Thursday 10 February 2011

कोन्तुला की काम्पीमा ?

केशराशी झरना झै
शिर देखि पाउ सर्लक्क
मुस्कान मिठो देख्दा तिम्रो
बेहोश भएँ पर्लक्क
उज्याला तिम्रो मुहार लाग्छ
पुर्णिमाको चन्द्रमा
कहाँ भेट्छौ कान्छी तिमी
कोन्तुला की काम्प्पीमा ?

सुन्तला झै ओठ माझ
दन्तलहर टल्केको
फिनल्याण्डको चिसोमा पनि
जिउमा आगो सल्केको
एकै नजरमा मन बस्यो
चुमौ की तिम्रो निधारमा
कहाँ भेट्छौ कान्छी तिमी
कोन्तुला की काम्पीमा ?

बारुली झै कम्मर तिम्रो
झन्डै झन्डै छिनेको
मेट्रोको भिडमा पनि
एकै नजरमा चिनेको
सिटमा बसे चिसो हुन्छ
आउ बस काखैमा
कहाँ भेट्छौ कान्छी तिमी
कोन्तुला की काम्पीमा ?

No comments: