्रोमा प्रबेश गर्यौ ।