यदाकदा मेरो मन बिलौन गर्छ,
की जिन्दगी तिम्रो रेशमी कपालको शितल छहारीमा बिताउन पाउँथे
त अथाहा शान्ति मिल्थ्यो ।
पश्चाताप र बेदनाको ज्वाला तिम्रा नयनका गहिराईले निभाउन पनि सक्थ्यो ।
अफशोच यो हुन सकेन ,
यो हुन सकेन र अब यही पल छ
की तिमी छैनौ न बिछोडको दु:ख न प्राप्तीको चाहना नै छ ।
जिन्दगी यसरी बित्दैछ की लाग्छ यसलाई कसैको सहारै चाहिदैन ।
न गति न गन्तब्य न आशाको किरण ,
भड्किरहेको छ अन्धकारमा जिन्दगी मेरो ,
यही अन्धकार मै बिलाउने छु म एकदिन ।
मलाई थाहा छ मेरी प्रियशी,
तै पनि यदाकदा मेरो मन बिलौना गर्छ ।
साक्ष्यात सुशिल
(साहिर लुध्यान्भीको - 'कभी कभी' कबिताको नेपाली रुपान्तरण केही परिवर्तन सहित ।)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment