
तर सबै जना यसरी सडक किनारमा तातिएर मात्र त भएन, केही त गर्न पर्यो । केही संगीतमा पोख्त हुनुपर्यो , केही निर्देशनमा, केही अभिनयमा त केही सम्पादनमा । यसरी आ आफ्नो क्षेत्रमा सक्दो योगदान गर्ने हो भने नेपाली सिनेमा क्षेत्र पनि क्रमश: नेपाली क्रिकेट र फुट्बल जस्तै अगाडि जानेछ ।
यसैक्रममा मैले पनि यू ट्युबमा भेटिएका साना नेपाली चलचित्रलाई समेटेर एउटा वेब साइटको निर्माण गरेको छु । नाम् छ www.smnepal.com । छरिएर रहेका साना नेपाली चलचित्रलाई एकत्रित गर्ने, साथै आफ्नो तर्फबाट पनि केही भिडियो निर्माण गर्ने मेरो लक्ष्य रहेको छ । धेरै गफ चुटियो नेपाली सिनेमाको कमी कमजोरी बारे , अब केही गर्दा कस्तो अनुभव हुदो रहेछ हेरौ है त ।
अनी तपाईं पनि यस्सो हेर्नुत लौ के कस्तो र'च यो वेब साइट - www.smnepal.com