Sunday 8 December 2013

मोडर्न मुना मदन

मुना र मदन सानै देखि एकै कक्षामा पढ्दै हुर्किए संगै स्कुल जान्थे संगै खेल्थे संगै पढ्थे नौ कक्षामा टेकेलगतै मुना र मदनमा जवानीका परिवर्तन देखा पर्न थाले मदन भित्र भित्रै मुनालाई मन पराउन थाल्यो स्कुल जाने क्रममा एकदिन प्रेम प्रस्ताव पनि राख्यो तर मुनाले साथी बाहेक अरु सोच्न नसक्ने भन्दै अस्विकार गरिन  

त्यसपछी मदन मुनाको साथ पाउन तड्पिन थाल्यो मुना भने मदनबाट टाढा भाग्न थालिन दुबै एसएलसी सके मदन अझै मुनालाई बिर्सिन सकेँन प्लस टु समेत मुना पढ्ने कलेजमा भर्ना गर्यो तर मुनाले बाल दिईनन प्लस टु समेत मुनाको पछि लागेर सक्यो मदनले अन्तमा हार खायो मुनाबाट टाढा जाने निर्णय गर्यो बाँकी अध्ययन पूरा गर्न अमेरिका जान कस्सियो  

तीन पटक लगातार असफल भएपछि बल्ल अमेरिका जाने भिसा पायो मदनले अमेरिका जाने भिसा पाएको कुरा साथिहरू मार्फत मुनाको कानमा पर्यो उनको मनमा प्रेमको अँकुरण भयो कता कता मदनलाई भित्रै देखि माया गर्न थालेको भान भयो तर मदन अमेरिका जादै थियो उनलाई आफ्नो प्रिय ब्यक्ति सदाको लागि टाढा जान लागेको महसुस भयो उनमा छट्पटी बढ्दै गयो सपनामा समेत मदन प्लेन चढेको देख्न थालिन अमेरिकाको चिल्लो सडकमा गाडी कुदाउदै गरेको देख्न थालिन  

त्यसपछी उनले आफूलाई सम्हाल्न सकिनन मदनलाई भेट्न गइन गह भरी आसुँ लिएर मदनको हात समात्दै प्रेमको भिख मागिन आफू पनि बच्चै देखि मदनलाई मन पराएको तर भन्न नसकेको भनेर सम्झाउन खोजिन तर मदन मानेन मुनाको हात आफ्नो हातबाट हटाउदै भन्यो " तिमी नेपालमा हुने छौ, अमेरिकामा यस्तो अवस्थामा प्रेम रहन सक्दैन तिमी आफ्नो जीवनसाथी यहि कतै खोज " यदि भन्दै मदन हिड्यो मुना रोइरहिन टाढा सम्म मदन हिडिरहेको हेरेर आसु झारिरहिन  
   
अमेरिका पुगेपछि मदनको नयाँ दिनहरू सुरु भयो बिहान उठेदेखी कामको खोजीमा पेट्रोल पम्प स्टोरहरू धाउन थाल्यो दुई महिनाको अबिरल खोजपछि भारतिय मुलको महिलाको पेट्रोल पम्पमा काम पायो केही समय काम पढाईलाई सँग संगै लग्यो तर कलेज फी तिर्ने बेला काम गरेर कमाएको सबै पैसा बुझाउदा मन कुटुक्क काटियो त्यसपछी उसले पढाई छोडेर काम मात्र गर्न थाल्यो बल्ल भने राम्रो पैसा जोगाउन थाल्यो  

उता नेपालमा मुना मदनको प्रेममा छट्पट्टिएर बेहाल भएकी थिईन त्यहि भएर उनले पनि अमेरिका गरेर मदनलाई भेट्ने मनमनै अठोट गरिन डिभी भरिन सच्चा मनले चाहेको कुरा भगवानले समेत जुराउछन उनलाई डिभी पर्यो खुशिको सिमाना रहेन डिभी परेको यति खुशि भईन की मदनलाई भुल्न पुगिन यसै अमेरिका जाने उसै अमेरिका जाने भनेर मदनलाई खबर गर्नु आवश्यक ठानिनन दोस्रो पत्र आए लगतै उनी अमेरिका उडिन  

सुरुका दिनमा धेरै गाह्रो भयो अमेरिकामा काम पाइएन बल्ल बल्ल पाएको काम पनि तीन घण्टा गाडी चलाएर जानुपर्ने ठाउँमा जसो तसो गरि मदन बसेकै राज्यमा एउटा पसलमा सामान मिलाउने काम पाईन यो कुरा मदनले साथी मार्फत थाहा पायो त्यसपछी मदनमा आफ्नो प्रेम फर्किएको अनुभव भयो भित्रै देखि फेरि मुनालाई चाहन थाल्यो एकदिन बल्ल बल्ल ठेगाना पत्ता लगाएर मुना भएको स्थानमा पुग्यो
  
 मुनालाई देख्नासाथ न्यानो अँगालो मार्यो भन्यो " मुना तिमीलाई अझै सम्म बिर्सिन सकेको छैन आइ स्टिल लभ यू " मुनाले अँगालोबाट फुत्किदै भनिन " तर बागमतीमा पानी धेरै बगिसक्यो अब तिमिलाई माया गर्न सक्दिन तिमी आफ्नै खालको जीवन साथि खोज " मदन छाङाबाट खसे जस्तै भयो आज भोलि गर्दै बिस्तारै उसको अमेरिकाको भिसा सकिने मिती नजिकिदै थियो त्यसपछी उसलाई नेपाल फर्किनुपर्छ भन्ने डरले पोलिरहेको थियो त्यसकारण मदन झन् झन् मुनालाई माया गर्न थाल्यो   
 
उनलाई पाउन अमेरिकामा पनि तड्पिन थाल्यो बिस्तारै भिसा सकिने मिती नजिक आयो मदनसँग दुई वटा बिकल्प रह्यो की शरणार्थी बनेर बस्ने की अमेरिकी नागरिकता भएको युवती सँग बिहे गरेर बस्ने धेरै दिन सम्म बिहे गर्न मिल्ने युवती खोज्दै बाटोमा हिंड्न थाल्यो तर फेला पार्न सकेन एकदिन काम गर्दै गर्दा आफ्नो पसलको साहुनी देख्छ पूर्वपती सँग पारपाचुके गरेर आफ्नै पेट्रोल पम्प चलाएकी, आफू भन्दा दोब्बर उमेरको भए पनि अनुहारमा चमक हराएको थिएन मदन मन मनै साहुनीसँग बिहे गर्ने सपना देख्छ कहीले गिफ्ट किनिदिने कहीले घुमाउन लग्ने गर्न थाल्छ एकदिन साहुनीलाई आफ्नो चोखो मनको प्रस्ताव राख्छ साहुनी पनि एक्लो जीवनबाट मुक्त हुन प्रस्ताव स्विकार्छिन हेर्दा हेर्दै मदनको भिसाको समस्या मात्र होईन रोजी रोटी समस्या समेत समाधान हुन्छ साहुनीको नाममा भएको दुई वटा पम्पको मालिक बनेर इज्जतसाथ जिन्दगी बिताउन थाल्छ  

तर उता मुनाको हालत खराब हुन्छ अर्थतन्त्र धराशायी भएको भन्दै कामबाट निकालिन्छिन भिसा तर काम छैन् भनेर उनको मन धेरै रुन्छ चारैतर्फ काम खोज्न भौतारिन्छिन एकदिन काम खोज्ने क्रममा एउटा पेट्रोल पम्प पुग्छिन त्यहाको काम गर्नेले साहु बस्ने स्थान देखाइदिन्छन जब त्यहा पुग्छिन मुना फेरि छाङ्गाबाट खसे जस्तै हुन्छिन साहु मदन हुन्छ त्यत्रो ठुलो पेट्रोल पम्पको साहु मदनलाई देख्दा मुनाको मनमा फेरि पुरानो प्रेम सल्बलाउन थाल्छ अन्तर्वार्ता दिन गएकी मुना प्रेमबार्ता गर्न चाहन्थिन तर मदनले बिष्णुमतीमा धेरै पानी बगिसकेको भनेर उनको प्रेम प्रस्ताव फेरि ठुक्राउछ आफ्नो जीवनमा कहिले फर्केर नआउन चेतावनी दिन्छ त्यसपछी मुना मदनलाई सम्झेर रुदै रुदै आफ्नो बाटो लाग्छिन

 मदन भारतिय महिलाको पेट्रोल पम्प विश्वब्यापी आर्थिक संकट आएपछि टाट पल्टिन्छ दुबै  जना ऋणमा चुर्लुममा डुब्छन ऋण तिर्न नसकेर भारतिय महिलाले आत्महत्या गर्छिन पत्नी बियोग, ऋणको समस्या मुनाको सम्झनाले गर्दा मदनको मानसिक सन्तुलन हराउने स्थितिमा हुन्छ फलस्वरुप मदन दिन दिनै रक्सी पिउन थाल्छ उता मुनालाई एक डलरमा किनेको लोट्टोमा अचानक १०० मिलियन डलर पर्छ यो खबर पाए लगतै हतारिएर बुझ्न पसल तीर गाडी चलाएर जान्छिन आफ्नो जिन्दगीको सबै दु:खका दिन जाने भएर भनेर अत्ती खुशि भएर दुई हात छोडेर गाडी चलाउदै गर्दा मदन रक्सीले फिट्टान भएर सडकको बीच आइपुग्छ मदनलाई बचाउन खोज्दा मुनाको गाडी भित्तामा ठोक्किन्छ मदन हत्तपत्त मुनाको गाडी भित्र हेर्छ रगताम्मे मुना अन्तिम श्वास फेर्दै हुन्छिन मदनले मुनाको आँखामा हेर्छ हात समातेर संगै स्कुल गएको दिन सम्झिन्छ पाखुरा हेर्छ संगै छोइडुम खेलेको सम्झिन्छ कम्मरमा हेर्छ संगै इन्टुमिन्टु खेलेको सम्झिन्छ हातमा हेर्छ लोट्टो देख्छ सोच्छ पक्कै पनि यो पल्टको १०० मिलियनवाला लोट्टो हुनुपर्छ भन्दै खोसेर लिन्छ लोट्टो खोसिएपछी मुनाको प्राण फ्यास्स जान्छ कसैले देख्ला भनेर लोट्टोको कागज लिएर डौडिन्छ लोट्टो पाएपछी हाई वे हो भन्ने पनि बिर्सिन्छ पछाडीबाट एउटा गाडीले बजाइदिन्छ उसको पनि तत्काल मृत्यु हुन्छ