Friday, 26 November 2010

मध्य रातको कबिता

बर्षातको ऋतुसँग तिम्रो नयनका तुलना नभईदिएको भए,
आम्मा कसम म गुलाफको फुलको गाथामा तिम्रो मुस्कुराहट समेट्थे ।
एकोहोरो कठ्याङ्रिदो शिशिरमा पुङ्केशर उमार्थे,
तिम्रै बक्षस्थलमा पत्रदल सपार्थेँ ।
बाँकी के थियो र स्त्रिकेशर ?
उनलाई कोपिलामा समाहित हुन हकार्थें ।
म कुनै ऋतु थिइन,फन्फनी घुमिरहने ।
मान्थ्यौ त सकार्थें,नत्र जिन्दगी के छ र ?
बसन्त मै झर्ने गरी झपार्थे,
तिम्रो आँशुको मुल्य यहाँ कसले बुझ्छन र ?
आफ्नै मौलिक परिभाषामा जीवन बदल्थेन ,
मध्य रातमा उठेर कबिता किन लेख्थें ?

Thursday, 11 November 2010

नेपालको जिबन्त नक्सा

नेपाल पर्यटन बर्ष २०११ को प्रचारार्थ निर्माण गरिएको
फिनल्यान्डको राजधानी हेल्सिन्की स्थित आर्काडा विश्वविद्यालयमा आयोजित इन्टरन्यासनल डे को अवसरमा यस नेपालको नक्साको निर्माण गरिएको थियो । सामान्य माटोबाट बनेको यस नेपालको नक्सामा माटो बाटै बनेको बाघ, घरका नमुना, सडक, नदिनाला र हिमालका नमुनाहरु छन् । नेपाल नाम नै नसुनेका कतिपय फिन्निश विद्यार्थीको नीम्ति यस किसिमको नेपालको नमुना निकै रोचक बनेको थियो । जम्मा ४ दिनमा करिब १० घन्टाको मेहनत बाट निर्माण पूरा भएको थियो । सहयोगीको रुपमा मित्र हरु क्रिष्ण के सी र रिद्धी मल्लप्रती आभारी छु ।

ह्याम्क विश्वविद्यालयमा निर्माण गरिएको
दोश्रो पटक नेपालको नक्सा ह्याम्क विश्वविद्यालयमा बनाएको थिए । जसलाई त्यहाको स्थानिय पत्रिकाले महत्वका साथ प्रकाशन गरेको थियो । नेपालमा मदन भण्डारी मेमोरियल कलेजमा पहिलो पटक पुरानो नेपाल र नयाँ नेपालको तुलनात्मक नक्सा बनाएको थिए । तत्कालिन द्वन्द ग्रस्त नेपाललाई नयाँ नेपाल र पुरानो नेपाललाई द्वन्द पूर्वको अवस्थालाई चित्रित गरिएको थियो । जसको उद्घघाटन के पी ओलीद्वारा गरिएको थियो । सो कलाद्वारा प्रभावित भएर कलेज ब्यवस्थापन अध्यक्ष चिरन्जिबी शर्माले रु. २६०० राशीको पुरस्कारको घोषणा गर्नु भएको थियो ।

द्वन्द ग्रस्त नेपाल
सदा झै यस पटक पनि नेपालको नक्सा एक हप्ता प्रदर्शनीमा राखिएको छ । नेपाल पर्यटन बर्ष २०११ को प्रचारार्थ निर्मित यस कला केही हदसम्म सफल भएकोमा सन्तुष्ट छु ।