
न्यु योर्क/ अमेरिका
अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गले संयुक्त रुपमा बिज्ञप्ति प्रकाशित गरी सामाजिक सन्जाललाई प्रयोग गरी बिभिन्न किसिमका कपोलकल्पित तथा भ्रामात्मक समाचारलाई सत्य तथ्य ठानी सेयर गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
हिजो अमेरिकाको न्यु योर्क स्थित टाइम्स स्क्वायरमा भएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो घोषणा भएको हो । बाराक ओबामाले धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव खल्बल्याउन केहि आतंकबादीहरु लागिपरेकोले त्यस्ता अपराधिलाई कारवाहीको दायरामा ल्याउन आफ्नो प्रशासनले सक्दो प्रयास गर्ने बताएका थिए । त्यस किसिमका अपराधिलाई नेपाल लगायतका केहि देशका बज्रस्वाँठहरुले सहयोग गरेको बिषयमा आपत्ति जनाएका थिए । फेसबुकमा भ्रामक समाचार फैलाउने र त्यसैको आधारमा गाली गलौजमा उत्रिने व्यक्ति बिरुद्ध गोप्य रुप पहिचान गर्नुका साथ साथै त्यस किसिमका व्यक्तिलाई आजीवन अमेरिका प्रवेशमा रोक लगाउने आफ्नो योजना रहेको बताउनु भयो ।
त्यस्तै फेसबुक संस्थापक मार्क जुकरबर्गले आधारहीन, कपोलकल्पित समाचारलाई आफ्नो उत्पादन फेसबुक प्रयोग गरेर सेयर गर्नेहरु पत्ता लगाएर तिनीहरु फेसबुक एकाउण्ट छिट्टै डिएक्टिभेटेड गराउने कुरा बताए ।
साथै फेसबुकमा नयाँ नयाँ फिचरहरु थप्दै जाने कुरा पनि बताउनुभएको थियो ।
केहि दिन एता नेपाली फेसबुक कर्ताहरु बुझ्दै नबुझी समाचार सेयर गर्ने र त्यसैको बिषयमा गालि गलौजमा उत्रिने गरेका छन् । त्यसैको रोकथामको निम्ति नेपाल प्रहरी लगायत पाकिस्तान, कंगो, बेलारुस र युक्रेनका प्रहरीले फेसबुकलाई दबाब दिदै आएका थिए । बाराक ओबामा र मार्क जुकरबर्गको संयुक्त प्रयासबाट यस किसिमका हावादारी समाचार फैलिनबाट रोकिने नेपाल प्रहरी समेत बिश्वास गरेको छ ।
तस्बिर स्रोत