घाम डुबिसक्यो, एक हुल ठिटीहरू बोतल ठाडो घाँटी लगाउदै हिडिरहेका छन् । कम्प्युटरको
एक कुनामा टाइप
गर्दै गर्दा अर्को
कुनाको ई-बेमा
टेलिस्कोप सम्बन्धी वेब साइट
खुल्लै छ । किनौ की भनेर
सोच्दै छु ।
काकालाई सम्झिन्छु । नारायण
काका । मेरो
बाल्य अवस्थालाई सबै
भन्दा बढी प्रभाव
पार्ने मान्छे । बर्खर काठमाडौंबाट बसाईसरी गएको हेटौंडाको
सुरुवाती जीवन थियो
। उहाँ सात-आठमा पढ्नु
हुन्थ्यो, म दुईमा
। बोल्दा सानै
कुरामा पनि झर्केर
थर्काउने । लोटाको
पानी थोरै पोखिएर
काकाको खुट्टामा पर्यो
भने जोडले गर्जिने
' लगेर मलाई राप्तीमा
डुबाइदेन, आनन्दै हुन्थ्यो नी
। '
काका अत्ति
एक्टिभ हुनुहुन्थ्यो । एकदिन
उहाँले चित्र बनाएको देखे,
खासै राम्रो होईन
। त्यो देखेर
मैले पनि चित्र
बनाउन थाले ।
कागजमा मात्र होईन, छिनो
र हम्मर लिएर
भेटिएको काठको मुडोमा मान्छेको
आक्रिती खोप्थे ।
एकदिन
काकाले भन्नु भयो हाम्रो
देशको बिकास गर्न
बिज्ञानको बिकास गर्नुपर्छ ।
बैज्ञानिक आविस्कार गरेर नेपाललाई
बिकसित बनाउन सकिन्छ ।
सानो भुरो म
। के बुझम
? तर दंग थिए,
' काकालाई यस्तो कुरो कहाँबाट
आउछ ?' लहलहैमा लाग्थे ।
बाढी आएको थियो
राप्तीमा । खेतको
कुलोको एक भागमा
प्वाल पारेर बाँसको
नली घुसार्यौ ।
साइकलको टायरको डाइनामोमा चप्पल
गोलो बनाएर काटेको
चक्की जोड्यौ र
सानो बत्ति जोड्यौ
। बत्ति बलेन
। त्यसो त
माइकल फराडेले पनि
कहाँ एकै पटकमा
बिजुली निकालेको हो र
? चित्त बुझायौ ।
एकदिन
काकाले सुटुक्कघर पछाडि
बोलाएर सानो स्वरमा
भन्नु भो ' एउटा
कार्बाइट भन्ने चीज हुन्छ,
केरा पकाउने मेटरियल
। त्यसलाई प्रयोग
गरेर बम बनाउनुपर्छ
।' म
तयार । काका
पनि तयार तर
मेटिरियल किन्ने पैसा छैन्
। २५ रुपैया
। त्यो बेला
हातमा धेरै परे
दश रुपैया, त्यो
पनि दशैमा ।
मेरो घरको दराज
लुट्ने जिम्मा मेरो, काकाको दराज
लुट्ने जिम्मा काकाको । बल्ल
जुट्यो २५ रुपैया
। श्री रक्सिको
बोतलमा थोरै पानी
र कार्बाइट हालेर
बिर्को टाइट गरेर
भाग्यौ । ठीक
टाइममा अर्को काकाको छोरो
गिज्याउदै आयो ।
पानी हालेर बम
काहीबम पड्किन्छ भन्दै नजिक गएको मात्र
थियो बेजोड सँग पड्कियो । सिसाको
एक टुक्रो उसको
तिघ्रा छोएरै गयो ।
रगतको धारो बग्यो
। काका र
मेरो भागा भाग
। घर फर्किनासाथ
आमाले गालामा एक
थप्पड बजाउनु भयो
। मैले थप्पडको
कारण सोध्नु आवश्यक
ठानिन । खुरुक्क
भान्सामा बसेर रुन
थाले । खोलाको
किनारमा हिड्दा ध्यान दिएर
हिड्यो भने बहुमुल्य
हिरा मोती भेट्न
सकिन्छ भनेर आफ्नो
गाई बस्तु धपाउदै
कम्ता हिडाउनुभएन ।
म पनि हिरै
पो भेटिन्छ की
भनेर् पछि लाग्थे
तर पर पर
पुगेको काकाको गाई बस्तु
बाहेक केही भेटे
मार्दिनु ।
भर्खर्
भर्खर् गोबर ग्यासको
कार्यक्रम आएको थियो
। काकाले ग्यालेनमा
गोबर भरेर आगो
बाल्ने बिचार गर्नु भयो
। प्लास्टिकको ग्यालेनमा
भेटेजती गोबर खोजेर
भरियो र ग्यालेन
टाइट गरियो ।
१० देखि १५
दिन भित्र ग्यास
निस्किने र त्यो
ग्यासमा आगो बालेर
चिया सम्म पाक्ने
काकाको भबिष्यबाणी थियो ।
धेरै दिन राखे
ग्यालेन नै पड्किन
सक्ने भएकोले काका
सजग हुनुहुन्थ्यो । बल्ल
बल्ल बितेको १५
दिन पछि ग्यालेनको
बिर्कोमा पाइप जोड्दा
ठ्वास्स गनाउनु बाहेक केही
भएन, चिया पाकेन
। गोबरबाटै ग्यालेन
पड्किएको भए सायद
माओवादी जनयुद्धमा ’गोबर बम’को
रुप प्रशिद्धी पाउथ्यो
होला । हाम्रो
नाम आउथ्यो होला
। तर भएन
।
चिकित्सा बिज्ञानमा
आयाम थप्ने सुरमा
काकाले धेरै भ्यागुतोको
भुँडी टोपाज ब्लेडले
काटेर छोड्नु भएथ्यो
खोलामा । म
त भ्यागुतो समात्ने
जिम्मा पाएको थिए ।
काका भन्नुहुन्थ्यो डाक्टर
बन्नु अघि सबै
यसै गर्छन् ।
भ्यागुतो भुँडी निस्किएर हरिबिजोग
गरेर उफ्रिन्थे ।
म त भुरो,
के बुझम ।
डाक्टर बनिन्छ की झै
लाग्थ्यो ।
काकाले
मुलधार छोड्नु
भयो । अब
संगीत तर्फ लाग्नुपर्छ
भन्न थाल्नुभयो ।
काठमाडौं गएर डोरेमिफामा
संगीत पनि सिक्नुभयो र हेटौंडा
हार्मोनियमका साथ फर्किनुभयो
। मलाई गाउन
लगाउनुहुन्थ्यो म
कनी कनी नारायण गोपालको यो ”मुटुलाई
कसरी सम्झाई बुझाउ...”
गाउथे । काका मेरो
स्वरमा मन्त्रमुग्ध भएर हार्मोनियम बजाउनुहुन्थ्यो
। र भन्नुहुन्थ्यो
अलीकती तान्न सिक्यौ भने
तिम्रो गायन क्षेत्रमा
भबिष्य राम्रो छ ।
बडो प्रभाबित भए
आफै देखि ।
शुक्रबार कक्षामा त्यहि गीत
त्यसैगरी गाएको कसैले वास्ता
गरेनन, सुनेकी सुनेनन कुन्नि
। तर काका
माथि बिश्वासमा कमी
भएन । संगीतको
बिकाससंगै ब्यवसाय स्वरुप काकाले
फिल्मको सिडी भाडामा दिने पसल
थाप्नुभयो । काकाको
ब्यस्तताले संगत छुट्यो
। केही समयपछी
भेट्दा थाहा भयो
मान्छेहरू सिडी लग्दा
रहेछन तर फिर्ता
ल्याउदा रहेनछन । बिस्तारै
सिडी पसल खालि
भयो । ब्यवसाय टाट पल्टिएछ
। संगीतको माध्यमबाट
देशको बिकास गर्ने
योजना तुहियो ।
काका साहित्यमा लागेर केही गर्नुपर्ने बिचार राख्नु थाल्नुभयो ।
जीवनमा एउटा किताब
लेखेर मात्र मर्नु
पर्छ भन्दै नेपाली कापीको
अन्तिम पन्नामा बिरक्त मानिस
हिडिरहेको बिषयमा एकपाना लेखेर
देखाउनुभयो । म
त भुरो के
बुझम ? जीवनमा
एउटा किताब लेख्नै
पर्ने रहेछ भनेर
मैले पनि एउटा
नयाँ कापीको पहिलो
पन्नामा केही लेखेको
थिए । शिर्षक
'रगत' थियो ।
चार कक्षामा पढ्दा
के लेख्न सक्थे
र ? स्वाभाबिक हो,
अधिकांस हिन्दी फिल्मसँग मिल्दो
जुल्दो थियो कथा
।
चार कक्षापछी काठमाडौं नै
बसाई सर्यौ ।
काकाको संगत छुटे
पनि काकाले जगाइदिनुभएको
भोक साम्य भएन
। ५ कक्षा
देखि नै राम्रो
कबिता लेख्न सक्ने
बनेछु । प्रथम
पुरस्कार पनि पाए
। ६-७ मा पढ्दा
चित्रकला प्रतियोगिताको जिल्ला स्तरिय प्रतियोगितामा
प्रथम/ दितिय बनिसकेको थिए
। झन बिज्ञानको
भोक त कहाँ
मेटिन्थ्यो र ? आफैले
बारुद बनाएर तिहारमा
पटका पड्काउन सक्ने
भैसकेको थिए कक्षा
८-९ तिर
। टेबल टेनिसको
बल प्रयोग गरेर
रकेट झै काम
गर्ने एउटा
सानो गाडी बनाए
तर मैतिदेबीमा गरिएको
त्यो परिक्षण असफल
भयो । गाडी
थोप्पो अगाडी बढेन ।
कक्षामा सरले आवर्तनिय (refractive)
टेलिस्कोपको बारेमा पढाउनुहुन्थ्यो,म परावर्तनिय (reflective)
टेलिस्कोप आफैले बनाएर स्कुल
लान्थे । त्यो
टेलिस्कोप कति शक्तिशाली
थियो, त्यो त
थाहा भएन तर
आफैले बनाएको भएर
होला गर्व लाग्दो
रहेछ । प्रदर्शनी
मार्गबाट सिहदरबार अगाडीको होर्डिङ
बोर्डमा लेखेको सबै अक्षर
पढ्न सकिन्थ्यो ।
खालि आँखाले हेर्दा
धर्को मात्र देखिन्थ्यो
। माओवादीलाई
आतंककारी घोषणागरेपछी स्कुलको सरको निर्देशन
अनुसार बिज्ञानका सबै सामान टुकुचा फ्याक्न
वाध्य भए ।
काकाले भने झै
खोलामा बहुमुल्य हिरा मोती
त कहिले भेटिन
तर खोलाले बगाएर
ल्याएको हाँगाबिङा र जराहरूलाई
पेन्टिङ गरेर कलात्मक
बस्तु बनाउन सके
। पछी त्यहि
जरा कलेज पढ्दा
बिद्या देबी भण्डारीलाई
उपहार स्वरुप दिएँ
पनि । एक
ब्रिटिश शिक्षक ४२५ पाउन्ड
पर्ने, खोलाले बगाएर ल्याएको
जराबाट बनेको कुर्सीको फोटो
हालेका छन फेसबुकमा । काम नलाग्ने
जराबाट त्यस्तो सम्म बन्दो
रहेछ ।
काकालाई नभेटेको पनि करिब ९-१० बर्ष भईसकेछ । अझै पनि सोच्दै छु
७ कक्षा पढ्दा देखि काका कसरी त्यति ट्यालेन्टेड हुनुभयो ? म त भुरो थिए लहलहैमा लाग्थे
तर काकालाई धेरै कुरा थाहा रहेछ सानै देखि । मैले बनाएको टेलिस्कोप पनि हराइसक्यो ।
सोच्दै छु यहि ई-बे बाट एउटा टेलिस्कोप किन्नुपर्ला । आफैले बनाए जस्तो माया लाग्दो
त छैन तर धेरै पावरफुल छ ।
No comments:
Post a Comment