मुना र मदन सानै
देखि एकै कक्षामा
पढ्दै हुर्किए ।
संगै स्कुल जान्थे
। संगै खेल्थे
। संगै पढ्थे
। नौ कक्षामा
टेकेलगतै मुना र मदनमा जवानीका
परिवर्तन देखा पर्न
थाले । मदन
भित्र भित्रै मुनालाई
मन पराउन थाल्यो
। स्कुल जाने
क्रममा एकदिन प्रेम प्रस्ताव
पनि राख्यो तर
मुनाले साथी बाहेक
अरु सोच्न नसक्ने
भन्दै अस्विकार गरिन
।
त्यसपछी मदन
मुनाको साथ पाउन
तड्पिन थाल्यो । मुना
भने मदनबाट टाढा
भाग्न थालिन ।
दुबै एसएलसी सके
। मदन अझै
मुनालाई बिर्सिन सकेँन ।
प्लस टु समेत
मुना पढ्ने कलेजमा
भर्ना गर्यो
तर मुनाले बाल
दिईनन । प्लस
टु समेत मुनाको
पछि लागेर सक्यो
मदनले । अन्तमा
हार खायो र
मुनाबाट टाढा जाने
निर्णय गर्यो
। बाँकी अध्ययन
पूरा गर्न अमेरिका
जान कस्सियो ।
तीन
पटक लगातार असफल
भएपछि बल्ल अमेरिका
जाने भिसा पायो
। मदनले अमेरिका
जाने भिसा पाएको
कुरा साथिहरू मार्फत
मुनाको कानमा पर्यो
। उनको मनमा
प्रेमको अँकुरण भयो ।
कता कता मदनलाई
भित्रै देखि माया
गर्न थालेको भान
भयो । तर
मदन अमेरिका जादै
थियो । उनलाई
आफ्नो प्रिय ब्यक्ति
सदाको लागि टाढा
जान लागेको महसुस
भयो । उनमा
छट्पटी बढ्दै गयो ।
सपनामा समेत मदन
प्लेन चढेको देख्न
थालिन । अमेरिकाको
चिल्लो सडकमा गाडी कुदाउदै
गरेको देख्न थालिन
।
त्यसपछी उनले
आफूलाई सम्हाल्न सकिनन र
मदनलाई भेट्न गइन ।
गह भरी आसुँ
लिएर मदनको हात
समात्दै प्रेमको भिख मागिन
। आफू पनि
बच्चै देखि मदनलाई
मन पराएको तर
भन्न नसकेको भनेर
सम्झाउन खोजिन तर मदन
मानेन । मुनाको
हात आफ्नो हातबाट
हटाउदै भन्यो " तिमी नेपालमा
हुने छौ, म
अमेरिकामा । यस्तो
अवस्थामा प्रेम रहन सक्दैन
। तिमी आफ्नो
जीवनसाथी यहि कतै
खोज " यदि भन्दै
मदन हिड्यो ।
मुना रोइरहिन ।
टाढा सम्म मदन
हिडिरहेको हेरेर आसु झारिरहिन
।
अमेरिका पुगेपछि मदनको नयाँ
दिनहरू सुरु भयो
। बिहान उठेदेखी
कामको खोजीमा पेट्रोल
पम्प र स्टोरहरू
धाउन थाल्यो ।
दुई महिनाको अबिरल
खोजपछि भारतिय मुलको महिलाको पेट्रोल पम्पमा काम पायो
। केही समय
काम र पढाईलाई
सँग संगै लग्यो
तर कलेज फी
तिर्ने बेला काम
गरेर कमाएको सबै
पैसा बुझाउदा मन
कुटुक्क काटियो । त्यसपछी
उसले पढाई छोडेर
काम मात्र गर्न
थाल्यो । बल्ल
भने राम्रो पैसा
जोगाउन थाल्यो ।
उता
नेपालमा मुना मदनको
प्रेममा छट्पट्टिएर बेहाल भएकी
थिईन । त्यहि
भएर उनले पनि
अमेरिका गरेर मदनलाई
भेट्ने मनमनै अठोट गरिन
र डिभी भरिन
। सच्चा मनले
चाहेको कुरा भगवानले
समेत जुराउछन ।
उनलाई डिभी पर्यो खुशिको
सिमाना रहेन ।
डिभी परेको यति
खुशि भईन की
मदनलाई भुल्न पुगिन ।
यसै अमेरिका जाने
उसै अमेरिका जाने
भनेर मदनलाई खबर
गर्नु आवश्यक ठानिनन
। दोस्रो पत्र
आए लगतै उनी
अमेरिका उडिन ।
सुरुका दिनमा धेरै गाह्रो
भयो अमेरिकामा ।
काम पाइएन ।
बल्ल बल्ल पाएको
काम पनि तीन
घण्टा गाडी चलाएर
जानुपर्ने ठाउँमा । जसो
तसो गरि मदन
बसेकै राज्यमा एउटा
पसलमा सामान मिलाउने
काम पाईन ।
यो कुरा मदनले
साथी मार्फत थाहा
पायो । त्यसपछी
मदनमा आफ्नो प्रेम
फर्किएको अनुभव भयो ।
भित्रै देखि फेरि
मुनालाई चाहन थाल्यो
। एकदिन बल्ल
बल्ल ठेगाना पत्ता
लगाएर मुना भएको
स्थानमा पुग्यो ।
मुनालाई
देख्नासाथ न्यानो अँगालो मार्यो
र भन्यो " मुना
म तिमीलाई अझै
सम्म बिर्सिन सकेको
छैन । आइ
स्टिल लभ यू
" मुनाले अँगालोबाट फुत्किदै भनिन
" तर बागमतीमा पानी धेरै
बगिसक्यो । अब
म तिमिलाई माया
गर्न सक्दिन ।
तिमी आफ्नै खालको
जीवन साथि खोज
" मदन छाङाबाट खसे जस्तै
भयो । आज
भोलि गर्दै बिस्तारै
उसको अमेरिकाको भिसा
सकिने मिती नजिकिदै
थियो । त्यसपछी
उसलाई नेपाल फर्किनुपर्छ
भन्ने डरले पोलिरहेको
थियो । त्यसकारण
मदन झन् झन्
मुनालाई माया गर्न
थाल्यो ।
उनलाई पाउन अमेरिकामा
पनि तड्पिन थाल्यो
। बिस्तारै भिसा
सकिने मिती नजिक
आयो । मदनसँग
दुई वटा बिकल्प
रह्यो की शरणार्थी
बनेर बस्ने की
अमेरिकी नागरिकता भएको युवती
सँग बिहे गरेर
बस्ने । धेरै
दिन सम्म बिहे
गर्न मिल्ने युवती
खोज्दै बाटोमा हिंड्न थाल्यो
तर फेला पार्न
सकेन । एकदिन
काम गर्दै गर्दा
आफ्नो पसलको साहुनी
देख्छ । पूर्वपती
सँग पारपाचुके गरेर
आफ्नै पेट्रोल पम्प
चलाएकी, आफू भन्दा
दोब्बर उमेरको भए पनि
अनुहारमा चमक हराएको
थिएन । मदन
मन मनै साहुनीसँग
बिहे गर्ने सपना
देख्छ । कहीले
गिफ्ट किनिदिने त
कहीले घुमाउन लग्ने
गर्न थाल्छ ।
एकदिन साहुनीलाई आफ्नो
चोखो मनको प्रस्ताव
राख्छ । साहुनी
पनि एक्लो जीवनबाट
मुक्त हुन प्रस्ताव
स्विकार्छिन । हेर्दा
हेर्दै मदनको भिसाको समस्या
मात्र होईन रोजी
रोटी समस्या समेत
समाधान हुन्छ । साहुनीको
नाममा भएको दुई
वटा पम्पको मालिक
बनेर इज्जतसाथ जिन्दगी
बिताउन थाल्छ ।
तर
उता मुनाको हालत
खराब हुन्छ ।
अर्थतन्त्र धराशायी भएको भन्दै
कामबाट निकालिन्छिन । भिसा
छ तर काम
छैन् भनेर उनको
मन धेरै रुन्छ
। चारैतर्फ काम
खोज्न भौतारिन्छिन ।
एकदिन काम खोज्ने
क्रममा एउटा पेट्रोल
पम्प पुग्छिन ।
त्यहाको काम गर्नेले
साहु बस्ने स्थान
देखाइदिन्छन । जब
त्यहा पुग्छिन मुना
फेरि छाङ्गाबाट खसे
जस्तै हुन्छिन ।
साहु त मदन
हुन्छ । त्यत्रो
ठुलो पेट्रोल पम्पको
साहु मदनलाई देख्दा
मुनाको मनमा फेरि
पुरानो प्रेम सल्बलाउन थाल्छ
। अन्तर्वार्ता दिन
गएकी मुना प्रेमबार्ता
गर्न चाहन्थिन तर
मदनले बिष्णुमतीमा धेरै
पानी बगिसकेको भनेर
उनको प्रेम प्रस्ताव
फेरि ठुक्राउछ ।
र आफ्नो जीवनमा
कहिले फर्केर नआउन
चेतावनी दिन्छ । त्यसपछी
मुना मदनलाई सम्झेर
रुदै रुदै आफ्नो
बाटो लाग्छिन ।
मदन र भारतिय
महिलाको पेट्रोल पम्प विश्वब्यापी
आर्थिक संकट आएपछि
टाट पल्टिन्छ ।
दुबै जना
ऋणमा चुर्लुममा डुब्छन
। ऋण तिर्न
नसकेर भारतिय महिलाले
आत्महत्या गर्छिन । पत्नी
बियोग, ऋणको समस्या
र मुनाको सम्झनाले
गर्दा मदनको मानसिक
सन्तुलन हराउने स्थितिमा हुन्छ
। फलस्वरुप मदन
दिन दिनै रक्सी
पिउन थाल्छ ।
उता मुनालाई एक
डलरमा किनेको लोट्टोमा
अचानक १०० मिलियन
डलर पर्छ ।
यो खबर पाए
लगतै हतारिएर बुझ्न
पसल तीर गाडी
चलाएर जान्छिन ।
आफ्नो जिन्दगीको सबै
दु:खका दिन
जाने भएर भनेर
अत्ती खुशि भएर
दुई हात छोडेर
गाडी चलाउदै गर्दा
मदन रक्सीले फिट्टान
भएर सडकको
बीच आइपुग्छ ।
मदनलाई बचाउन खोज्दा मुनाको
गाडी भित्तामा ठोक्किन्छ
। मदन हत्तपत्त
मुनाको गाडी भित्र
हेर्छ । रगताम्मे
मुना अन्तिम श्वास
फेर्दै हुन्छिन । मदनले
मुनाको आँखामा हेर्छ र
हात समातेर संगै
स्कुल गएको दिन
सम्झिन्छ । पाखुरा
हेर्छ संगै छोइडुम
खेलेको सम्झिन्छ । कम्मरमा
हेर्छ संगै इन्टुमिन्टु
खेलेको सम्झिन्छ । र हातमा हेर्छ लोट्टो
देख्छ । र सोच्छ पक्कै पनि
यो पल्टको १००
मिलियनवाला लोट्टो हुनुपर्छ भन्दै
खोसेर लिन्छ ।
लोट्टो खोसिएपछी मुनाको प्राण
फ्यास्स जान्छ । कसैले
देख्ला भनेर लोट्टोको
कागज लिएर डौडिन्छ
। लोट्टो पाएपछी
हाई वे हो
भन्ने पनि बिर्सिन्छ
। पछाडीबाट एउटा
गाडीले बजाइदिन्छ । उसको
पनि तत्काल मृत्यु हुन्छ
।
1 comment:
Yo chai jhyau lagyo daaju. Ali hawa type ko.
Post a Comment