ऊ त्यस्तै छ । उसलाई आधुनिक कपडाको ज्ञान नभएको भने होइन तर पनि ऊ प्राय साधारण कपडामा हुन्छ । बोल्दा हरेको कुराको मजाक उडाउनु, तर्क गर्दा मुटु भित्र सियो छिराए झै गरी रोप्नु र बिपक्षीलाई टिक्न नदिनु उसको बिशेषता मान्नुपर्छ ।
उसको तर्कमा त्यो जादु हुन्छ । तर्कका प्रत्येक् शब्द शब्द सिधै मुटु भित्र छिर्छ तर मुटुको अर्को पट्टीबाट तत्काल निस्किदैन, सियोको मोटो भाग मुटु मै अड्काइराख्छ । त्यो सियोलाई मुक्त गराउन अर्को पटक भेट्नुपर्ने हुन्छ । फेरी अर्को पटकको भेटमा अर्को सियो छिराएर पठाउछ । यसरी नै ऊसँग भेट्ने क्रम चलिरहन्छ ।
ऊ कस्तो छ चिन्नु अघी कुरै कुरामा मार्क्सबादको बिषय निस्कियो । म मार्क्सबादी विद्वान नभए पनि बुझे सम्मको समाज बिकास चरण सुनाए तर ऊ म माथि तर्क लिएर खनियो । उसका तर्क आँफैमा तर्क नभए पनि उसको प्रस्तुती बेजोड थियो । रोनाल्ड रेगनले यसो भने, चाल्स डार्बिनको भनाइ यो छ । उसका तर्कमा आफु बाहेक अरुलाई पनि साक्षी बनाए, म एक्लै थिए ।
त्यसपछी मैले उसलाई चिनेको भान हुन थाल्यो र बिबाद गर्दा सके सम्म कमजोर बिषयमा हात हाल्न छाडे । एक दिन फेरी उसँग भेट भयो । उसलाई रुघा खोकी लागेको रहेछ । तर पनि उसले रुघा खोकीबाट बच्ने उपायहरु प्रशस्त सिकायो त्यो दिन । र निधानका उपायहरु पनि बतायो ।
कुरा गर्दा गर्दै प्रसँग निस्कियो स्वतन्त्रता सम्बन्धी । स्वतन्त्रता एउटा बलियो बिषय हो भनेर म आँफैलाई सरक्क त्यस तर्फ ढल्काए तर उसको बाणी पनि कमजोर थिएन । ऊ भन्दै थियो " संसारमा स्वतन्त्र भन्ने शब्द नै छैन । अङ्रेजी शब्द इन्डिपेन्डेण्ट पनि डिपेन्डेण्टमा इन लागेर बनेको हो । जाबो एउटा शब्द आँफैमा स्वतन्त्र छैन भने अर्थ कसरी स्वतन्त्र हुन्छ ? बिउको स्वतन्त्रता माटोमा भरपर्छ उब्जाउने कि नउब्जाउने भनेर । सुर्य पनि स्वतन्त्र छैन मिल्की वे ग्यालेक्सीको भरमा अढिएको छ । तिमीले के चिज स्वतन्त्र देख्छौ ?"
म स्तब्ध भए । ऊसँग बिबाद गर्ने बिषय र शक्ति ममा रहेन । अनी फेरी मैले बुझे ऊ सहि अथवा गलत दुबै बिषयमा राम्रो बिबाद गर्न सक्दो रहेछ । अब ऊसँग सके सम्म बिबादमा नफसेकै जाती हुन्छ ।
मोबाइलमा कम ब्यालेन्स भएको बेला एक दिन मैले कुनै आवश्यक काम परेर उसैलाई फोन गरे । कुरा कै सन्दर्भमा मैले उसैको कुनै तर्कलाई समर्थन गर्न " अ म्यान क्यान बि डेस्त्रोएड बट क्यान नट बि डिफिटेड " भने । सोचेको थिए यो एक त उसैको कुराको समर्थनमा गरेको हुँ दुई यही वाक्यको कारण अर्नेष्ट हेमिङ्वेले नोबेल पाएका थिए । उनले यसको बिरोध गर्दैनन भन्ने सोचेको थिए तर अफसोच उनले ठोकी हाले " यदी तिमीले कुनै गल्ती बोल्यौ अनी १०० जना मान्छेले उभियाएर स्पष्टिकरण लिए भने तिमी गल्ती स्विकार्छौ कि स्विकार्दैनौ ?" वास्तवमा मैले त्यो वाक्य " मानिसको सोचाइको बारेमा " भनेको थिए, तर उसले गलत बुझ्यो अथवा बुझ्न चाहेन । म चुप लाग्नु पर्यो किन भने मेरो मोबाईलमा पैसा थिएन, सके सम्मा बिबाद टुङ्याउनु थियो । अनी मैले अर्नेष्ट हेमिङ्वेलाई गल्ती बनाए, सारा संसारलाई गल्ती बनाए तर उसलाई सहि बनाएर कुरा टुङ्याए ।
मैले फेरी बुझे ऊ आफ्नै समर्थनमा आएको कुरालाई समेत बिबाद गर्दो रहेछ भनेर । त्यसपछी म सजग भए ऊसँग बोल्न । मैले फोर्मुला नै बनाए ऊसँग के बोल्ने के नबोल्ने भनेर । एक कमजोर बिषयमा नबोल्ने, दुई बलियो नै बिषय नै भए पनि उसले के बिषयमा बोल्दै छ त्यो ध्यान दिने , तीन उसको समर्थन गर्दा पनि ध्यान दिने ।
यसरी फर्मुला बनाएपछी म बिबादमा पराजित हुनु पर्दैन भन्ने कुरामा ढुक्क थिए । अनी एक दिन बिद्यार्थी विद्यार्थी मिलेर महिनाको एक युरो राखेर एउटा कोषको निर्माण गर्ने र त्यस कोषको पैसा समाज सेवामा लगाउने भनेर केही साथीहरु बीच छलफल भयो । मैले उसलाई पनि खबर गर्नु आवश्यक ठाने र एकदिन आफ्नै प्रयासमा उसलाई भेटे । त्यो दिन म आफ्नो फोर्मुलामा आधारित भएर कुरा गर्दै थिए । त्यस माथि समाज सेवाको कुरामा पक्कै उसको मद्घत हुन्छ भन्ने आशा थियो । भेट्ना साथ आपसी गफगाफको कुरा भए ।
" आज सम्म कती केटीलाई बर्बाद गरियो त ?" उसले मलाई तल देखी माथि सम्म नियाल्दै सोध्यो ।
" छैन यार एउटै पनि " झुठो बोलेर दुई चार जना भनौ भने उसको शब्दको बाणीबाट म बच्न सक्दिन भनेर यथार्थ कुरा गरिदिए ।
" जान्नु पर्यो नि मित्र । मलाई हेर उह त्यो बैंकको केटीलाई एउटै मात्र शब्द बोलेको भरमा पट्याइदिए । त्यस्तो हुनुपर्छ के "
म आफ्नो बिषय तिर केन्द्रित थिए तर उसले मौकै दिएको थिएन । जिम गरेर केही दिन देखी मेरो जिउ तन्किएको थियो । छाती साबिकको भन्दा बलिष्ठ देखिन्थ्यो । उसले मेरो पाखुरा र छाती नियाल्दै भन्यो ।
" आफुलाई चाहिने जती मात्र श्वास लिउ के , फोक्सोमा असर पर्छ । " वास्तवमा यो वाक्य उसको प्रशसा रहेछ, मेरो बडीको
" हैन यस्तै हो " कुरा टुङ्याउन जवाफ दिए ।
उसको कुनै एक बिषयमा जर्ज डब्लु बुश् भन्दा बढी अंक आएको कुरा सुनायो । हुन त मेरो पनि बायोलोजीमा अल्बर्ट आइन्स्टाइन भन्दा बढी आउथ्यो तर मैले सम्भाब्य बिबादलाई मध्य नजर गरेर त्यो कुरा भनिन । अनी ऊ एकछिन चुप लागेको मौका पाउना साथ आफ्नो कुरा सुनाए ।
" हामी प्रत्येक महिना एक युरो दरले जम्मा गर्ने गरी एउटा कोष बनाउ । अनी त्यो पैसाबाट समाज सेवामा लगानी गर्न नि हुन्छ । अनी विद्यार्थीमा राष्ट्रियताको भावना पनि बिकास हुन्छ । "
मैले सोचेको भन्दा बिपरित कुरा भयो । यो कुरामा पनि ऊ म माथि खनियो ।
" स्ट्रगल फोर द एग्जिस्टेन्स भनेको थाहा छैन, कसको सेवा गर्ने ? यसरी अरुले सहयोग गरिदेला भनेर बाच्नेले के गर्न सक्छन ? त्यही भएर मलाई यो सोसिअलाइजिङ मन पर्दैन । एउटाले मद्घत गर्ला भनेर अर्को बस्ने ? सक्छ त आँफै गर, नत्र त्यस्ताको यो संसारमा कुनै काम छैन । "
म फेरी स्तब्ध भए । मेरो फर्मुलाले पनि काम गरेन । यो त राम्रै बिषय थियो, यसले उसैको मद्घत पनि गर्थ्यो तर पनि फेरी बिबाद भयो र म चुपो लागे । अनी उसको कुरा बुझेर बिदा मागे ।
मैले उसलाई बुझ्न सकिन । ऊ अझ पनि त्यस्तै छ ।
(यस लेख मानिसको जटिलता देखाउन रचिएको हो । कुनै एउटा ब्यक्ती मात्र सम्बन्धित छैन ।)
Friday, 24 July 2009
Friday, 17 July 2009
खुशी हिजो र आज
कर्कस लाग्दो घडीको अर्लामले बिहानीको ५ बजेको संकेत गर्छ । सानो कोठाको एकाछेउमा थन्किएको खाटबाट मन नलागी नलागी उठ्छु । पर्दाले नछोपिएको झ्यालको केही भागबाट बाहिर नियाल्छु । फिन्ल्यान्डको एकल काठे कुनै स्थान, अटम्न सिजन, ओसिलो मौसम घाम देख्न नपाएको आज बाह्रौ दिन । अन्धकार बिहानीसँगै बिरक्त लाग्दो जिबनी सुरु गर्छु ।
" तपाईंको घर चै मिलेको छ, बिहान उठ्ने बितिक्कै कोठैमा घाम पुग्दो रहेछ । " एका बिहानै जेठा दाई घर मै गफ पिट्न आइपुगे । जेठा दाई , बाबाको भट्टीको बेस्ट फ्रेन्ड । आमाले चिया दिदै ब्यङ्य गर्नुभयो " घर त सुर्यको लागि मात्र होइन भट्टीको लागि पनि मिलेको छ, नजिकै छ नि " बाबा कुरा छल्न मलाई बिउझाउनु भयो । " छोरा उठ, यसो नाक कान धो । चिया खा ल उठ । " बिउझेर म बिस्तारमा थुचुक्क बसे । झ्याल बाहिरबाट सुर्यको तेज प्रकाशले आँखा खोल्न सकेको थिईन । अग्ला अग्ला दुई डाँडाको बीचबाट सुर्य निस्किदा कती मनोरम देखेको थियो ।
"नाक कान " धुन लोटामा पानी लिएर गए । सानो ऐनामा अनुहार हेर्दा कती राम्रो लाग्थ्यो आफ्नो अनुहार । हेरीरहन मन लाग्थ्यो । अनुहार हेरेरै दिनभरीको लागि उर्जा प्राप्त हुन्थ्यो । अहिले त्यही नाक-कान धुन बाथरुम जान्छु । ठुलो ऐना अगाडि जब आफ्नो अनुहार तेर्सिन्छ । सबै पाएर पनि खाली खाली भएको अनुहार देख्छु । सबै आवश्यकता पुरा भएर पनि असन्तुष्ट ति आँखाहरु, हास्न धेरै अगाडि बिर्सेंका ति ओठहरु, र भाबीले भाव बिहिन बन्न लेखेकी त्यो अभागी निधार देख्छु । अनी फेरी त्यही बाल्यकालका दिनहरु सम्झन्छु ।
" आमा मेरो आँखा राम्रो छ रे है , शोभा दिदीले भनेको " सोभा दिदी ले - तिम्रो आँखा कती राम्रो छ, मलाई देउ न भन्दा म खुशीले गद गद भएको थिए । अनायसै यस्तो खुशी लागेको थियो कि त्यो दिनको लागि अब अरु खुशी चाहिन्न । " अँ तेरो परेला बाक्लो र घुम्रिएको छ त्यही भएर भनेको " आमाको जवाफले प्रमाणित गरिदियो मेरो आँखा साचै राम्रो रहेछ । खुशीको सिमाना थिएन ।
त्यही खुशीको आशामा त्यही घुम्रिएका परेला आज फेरी नियाल्छु । तर नितान्त शुन्य र भाव बिहिन देखिन्छन ति आँखाहरु ।
भात नपाकेको दिन पूर्ण साउजीकोबाट किनेको डोनट आमाले बनाएको चियामा चोपेर खादा श्वास फेर्ने फुर्सद हुन्नथ्यो । जती खाए पनि नपुग्ने त्यो हन्तकाली पेट पुटुस्स नभरे सम्म खाइन्थ्यो । भलै पछी सम्म बासी डोनटको गन्ध आइरहोस्, मनमा भोक रहिरहन्थ्यो । त्यही भोकको प्रतिक्षा गर्दै प्लेटमा दुई वटा ब्रेड र जाम आपसमा जुधाएर राख्छु । गिलासमा चिसो दुधले "मलाई खा" भनेर हेरिरहेको हुन्छ । म भोकको प्रतिक्षा गर्दै गर्दै चपाउन थालछु, घाटीबाट छिर्दैन अनी दुधले सलक्क बगाउछु । र निस्किन्छु एक्लै युनिभर्सिटीको निम्ती ।
ट्रेनको लिकको छेउ छेउबाट स्टेसन सम्म जानुछ । लिक, जती हिंडे पनि सकिदैन । लिकमा ओछ्याएको काठ एकपछी अर्को सर्दै म तिर आउछन र जान्छन । त्यस्ता कैयौ काठ आए गए । लिकका काठै काठ पच्छ्याएर स्टेसन पुग्छु, रेल आउछ । एक हुल यात्री छिर्छन, सबैको यात्रा निश्चित होला तर मेरो आँफैलाई थाहा छैन म किन यात्रा गर्दै छु ?
सुनसान रेलको एक डिब्बाको कुनाको सिट मलाई पर्खिरहेको हुन्छ । चिसो र ओसिलो अन्धकार बिहानी छिचोल्दै, झ्याल तिर फर्किएर बस्छु । रेल हिड्छ तर कुनै आवाज छैन । शान्त छ ,सुन्य छ । झ्याल बाहिरका बस्तुहरु गतिवान रहेछन बरु, म गतिहिन । म जहाँको त्यही छु, न कुनै भावना न गुन्जन । झ्यालको सिसामा सिम सिमे पानीका छिटाहरुले रेखा बनाउदै बग्छन । ति पनि पानी कै छिटाहरु थिए जब हामी रोपाइ गर्न निस्किन्थ्यौ । रोपाहारहरु मलको भारी लिएर हिलाम्मे खेतको आली आली हिड्थे, म फुच्चे, आमाको फरियाको फेद समातेर पछी लाग्थे । रोपाइ गर्दा गर्दै दर्केको साउने पानीको थोपा कत्रो कत्रो । कती मज्जा आउथ्यो जब हिलाम्मे खेतमा पानी दर्किन्थ्यो । आज पनि त्यही पानी पर्दै छ तर किन किन भित्रैबाट वाक्क लाग्छ ।
रेल रोकिन्छ । कती खेर आइपुगे पत्तो पाउदिन । गुमेको होश सम्हाल्दै बसको प्रतिक्षामा लाग्छु । मनिसै मनिसको भिडमा म एक्लै प्रतिक्षा गर्दै हुन्छु । चिल्लो कालो सडकमा तेर्सिएको आँखा भित्र त्यही प्यारो देशमा बिताएको बाल्यकालको कच्ची सडकका मनोरम यादहरु खेल्दै हुन्छन । स्कुल जान बाटोमा हिड्डै गर्दा एक दिन ट्याक्टर बाजेको ट्याक्टर आएको थियो । १५ मिनेटको बाटो हिंड्नको गाह्रोले त्यो ट्याक्टरमा चढ्न दौडेको, बल्ल बल्ल हिड्डै गरेको ट्याक्टर चढ्दा युद्ध नै जितेको जस्तो अनुभव गरेको । र स्कुल सकिदा सम्म पनि साथीहरु माझ त्यही ट्याक्टरको गाथा सुनाएको अनी भोली पनि त्यही ट्याक्टर आउने आशा गरेको । कती रमाइला थिए ति दिनहरु । आज ठीक टाइम मै आइपुग्ने बसको पनि मलाई कुनै आशा छैन । म किन चढ्दै छु, आखिर चढे पनि नचढे पनि मृत्युको दिन ढिला हुने त होइन होला ?
जब टाढैबाट अर्धनग्न युवतीको लस्कार देखिन्छ , त्यो मेरो युनिभर्सिटी हो । सबै जना आफ्नै संसारमा मस्त हुन्छन । कोही हतारमा दौडिरहेका हुन्छन, कोही फुर्सदमा खाइरहेका हुन्छन । कक्षामा सवा दर्जन विद्यार्थी छुट्टा छुट्टै कुर्सीमा बसेका हुन्छन । म कुनै एक कुर्सी तानेर अलग्गै बस्छु । हातमा कलम र आँखामा प्रोजेक्टर भए पनि दिमागमा त्यही दिन हुन्छ, जुन दिन कक्षामा बेन्च नपुगेर सात जन एउटा बेन्चमा बसेका थियौ । भलै बेला बेलामा ठुस्स ठुस्स मानव बायु चल्थ्यो तर पनि समिपमा कोही छन भन्ने भान हुन्थ्यो । एक अर्कालाई तैले तैले भनेर आरोप लगाउनु र फेरी एक छिनमा नाक छोप्नुको मज्जा अर्कै आउथ्यो ।
बिरक्त लाग्दो लामो लेक्चर पछी फर्किन्छु, त्यही एक्लो उदास र चिसो कोठामा । अनी फेरी दोहोरिन्छ त्यही बिरक्त लाग्दा एकोहोरो दिनहरु ।
यो लेखको निम्ती प्रेरणा दिने शुश्री सुश्मा खरेललाई धन्यवाद ।

तपाईंको सामान छुट्यो कि ?
नकारात्मक कुरा मात्र गर्दा गर्दा वाक्क भएर के लेखु के लेखु भनेर हात चिलाउदै हिडिरहेको बेला मेट्रो स्टेसन नजिक एउटा नोटिस देखे । फिन्निश भाषामा लेखिएको थियो " ल्योईदेत्तु सिल्मलासित वता उह्तेइस " अर्थात चस्मा भेटिएको छ,पाउन सम्पर्क गर्नुहोस् । " यो देखेपछी फिन्ल्यान्ड आएपछीका सुनेका र भोगेका यस्तै घटनाहरुले एउटा सकारात्मक लेख लेख्न हौसियायो । एक दिन म हेल्सिन्कीको माल्मी स्थित प्रहरी थाना जादा रेलमा मेरो मोबाईल छुटेछ । फेला पर्ने आशा त थिएन तैपनी साथीको मोबाईलबाट फोन गरे । कसैले कसैले उठाएनन । एक छिन् पछी हराएको मोबाईलबाट साथीको मोबाईलमा फोन आयो । एउटा केटी सुरुमा फिन्निश र पछी ईंग्लिशमा बोलिन र भनिन " यो मोबाईल रेलमा भेटेको हुँ । लिनको लागि फिल्म टाउन नामको पसलमा आउनु म त्यही छोड्दिन्छु । " मैले स धन्यवाद हुन्छ भने र गुमिसकेको मोबाईल फिर्ता पाए ।
मलाई जस्तै घटना अर्को एक जना नेपाली मित्रलाई पनि परेको रहेछ । बिकेश साप्कोटा (नाम परिवर्तन)को पेन ड्राइभ काइभो पुइस्तो नामको स्थानमा खसेको रहेछ । एउटा फिन्निशले फेला पारेछन र पेन ड्राइभ भित्रको फाइलमा उनको नाम खोजेर फेसबुकमा खोजेर मेसेज पठाएछन " पेन ड्राइभ लिन आउ भनेर "
खै किन हो ? फिन्निशहरु आर्थिक रुपमा सम्पन्न भएर हो अथवा अरुको खानु हुन्न भन्ने चेतना भएर हो । यस्ता यस्ता घटना सुन्न पाईन्छ । आफ्नो केही हरायो भने प्रहरी थानामा आइपुगेको छ कि भनेर बुझ्न गइन्छ । बाटोमा कुनै सामान फेला पर्यो भने यदी त्यसमा ठेगाना छ भने हुलाक मार्फत र छैन भने प्रहरी मार्फत सम्बन्धित ब्यक्तीलाई बुझाईन्छ । तर सबै जना त्यस्तै हुन्छन भन्ने होइन । रात दिन जाड धोकेर बस्ने फिन्निशबाट सचेत रहनुपर्छ । हराएका सामान त्यस्ताको फेला परेमा पाउने आशा नगरे हुन्छ ।
गत बर्ष ह्युपाप पेपर फ्याक्ट्री नामकको एउटा कागज उधोगमा काम गरेको थिए । क्यान्टिनको फ्रिजमा टन्न खाने कुरा राखिएको हुन्थ्यो । त्यसमा खाने कुराको मुल्य लेखिएको हुन्थ्यो । जसलाई खान मन छ सो मुल्य बराबरको पैसा काउन्टरमा आँफैले हालेर खानु पर्थ्यो । काउन्टर खुल्लै हुन्थ्यो । त्यहा कोही पनि बस्दैन थियो । तर त्यहा अहिले सम्म पैसा हिनामिना भएको कुरा सुनिएन । मलाई अचम्म लाग्थ्यो त्यो देखेर । कती विश्वाशको बातावरण । त्यहा काम गर्ने बिदेशी म मात्र थिए । डर लाग्थ्यो कतै हिनामिना भएर आरोप मलाई लाग्ने हो कि भनेर । किनभने फिन्निशहरु बिदेशीसँग त्यती लामो सम्पर्कमा नभएर होला, बिदेशीलाई कमै विश्वाश गर्छन् ।
प्रजातान्त्रिक समाजबादी देशमा पनि " ताल्चा " लगाउनु नपर्ने उदाहरण कही कतै देख्न पाइदो रहेछ । साम्यवाद कुर्नु पर्दैन ।
Tuesday, 30 June 2009
मेरो न्वारन
ठुला ठुला साहित्यकार ,लेखक र राजनीतिज्ञले आफ्नो नाम सँगै अपनाम पनि लेखेको देख्दा मलाई पनि यस्तै एउटा उपनाम झुण्ड्याउन मनलागेको थियो । तर के झुण्ड्याउने भन्ने टुङ्गोमा पुग्न सकेको थिईन । गाम्नागे, ब्याकुल माइला,अरमट्ठे साइलो,आयोदधौम्य, यस्ता यस्ता उपनाम राख्ने मान्छे देखेर सोच्थे - उपनाम राखे पछी ठुलो मान्छे भईन्छ ।
कान्तिपुर राष्ट्रिय दैनिकमा कती पटक तथाकथित लेख र प्रतिकृया पठाएको थिए । तर पटक्क नछपिएपछी मन मनै मुरिएर सोचेको थिए । अब आफ्नो अपनाम नै डा राख्छु । जब नामको अगाडि डा लेखिएको देखिन्छ तब पक्कै पनि मैले लेखेको लेखलाई बिशेष ध्यान दिएर हेर्ने छन । भलाई डा को अर्थ डाँका होस् कि डाक्टर । लेख अवश्य छापिनेछ । मैले बिद्याबारिधी गरेको छ छैन जाँच्न त कोही आउँदैन क्यारे । तर त्यो पनि कथै रह्यो । मैले त्यती बिघ्न मन पराए पनि त्यो नाम राख्न सकिन किन भने मलाई डर थियो फेरी चिकित्शक र बुद्धीजिवी बर्ग मेरो बिरुद्ध आन्दोलित होलान । टायर् बल्ला, नेपाल बन्द होला । बेकारमा मेरो उपनामको कारण देशलाई किन घाटा गराउनु, किन सर्वसाधारणलाई दु:ख दिनु भनेर त्यो पनि राख्न सकिन ।
म सानै उमेर देखी चित्र बनाउथे । मेरा चित्रहरु एकदम बिरक्त लाग्दो हुन्थे । नराम्रो भएर हो कि कुन्नी जो जो ले हेर्थे ( बुझ्नेले ) यस्तो उमेरमा यस्तो ' किन यस्तो छौ ' भन्थे । त्यो देखेर मेरो नाम 'बिरक्ते कान्छो' राखौ कि जस्तो नि लागेको थियो । तर मैले चित्र मात्र बिरक्तिदो बनाउथे । बाहिर त म एकदम फन्टुस थिए । यसरी द्वैध चरित्रलाई एउटै नामले सम्बोधन गर्दैन भनेर मैले त्यो नाम पनि त्यागे ।
बिज्ञानमा अथाहा रुची थियो । हेटौंडामा कक्षा ३ मा पढ्दा नारायण गौतम, काका हुनु हुन्थ्यो । उहाको र मेरो जोडी खुब जम्थ्यो । हामी कहिले खोलामा भ्यागुता समातेर जिउदै पतीले चिरेर शल्यकृया गर्थ्यौ । कहिले खेतको कुलो थुनेर साइकलको डाइनामोबाट बिद्युत निकालेर पुरै गाउमा बिजुल पुर्याउने योजना बनाउथ्यौ । कहिले केरा पकाउने कार्बाइटलाई बोतलमा राखेर बम बनाएर बिष्फोट गर्थ्यौ । पछी त्यही बिज्ञान सम्बन्धी आफ्नो उपनाम राखौ कि जस्तो नि लाग्थ्यो । तर काठमाडौं आएपछी बिज्ञान बाहेक अरु बिषयमा रुची बढ्दै गए । अनी बिज्ञान सम्बन्धी उपनाम सार्थक हुन सकेन ।
त्यसो त घरमा मेरा प्रशस्त उपनाम थिए । जिउ दुब्लो पातलो भएकोले मुसे,च्यासे,लुते मेरा प्रख्यात उपनाम थिए । तर जिम गरेर जिउ बनाउदै गएपछी त्यो उपनामहरु आँफै हराए ।
कक्षा १२ मा अध्ययन गर्दा मेरो साथीसँग जिस्केर फुर्ती सहित् आफ्नो नाम भन्दा मैले 'साक्षात सुशिल' सँग बोल्दाइ छस भनेको थिए । त्यसपछी मेरो मुखमा यो शब्द झुण्डियो । बल्ल मैले आफ्नो उपनाम अगाडि साक्षात राख्ने सोचे तर 'साक्षात' को शब्द प्राय जसो भगवानको अगाडि राखिन्छ । साक्षात बिष्णु , साक्षात ब्रम्हा । म त्यती ठुलो त छैन कि भगवानलाई बुझाउने शब्द राखौ । त्यही भएर मैले आफ्नै शब्द निर्माण गरे ' साक्ष्यात सुशिल' भनेर । साक्ष्यात शब्दले साक्षातलाई प्रतिस्थापना गरेको छु । यस 'साक्ष्यात' नामले ममा भएको सानो तिनो कलाकारिता, कबित्व, बिज्ञानको रुची , नेतागिरी , र आध्यात्मिकतालाई प्रतिनिधित्व गर्छ । कम्प्युटर भाषामा भन्दा 'साक्ष्यात' एउटा जिप्पड फोल्डर हो, यस भित्र अन्य फाइलहरु छन । ति फाइललाई अनजिप्पड गर्दै जिबनमा रन गर्ने काम सुशिल नामको ड्राइभरले गर्नेछ ।
के गर्नु मेरो न्वारन गर्ने बेलामा मलाई कसैले सोधेनन " बाबु तेरो नाम सुशिल राखौ भनेर " नत्र मैले नि जवाफ दिन्थे नि - सुशिल भनेको राम्रो बानी ब्यहोरा हो जुन ममा पटक्कै छैन । अब आँफै न्वारन गर्नु परेको छ ।
-साक्ष्यात सुशिल

Sunday, 21 June 2009
नक्कली रु ५०
Sunday, 14 June 2009
भारतीय अतिक्रमण बिरुद्धको दिवस
१५ जुनमा भारतीय अतिक्रमण बिरुद्धको दिवसको रुपमा मनाउन प्रेरणा दिएकोमा माइसंसार परिवारलाई हृदय देखी नै धन्यवाद दिन चाहन्छु ।
कोशीको बाध ठुलो छ
त्यसको कैयौ गुणा ठुलो छ
हाम्रो सहनशिलताको बाध
कोशीको बाध फुटे बिहार बगाउछ
हाम्रो सहनशिलताको बाध फुटे
पुरै भारत तहस नहस बनाउछ
होसियार !

जतिखेर नि हुने बन्द, हड्ताल, र सानो सानो कुरामा हुने आन्दोलन प्रती आजित भएर एक पटक मदन भण्डारी मेमोरियल कलेजका ज्योति सरले नेपाली जनतालाई लगाउनु भएको आरोप कता कती सहि लाग्छ । उहा भन्नु हुन्थ्यो " नेपालीको राष्ट्रियता कहिले गुमेन । यदी अङ्रेज अथवा कुनै शक्तीले हाम्रो देश खोसेको भए सायद आज हामी राष्ट्रियता प्रती बलियो एकता देखाउथ्यौ । हातैमा जे धुलो झरे पछी त्यही सुनको फुल वास्तव मै सहि कुरा हो । " यहाँ जो जोले राष्ट्रियता र देश भक्तित्व देखाउछन या त बिदेश आएपछी महत्व बुझेका हुन या त किताब पढेर । हामीले कहिले देशको निम्ती लड्नु परेन । एकताका अङ्रेजसँग हाम्रा बहादुर पुर्खा लडेर जिते । त्यसपछी "बहादुर" को उपमा लिएर हामी सुत्यौ । आज सम्म सुतेको सुतेइ छौ । बेला बेलामा हुने ह्रितिक काण्ड र इराक काण्डमा बिउँझिन्छौ । अनी फेरी सुत्छौ ।
हाम्रो देशमा धेरै नेता जन्मिए कोही भारतको गुलामी गर्दै ठीक्क त कोही भारत तर्साउन चाइनाको गुलामी गर्दै ठीक्क । तर कसैले राष्ट्रियताको लागि नेत्रित्व दिएनन । न हामी सुतेकालाई बिउझाउने प्रयत्न नै गरे । आफ्नो सरकार टिकाउन राष्ट्रघाती सन्धि सम्झौता गर्दै गए । भारतले पनि खेलिरह्यो । कहिले माओवादीलाई हतियार दिएर खेल्यो, कहिले ज्ञानेन्द्रलाई उचाल्यो , कहिले सात दललाई उचाल्यो र अब मधेशबादी दल उचाल्यो । यो जसरी नि नेपालमा अस्थिरता रखिरहने र अन्तमा नेपाललाई सके सिक्किम नसके भुटान बनाउने षड्यन्त्र हो भन्ने कुरा मैले बारम्बार भन्दै आएको छु ।
म आजको दिन एउटा प्रस्ताव् राख्न चाहन्छु । भारतले भुमी मिचेको बिरोधमा सुरु भएको यस नेपाली आक्रोशलाई रचनात्मक काममा लगाउन र फेरी सुत्न नदिन , आजको दिनलाई "देश्भक्ती दिबस" मनाउन प्रस्तव गर्दछु । यहाँ गणतन्त्र दिबस मनाइन्छ तर राजतन्त्रबादीलाई यो स्विकार्य छैन । यहाँ प्रजातन्त्र दिबस मनाइन्छ तर जनबादीलाई स्विकार्य छैन । मज्दुर दिबस छ र मालिकलाई स्विकार्य छैन । नारी दिबसमा पुरुष हेर्या हेर्यै । राष्ट्रियता त सबैको स्विकार्य बिन्दु हुनु पर्ने हो । तर अफ्सोच यसको लागि एक दिन पनि सम्झना राख्ने दिन छैन । यसर्थ माइसंसारले गरेको प्रोत्साहन, मेरो प्रस्तव र सम्पूर्ण देश भक्त नेपालीको समर्थन भएमा यस दिबसलाई राष्ट्रिय दिबस बनाउन सकिने छ । यस दिबसमा निम्न कामहरु गरेर राष्ट्र हित गर्न सकिन्छ ।
- यस दिन बिदेशी गीत संगीत, सिनेमा र सस्क्रितीको प्रयोग नगर्ने ।
- सक्दो र उपलब्ध भए सम्म स्वदेशी उपभोग्य सामान, स्वदेशी कै पसलबाट खरिद गर्ने ।
- सैक्षिक क्ष्रेत्रमा राष्ट्रियता, सिमाना र राष्ट्रिय बिभुती सम्बन्धी कार्यक्रम गर्ने ।
- घर घरमा राष्ट्रिय झन्डा राख्ने ।
- धर्म, जात, लिङ र भाषाको खाडल पुर्दै "हामी नेपाली" भन्ने भावनाको बिकास गराउने ।
- मुलुक को कानुन को पूर्णत: पालन गरौ, कार्यालयमा बरु घण्टौ कुरौ तर एक सुको घुस नदिउ,जथाभाबी फोहर नफालौ,आफ्नो स्कुल, कलेज,क्लब वा कार्यालयको समुहमा आबद्ध भएर कम्तिमा एक दिन मुलुकको सेवा गरौ ।
यो कुनै सरकारको चुनावी नारा हुनेछैन । न कुनै देशको बिरोध गर्न ल्याइएको कार्यक्रम नै हो । हाम्रो देशको बिकास गर्न ल्याइएको सरक्षणबादी कार्यक्रम हो । अमेरिकी बजारमा बिदेशी सामान एक त छिर्न सक्दैन अर्को छिरेपनी धेरै समय टिक्दैन(चाइनिज अती सस्तो बाहेक ) किन भने अमेरिकी जनता अत्यन्त सरक्षणबादी छन । त्यस्तै फिन्ल्यान्डमा पनि स्वतन्त्रता पछी फिन्निश जनताले देखाएको सरक्षणबादको प्रभावले आज संसार कै सब भन्दा सुखी देश मध्य एक भएको छ । हरेक बिकासित देशको पछाडि यस्तै यस्तै सरक्षणबादले प्रेरणा दिएको हुन्छ । हाम्रो जस्तो बिकासोन्मुख र अशिक्षित देशमा झनै यसको आवश्यकता छ ।
आज देखी प्रण गरौ । जुन १५ को दिन "देशभक्ती दिवस"को नाममा हाम्रो देश नेपाललाई समर्पण गरौ । सबै नेपाली एक जुट भएर भारतीय अतिक्रमणको बिरोध गरौ ।
भारतीय अतिक्रमण मुर्दाबाद ।
जय नेपाल

Thursday, 28 May 2009
माइसंसारको कमेन्ट
साथीहरु,
बाराक ओबामाको दौरा सुरुवालमा रुप बनाएर राजु पन्थीले राम्रो फोटोसपको अभ्यास गर्नु भएछ । फोटो राम्रो छ धन्यवाद।
तर यही कमेन्टमा अप्रासाङिक कुरा गर्न लाग्दै छु आशा छ मलाई सहि रुपमा बुझिदिनु हुने छ
बारक ओबामाको फोटो दौरा सुरुवाल देखे पछी निश्चय नै माइसंसारमा हाम्रो नेताहरुलाई गाली गरेको कमेन्टले भरिनेछ । हाम्रो देशमा जे जस्तो भए पनि सुरुमा नेतालाई नै गाली गरिन्छ । यो एउटा स्टेरियोटाइप नै भईसक्यो । दुई युवा भेट होस् वा सय युवा , आलोचना नेता नै हुन्छ । तर के हामीले राम्रोसँग सोचेका छौ नेताले गर्दा नै देश पिछडिएको हो ? के नेता नै संसारको दोश्रो अती गरीब राष्ट्र बनाउन जिम्मेवार छन ?
यौटी युवतीको अगाडि क्यामरा तेर्साएर सोध्नुहोस् - देश बिकास गर्न के गर्नु पर्छ भनेर उनले फलाक्ने छिन् ” नेताले भ्रष्टाचर गर्नु भएन हैन अनी त्यसपछी कर्माचारीले घुस खानु भएन हैन अनी त देश बिकास हुन्छ ” तर तिनै युवतीको प्रेमीले किनेको पल्सर नयाँ मोडलको बाइक देखेर तिनिले कहिले सोध्चिन ” तिम्रो बाबा त सरकार कर्माचारी भन्थ्यौ अनी यस्तो यस्तो बाइक किन्न सक्छन त सरकारी कर्मचारीको छोराले , तिमी त कहिले काम पनि गर्दैनौ । न तिमीहरुको फेमिली बिजिनेस छ । सायद तिम्रो बाबाले घुस कै पैसा दिएर तिमीले किनेको हुनुपर्छ । म यस्तो बाइक चढेर लभ गर्नु छैन । मलाई माया चाहिन्छ , देश डुबाएर किनेको बाइक होइन । ” यस्तो कहिले भन्छिन ???
त्यस्तै कुनै घरमा शिक्षित छोरा ले आफ्नो सरकारी कर्मचारी बाबु आमालाई बरु हामी गाउ मै घर बनाएर बसौला तर देश डुबाएर काठमाडौंमा जग्गा नजोडौ भनेको होला ???
कसैको तर्क होला “घुस नखाइ परिवार पाल्न सकिन्न । भोको पेटमा आदर्शको कुरा हुन्न । ” यो सहि कुरा हो भोको पेटमा आदर्शको कुरा हुन्न तर काम गर्ने मान्छेको पेट त भोको पनी हुन्न नि । एउटा कर्मचारीले कम्तीमा परिवारलाई मिठो मसिनो खान पुग्ने पक्कै पैसा पाउछ तर उसलाई घुस खान वाध्य पार्ने भनेको देखावटीले हो । छिमेकीले तल्ला थपे त्यसलाई देखाउछु म नि , माइलाले छोरालाई बोर्डिङमा हाल्यो म नि इङ्लिश स्पिकिङमा हलिदिन्छु , काकाको छोराले पल्सर चड्यो बुवा मलाई एल एम चाहियो , यिनै यिनै । यस्तै देखासिकीले कर्मचारीलाई घुस खान वाध्य तुल्याउछ । नत्र दुई छाक मिठो मसिनो खान र एक सरो लाउन पनि नपुग्ने त तलब हुँदैन होला नि ?
एउटा सिक्षित युवा युवतीको बिहेमा बरु ३ लाख ऋन लिएर भएपनी धुमधाम बिहे गर्छन । बैबाहिक जिबनको प्रारब्ध देखी ऋन कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालछ । यो पनि देखासिकी कै अर्को रुप हो । हुनेले जती खर्छ गरोस , तर नहुनेले मन्दिर मै गर्नु , वा सामान्य किसिमले गर्नु । बिहे त बिहे नै हो नि । तर के गर्नु फलानाले यस्तो भन्ला , तिलनाले यस्तो भन्ला । समाजमा लाज होला भनेर बरु जग्गा धितो राखेर पनि धुमधाम बिहे गर्नैपर्छ ।
नेतालाई मात्र सस्तो गाली गर्नु अगाडि आफ्नो बारेमा पनि सोच्ने कि मैले देशको लागि के गरे र अरुलाई आरोप लगाउन ? नेताले त नेत्रित्व दिन्छ त्यो नेत्रित्वमा हिंड्ने त हामी नै हौ नि । ति नेता हामी बाट बनेका हुन । हामी मध्ये कसैले पढाएका, हुर्काएका र बढाएका हुन । चन्द्रमाबाट खसेका होइनन । जब हाम्रो सोच यती तल्लो छ भने उनी हरुकोबाट के आशा गर्न सकिन्छ ?
म अहिले बिदेशमा बसेर पढ्दै छु । म बोलिङ हल सरसफाइ गर्छु । मैले केही समय अगाडि माइसंसार मै ” फिन्ल्यान्डमा क्लनिङ काम बढी पाईन्छ ” भनेर कमेन्ट गर्दा यहाँका उच्च सिक्षितहरुले मेरो भरमार बिरोध गरे । उनिहरुले आफ्नो घरमा आफु के गर्छु भनेर लुकाएका रहेछन । क्लिनीङ काम गर्छौ भनेर खुलासा गरे भनेर मेरो बिरोध गरियो तर तिनैको अगाडि एउटा क्यामरा तेस्राएर सोध्नु होस् नेताले भ्रष्टाचर गर्नु भएन ह्यान त्यान भन्न थाल्नेछन । त्यस्तो पढे लेखेकाहरु जो युरोप र अमेरिकाको जस्तो बिकासित समाजमा बस्छन , तिनीहरुको सोचको स्तर त यस्तो छ भने नेतालाई गाली गरेर के ख्यास्छौ ?
यो नेताको बिरुद्ध लेख्ने र बोल्ने भनेको फेसन हो । आफु चोखो बन्ने खोक्रो प्रयास मात्र हो । म पनि एक ताका नेताको बिरोध गरेरै दिन बिताउन चाहन्थे तर जब जनमानस बुझ्दै गए , साथी देखे उस्तै छन , समाज देखे त्य्स्तै छन , म स्वयम पनि कुन ताको राम्रो हो र हुनत ? अनी नेताको बिरोध गरेर के नै हुन्छ ? सुरुमा आफु सुधार गर्नु पर्यो नि । जब म राम्रो छु भन्ने लाग्छ तब अर्को को बिरोध गर्दा हुन्छ तर यहाँ त ठीक उल्टो भएको देखिन्छ ।
मैले यो प्रसँग निकाल्नुको आशय, एक पटक आँफैलाई सोध्ने कि मैले अहिले सम्म देशको लागि के गरे भनेर ? राम्रोसँग बिचार गर्ने कि देश बिकासमा हाम्रो भूमिका के भनेर ? ट्राफिक नियम आफु नमान्ने अनी ट्राफिकलाई घुस्याहा भन्ने ? बाटोमा जथाभाबी फोहोर फाल्ने अनी नगरपालिकाले केही गरेन भन्ने ? आफु अमेरिका र युरोपमा भाडा माझेर कमाउने अनी फेरी नेपालमा त्यही भाडा माझ्नेलाई हेप्ने ? साउदीमा भेडा चराउने अनी नेपालमा गोठालो जान लजाउने ?
जब सम्म हामी जनताको सोचमा परिवर्तन आउँदैन । देश बिकास हुँदैन । नेतासँग कुनै चाबी हुँदैन देश राता रात परिवर्तन हुन , उसले हिडाउन बाटो देखाउछ । तर यहाँ जनता हिंड्न मान्दैनन त के गर्ने ?
अनी अर्को कुरा, ओबामाको कुरा ल्याएर प्रचन्ड, माधव कुमार र गिरिजालाई गाली नगरौ । हामी नेपाली हौ । नेपालीको इज्जत गरौ । भलाई हामी बिभिन्न बिचारमा बाझिएका छौ तर बिदेशीसँग तुलना गरेर कुनै नेपालीलाई घ्रिणाको पात्र नबनाउ । नेता हाम्रा प्रतिनिधि हुन । तिनिलाई गाली गर्नु बहुसन्ख्यक नेपालीलाई गाली गर्नु हो । केही समय अगाडि प्रचन्ड फिन्ल्यान्ड आए । तर उनको बारेमा यहाँको ‘ हेल्सिन्की सानोमत ‘ ठुलो पत्रीकाले कुनै कवेरज दिएन । यो कुरालाई नेपालमा बिपक्षी दलले ” प्रचन्ड कुट्नितिक असफलता , ह्यान त्यान भनेर प्रचार गरेछन तर कसैले सोचियो कती लज्जास्पद स्तर रहेछ हामी नेपालीको ? त्यत्रो जनताले चुनेर बनाएको प्रधानमन्त्रीको कुनै वास्तै छैन भने पछी यसले के अर्थ राख्छ ? हामी नेपालीलाई कुन हैसियत दिएका रहेछन त ? तर के गर्नु हामी त मुर्ख हौ , प्रचन्डलाई त वास्ता गरेन भन्ने । वास्तवमा त्यो हाम्रो वास्ता नगरेको हो ।
सबै माइसन्सार पाठकलाई मेरो आग्रह छ । कुनै पनि ब्यक्तीबाट राम्रो कुरा सिक्नु निश्चय नै राम्रो कुरा हो चाहे त्यो ओबामा होस् चाहे फिडेल क्यासट्रो तर एउटा बिदेशी ब्यक्तीलाई उभियाएर नेपालीलाई गाली गर्नु अत्यन्त दु:ख लाग्दो कुरा हो । यस्तै फुटको कारण हाम्रो बिदेश निती लथालिङ छ , भारतले खेलेको खेल्यै छ । हामी अझै चेत्दैनौ ।
सबैलाई चेतना भया ।
http://www.mysansar.com/temp/1149.html#more-1149
-साक्षात सुशिल

Sunday, 24 May 2009
नजर
"ल त्यो खरको छानामा अली अली प्वाल पर्नु ठाउँ ठाउँमा । अनी खै आगनमा दाउराको चङ्गा बना भन्या हैन ? गरीब किसानको घरमा ग्यासले पकाउछ ? अनी यो पिढीमा सुकेको घास र पराल ल्याएर छर्नु । सके सम्म घर फोहोर देखाउनु पर्छ । " आभाष बेग्लै धारको नेपाली चलचित्र निर्माण र निर्देशन गर्ने युवा निर्माता तथा निर्देशक हुन । उनी समाजिक मनोबिज्ञान केलाउन खप्पिस मानिन्छन । समाजमा भएका कुरिती तथा बिसंगतीलाई चलचित्र मार्फत दर्शाउनु उनको प्रमुख बिशेषता हो । अभिनयमा संवादका अलावा शरीरिक हाउभाउलाई प्रस्तुत गर्न सक्ने भएकोले उनलाई चलचित्र क्षेत्रमा 'साइकोलोगिष्ट ' पनि भनिन्छ । उनको एउटै सिद्धान्त छ - जिबनलाई नाट्क र नाटक लाई जिबन सोच्नु पर्छ ।
"ओेइ राजिप हिरोनी किन न आएको एती बेला सम्म " आभाष स्पट ब्वाइसँग जङिन्छन ।
"खै आईपुग्नु भो रे । मेक अप रुममा " स्पट ब्वाइ तर्किदै जवाफ फर्काउछ
अली खरिलो स्वभावको भएको कारण आभाषसँग कोही पनि हत पत बिवाद गर्दैनन । ३० बर्षको उमेर मै तिल चामल झै फुलेको कपाल । खैरो सादा कमिज - पाइन्ट भिरेको । पावर फुल चस्मा । गढेको आँखा, ख्याउटे गाला । बोल्दा खेरी आँखामा नियालेर हेर्ने भएकोले उनी सँग सिधा कुरा गर्न कोही पनि रुचाउदैनन ।
"ल सब रेडी छ । हिरो हिरोनीलाई बोलाएरले भन्या सुनिनस "
"ओक सर "
'नजर' उनको चौथो चलचित्र हो । यस चलचित्रमा कसरी एउटा गरीब किसानको दाम्पत्य जिबन आर्थिक अभावको कारण छिन्न भिन्न हुन्छ भनेर देखाइएको छ । गरीब पती दश नङ्रा खियाए साहुको ऋण तिर्न नसकेपछी बिल्लीबाठ हुनबाट बच्न पत्नी वाध्य भएर परपुरुषलाई शरीर सुम्पिन पुग्छिन । यो कुराको चाल पाए पनि पती थाहा नभए झै गरी रहन्छ । भने पत्नी लुकाउन माइतीबाट सापट लिएको बहाना गर्छिन । अन्त्यमा रहस्य खुल्छ । पत्नी चरित्रहिनता बोध गरेर आत्महत्या गर्छिन भने पती आफ्नो लाछीपनाले पत्नी गुमाएको पिडामा पागल हुन्छ । यसरी चलचित्र समाप्त हुन्छ । अहिले सम्म निर्माण गरेका सबै चलचित्र अत्याधिक सफल भए पनि नजरले नयाँ रेकर्ड राख्ने आशाका साथ निकै मेहनत गरेका छन सम्पूर्ण टिमले ।
" ल । तिमी आज अरुसँग सुतेर आएको पहिलो दिन । डाइलग याद छ हैन ? तिमी सत्यकिशोर आउँदा ढोका खोल्न आउनु । अनी उसले दिन भरी कहाँ गएको भनेर सोध्दा डल्ली कान्छीसँग घास काट्न जादा ढिला भएको भन्नु । तर सुन । सिधा आँखामा हेर्ने होइन । कहिले दाउरातिर हेर्नु , कहिले आफ्नो फरिया मिलाए जस्तो गर्नु । पतीको आँखामा हेर्नु तर एकै एकै छिन मात्र । कहिले कहिले डराए जस्तो गर्नु है । अनी कहिले केही भन्न लगेको जस्तो गर्नु । "
"हस सर । अनी बोल्दा संवादमा ध्यान नदिनु भन्नु भएको हैन ? त्यो कसरी गर्ने ? "
"ध्यान नदिनु भन्नाले सके सम्म कुराकानी छोट्याएर प्रसँग बदल्न खोज । " आभाष हिरोनीलाई सम्झाउछन र भन्छन
"अनी तिमी सत्यकिशोर तिमीलाई आज थाहा हुन्छ तिम्रो बुढी अर्कैसँग सल्किएको भन्ने । खेत जोतेर आउन साथ ढोका ढक ढक गर्नु । अनी बुढीको मुखमा राम्रोसँग नियाल्नु । उसको हरेक हाउ भाउ याद गरे जस्तो गर्नु । अनी अध्यारो मुख लगाउनु । र त्यती बोल्न नखोजे जस्तो गर्नु । ठीक छ ? "
"ओक सर "
" ल एभरी थिङ्स रेडी । ल आ आफ्नो ठाउँमा जाने ।
लाइट रेडी - रेडी
साउन्ड रेडी - रेडी
क्यामरा रेडी - रेडी
क्लाप - सिन ६7 टेक १
एक्सन
ढक ढक
"ए आउनु भयो । "
" अ । आज दिनभरी काँ गा " कोदालो दिदै भन्छ ।
" ए त्यो डल्ली कान्छीले घास काट्न साथी बोलाई । अनी त्यही गा कि "
"कट " आभाष चिच्याउछन " त्यसरी प्रष्ट भन्ने होइन । आफु अरुसँग सुतेर आएको कुरा तिम्रो मनमा छ । अनी यो कुरा लुकाउनु छ । यसरी प्रष्ट बोल्न सकिन्छ ? "
" के था सर मलाई मैले त्यस्तो गरेको छैन । " हाँस्दै भन्छिन ।
"अनी के मैले चै गर्न गएको छु त ? क्या कुरा गर्छौ " आफु पनि हाँस्दै जवाफ दिन्छ " जिबनलाई नाट्क सम्झ, नाट्कलाई जिबन । अनी तिमी सफल हुन्छौ । "
" सर यसरी लोग्नेलाई धोका दिनु भन्दा त बरु मर्छु नि । यस्तो पाप नि गर्नु ? " हिरोनी आभाषलाई ब्यङ्य गर्दै भन्छिन ।
" त्यस्तो होइन । जब तिम्रो पेटमा अन्नको दाना हुँदैन नि त्यो बेला तिम्रो सबै आदर्श र चरित्र उडेर जान्छ । मान्छेले सुरुमा पेटको बारेमा सोच्छ अनी मात्र समाज र आदर्शको कुरा गर्छ । ल फेरी टेक लिउ "
एभरी थिङ्स रेडी
ओके रेडी
एक्सन
क्लाप - सिन ६7 टेक २
ढक ढक
" ए आउनु भयो । "
" अ । दिन भरी का गा " कोदालो दिदै भन्छ ।
" ए त्यो ...डल्ली कान्छी (दाउरामा हेर्दै ) ...घास काट्न जाउ भनी ( फरिया मिलाउदै )...अनी त्यही ढिला भो "
" अनी के भन्छे त डल्ली ?"(तल देखी माथि सम्म हेर्दै)
" केही न केही .....अनुहार अध्यारो देख्छु नि के भो ? (कोदालोमा हेर्दै ) भोक लागे जाउ । साग भात बनाछु (भान्सा तिर हेर्दै ) । डल्लीकोबाट चामल ल्या । "
" ल म गोडा पखालेर आउछु (आखामा नियाल्दै )त पस्किदै गर "
कट । तिम्रो हाउ भाउ त्यती राम्रो भएन तैपनी ठिकै छ । इट्स ईनफ ।
भान्सामा एभरी थिङ्स रेडी ?
रेडी सर
क्लाप - सिन 68 टेक 1
एक्सन
भत्किएको सानो चुलो । छेउमा डढेको कसौडी । सानो ताप्केमा सर्लङ देखिने साग र पानीको तरकारी । बाङिएको सिलावरको पुन्यौ । एउटा पित्तलको थाल अर्को सिलावर । भात पस्किदा ध्यान जादैन । कता कती डराए जस्तो गर्छिन ।
" कती हालेको । तलाई खै त ?" सत्यकिशोर प्रश्न गर्छ
" हैन छ मलाई (डेक्ची मा हेर्दै )। तपाईं खानु न (अनुहार म एक झलक हेर्छिन )
"के भो तलाई आज । अली अनौठो देख्छु नि " तल देखी माथि सम्म नियाल्दै हेर्छ
" ह...केही हैन (भात खाँदै )...पेट सन्चो नहोला जस्तो छ । खासै केही हैन "
"के गरिस र डल्लीकोमा ?"
" हँ ...झस्किदै केही होइन...त्यती घास काटेर एक छिन् बसे । अनी चिया खाएर आएको हो । " एकै स्वरमा कुरा सक्छिन ।
ल सुत्ने बेलाको सिन लिउ । एभरी थिङ्स रेडी ?
रेडी सर
लाइट रेडी - रेडी
साउन्ड रेडी - रेडी
क्यामरा रेडी - रेडी
क्लाप - सिन 69 टेक 1
अध्यारो, सानो कोठा एकाछेउमा सानो टुकीको ज्वालाको छेउमा बिडी लिएर बसेको सत्यकिशोर । झ्यालबाट चन्द्रमाको प्रकाशको सानो झुल्को छिरिरहेको हुन्छ । साबित्री पातलो डस्ना भएको पलङको एका छेउमा पल्टिएकी हुन्छिन । सुन्यतालाई चिर्दै
"पुर्णे साहुको कती छ ?" लामो स्वर तान्दै भन्छिन ।
"खै लिएको त बिस हजार थियो । ब्याज र स्याजले तिस नाघिसक्यो भन्छ । यो पाला पनि बाली भसक्कै पर्यो पतेराले । ब्याज तिर्न न त सकिएला जस्तो छैन । ऋण चुक्ता गर्ने त कहिले कहिले । ब्याज तिरेन भने त त्यो सन्की ले घर बाटै निकाल्छ । अस्ती देखिनस काले सार्की लाई कस्तो गर्यो ? उफ ..." ( लामो श्वास तान्छ )
"त्यही त ( सुस्केरा हाल्दै )ब्याजको लागि म भाउजुको माइतीमा मागौला भनेको । तपाईं हुन्न भन्नु हुन्छ । "
" खै दिन्छन र ? दिन्छन भने माग न त । खै ओढ्ने दे " पलङमा घुस्रिदै भन्छ । "आज धेरै थाकिएको छ । "
" मेरो पनि पेट दुख्ला जस्तो भएको छ । " पर सर्दै भन्छिन ।
"कट । धेरै राम्रो टेक भो । आजलाई प्याक अप गर । के हो महोदय तपाईं त आफ्नै श्रीमतीलाई झै गर्नु हुदो रहेछ । " हासो छोड्दै ।" साचै त परेको छैन नि । "
"सर साचै यस्तै दु:ख परे पनि म श्रीमतीलाई त्यस्तो गर्न दिन्न । त्यती लाछी पनि बन्नु ?" छाती फुलाउदै भन्छ ।
" तपाईंको पेट भरिएको छ अहिले । त्यही भएर यस्तो कुरा गर्नु हुन्छ । जसको कुनै बाटो नै हुँदैन नि वाध्य भएर यस्तो गर्छन् । त्यो बेला लाछी भन्ने शब्द नै हुँदैन । भोको पेटमा आदर्शको कुरा हुँदैन । यदी बुझ्नुहोस् । "
आभाषको अगाडि बिबाद गर्ने सधैं फिक्का लाग्छन । उनको तर्कको अगाडि कसैको जोड चल्दैन । स्पटको सबै काम जिम्मा दिएर आफ्नो कार लिएर घर आउछ ।
साझको सात बजेको हुन्छ । सेतो रङ्को भिता , रातो टायलको छाना । अगाडि अग्लो गेट , छेउमा हरियो दुबोको चौर । बाटोमा लहरै बास्नादार फुलहरु । कार ग्यारेज भित्र राखेर ढोकाको घन्टी बजाउछ । दुई तीन पटक बजाएपछी केही समय पछी काम गर्ने केटी निस्किन्छ ।
" कमला, पवित्रा खै त " आभाष प्रश्न गर्छ
" पवित्रा आन्टी त एउटा केटासँग मोटर साइकलमा जानु भयो । "
" को केटा ?" शंकालु प्रश्न गर्छ
" खै भन्नु भएन मैले कौसीबाट देखेको "
दुबै जना माथि जान्छन । आभाष सोफामा बसेर सोच मग्न हुन्छ - आज त कही जान्छु भनेको थिएन । कम्प्युटर क्लास त सकी सक्यो , फेरीको केटा लिन आएछ ?
"खाना पस्कियु अंकल " - कमला भान्साबाट चिच्याउछिन
" हँ...(अल्छी मान्दै) पख अहिले आन्टी आएपछी । "
केही समय पछी ढोकाको घन्टी बज्छ । आभाष आँफै खोल्न तल जान्छ ।
" कहाँ गएको यस बेला ?" आभाष सहज प्रश्न गर्छ ।
" म ...(आखामा हेर्दै ) त्यही कम्प्युटरमा(गेट तिर हेर्दै )...केही आएन भने सिक्न आउनु भन्नु भएको थियो (आखामा हेर्दै ) सरले । अनी गा को ( ओठ थर्थराउदै )...तपाइ चाडै आउनु भएछ त ( प्रसँग बादल्न खोज्छिन )...शुटिङ भएन ?"
आभाष पवित्राको अनुहारमा राम्रोसँग नियाल्छ । उनको ओठको थर थर त्यही हो जुन शुटिङमा साबित्रीको ओठमा चाहिएको थियो । उनको आँखाको अस्थिरताले त्यही सन्केत गर्छ जुन शुटिङमा साबित्रीको गरेको थियो । त्यो बोल्दा अड्किनु, बोलीमा ध्यान नदिनु र लगतै प्रसँग बादल्न खोज्नु । यि तिनै कुरा हुन जुन बिहान आभाषले साबित्रीलाई सिकाएको थियो । उनको अभिनयमा बरु कमजोरी देखिएको थियो, तर पवित्राको अनुहारमा स्पष्ट छ त्यही कुरा ।
" एह । हैन बिहान भनेको थिएनौ त्यही भएर सोधेको । " - आभाष निहुरिएर जवाफ दिन्छ । कृतिम हासो छोड्दै " जाउ माथि खाना रेडी भईसक्यो । "
पवित्रा आभाष भन्दा अलिक छिटो छिटो भर्र्याङ् उक्लेर माथि चढ्छिन । उनको हिडाइमा बाटो बिर्सेंको छनक देखिन्छ । यो त्यही हिडाइहो जुन साबित्रीलाई जती सिकाउदा पनि गर्न सकेकी थिईनन । कता कता हराएको झै देखिने उनको हिडाइको गती पनि समान थिएन ।
आभाष डाइनिङ टेबलमा पर्खिन्छ । सेतो टायलले टलक्क टल्किएको भान्सा । कप बोर्ड भरी लहरै आकर्षक भाडाहरु सजिएको । छेउमा ग्यास चुलो, सँगै राइस कुकरमा भात, सफा देखिने कराइमा कुखुराको मासु र डेक्चीमा दाल ।
एक छिनमा पवित्रा भान्सामा प्रबेश गर्छिन । मलिन र हतास देखिने अनुहार लिएर आँफै खाना पस्किन तम्सिन्छिन ।
"अनी सुटिङ कस्तो भयो त ?" आफुलाई नियाली रहेको भान पाएपछी सुन्यता चिर्छिन ।
" ठिकै भयो । किन आज कहाँबाट सुटिङको कुरा गर्न मन लाग्यो तिमीलाई "? ब्यङ्य गर्दै सोध्छ ।
" हैन त्यतिकै " कुरा छल्दै उत्तर दिन्छिन ।
खाना खादा पनि आभाषले नियाली रहेको हुन्छ । उनको खवाइमा त्यही सन्केत देख्छ जुन उसले सुटिङमा सिकाएको थियो । आभाषको शंका बढ्दै जान्छ । खाना खाइन्जेल सोचिरहन्छ कतै उसको 'नजर'को कथा आफ्नै जिबनमा दोहोरिदै छ कि भनेर ।
फराकिलो बेड रुमको बीचमा रहेको गुलाबी मखमली तन्नामा पल्टेर आभाष सोच मग्न हुन्छ । " यसको चाल चलन आज परिवर्तन भएको छ । पक्कै पनि त्यही केटासँग लसपस हुनु पर्छ । समातेर एक थप्पड हानु जस्तो । फेरी हानेर के गर्ने ? यदी होइन रहेछ भने ? मेरै बिष्लेषण मात्र सहि हुन्छ भन्ने पनि छैन नि । ( रिमोट दबाउछ )फेरी यसरी नबोली नबोली बस्दा पछी नजरको कथा जस्तै पो हुने हो कि ? हैन यसलाई के कमी छ र यहाँ ? राजकुमारी राखेको छु । नपुग्दो के छ र ? जे भने त्यही पुर्याएकै छु । फेरी किन त्यसो गरी ? आज मात्र यस्तो भएको हो कि , पहिलै देखी हो ? ( रिमोट थिच्दै ) खै के गरौ गरौ । भनौ भने गलत पर्ला , नभनौ भने नजरको कथा जस्तै दोहोरिएला । उफ्फ ( पानी खान्छ )
" सुत्ने हैन ? बत्ती निभाइ दिउँ " पबित्रा प्रश्न गर्छिन ।
" हँ ( झस्किदै ) हुन्छ "
पवित्रा एकापट्टी फर्किएर सुत्छिन । आभाष पुन सोचमा डुब्छ " भोली बिहान जाने बेला सम्झाउछु । आज सुतोस । फेरी केही भन्नु हुन्न रुन थालि हाल्छे । जे पर्ला पर्ला एक पटक सोध्नु नै जाती हुन्छ " आभाष पनि सोच्दा सोच्दै अर्को तिर फर्केर निदाउछ ।
बिहान पवित्रा चिया लिएर आभाषलाई उठाउछिन । उठेर खाटको तकियामा अढेस चिया लिन्छ ।
" अ सुन । (चियामा नियाल्दै ) हिजो कहाँ गएको रे " बिस्तारै प्रश्न गर्छ ।
" किन ? कम्प्युटर क्लासमा हो । किन र ?" आतिदै उत्तर दिन्छिन ।
" क्लास सकेपछी पनि किन जानुपर्ने ? तैपनी त्यो केटासँग त्यसरी मोटर साईकलमा हिंडेको मलाई मन पर्दैन । अनी तिम्रो त हाउ भाउ नै चेन्ज भएको थियो । के भयो र त्यस्तो ? आज देखी जानु पर्दैन । " रिसाउदै गाली गर्छ ।
" के गरेको छु र मैले ?" पवित्रा रुदै भान्सा तिर लाग्छिन ।
चिया सकाएर आभाष केही नबोली सुटिङ तिर लाग्छ ।
सुटिङ गर्न उसको मुड चलेको छैन तैपनी हिरो हिरोनी कन्ट्राक्ट डेट अनुसार सुटिङ गर्न वाध्य हुन्छ । आज साबित्रीले माइतीबाट पैसा ल्याएको भनेर आफ्नो देह बेचेर ल्याएको पैसा ल्याएर दिन्छिन । सत्यकिशोरलाई थाहा हुन्छ उसले त्यो पैसा भाउजुको माइतीबाट ल्याएको होइन , जिउ बेचेर ल्याएको भनेर । तर अचानक साबित्रीको भाउजु, साबित्री र सत्यकिशोरको एक साथ भेट हुन्छ । साबित्रीले कुरा लुकाउन नसक्ने स्थिती आउछ । सत्यकिशोरले अझ पनि थाहा नपाए झै गर्न नसक्ने हुन्छ ।
"एभरी थिङ्स रेडी ?" आभाष मुड नचले पनि सुटिङ सुरु गर्छ
साउन्ड रेडी - रेडी
लाइट रेडी - रेडी
क्यामेरा रेडी - रेडी
क्लाप - सिन 69 टेक 1
एक्सन
घरको भत्किएको आगनमा सत्यकिशोर उभिएको हुन्छ , साबित्री घोप्टो परेर रुदै हुन्छिन ।
" तलाई बेश्या, अर्कासँग सुतेर ल्याउन अलिकती लाज लागेन । (एक थप्पड लगाउदै ) बरु मलाई भन्थिस , अली धेरै कमाउ भनेर । म जे गर्थे गर्थे । अब कुन मुख देखाउछेस मेरो अगाडि ?" सत्यकिशोर मुख रातो पारे चिच्याउछ ।
साबित्री केही बोल्न सक्दिनन । मात्र रोइरहन्छिन ।
" जा बेश्या तेरो मुख नदेखा सत्यकिशोर फन्केर घरबाट बाहिर निस्किन्छ ।
आभाष सुटिङ मै टोलाइरहन्छ । उ भर्खर आफु घरबाट आएको कुरा सम्झिन्छ । सधैं हासेर घरबाट क्रम आज तोडिन्छ । उसको मानसपटलमा पवित्राको परिवर्तित हाउ भाउ । उसको बेला बेलामा झस्कनु, हिडाइमा नियन्त्रण नहुनु ।
" सर..." स्पट ब्वाइले बोलाउछ " सिन चेन्ज गर्ने होइन ?" डाइलग सकी सकेको हुन्छ आभाषलाई याद हुँदैन । उसले 'कट भन्न समेत बिर्सिन्छ ।
" ए ल अर्को सिन लिउ " झस्किदै यता उता हेर्दै भन्छ ।
अन्तिम सिन सुरु हुन्छ जसमा सत्यकिशोरले आफ्नो लाछी पनको लागि माफी माग्न चाहन्छ । उसलाई पहिलाई थाहा भए पनि आफु हुतिहारा बनेर थाहा नपाए जस्तो गरेको कुरा साबित्रीलाई भन्न चाहन्छ । र एक अर्कालाई माफी दिई बाँकी जिबन गरीबी मै भए पनि स्नेहका साथ बिताउने भनेर घर फर्किन्छ । तर साझ घर फर्किदा साबित्री झुण्डेर आत्महत्या गरिसकेकी हुन्छिन । भने सत्यकिशोर पागल बनेर लाश त्यही छोडेर घरबाट निस्कन्छ ।
स्पट ब्वाइले साबित्रीलाई सुरक्षित साथ दलिनमा मोटो डोरीले झुण्डाउछन । आवश्यक मेक अप गरिसके पछी क्यामेरा म्यान सोध्छ
" सर सुरु गरौ "
सबै रेडी जना रेडी
साउन्ड रेडी - रेडी
लाइट रेडी - रेडी
क्यामेरा रेडी - रेडी
क्लाप - सिन 75 टेक 1
"ओके एक्सन " आभाष अभिनयमा ध्यान नै नदिकनै सुरु गर्छ ।
अध्यारो सुत्ने कोठाको एका छेउमा एउटा कुर्सी लडी रहेको हुन्छ । झ्यालबाट मधुरो प्रकाशको झल्कोले साबित्री अनुहार देखी स्तन सम्मको भाग टल्किएको हुन्छ । बाँकी शरीर मधुरो देखिन्छ । कुममा च्यातिएको ब्लाउजको स्तन वरिपरि आसुले भिजेको हुन्छ । सुन्निएको आँखा, निलो कलेटी परेको ओठ । उनको अनुहार अझै पनि निर्दोष देखिन्छ । सत्यकिशोर रुदै प्रबेश गर्छ
" यो के गर्यौ । मलाई माफ गर साबित्री । ( झुण्डिएको लाशलाई अङालो हाल्दै ) मैले चाहेको भए रोक्न सक्थे । मलाई थाहा थियो तिम्रो माइतीबाट पैसा आउनै सक्दैन भन्ने । तर तिमीलाई रोकिन । मलाई थाहा थियो तिमीले यस्तै नराम्रो काम गर्न सक्छौ भन्ने तर मैले रोकिन । म पापी हुँ म हत्यारा हुँ म दोषी हुँ ।
यि डाइलोग चलिरहदा आभाषको आँखामा पवित्रा घुमिरहन्छिन । बिहान गाली गरेको , रुदै भान्सामा छिरेको । उसले साबित्रीको झुण्डिरहेको लाशमा पवित्रालाई देख्छ । रुदै गरेको पवित्र जुन आभाषले गाली गरेको रिसमा झुण्डिरहेको छ । र रोइरहेको सत्यकिशोरमा आफुलाई देख्छ । आफुलाई दोषी पाउछ । बेकार गाली गरेछु जस्तो भान हुन्छ । उसमा डरको मात्रा बढ्दै जान्छ, सानो शंकाले आफ्नो भर्खर बसेको घर उझाड हुने डरले उ झन झन गल्दै जान्छ । सत्यकिशोर लाश समातेर रुदा सँग सँगै आभाषको आँखा पनि रसाउदै जान्छ । उसका खुट्टाहरु लग लग काम्न थाल्छ । सत्यकिशोर रुदै रुदै चुप लागेर लाश हेर्दै हेर्दै आफ्नो कपाल भुत्ल्याउदै कोठा बाहिर निस्कन्छ । आभाष आफु पागल भएको भान हुन्छ । तिब्र शंका उपशन्काका बाणले उसको मगज छिया छिया पारेको भान हुन्छ । थुचुक्क भुइमा बसेर टाउकोमा हात राखेर घोप्टो पर्छ ।
" सर के भयो सर " क्यामेरा म्यान र अन्य स्पट ब्वाइ आभाषलाई घेरिएर सोध्छन
" हँ ( झस्कदै ) केही होइन । उसका हात खुट्टाले काम गर्न छाड्छन् । " पानी ल्याउ त अलिकती " आँखा रुमालले पुछ्दै पानी माग्छ ।
" सरलाई सन्चो भएन कि । के भयो सर ?" क्यामेरा म्यान सोध्छ
" खासै केही होइन ( पानी घट् घट् पिउदै ) आज सुटिङ एती नै गरौ । मलाई मुड छैन आज है "
लगतै आभाषको मोबाइल बज्छ ।
" अ भन कमला " ओठ थर्थराउदै बोल्छ
" अंकल घरमा छिटो आउनु न ।" कमला आत्तिदै बोल्छिन " बित्यासै पर्यो छिटो आउनु "
" ए के भयो । के भन्छे यो । होइन होला " आभाष अत्तालिदै जवाफ दिन्छ । उसको आँखामा झुण्डिरहेको पवित्राको अनुहार झल झली आउछ अघीको साबित्रीको अभिनय जस्तै । उसको हंसले ठाउँ छोड्छ । दौडिदै कार स्टार्ट गर्छ ।
" के भयो के " कार चलाऊदै सोध्छ । तर फोन कटी सक्छ । फेरी फोन गर्छ तर नेट्वर्क खराबले संपर्क हुन सक्दैन । फेरी पवित्राको मोबाईलमा गर्छ तर उठ्दैन । उसको शंकाको बेग झन बढ्छ । कारसँगै मुटुको धड्कन पनि बढ्दै बढ्दै जान्छ । घर पुग्दा सम्म जिउ पसिनाले निथ्रुक्क भईसक्छ । कार गेट मै छोडेर आत्तिदै घर भित्र छिर्छ । घरमा सुन्यता छाएको हुन्छ । कसैको आवाज पनि सुनिदैन । लग लग कामेका खुट्टाले भर्र्याङ् चढ्ने हिम्मत नै गर्न सक्दैन । उसको भित्रैबाट आत्म मरेर गएको भान हुन्छ । भर्र्याङ्का प्रत्येक सिडीले सँगै उसको पश्चातापको मात्रा बढ्दै जान्छ । आफ्नो बेकारको शंकाले पत्नी गुमाएको शोकले बिछिप्त हुँदै जान्छ ।
सिधै बेड रुममा प्रबेश गर्छ । कपडाहरु लथालिङ हुने गरी निकालिएको हुन्छ । तन्ना बिग्रिएको , चान चुन पैसा छरिएको । दराजको पैसा राख्ने सेफ खुल्ला हुन्छ । उसले सोच्नै सक्दैन के भएको भनेर । कमलालाई बोलाउछ तर उनी पनि हुन्नन । लगतै उसको आँखा एनामा जान्छ । त्यहा एउटा साधा कागज टासिएको देख्छ र थर थर कामेको हातले निकालेर पढ्छ ।
"आभाष
तिमीसँग मेरो विवाह एउटा सम्झौता थियो , बाध्यताको सम्झौता । मैले जिबन भर एउटैसँग मात्र प्रेम गरे त्यो हो मेरो अरुण । अरुणलाई मैले विवाहपछी पनि भुल्न सकिन र उसले मलाई भुल्न सकेन । उसैसँग भेट्ने बहानामा म कम्प्युटर क्लास जान थालेको हो । मलाई कम्प्युटर सिकाउने पनि अरुण नै हो । हिजोको तिम्रो शंकाले हाम्रो भेट्ने बाटो नै बन्द गरेपछी मैले वाध्य भएर यो निर्णय गर्नु परेको हो । म अरुणसँग जादै छु । उसले मलाई अझ पनि उत्तिनै माया गर्छ ।
मलाई खोज्ने प्रयास नगर । जे भयो त्यसको लागि मलाई माफ गर ।
पवित्रा "
आभाषको आँखाबाट तरर आशु बग्छ । उसले केही सोच्न सक्दैन । र आफ्नो मोबाइलबाट फोन लगाउछ ।
" हेल्लो । " भासिएको स्वरमा बोल्छ " बिजय जि "
"हजुर सर "
"हेल्लो बिजय जि । सुटिङ स्टप गरी दिनु । स्टोरी अलिकती चेन्ज गर्नु पर्यो "

Friday, 15 May 2009
कान्तिपुर लोकतान्त्रिक पार्टी (ब्यङ्य)
रेडियो, टेलिभिजन र राष्ट्रिय दैनिक सन्चालन गरेर स्वतन्त्र पत्रकारिताको रक्षा गरिरहेको कान्तिपुर पब्लिकेसनले कान्तिपुर लोकतान्त्रिक पार्टीको निर्वाचन आयोगमा दर्ता गरेको छ । मुलुककै सर्वाधिक पढिने राष्ट्रिय दैनिक कान्तिपुर पत्रीका , सर्वाधिक सुनिने कान्तिपुर एफ एम र सर्वाधिक हेरिने कान्तिपुर टेलिभिजनको अपार सफलतापछी यसले राजनीतिक दलको रुप धारण गरेको हो ।'मुलुकमा भर्खरै जन्मिएको गणतन्त्रलाई पालन पोषण गर्न अन्य दल सक्षम नभएको कारण हामीले कान्तिपुरलाई दलको रुपमा परिणत गरेका हौ ' दल दर्ता गर्न निर्वाचन आयोग पुग्नु भएका कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाले भन्नु भयो 'जनतालाई सत्य र निष्पक्ष सुचना त दिदै आएका थियौ अब एउटा राम्रो जनप्रतिनिधी स्थापित गर्ने दल पनि दिनेछौ ।'उहाले थप्नु भयो - कान्तिपुरले जनआन्दोलन २ मा सकृय भुमिका नखेलेको भए भए राजा शासन ढल्ने स्थिती थिएन । यसर्थ लोकतन्त्र बहाली देखी गणतन्त्र ल्याउन सम्म कान्तिपुरको ठुलो भूमिका रहेको छ । जनताको दैनिक काम काजमा प्रहरीलाई सघाउन 'कान्तिपुर युथ फोर्स (केवाइएफ)को पनि गठन गरिएको छ । टोल टोलमा सुचनाको हकको निमित्त बिहान बिहान पुग्ने बितरक (हकरलाई)दिउस समाजसेवामा लगाइने कुरा जानकारी दिईयो ।
कान्तिपुर लोकतान्त्रिक पार्टीको सभापती कैलाश सिरोहिया नै हुनु हुन्छ । उहाको मनोनयनमा परेका बरिष्ठ पत्रकारहरु स्थायी समितीमा रहेका छन । तर उनीहरुको नाम सार्वजनिक गरिएको छैन । अन्य साना तिना पत्रकारले कार्यकर्तामा पनि नियुक्ती पाएका छन । कान्तिपुर पब्लिकेसनको प्राङणमा आयोजित चियापान समारोहमा प्रमुख अतिथी भारतीय राजदुत राकेश सुदले भन्नु भयो - माओवादीको अधिनायकबाद रोक्न कान्तिपुरले निष्पक्ष र सन्तुलित सुचना दिए पनि त्यतीले जनताको सुचनाको हक सुरक्षित हुँदैन । त्यसैले कान्तिपुर लोकतान्त्रिक पार्टीको जन्म भएको हो । यसमा हाम्रो तर्फबाट पूर्ण समर्थन र सहयोग रहनेछ । '
कान्तिपुर लोकतान्त्रिक पार्टीको झन्डामा तीन पाटा हुनेछन जसको माथिल्लो पाटो सुन्तला रङ, बिचको सेतोमा कान्तिपुरको लोगो र तल्लोमा हरियो रङ हुनेछ । पार्टीको नारा हुनेछ - सत्य र निष्पक्ष सुचनाको अर्को फड्को ।
यसै बीच कान्तिपुर लोकतान्त्रिक पार्टीले सरकार सामु तीन बुदे माग राखेको छ । आफ्ना पत्रकार अथवा कार्यकर्तालाई संचार मन्त्रालयमा समुहगत प्रबेश गराइनुपर्ने । अहिले सम्म घाइते पारिएका र लखेटिएका पत्रकारको उचित सम्मानका साथ् क्षतिपुर्ती दिनु पर्ने । जनताको सुचनाको हकको निम्ती मन्त्रीपरिषदमा आफ्नो एक जना प्रतिनिधि हुनुपर्ने ।
उपरोक्त माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।
यसै बीच कान्तिपुर लोकतान्त्रिक पार्टी स्थापनाको बधाई दिदै डाबर,हिन्दूस्तान लिभर लिमिटेड, टाटा र बिर्ला समुहले कान्तिपुरको आन्दोलनमा एक्यबद्धता जनाएको छ ।
(यस ब्यङ्यले पत्रकारलाई लक्षित गरेको छैन । अन्यथा क्षमाप्राप्ती । )
Wednesday, 6 May 2009
केक चोर र बाँदर
एकादेशमा दुई जना चोर रहेछन । तिनिहरुले केक चोरेर ल्याएछन । केक बराबर भाग लगाउन उनिहरु एउटा बाँदरकोमा गएछन । बाँदरले केक जोखेर भाग लगाइदिने भनेर तराजुमा राखेछ । तराजुको जुन भागमा केक बढी हुन्छ त्यसबाट झिकेर अलिकती क्वाप्प पार्दो रहेछ । फेरी अर्को भागबाट बढी भयो भन्दै क्वाप्प पार्दो रहेछ । यसरी क्वाप्प पार्दा पार्दा अन्त्यमा केक सकिएछ । चोरहरु हेरेको हेरै भएछन । अब कुरा गरौ प्रचन्डको 'ओस्कार मनोनित' भिडियो बारे ।
करीब डेढ बर्ष अगाडि कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गरिएको भाषणले एक पटक फेरी राजनीतिमा तरङ ल्याइदियो । यसले प्रचन्डले लुकाएका केही तथ्य त बाहिर आए नै साथ साथै नेपालको कर्तब्य च्युत पत्रकारिता,स्वघोषित बुद्धीजिबीको कमजोरी र बिपक्ष राजनीतिक दलको षड्यन्त्र पनि पर्दा फास भएको छ ।
कटुवालले गल्ती गरेका थिए कि थिएनन ? उनी एउटा सरकारी कर्मचारी हुन । सरकारले दिएको आदेश मान्ने कि स्वबिबेक प्रयोग गरेर निर्णय गर्ने ? सैनिक भर्ना, आठ जर्नेलको पदावधी र राष्ट्रिय खेलमा जनसेनाको सहभागीतामा उनले गल्ती अवश्य गरेका थिए । भलै खेलको बिषय र अन्तरराष्ट्रिय नियम उल्लंघन गरेर सरकारले पनि गल्ती गरेको थियो तर सेनाको काम सहि - गलत जाचेर बस्ने कि सरकारको आदेश मान्ने ?
कटुवाललाई कारवाही आवश्यक थियो । आज कटुवालले खेलको कुरामा अटेर गर्ला । भोली अर्कोले 'कर्णालीमा बाटो खन्न जा' भन्दा 'जादिन' भन्ला । पर्सी अर्कोले 'सिमा सुरक्षा गर्ना जा' भन्दा 'तै जा भनिदेला' । अनी परेन फसाद । त्यही भएर समय मै छोरी पिटेर बुहारी तर्साउनु आवश्यक थियो ।
तर कारवाहीमा सबै डराउनुको कारण माओवादी सरकारमा हुनु र उसको दिर्घकालिन योजना सत्ता कब्जा गर्नु हो । यदी सरकारमा एमाले अथवा काङ्रेस भएको भए कारवाहीमा कुनै आपत्ति हुन्नथ्यो । न त भारतीय राजदुतको गाडीको प्रेट्रोल नै सकिन्थ्यो । तर माओवादी त चाहन्छ कि सेनालाई आफ्नो पकडमा राख्ने र जनबादी ब्यवस्था ल्याउने । यो त उसको दर्शन नै हो । जे गरेपनी माओवादी भनेको जनबादी नै हुन । भने बिपरित बिचार राख्ने पार्टीले अहिले आएर राष्ट्रपतीलाई असैबैधानिक र सेनालाई भारतको ईशारामा चल्ने बनाएर राष्ट्रलाई दिर्घकालिन लाती हनेको होइन ?
भिडियो सार्वजनिक गर्नुपर्ने उपयुक्त समय थियो ? सेना एकातिर रिसले चुर भएको अर्को तिर जनसेना हाम्रा अध्यक्षलाई पदमा रहन दिएनन भनेर झन रिसाएका बेला । शान्ती प्रकृयाको यस्तो जटिल मोडमा आएर डेढ बर्ष अगाडिको भिडियोले माहोल झनै बिगार्न सक्थ्यो । यही निहु बनाएर सेना र जनसेना आपसमा गोली हानाहान गरेको भए त्यसको जिम्मेवारी इमेज च्यान्नलले लिन्थ्यो ? हिंसालाई प्रेरित गर्ने समाचार सम्प्रेषण गर्नु हुन्न भन्ने सामाजिक उत्तरदायित्वको सिद्धान्त कहाँ गयो ?
भिडियो कसले सार्वजनिक गर्यो ? जनताको सुचनाको हकको निम्ती मात्र सार्वजनिक गरिएको हो कि राजनीतिक प्रतिशोधबाट प्रेरित भएर गरिएको हो त्यो त प्रष्ट छ । यो भिडियो सार्वजनिक गर्नुमा भारत लगायत सेना र अन्य बिपक्षी दल को हात छ कि छैन ? इमेज च्यान्नल एक्लैले सुचनाको हकको निम्ती गरेको त पक्कै होइन किन भने हिजो भर्खर भारतको चर्को बिरोध हुँदा हुँदै सरकारले कटुवाललाई बर्खास्त गरेको थियो । त्यही माथि राष्ट्रपतीले असंबैधानिक कदल चालेर सरकारको आदेश उल्टाए । त्यसअघी अझ सेनाले ' सफ्ट कु ' गर्ने वा ' राष्ट्रपती शासन ' लगाउने सम्मको योजना बनेको थियो । यि सबै घटनामा काङ्रेस त सहभागी छ नै साथै सेना र मुख्य खेलाडी भारत नै हो । भारतिय राजदुतले ' सेनापतीलाई हटाए दुई हप्ता भित्र सरकार अस्थिर गरिदिने चेतावनी दिएको थियो । ' लगतै कटुवाल बर्खास्तगी र प्रचन्डको राजिनामाले उनी बिदेशी प्रभु सामु झुक्दिन भनेर देखाइ सकेका थिए । यसले उनको राजनीतिक उचाइ झन बढेको थियो । एका एक यसरी हाई लाईट भएपछी उनको लोकप्रियता गिराउन यो भारत, काङ्रेस र सेनाका केही ब्यक्तीको षड्यन्त्र होइन र ?
सुरुमा एमाले र फोरमले कटुवाल कारवाहीलाई समर्थन दिएका थिएनन र ? अझ झलनाथ खनाल त हरियो झन्डा देखाएर चीन गएका थिए । जब भारतले दबाब दिन थाल्यो दुबै दल पछी हटे । बाँकी रह्यो त माओबादी । हिजो विश्वाबिद्यालय प्रकरण, एकिक्रित सेवा केन्द्र र पशुपती पूजारी काण्डमा पछी हटेको माओवादी यदी सेनापती प्रकरणमा पनि हात झिक्ने हो भने जनताले प्रचन्ड त कमल थापा भन्दा लाक्षी रहेछ भन्ने थिए । एका तिर आफ्नो दिर्घकालीन जनबादी योजना भताभुङ हुने अर्को तिर जनताको नजरमा तल खस्ने भएकोले माओवादी एक्लैले कार्वाही गर्नु परेको हो ।
यसमा भारतको स्वार्थ के त ? हिजो राजतन्त्र आफ्नो बसमा थिएन त्यही भएर राजतन्त्र ढाल्ने बातावरण बनाइयो । त्यही माओवादीको सैन्य बलमा टेकेर राजतन्त्र फालियो । काङ्रेस र फोरम भारतको पूजारी नै बने । एमाले त दही चिउरा बेचेर बसेको छ । माओवादी स्थापित भयो तर माओवादी भारतीय बशमा पर्ने खाल्को देखिएन । अनी त्यसलाई पनि हटाउनु भारतको चाल हो । अब यस्तै क्रम बढ्दै जाने हो भने जो जो भारतको अटेर गर्छ त्यसलाई भिडियो सार्वजनिक गरेर हुन्छ कि अडियो, १२ बुदे समाझदारी गरेर हुन्छ कि २४ बुदे । भारतले हस्तक्षेप गर्छ गर्छ । नेपालको भुमीमा अधिपत्य जमाउन खोज्छ खोज्छ ।
बिचरा माओवादी । हिजो दलका कुनै सदस्यलाई थाहा थिएन होला त माओवादीका वास्तविक सेना कती छ भनेर ? हिजो यिनै दलका नेताहरुले भनेको होइन र ' सेनाले एक ठाउँमा युद्ध जित्यो भने माओवादी ध्वस्त हुन्छ भनेर ' तिनीहरुलाई थाहा थियो माओवादीको सन्ख्या ७-१० हजार बिचमा छ भनेर । उनिहरुलाई राम्रो सँग थाहा थियो माओवादी खारामा आक्रमण गर्न बाराबाट आउछ, चरीकोटमा आक्रमण गर्न मुसिकोटबाट आउछन भन्ने तर किन जनतालाई स्पष्टसँग भनेन कि माओवादीसँग जम्मा सेना भनिएको भन्दा काम छ भनेर ? कारण स्पष्ट छ । उनीहरु माओवादीको बुइ चढ्नु परेको थियो । ज्ञानेन्द्रले उठिबास लगाएका थिए । काङ्रेसको शेरबहादुर शाखाले राजालाई प्रजातन्त्र भेटी चढाइ सकेको ,एमाले एन्ड दही चिउरा कम्पनी प्रतिगमन आधा सच्चियो भन्दै कम्युनिष्ट क्रान्ति गरिसकेको र गिरिजाले १२ बर्षे प्रजातान्त्रिक कालमा नाङो नाच देखाइ सकेको अवस्थामा राजा ढाल्नु त परको कुरा रत्नपार्कमा तथाकथित निर्णयक आन्दोलन हुँदा बास्नादार समौसा खान आउने आन्दोलनकारी पनि भेटिदैन थियो । त्यस्तो अवस्थामा माओवादीलाई सुरक्षित अवतरण पनि चाहिएको र दलहरु धोती न टोपी भएकोले बेला यदी माओवादीसँग जाबो सात हजार सेना छ भनेको भए सेनाले क्वाप्प खान्थ्यो । दलहरु हेरेको हेर्यै हुन्थे । माओवादी फेरी जङल कै बास । त्यही भएर माओवादीको बुइ चढ्न यो तथ्य पहिलै देखी लुकाइेको हो ।
अहिले पनि त्यो बेलाको समाचार हेर्ने हो भने ' फलानो ठाउँमा माओवादी आक्रमण । आक्रमणमा दसौ हजार छापामार संलग्न ' भनेर समाचार लेख्ने पत्रकारहरु अझ पनि जिउदै छन । दशौ हजार भनेर कसरी थाहा पाए ? किन अनुमानको भरमा समाचार लेखेर त्राशको बातावरण बनाए ? सहि सुचना दिनुपर्ने उनिहरुको कर्तब्यबाट किन च्युत भए र आज किन यही समाचारको खेदो खन्दै छन ? किन कोही बोल्दैन हिजोको समाचार बारे ?
यो भिडियो देखेर तीन छक्क पर्ने केवल जनता हुन । नेता र पत्रकारलाई माओवादीको योजना र सेनाको सन्ख्या बारे पोख्त थिए । यसले प्रचन्डको उचाइ घटायो, पत्रकार कर्तब्यबाट च्युत देखायो र एमाले र काङ्रेसलाई तत्कालको लागि बुइ चढायो । भने फाईदा कसलाई भयो त ? भारतलाई । हिजो भिडियो सार्वजनिक भएपछी सुद एनामा हेरेर भन्दा हुन ' मैले भनेको नमानेको हैन । अब देखिस । '
प्रचन्डलाई चेतना होस मुलुक रहेमा जनबाद रहन्छ । झलनाथलाई चेतना होस् राष्ट्रको अस्तित्व बिना 'जनताको बहुदलिय जनबाद' सम्भव छैन । गिरिजालाई चेतना होस् देश नबचे प्रजातान्त्रिक समाजवाद बेकार हुन्छ । कुनबादले शक्ती हत्याउने । कुन बाद्लाई पाखा लगाउने भनेर भाग बण्डा गर्न बिदेशी बोलाँउदा चोरको केक सत्यनाश भए जस्तै हाम्रो भुमी शत्यानाश हुन्छ कि हुँदैन ?

Subscribe to:
Posts (Atom)