Wednesday, 1 December 2010

नेपाल भ्रमण बर्षको प्रचारार्थ

नेपाल पर्यटन बर्ष २०११ सुरु हुन करिब एक महिना मात्र बाँकी छ । नेपालको सरकारी निकाय मात्र होईन सर्वसाधारणको तर्फबाट पनि यसको प्रचारार्थ बिभिन्न कार्यक्रम गरेको सुन्न र पढ्न पाइन्थ्यो । फिनल्याण्डमा पनि केही गरेर नेपाल पर्यटन बर्षको प्रचार गर्ने सोच बनाउदै गर्दा सन्जोग बस म अध्ययनरत आर्काडा विश्वबिद्यालयमा बार्षिक रुपमा आयोजित अन्तराष्ट्रिय दिवस मनाउने दिन ५ नोभेम्बर नजिकियो । प्रोग्राम कोओर्डिनेटर मिलेना मोर्सी को ईमेल ले त झनै हौस्यायो ।

ईमेलको सम्बोधनमा लेखेकी थिईन "Dear students and friends from Nepal " बिगतमा नेपाली बिद्यार्थीले देखाएको प्रस्तुतीको कारण उनले नेपाली बिद्यार्थीलाई प्राथामिकता दिएकी थीईन । लगतै मैले योजना बनाए दुबैलाई मिलाएर एउटा ठुलै कार्यक्रम गर्ने । सहपाठी साथीहरु सँग सल्लाह गरेपछी नेपाल पर्टयन बर्ष २०११ को प्रचार आफ्नो तर्फ बाट भब्य रुपमा गर्ने भईयो ।
जसको नीम्ति मैले चार दिन लगाएर माटोले बनेको नेपालको नक्सा बनाए । हिमाल, पहाड र तराई सहित नेपालका घरहरुको नमुना, पाटे बाघ, चरा , गौतम बुद्धको जन्मस्थल, तीन ठुला नदीहरु र सडकको नमुना रहेको सो नक्सा कार्यक्रमको प्रमुख आकर्षणको बिषय बनेको थियो । नेपाल भ्रमण गरिसकेका कतिपय फिन्निश हरु आफु पुगेको स्थान खोजिरहेका देखिन्थे । नेपालको स्ट्यान्डको दोस्रो आकर्षण थियो नेपाली खाना । नेवारी खाना बनाउने निर्णय भए पनि सरसामान उपलब्ध नहुदा मसला दार अचार, छोयला, नेपाली चिया र भुजा मात्र खुवाउन सकिएको थियो । मसला पटक्क नखाने फिन्निसहरु कार्यक्रम सकिन्जेल सम्म पिरोले सी सी गरिरहेका देखिन्थे । तिहार कै नजिक कार्यक्रम गरिएको हुँदा नेपाली देउसी भैलो पनि खेलाउन सकियो । सुरुमा नेपालीमा र पछि फिन्निशमा भट्याए पछि नबुझ्नेहरु पनि चाख मानी हेरेका थिए ।
कार्यक्रममा उपस्थित त्यस्ता धेरै देखियो जसलाई नेपाल कहाँ छ भन्ने थाहा थिएन । ब्राजिलका दुई जना साथीहरुलाई नेपालको भन्ने देश छ भनेर अचम्ममा परे अझ नेपाल जलस्रोतमा तिम्रो देशपछि धनी हामी नै हो भन्दा झन छक्क परे । हामीले गरेको कार्यक्रमले नेपाल पर्यटन बर्ष २०११ को प्रचारमा थोरै भए पनि योगदान गरेको छ भन्ने आशा गरेको छौ । ५० वटा देशका २७०० बिद्यार्थी अध्ययनरत छन आर्काडा विश्वबिद्यालयमा ।नेपालको नक्साको आकर्षणको कारण कार्यक्रम सकिएको १ महिना पुग्नलाग्दा पनि विश्वविद्यालय प्राङण मै सुरक्षित राखिएको छ । आशा छ नेपाल पर्यटन बर्ष २०११ को सुरुवात सम्म सोही स्थानमा रहनेछ ।

Friday, 26 November 2010

मध्य रातको कबिता

बर्षातको ऋतुसँग तिम्रो नयनका तुलना नभईदिएको भए,
आम्मा कसम म गुलाफको फुलको गाथामा तिम्रो मुस्कुराहट समेट्थे ।
एकोहोरो कठ्याङ्रिदो शिशिरमा पुङ्केशर उमार्थे,
तिम्रै बक्षस्थलमा पत्रदल सपार्थेँ ।
बाँकी के थियो र स्त्रिकेशर ?
उनलाई कोपिलामा समाहित हुन हकार्थें ।
म कुनै ऋतु थिइन,फन्फनी घुमिरहने ।
मान्थ्यौ त सकार्थें,नत्र जिन्दगी के छ र ?
बसन्त मै झर्ने गरी झपार्थे,
तिम्रो आँशुको मुल्य यहाँ कसले बुझ्छन र ?
आफ्नै मौलिक परिभाषामा जीवन बदल्थेन ,
मध्य रातमा उठेर कबिता किन लेख्थें ?

Thursday, 11 November 2010

नेपालको जिबन्त नक्सा

नेपाल पर्यटन बर्ष २०११ को प्रचारार्थ निर्माण गरिएको
फिनल्यान्डको राजधानी हेल्सिन्की स्थित आर्काडा विश्वविद्यालयमा आयोजित इन्टरन्यासनल डे को अवसरमा यस नेपालको नक्साको निर्माण गरिएको थियो । सामान्य माटोबाट बनेको यस नेपालको नक्सामा माटो बाटै बनेको बाघ, घरका नमुना, सडक, नदिनाला र हिमालका नमुनाहरु छन् । नेपाल नाम नै नसुनेका कतिपय फिन्निश विद्यार्थीको नीम्ति यस किसिमको नेपालको नमुना निकै रोचक बनेको थियो । जम्मा ४ दिनमा करिब १० घन्टाको मेहनत बाट निर्माण पूरा भएको थियो । सहयोगीको रुपमा मित्र हरु क्रिष्ण के सी र रिद्धी मल्लप्रती आभारी छु ।

ह्याम्क विश्वविद्यालयमा निर्माण गरिएको
दोश्रो पटक नेपालको नक्सा ह्याम्क विश्वविद्यालयमा बनाएको थिए । जसलाई त्यहाको स्थानिय पत्रिकाले महत्वका साथ प्रकाशन गरेको थियो । नेपालमा मदन भण्डारी मेमोरियल कलेजमा पहिलो पटक पुरानो नेपाल र नयाँ नेपालको तुलनात्मक नक्सा बनाएको थिए । तत्कालिन द्वन्द ग्रस्त नेपाललाई नयाँ नेपाल र पुरानो नेपाललाई द्वन्द पूर्वको अवस्थालाई चित्रित गरिएको थियो । जसको उद्घघाटन के पी ओलीद्वारा गरिएको थियो । सो कलाद्वारा प्रभावित भएर कलेज ब्यवस्थापन अध्यक्ष चिरन्जिबी शर्माले रु. २६०० राशीको पुरस्कारको घोषणा गर्नु भएको थियो ।

द्वन्द ग्रस्त नेपाल
सदा झै यस पटक पनि नेपालको नक्सा एक हप्ता प्रदर्शनीमा राखिएको छ । नेपाल पर्यटन बर्ष २०११ को प्रचारार्थ निर्मित यस कला केही हदसम्म सफल भएकोमा सन्तुष्ट छु ।

Sunday, 24 October 2010

यदाकदा

यदाकदा मेरो मन बिलौन गर्छ,
की जिन्दगी तिम्रो रेशमी कपालको शितल छहारीमा बिताउन पाउँथे
त अथाहा शान्ति मिल्थ्यो ।
पश्चाताप र बेदनाको ज्वाला तिम्रा नयनका गहिराईले निभाउन पनि सक्थ्यो ।
अफशोच यो हुन सकेन ,
यो हुन सकेन र अब यही पल छ
की तिमी छैनौ न बिछोडको दु:ख न प्राप्तीको चाहना नै छ ।
जिन्दगी यसरी बित्दैछ की लाग्छ यसलाई कसैको सहारै चाहिदैन ।
न गति न गन्तब्य न आशाको किरण ,
भड्किरहेको छ अन्धकारमा जिन्दगी मेरो ,
यही अन्धकार मै बिलाउने छु म एकदिन ।
मलाई थाहा छ मेरी प्रियशी,
तै पनि यदाकदा मेरो मन बिलौना गर्छ ।

साक्ष्यात सुशिल
(साहिर लुध्यान्भीको - 'कभी कभी' कबिताको नेपाली रुपान्तरण केही परिवर्तन सहित ।)

Thursday, 30 September 2010

यो संसार र तिमी

बर्षियोस मेघ घनघोर,
गर्जियोस त्यो चट्याङसरी ।
दोहोरी आवोस अर्को सुनामी,
नासियोस संसार डुबेसरी ।
म बिश्वस्त छु,
तिम्रो ओठ गुलाफी छ ।

ज्वालामुखी फुटोस चौतर्फी,
पोखियोस लाभा छरपट्ट ।
धर्ती ढाकोस खरानीले,
लास देखिउन बिक्षिप्त ।
म निश्चिन्त छु,
तिम्रा नयन चन्चल छन् ।

झरोस आशा तपतपी,
नासियोस चाहाना सडेर ।
गलोस खुशी फतक्क,
मरोस सफलता डढेर ।
म प्रसन्न छु,
तिम्रो मिस्कान मिठो छ ।

ॐ फेसबुकाय नम:

मनोरन्जन निमित्त मैले बनाएको यस फेसबुक मन्त्रलाई अचेल बिभिन्न ब्यक्तिहरुले साक्ष्यात सुशिलको सट्टा आ-आफ्नै नाम राखेर प्रोफाइलमा उपलोड गरेको देखेको छु । त्यसो त हामी मध्ये कैयौ नेपालीहरुले 'इन्टेलेक्चुअल प्रोपर्टी राईट' बुझ्नु त परको कुरा सुनेका पनि छैनन । तर फेसबुक चलाउनसक्ने पढे लेखेको मान्छेले त अरुको लेख/रचना प्रयोग गर्दा स्रोत खुलाउनुपर्छ भन्ने किन नबुझेको ? शिक्षित र अशिक्षित बीच भिन्नता नै के रह्यो र ?

Wednesday, 16 June 2010

परिवर्तनको नीम्ति सानो प्रयास

त्यसो त हाम्रो देश बिकास नहुनुमा सैयौलाई दोषी देखाइयो हजारौं पटक सरापियो । तर आफ्नो देशको बिकासको नीम्ति यो गरियो भनेर आज सम्म कमै काम गरियो । यसर्थ आफ्नो मुलुकको सैक्षिक परिवर्तनको नीम्ति सानो प्रयास गर्ने अर्को स्थान फेरी फेला परेको छ त्यो हो बागेश्वरी उच्च माध्यमिक बिद्यालय, खाँदवारी ।

बि स् २०१५ सालमा स्थापना भई गत बर्षा देखि उच्च शिक्षा अध्यापन हुन थालेको यस बागेश्वरी माध्यमिक बिद्यालयमा पुस्तकालयको अभावका कारण ज्ञानका भोका बिद्यार्थीहरु पेट भर्नबाट बन्चित छन् । त्यहि ज्ञानको भोक मेटाउनको नीम्ति पुस्तकालय स्थापना गर्न एक मिसन चल्दै छ जहाँ तपाईं आफु सँग भएको पुस्तक दिएर सहयोग गर्न सक्नुहुन्छ । केही अगाडी उठाइएको 'वान युरो पर मन्थ' कार्यक्रम फिनल्याण्डको केही झन्झटिलो आर्थिक नियमको कारण सुरु नभैसकेको हुँदा त्यसैमा आबद्ध फेसबुकका साथीहरु तथा अन्य सहयोगीमा यो आग्रह गरिन्छ की आफु सँग पुस्तक भए पुस्तक प्रदान नभए सक्दो आर्थिक सहयोग गरेर पुस्तकालय निर्माणमा सहयोग गरौ ।

एक थुकी सुकी सय थुकी बगी भने झै तपाईं हामीले प्रदान गरेको सानो रकमले एउटा पुस्तकालय निर्माण हुनसक्छ । वान युरो पर मन्थ नामको कोष निर्माणको उद्देश्य पनि यस्तै किसिमका सहयोग गरि देश बिकासमा सहयोग पुर्याउनु हो । त्यसको नीम्ति चाडै नै ब्यांक एकाउन्ट र अन्य प्रक्रिया पूरा गरेर औपचारिक कार्यक्रम सुरु हुनेछ । तत्कालको नीम्ति ब्यक्तिगत अथवा संस्थागत रुपमा यस बागेश्वरी उच्च माद्यामिक बिद्यालयमा पुस्तक स्थापना गर्न सहयोग गरौ । यस सूचनालाई आफ्नो सम्भाब्य सहयोगीसँग सेयर गरौ । फेसबुक बाटै राष्ट्र निर्माणमा सक्रिय होऔ ।

कस्ता पुस्तक चाहिएको हो त ?*
• कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि उपर्युक्त हुनसक्ने चित्रसहितका पुस्तक;
• कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम तथा पाठ्यक्रमलाई सघाउने पुस्तक;
• शिक्षकहरुका निम्ति साइन्स, कम्प्युटर, म्याथ लगायतका रेफरेन्स पुस्तक;
• नेपाली, अंग्रेजी र हिन्दी साहित्यका पुस्तक तथा अनुदित बुक;
• विश्वका महान व्यक्तिका जीवनी तथा प्रेरणादायक कथाका पुस्तक;
• वैज्ञानिक आविष्कारबारे जानकारी दिने पुस्तक;
• सामान्य ज्ञान, विश्व इतिहास र भूगोलसम्बन्धी पुस्तक

यी बाहेक विद्यालय तहका विद्यार्थीलाई उचित हुन्छन् भनी तपाइँलाई लागेका पुस्तक दिनसक्नुहुन्छ। पुस्तक नयाँ भए राम्रो। यहाँ भनिए जस्ता पुराना पुस्तक छन् भने पनि दिनसक्नुहुन्छ।
*कृष्ण ढुंगाना

क्रेडिट कार्ड मार्फत पुस्तक रकम पठाउने पेपाल ठेगाना: ubshrestha@yahoo.com ,
चेक पठाउन चाहेमा:
Uttam Babu Shrestha,
76 Cross St. Apt. # 2, Somerville,
MA 02145, United States
थप जानकारीको नीम्ति :
http://www.mysansar.com/archives/2010/06/id/11147#more-11147

यदि यसरी पैसा पठाउने तरिका झन्झटिलो लागेमा अथवा आफुले सहयोग गर्ने रकम थोरै लाग्छ र संयुक्त रुपमा पठाउन चाहनुहुन्छ भने केही दिन भित्र हामी एउटा कोषको निर्माण गर्दैछौ । त्यस मार्फत सहयोग पनि गर्न सक्नुहुन्छ तर त्यतिन्जेल आफ्ना फेसबुकका साथीहरुलाई यस बारे सुचित गराउनु होला।

Thursday, 27 May 2010

सभासदलाई सजाय

दुई बर्षको अवधीमा पनि संबिधान लेख्न नसकेर निकम्मा बनेका ६०१ सभासदलाई आज नागरिक समाजको एक समुहले बिभिन्न सजाय दिएका छन् । बानेश्वर स्थित संबिधानसभाको भवन अगाडी ६०१ जना सभासदको बर्गिकरण गर्दै कसुर हेरी आवश्यक्ता अनुसारको सजाय दिईएको हो । नागरिक समाजका एक हर्ताकर्ता अगुवाले सजाय सुनाएका थिए ।

जस अन्तर्गत आफ्नो लिंडे ढिपीको कारण कटुवाल काण्डबाट सरकारबाट हात धुन बाध्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत माओवादी सभासदहरुलाई 'कट्टु' मात्र लगाएर संबिधान सभाको 'वाल' माथि दौडिन लगाईएको छ । कटुवाल काण्डमा मुछिएर देशले नयाँ संबिधान नपाएको भन्दै माओवादी सभासद तथा माओवादी नेताहरु कट्टु र वाल सम्बन्धी सजाय दिईएको हो । बानेश्वरमा उपस्थित दर्शकहरुले जसले जुन कम्पनीको कट्टु लगाएको त्यसै नामले जिस्काइरहेको सुनिन्थ्यो । सर्वहारा बर्गको पार्टी भएको कारण कतिपय माओवादी सभासदले कट्टु लगाउन बिर्सेका रहेछन । सजाय पाउनसाथ उनीहरु बाटोमा फालिएको पत्रीका टिप्न थालेका थिए । अरुबेला जति पत्रकारलाई गाली गरे पनि, अन्तिममा इज्जत जोगाउने त्यहि आवश्यक्ता परेको भन्दै सर्वसाधारणले खिल्ली उडाएका थिए ।

सबभन्दा कठोर सजाय पाउनेमा एमालेका सभासद परेका छन् । दुई ठाउँमा पराजित ब्यक्ति प्रधानमन्त्री सम्म बनेको, लाखौं जनता सडकमा आएर राजिनामा माग्दा पनि नदिएको , बिदेशी प्रभुको दलाली गरेर प्रधानमन्त्री पद टिकाएको जम्बो मन्त्री मन्डल बनाएर राज्यको ढुकुटीमा ब्रम्हलुट गरेको तैपनी संबिधान समयमा बनाउन नसकेको भन्दै प्रधानमन्त्री माधवकुमार नेपाल लगायत एमालेका सभासदको मलद्वारमा खुर्सानी पिसेर लगाइएको छ । बिशेषगरी सत्तामा टासिएर छोड्दै नछोड्ने प्रब्रिती भएका प्रधानमन्त्री माधव कुमार नेपालको भागमा ज्यानमारा खुर्सानी परेको थियो । एमाले कै एक सभासदले अर्को सभासदको मलद्वारमा दल्नुपर्ने भएकोले बेला बेलामा ओली समर्थक र बामदेव समर्थक कार्यकर्ता बीच कुटाकुट पनि भएको थियो । बामदेव गौतमले के पी शर्मा ओलीलाई खुर्सानी लगाइदिदा भित्रै सम्म पसाएको आरोप लगाएका थिए भने के पी ओलीले मलद्वारमा दल्नु पर्ने खुर्सानी जलद्वार सम्म पुर्याएको आरोप बामदेव गौतमले लगाएका थिए । खुर्सानी दले लगतै एमाले सभासदहरु हा हा सुइ सुइ गर्दै दौडादौड गरेका थिए । प्रधानमन्त्री माधव कुमार नेपाल आफ्नो टोपी खोलेर पछिल्तिर हम्किदै दौडिएका थिए ।

काङ्रेसको भागमा मध्यम खालको सजाय परेको थियो । छक्का पन्जाको राजनीति गरेको , एमालेलाई नराम्रो कार्यमा समेत प्रोत्साहन दिएको , सबैभन्दा ठुलो दल माओवादीलाई पाखा लगाउन तल्लो स्तरको गठबन्धन बनाएको भन्दै काङ्रेस सभासदहरुलाई पित्तलको पन्यौ तताएर डडाल्नुमा एक पटक सुम्ला उठ्ने गरि हान्ने सजाय पाएका दिईएको थियो । बानेश्वर चोक नजिक रहेको रत्न स्वीट नामको मिठाइ पसलबाट पित्तलको लामो पन्यौ तताउदै प्रत्येक सभासदको ढाडमा प्रहार गरिएको थियो । तातेर रन्किएको पित्तलको पन्यौको प्रहार सहन नसकी कोही सभासद लडिबुडी गरेका देखिन्थे भने कोही नदुखे झै सहेका थिए । यस क्रममा सबभन्दा थला परेका थिए कार्यवाहक सभापति सुशिल कोइराला । डाडल्नुमा डाम बस्ने गरी पुन्यौ खाए लगतै उनले दुखाइ काम गर्ने चक्की घुर्लुक्क निलेका थिए । डाक्टर शशान्क कोइरालाले पहिलै देखि नदुख्ने इन्जेक्सन लगाएका थिए भन्ने हल्ला सुनिएको थियो किन भने उनी पुन्यौले ढाड सोझिने गरी हान्दा पनि हासिरहेका थिए । त्यस्तै शेरबहादुर देउवाको ढाडमा पुन्यौ परे लगतै उनले उनकै शैलीमा तथानाम गाली गर्न थालेका थिए । तर कसैले केही नबुझेपछि फेरी अर्को पुन्यौले हान्नसाथ चुप लागेर थुचुक्क बसेका थिए ।

मुलुकलाई बिभाजनतिर लगेको र संबिधान बनाउने कामलाई थाँती राखेर रात दिन मधेश मधेश भनेर चिच्याएको भन्दै मधेशबादी दलहरु तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र मधेशी जनअधिकार फोरमका सभासदहरुलाई एक अर्काको कन्चटको रौं समातेर आधा घन्टा उठ बस गर्न लगाइएको थियो । अधिकांस मधेशबादी सभासदहरु थाकेर लखतरान भएको देखिन्थे । कसैले झेल्ली गर्ने बितिकै नागरिक समाजका अगुवाले फेरी सुरु देखि गर्न लगाउथे । उठबस गर्ने क्रममा पाइन्ट लगाएका मधेशबादी सभासद ढुक्कसँग उठबस गरेका देखिन्थे भने धोती लगाएकाहरुलाई औधी गाह्रो भएको थियो । उठ्दा धोतीको हावा बाहिर जाने र बस्दा भित्र पस्ने हुँदा बेला बेलामा धोती फुस्केर कन्तबिजोग भएको देखिन्थ्यो । मधेश आन्दोलनलाई चिट्ठाको रुपमा लिएका र एका एक सुङुर जसरी मोटाएका फोरम अध्यक्ष उपेन्द्र यादव भुँडी ठुलो भएर उठबस गर्न सकेका थिएनन । उनले नागरिक समाजका अगुवालाई आफ्नो भुँडी अवस्था जानकारी गराएर सजाय घटाउन खोजेका थिए तर गरीब जनताको नेता किन त्यसरी मोटाएको भन्दै उनलाई थप १५ मिनेट उठबस गराइएको थियो ।

त्यस्तै संबिधान निर्माण नगरी केवल भत्ता खाएर राज्यको ढुकुटी रित्याएको भन्दै च्याउ सरी खुलेका अन्य पार्टीका सभासद र पूर्वपन्चको समुहलाई कुखुरा बनाएर संबिधान सभा भवन वरिपरि कुदाइएको थियो । हर्ताकर्ता सजिलै कुदे पनि सुर्य बहादुर थापा लगायतका बुढापाकाको पसिना छुटेको थियो । टेनिसमा माहिर कमल थापा चाडो फन्को मारेर आराम गर्ने मनसायले अन्य सबैलाई उछिन्दै सबै भन्दा चाँडो आइपुगेका थिए तर नागरिक समाजका अगुवाले त्यतिकै बस्न पाइदैन भन्दै फेरी कुखुरा बनाएर दुई पटक कुदाएका थिए ।

यसरी सभासदलाई सजाय दिएको हेर्न हजारौं नेपाली जनता बानेश्वर वरिपरि उपस्थित भएका थिए भने कान्तिपुर, एभेन्युज ,सगरमाथा,इमेज च्यानल, नेपाल टेलिभिजन र च्यानल नेपालले प्रत्यक्ष प्रसारण गरेका थिए ।

सजाय पूरा भैसकेपछि सबै सभासदलाई कान समातेर "अब उप्रान्त सहमतीको राजनीति गर्ने र चाँडो भन्दा चाँडो मिलेर संबिधान बनाउन" बाचा गराइएको थियो । फेरी पनि यस्तै भुल गरेमा यो भन्दा कडा सजाय भोग्न तयार रहन चेतावनी पनि दिईयो ।

-साक्ष्यात सुशिल

Sunday, 18 April 2010

कर्णे डाँकुदेखि श्रीकर्ण ॠषिसम्म

लामो समय सम्मको चोरी र डकैती पेसाबाट अकुत सम्पत्ति कुम्ल्याए पनि कर्णे डाँकालाई मनमा शान्ति हुन छोड्यो । धन सम्पत्ति प्रशस्त भए पनि मनमा सन्तुष्टी नहुदा उनी भड्किदै हिंड्न थाले । आखिर जे गरे पनि शान्ति मिल्दो रहेनछ भनेर बिरक्तिदै एका बिहानै भगवान शिवको दर्शन पनि गर्ने र प्रसाद स्वरुप एक चिलिम गाँजा खाने सुरले हानिए ।

चैत्र यामको सितलो बिहानी । बनकालीको घना जङलबाट चराचुरुङ्गीको चिर्बिराहट । ठाउँ ठाउँमा समुह समुह बनाएर इश्वरको भजनमा लीन मानिसहरु । टाढैबाट पशुपतीको गजुर देखेपछी मनमा एक किसिमको शान्तिको अनुभव हुन्छ । दुई हात जोड्दै पशुपतीको मन्दिर तिर अघि बढ्दै गर्दा बनकालीको भर्याङ् छेउ कुटी बनाइ बसेको बाबाले बोलाउछन । “बालक खुब भड्किएको छस ?”

कर्णे डाँका बाबातिर नियाल्छ । एउटा धोती बेरेको , जिउ भरी खरानी घसेको । निधारमा तीन वटा सेतो धरको कोरेको । बीचमा तेस्रो नेत्र बनाएको । फुस्रो दाह्री पालेको । एक हातमा चिलिम र अर्को हात कमन्डलु लिएको बाबा । हेर्दा साक्षात शिव नै उनी हुन जस्तो । दुई हात जोडेर कर्णे डाँका कुटी नजिकै टुक्रुक्क बसेर भन्छ । " हो बाबा । जीवनमा धेरै कुरा पाए तर सुख र सन्तुष्टी कहिले पाइन । "

“बालक यस्तो तलाई मात्र होईन, सबैलाई हुने गर्छ । गौतम बुद्धलाई पनि भएको थियो । रत्नाकर डाकुलाई पनि भएको थियो । तर पछि उनीहरु महान मानिस बने ।“

उत्सुक हुँदै कर्णे सोध्छ “त्यो रत्नाकर भनेको को हो बाबा ?"

“रत्नाकर एउटा डाकु थियो । नारद ॠषिको सुझाव पाएपछि एउटा घना जङलमा गए । डकैती गर्न छोडिदिए । सारा भतिक जीवन छोडिदिए । दिनरात राम नाम उच्चारण गरेर तपस्या गर्न थाले । अन्तमा उनी बाल्मिकी ॠषिले प्रख्यात भए । त्यसपछी उनले रामयण लेखे ।"

यो सुनेपछि कर्णे डाकाको मनमा एक किसिमको उर्जा प्राप्त हुन्छ । जीवनले नयाँ मोड लिएको अनुभव गर्छ । भौतिक जीवनदेखि वाक्क लाग्छ ।

"बाबा एक चिलिम प्रसाद खाउ न ?" बाबाले तानिरहेको गान्जाको चिलिम मागेर दुई तीन सर्को लगाउछ ।

"ल बालक अब बाबाको तपस्याको बेला भयो । तँ जा । तर बाबाको कुरा ध्यान दे । भौतिक जीवनबाट सन्तुष्टीको आशा नगर । भौतिकता माया हो माया । "

यति भन्दै बाबा कुटी भित्र पसेर आँखा चिम्लिन्छन । एक्छिनसम्म कर्णे डाँका बाबालाई नियालिरहन्छ । धेरै बेर आँखा नखोलेपछी बाबाको सुनौलो कमन्डलु, छेउमा राम राम लेखेको ओढ्ने र कुटीमा झुण्ड्याइराखेको रुद्राक्षको माला लिएर आफ्नो बाटो लाग्छ ।

कर्णे डाँका दोधारमा पर्छ । भौतिक जीवनलाई निरन्तरता दिउँ वा चरम शान्तिको नीम्ति यसलाई तिलान्जली दिएर जङल पसौ ? दिमागमा दोहोरो भिडन्त चले झै हुन्छ । सोच्दै सोच्दै गौशाला आइपुगेको पत्तो पाउदैन । भौतिक जीवन अर्थात डाकुको पेश छोड्नु पनि उनको नीम्ति सहज थिएन । मिलन खुकुरीसँगको मित्रता टुट्थ्यो । पाकेट्मार च्याक्सी उ भनेपछि हुरुक्क हुन्थ्यो । ठमेलका क्याबिनका अनिता र आसा सेक्सीलाई छोड्नु सहज थिएन । जीवनमा यस्तो दोधार त उनी डीएसपीको घर फोर्दा समेत भएका थिएनन ।

लामो र गहन सोचपछि अन्तत: कर्णे डाँकाले आफ्नो जीवनको बारेमा ठुलो निर्णय लिन्छ । सारा भौतिक जीवन छोडेर जङलमा शान्तिको नीम्ति प्रबेश गर्ने निधो गर्छ । निर्णय लगतै अघि बाबाको कुटीबाट लुटेको पहिरन लगाउछ । आफ्नो लामो कपाल पछाडि बाधेर जटा बनाउछ । घाटीमा बाबाको रुद्राक्षको माला । शरीरमा गेरु बस्त्र । अस्ति भर्खर ठमेलमा किनेको ५ हजारको चाइनिज पेस्तोल आफ्नै कोठामा छोडेर बाहिर निस्कन्छ , चार कोसे झाडी जनाको नीम्ति ।

पूर्व झापा जाने बस समात्छ गौशालाबाट ।
"ओइ जोगी भैया कता ? पैसा लागेगा ।" आफुलाई भारतियसँग जस्तो ब्यवहार गर्दा कर्णे डाँकु कन्सुरी ताती सकेको हुन्छ तर भौतिक जीवन त्याग गरेको कारण एकै पञ्चमा ढाल्ने बानी तत्काललाई प्रयोग गर्दैन ।

" चार कोसी झाडी त जान्छ नी ? म त्यतै जाने हो । पैसा दिउला । " सकी नसकी नरम स्वरमा भन्छ ।

"ल जावो त्यसो भए अन्दर । लास्ट मी जावो । " सिट देखाउदै भित्र पठाउछ । बस गुडेको केही समय पछि खलासी पैसा उठाउन आउछ । त्यसो त उसको यात्रामा पैसा तिर्ने बानी नभएकोले होला । केही भेउ पाउदैन । सधैं गुडिरहेको गाडीमा चढ्ने बाणी आज कता कता अप्ठ्यारो पनि भैरहेको हुन्छ । खलासीलाई कमन्डुलु भित्र राखेको एटिएम कार्ड झिकेर दिन्छ ।

"क्यास नहि है । एस्से पैसा निकाल्न हमे नै आता ।"

"क्यास छैन बालक । यो कार्ड फिर्ता दिनुपर्दैन । आफै राख बालक ।" निकै भद्र स्वरमा खलासीलाई बुझाउछ । खलासी खुशी एटिएम पाउन्दा निकै खुशी हुन्छ । आज सम्म देखेको थियो तर हातमा राम्रोसँग राख्न पाएको थिएन । कर्णेले नेबिल ब्यान्क लुट्दा प्रहरीले फिर्ता लान बिर्सेंको कार्ड थियो । त्यसबाट पैसा कसरी निकाल्ने कर्णेलाई समेत कहिले आएन ।

प्राय: बसको छतमा बसेर यात्रा गर्ने कर्णेलाई बस भित्र बस्दा एक किसिमको निस्सासिदो अनुभव भैरहेको थियो । बसको ड्राइभर देख्नासाथ उसले चिनीहाल्छ की पोहोर दशैंमा लुटेको बसको ड्राइभर यही थियो । कुइनाले ढाडमा हानेर अरठ्ठ हुँदा पनि रोक्न मानेको थिएन । पछि कन्चटमा पेस्तोल तेर्साउनु पर्यो । धन्न जोगीको भेषमा भएकोले ड्राइभरले चिन्दैन । ड्राइभर बडो उत्तौलो पारामा बस चलाएको प्रष्ट देखिन्छ । गीतको सुरमा मात्तिदै, स्कुल कलेजका केटी आउँदा जोडसँग बिना काममा हरण बजाउनु त उसको सौख रहेछ । बेतोडले गाडी कुदाउदा कर्णेलाई लगिसकेको हुन्छ यो बस कही न कही दुर्घटनामा पर्नसक्छ भनेर । नभन्दै अगाडीको गाडीलाई ओभरटेक गर्न खोज्दा छेउमा साइकल चलाएकी बालकलाई बसले ठक्कर दिन पुग्छ । साइकल एकातिर बालक एकातिर उछिट्टिन्छ । बस भित्र कोलाहलको बातावरण सिर्जना हुन्छ ।

बस बिस्तारै रोकिन्छ र ब्याक हुन्छ । के भएको बुझ्न नभ्याउदै बसले रुदै उठ्दै गरेको बालकलाई फेरी किचिदिन्छ । बस भित्र एक किसिमको कोलाहल र भागाभाग मच्चिन्छ । कोही झ्यालबाट हाम्फाल्छन । कर्णेको सात्तो जान्छ । लास्ट सिटबाट हत्तपत्त ओर्लिन प्रयास गर्दा गर्दै बसको झ्यालका सिसा फुट्न थाल्छन । आगोको मुस्लो छुट्छ । बस बाहिर आउछ र देख्छ बसको आधा भाग जलिसकेको हुन्छ । अघि ठक्कर दिएको बालकको लाश क्षत बिक्षत भएको हुन्छ । वरिपरिका गाउलेले बसमा तोड्फोड र आगजनी गर्दै ड्राइभरलाई मरणासन्न हुनेगरि पिट्दै हुन्छन् । गाडीको लामो जाम हुन्छ । हेर्दा हेर्दै बस दुन्दुन्ती बल्न थाल्छ ।

कर्णेलाई भौतिक जीवनदेखि झनै वाक्क लागेर आउछ । एउटा बालकलाई मारेको आरोपमा अरको ड्राइभरलाई मार्दै हुन्छन् आफन्तहरु । रोकिएको गाडीका अन्य ड्राइभरहरु एक ठाउँमा जम्मा भएर पिटाइ खाने ड्राइभरलाई जोगाउछन र गाउलेको प्रतिकार गर्छन् । दोहोरो भिडन्त सुरु हुन्छ गाउले र ड्राइभर बीच । कैयौ गाडीको सिसा फुट्छ । लखाटा लखाट हुन्छ । यो द्रिश्य हेर्दै हेर्दै कर्णे आफ्नो बाटो लाग्छ । भौतिक जीवनमा यस्तै हो भन्दै झन्डै झन्डै आइपुग्न लागेको चार कोशे झाडी तिर लाग्छ ।

हिडेर चार कोशे झाडीको मध्य भागमा पुग्छ । धमिराले बनाएको अग्लो अग्लो गोलाको बीचमा आफ्नो आसन बनाउछ । मन मनै प्रण गर्छ आजदेखि चोरी डकैती त्यागी दिन्छु । एउटा सन्यासी जस्तो जीवन बिताउछु । आज सम्म गरेको पापहरुको प्रयश्चित गर्दै आज देखि गौशालाको कर्णे डाँकु होईन श्रीकर्ण ॠषिको नामले चिनिन्छु । यति प्रण गर्दै पलेटी कसेर आँखा चिम्लेर राम नाम जप्न थाल्छ । चार कोषे झाडीको मध्य भागमा चरा चुरुङीको चिरबिर् र सिरसिर बतासको तरङ छिचोलेर एकोहोरो राम राम रामको गुन्जन टाढा टाढा सम्म स्पष्ट सुनिन थाल्छ ।

सुर्यले अस्ताउने सन्केत गर्दै थियो । पंक्षि बास बस्ने तरखरमा थिए । जङलको प्राकृतिक ध्वनी छिचोल्दै परेडको आवाज सुनेपछि श्रीकर्ण ॠषिको आँखा खुल्छ ।

" वोइ । के गरेछस ? को होस् तँ ?" परेडको अग्रपङ्क्तीको नाइके कर्कश स्वरमा चिच्याउछ ।

निधारमा फेटा बाँधेको । अग्लो कालो जुत्ता, छाती तनक्क तन्काएर उभिएका एक हुल मानिसलाई नियाल्दै श्रीकर्ण मुस्काउदै भन्छन् " म तपस्वी हुँ बालक । "

हातमा मोटो लौरो बोकेको अर्को चिच्याउछ "वइ तैले कसलाई बालक भनिस ? तेरो थुतुनो भत्काउँ ? कन्काइ मुक्ती मोर्चाको अध्यक्षलाई चिन्दैनस तँ ?

" अर्कोले थप्छ " यो हेर्दा नाक चुच्चे पक्कै पनि बाहुनको सुराक हुनुपर्छ । हामी माथि दमन गर्ने बाहुनबादी तैँ होईनस ? ठोक ठोक सालेलाई । "

एकैपटक जत्था आइलागेपछी कर्णे कमन्डुलु छोडेर भाग्छन । चार कोषे झाडीको हागा बिङा काँडा गिर्खा पर्वाह नगरी आफ्नो ज्यान जोगाउन भाग्छन । पछि पछि एक हुल दौडिन्छन हातमा खुडा कोही लौरो कोही बन्दुक त कोही झन्डा बोकेर । दौडिदा दौडिदै अग्लो भिरको डिलमा पुग्छन र उचाइको पर्वाह नगरी हाम फाल्छन ।

श्रीकर्ण हाम्फाले लगतै भिरमा पुगेको एक हतियार धारी भन्छ " बच्यो साला । फर्कौ अब , तल चाम्लिङ मुक्ती मोर्चाको ईलाका हो । " हतियारधारी समुह फर्किन्छन ।

अग्लो भिरबाट हाम्फालेर जोगिएका श्रीकर्ण ॠषिको पहेलो धोती ठाउँ ठाउँमा घिस्रिएर प्वाल पर्छ । मैलिएर खैरो खैरो रङको हुन्छ भने ओढ्ने च्यातिएर क्षत बिक्षत हुन्छ । रुद्राक्षको माला चुटिन्छ । बाँधेर राखेको जटा फुस्किएर कान्ध भरी कपाल फैलिन्छ । तपस्यामा सन्चित उर्जाले टल्किएको अनुहार मैलो र मलिन बनिसकेको छ । घस्रिएर ठाउँ ठाउँमा छाला फर्किन्छ । रगतले धोतीमा राघेपाटे बुट्टा बनाउछ । एक खुट्टा खोल्च्याङ खोल्च्याङ गर्दै नदीको आवाजलाई पछ्याउदै अगाडि बढ्छन ।

झमक्क रात परिसकेको हुन्छ । नदीको छेउमा टुक्रुक्क बसेर पानी पिउन लाग्दा अर्को द्रिश्य देखिन्छ । एक हुल जत्था हातमा राँको लिएर उनी तर्फ अघि बढ्दै गरेका हुन्छन् । श्रीकर्ण मुखमा राखेको पानी निल्नासाथ राकोको एउटा झटारो उनको सामु खस्छ ।

" त्यो धोतीलाई काट हाम्रो ईलाकामा के गर्न आयो ? काट काट । " एउटा गर्जन सुनिन्छ टाढैबाट । लगतै राँको लिएको जत्था उनी तर्फ डौडिन्छन । श्रीकर्ण ॠषि खुट्टा खोल्च्याउदै नदी किनारमा रहेको डुंगामा हतार हतार बस्छन र खियाउदै नदीपारी लाग्छन । डुङा नदी बीचमा पुगिसक्दा पनि काट काटको आवाज सुनिन्छ र राँकोको झटारो बज्रिरहन्छ । नदी निकै चौडा भएकोले जत्था पार गर्न सक्दैनन । एक त सुकेको, त्यसमाथी घाइते शरीरले खियाउदै डुङ्गालाई बल्ल बल्ल किनारा लगाउछन । रात छिप्पिसकेको हुन्छ ।

खुर्पे चन्द्र मधुर प्रकाशको सहारामा किनाराबाट अर्को जङल प्रबेश लगतै उनको आँखा एउटा तुलमा पर्छ जहाँ ठुलो अक्षरमा लेखिएको हुन्छ "मधेश प्रदेश मे स्वागत है " पढे पगतै श्रीकर्णको मनमा चिसो पस्छ । यहाँ पनि भाग्नुपर्ने स्थिती हुनसक्छ तर अन्य बिकल्प नभएकोले प्रबेश गर्न वाध्य हुन्छन् ।

अन्धकार जङलको लामो बाटो हिंडेपछि एउटा खाली सानो झुप्री फेलापर्छ । पेट भोको भए पनि थाकेको शरीरलाई आराम दिन झुप्री भित्र पल्टिन्छन । एकैछिन पछि निन्द्राले झ्याप्प समात्न लागेको बेला बाहिर गोली पड्केको आवाज आउछ ।

" सर यतै भागेको होला । " एउटा सेनाको जवान झोप्री देखाउदै भन्छ ।

" तैले देखेथिस सिकारीलाई । ? " सेनाको क्याप्टेन सोध्छ ।

" अ सर । खैरो धोती लगाएको छ । काँधमा ओढ्ने बेरेको छ । अनी रगतको टाटो पनि छ हात खुट्टामा । चितुवा मार्दा लागेको । " यति सुन्नासाथ श्रीकर्ण ॠषिको सातो पुत्लो उड्छ । सेनाको जवानले बताएको सबै पहिरन र चिन्ह उनैसँग मिल्न जान्छ । जवान गोली तेर्साएर झुप्री तिर आएको देखेपछी श्रीकर्ण झोप्रीको पछाडीको घारीमा फाम्फालेर भाग्छन ।

"उ भाग्यो ठोक । साले चितुवा मारा । लखाट ।" कर्णको पछाडि अन्धाधुन्ध गोली बर्सिन्छ । दौडिदा दौडिदै पछाडिबाट चलाएको गोलीले खोल्च्याएको खुट्टाको पिडुला छेडेर जान्छ । ज्यान बचाउने ध्याउन्नमा गोलीको पर्वाह नगरी अगाडी दौडिरहन्छन । दौडेर लामो दुरी पारगरिसकेपछि सेनाले पिछा गर्न छोडिदिन्छ । रक्ताम्मे खुट्टा लिएर एउटा रुखको छहारीमा ढल्किन्छन । तिब्र भोक,प्यास र थकाईको कारण एकै छिनमा अचेत अवस्थामा पुग्छन ।

झिस्मिसे बिहानी भैसकेको हुन्छ । एक हुल मानिस वरीपरी घेरिएर बसेका हुन्छन् । रातभरको दौडाइले उसलाई नेपाल भारत सिमामा ल्याइपुर्याएको हुन्छ । चारै तिर फुस्रो र बुङ्ङ उडेको बातावरण । घामले शरीर कालो भएर डढेका मानिसहरु । लोग्ने मान्छेले धोती र गंजी लगाएका । टाढा टाढा सम्म समतल देखिने । स साना घर खरले छाएको देखेपछि कर्णेलाई लाग्छ यो मधेस हो । जहाँ उ पहिलो पटक आएको छ । यहाँ लुट्न आउन रहर लागेको थियो तर भारतिय डाँकाहरुको एकछत्र राज छ रे भन्ने थाहा पाएपछि पछि हटेका थिए । ।

एउटी आईमाईले एक बाल्टिन पानी टाउकोदेखि खनाइदिन्छिन । कर्ण झस्किएर बिउझिन्छ ।

“राती राती डकैती गर्ने यही हो ।“ एउटा युवक चिच्याउछ । “पारीबाट आएको हो । राती घुरहुको घर फोरेको यसैले हो । पुलिस आउँदै छ रे ।“

कर्ण ॠषि केही बोल्न खोज्नै लाग्दा “रगत आ'छ नी । त्यो हिजो पुलिसले हानेको हो । अर्को बोल्छ " कस्तो बाठो हेर्न, चिन्दैन भनेर जोगीको भेषमा आएको । जग्गु साहुको छोरो अपरहण गर्ने नी यही जस्तो लाग्छ । "

चार-पाँच जना युवाहरु दौडेर आउछन । “साला बच्चा अपहरण गर्ने यही होईन । यसलाई जिउदै जलाउनुपर्छ ।“ कर्णलाई घिसार्दै दोबाटोमा ल्याउछन र लडाएर एक अँगालो पराल फुकाउछन ।

कर्ण चिच्याउदै म अपहरणकारी होईन, श्रीकर्ण हो भन्छ । तर कसैले सुन्दैनन । पराल सल्काउनै लाग्दा पछाडिबाट एक दर्जन प्रहरी आइपुग्छन । आगो लगाउनबाट जोगाउछन । “ल हामी आयौ अब कानुनी कारवाही हुन्छ । अब आफ्नो आफ्नो घर जानुस् । पुलिसलाई आफ्नो काम गर्न दिनुस् ।“

भिडबाट एक युवक कराउछ " यसलाई यही कार्वाही गर्नुपर्छ । हामीलाई प्रहरीको विश्वाश छैन । मधेशी जनताले नै कार्वाही गर्नुपर्छ । "

इन्स्पेक्टर सम्झाउन अगाडी बढ्नै लाग्दा एउटाले ढुङा बजारिहाल्छ । जवाफी कार्वाहीमा प्रहरीले लाठीचार्ज गर्छ । दोहोरो ढुङ्गा हानाहानमा श्रीकर्णको निधारमा चोट लाग्छ । प्रहरीलाई बचाउन हम्मे हम्मे पर्छ । अन्त्यमा दर्जनौ अश्रु ग्यास प्रहार गरेर स्थिती नियन्त्रणमा आउछ ।

कर्णलाई बचाएर नेपाल भारत सिमानामा रहेको हल्हलिया प्रहरी चौकीमा राखिन्छ । दुई दिनको भोको घाइते कर्ण चौकीमा बोल्न नसक्ने अवस्थामा हुन्छन । चौकीमा राखिएको ३ घन्टापछि इन्स्पेक्टरको फोन बज्छ । लामो समयको हिन्दी सम्वादपछि प्रहरी जवानलाई आफ्नो कोठामा बोलाउछन ।

“ल सुन । यो डाँकु मात्र होईन भारतिय नक्कली नोटको कारोबार गर्दोरहेछ । भारतियले सार्वजनिक गरेको आइ एस आइको एजेन्टको हुलिया यसैसँग मिल्दो रहेछ । त्यसैले पारी बुझाउनुपर्छ । त्यसलाई केही खाना दिएर हिंड्नसक्ने बना । पारीबाट मान्छे लिन आउँदै छन् । चाँडो बुझाउनुपर्छ नत्र माथिबाट प्रेसर आउछ । ल गैहाल त । चाँडो गर केटा । है ।“

(बुट बजार्दै) हस सर ।

कर्णलाई उठाएर दुईवटा सुख्खा रोटी र दही खान दिईन्छ । केही समयपछि भारतिय प्रहरीको एउटा जिप आएर कर्णलाई लिएर जान्छ ।

-समाप्त

Saturday, 20 March 2010

गिरिजाप्रसाद कोइराला - समाप्त ।

बी.पी. कोइराला - क्रमश । मातृका प्रसाद कोइराला - क्रमश । गिरिजाप्रसाद कोइराला - समाप्त ।

संसारमा बिरलै पाइने एकै कोखका तीन दाजु भाई प्रधानमन्त्रीको लामो सिरियल आजबाट सकिएको छ । सन्योग नै मान्नुपर्छ गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिती बिग्रिएको समाचार पढ्ने बितिक्कै उनी सम्बन्धी सानो प्रसँग लेखेको थिए फेसबुकको स्ट्याटसमा । जुन यस प्रकार थियो

"राजेश हमाल र गिरिजाप्रसाद कोइराला उस्तै उस्तै हुन । राजेश हमालका थोरै सिनेमा हिट भए, अधिकांश फ्लप तैपनी नेपाली सिनेमामा एकछत्र राज गरिरहेका छन् त्यस्तै कोइरालाका थोरै कार्य प्रशंसनिय रहे भने धेरै जसो बिबादित । तैपनी नेपाली राजनीतिको केन्द्रबिन्दु बनिरहेका छन् । जनआन्दोलन-२मा उनले उठाएको नाराले उनी एक ध्रिढ संकल्पी र कुशल राजनीतिज्ञ भन्न सकिन्छ । नोबेल पुरस्कार पाउने उनको सम्भावनालाई मेरो शुभकामना छ ।"

नेपालमा प्राय:यही ईतिहास दोहोरिन्छ । जिबित रहुन्जेल अनेकन कुरा काटिन्छ । नानाभाँती आरोप लगाइन्छ । तर मरेपछि वहाँ यस्तो हुनुहुन्थ्यो वहाँ त्यस्तो हुनुहुन्थ्यो भनिन्छ । यही प्रब्रितीको बिरोध स्वरुप गिरिजाप्रसाद कोइराला जिबित हुँदै त्यो स्ट्याटस लेखेको थिए । तर कस्तो सन्योग । शुक्रबार बेलुका ७:१४ मा त्यो स्ट्याटस लेखे । भोलिपल्ट अर्थात शनिबार बिहान ५ बजे काममा गएर दिउसो १२ बजे फर्केर फेसबुक खोल्दा छागाबाट खसे जस्तो भयो । मेरो त्यहि स्ट्याटसमा गिरिजाप्रसाद कोइरालाको देहवसन भैसकेको कमेन्ट थियो । उनको राजनितिक जीवन बिवाद रहित त थिएनन, हुन त कसको पो हुन्छ र ? राजाको शासन बिरुद्ध आन्दोलनमा उठाएको प्रतिनिधि पुनर्स्थपनाको उनको मागले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, रोकिएको राजनितिक गतिरोधलाई निकास दिन र संबिधान सभाको चुनाव गर्न वातावरण निर्माण गरेको थियो । तीन बर्ष एकोहोरो त्यहि माग लिएर सडकमा ओर्लिएर अन्तत सफलता प्राप्त गरेरै छाड्नु चानचुन कुरा होईन । यसैबाट भन्न सकिन्छ उनी ध्रिढ सन्कल्पी नेता थिए । उनी आज 'बिगत' भैसकेका छन् । दिवङत आत्माको चिर शान्तिको कामना गर्दछु ।


उनको देहवसन भएको दिन शनिबार दिन फेसबुकमा लेखिएका केही स्ट्याटसहरु यसप्रकार छन ।

Former Prime Minister Girija Prasad Koirala, He was the political hero of Asian Continent and great leader, He was first man of our country.May his soul Rest in Peace ....

Watching da grand final of "AMUL MUZIK KA MAHA MUKABLA"

Politicians...there are lot...but leader...i see none right now...the main thing to see is who will lead the nation now...i guess the time has come for new generation leaders, buckle up...whatever wrong he might have done but he was one of the great leaders that we've lost...rest in peace Girija...meet you on the other side...

Aaja ko dina life ma moile kahile vuldina :)

wooooooooooooooo what was tht which made me so happy ...........thnx to all of my frens n seniors who companied me in training it was sucha nice time

ya rabba..dede koi jaan bhi aagar..dil bar pe hona dil par hona koi aasar:(

Heart felt CONDOLENCES to late GIRIJA PD. KOIRALA.........

I heard there is a protest tomorrow, on the sudden and UNTIMELY demise of GP koirala.....protestors are demanding that GP's death should be reconsidered!!!

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टरदैन त्यों ... R.I.P , You did a great job !!!

Love him or hate him GPK always marched with Nepali people in their quest to democracy, Adieu to the ex-leader.

श्रद्वाञ्जलि शिखरपुरुषप्रति....

GP Koirala mareko upalachhya nepali news site haru nai hang bhayechha.... new herum bhanyo kuldai khuldena .. lol

शिखर पुरुष एवं राष्ट्र नायक स्व.गिरिजा प्रसाद कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली

GP koirala-- RIP !!... now who's gonna take control?

socked by bad news... Koirala dies...! heartily condolence to everybody...

नचाहेको ईतिहासको बिर्तिमानी साक्षी बनियो..युगपुरुष गिरिजाप्रसाद कोईरालाप्रति हार्दिक श्रद्धाञ्जली

''RASTREAYA SAHAMATI" is a Last word of GP koirala.

गिरिजा प्रसाद कोइरालालाई हार्दिक श्रदान्जली ! यो मृत्यु नेपाललाई थप समस्याको भुमरीमा पुर्याउने घट्ना नभई, भै रहेका जटिलता हरुलाई कम गर्ने नयाँ बिहानीको रुपमा देख्न पाईयोस


Nepal ka driver ramra hunchhan re: D

बधाई छ गिरिजाप्रसाद कोइरालालाई, यो संसार छोडेकोमा!

i dont mind whatever other said about Girijaprasad koirala... but country will miss him in da future days... i dont say he is good, but he is a good democratic
leader.... just pray, his departed soul rest in peace in heaven.........

once he said!!!!! nepal ko ........ma bhoot bhaenra ni tarsauan auchu!!! may his soul rest in peace in heaven!!

हिजै बेलुका मात्र मनमा कस्तो कस्तो लागिरहेको थियो । त्यहि भएर गिरिजाप्रसाद कोइराला र राजेश हमाल तुलना गरेर स्ट्याटस राखेको थिए । बिहानै काम बाट फर्किदा उनको देहवसान भैसकेछ । हिजो भर्खर जिबित रहदाको कुरा फेरी दोहोर्याउन चाहन्छु, उनी एक ध्रिढ सन्कल्पी नेता थिए । उनको आत्माको चीर शान्तिको कामना गर्दछु । तीन दाजुभाई प्रधानमन्त्रीको सिरियल आजबाट सकिएको छ ।

Girija ...chilimmmmmmmmmmm....dherai khusi chhu ma ....aaja mero apartment ma lamb party .....yei message bata invitation...jo jo aauna maan chha aaye hunchha .....

I express my heartful condolence to Mr.girija prasad koirala the great leader of nepal.....may his soul rest in peace in heavn !!!!!!!

शिखर पुरुष गिरीजा प्रसाद कोईरालाको आत्माको चिर शान्तिको कामना......

!!!!!!!!!! a history end with the death of nepal former pm girija parsad koirala!!!!!!may his soul rest in peace in heaven!!!! aba nepal ki top ma pughca ki khattaqm huncha

-साक्ष्यात सुशिल